शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज फाल्गुण १५ गते  शनिबारको राशिफल र मौसम

शनिवार , फाल्गुण १५, २०७७

वि.सं.२०७७ साल फाल्गुन १५ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा,१९ घडी १९ पला, दिउसो ०२ बजेर १६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा,१३ घडी १७ पला,बिहान ११ बजेर ५२ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सुकर्मा,३५ घडी २० पला,बेलुकी ०८ बजेर ४१ मिनेट उप्रान्त धृति । करण–बव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त बालव, रातको ०१ बजेर २६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०२ मिनेट । दिनमान २८ घडी ४३ पला । श्रीस्वस्थानी व्रत समाप्ती । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, बागबगैंचा सम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथै, धनजनको आर्जन होला । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला । छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउने छन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धन लाभ होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हालको मौसमको अवस्था :– हाल देशका पहाडि भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको देखीन्छ। आज दिउँसो :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक – दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रतिक्रिया