शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सर्वोच्चको फैसला स्वागत गर्दै सिन्धुलीमा दीप प्रज्वलन (भिडियो सहित)

बुधवार , फाल्गुण १२, २०७७

कांग्रेसलाइ दाहाल–नेपाल पक्षको स्वागत

सिन्धुली–सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसगै देशभर दीप प्रज्वलन तथा र्याली गरि खुसीयाली मनाइएको छ । सिन्धुलीमा कांग्रेस र नेकपा दाहाल–नेपाल समूहले सर्वोच्च अदालतको विघटन बदर गर्ने मंगलबारको निर्णयलाइ स्वागत गर्दै खुसीयाली मनाएको छ । दाहाल–नेपाल पक्षले सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको छ । सर्वोच्चले फैसला गर्नासाथ खुसियाली साटासाट गर्न नेता कार्यकर्ता जम्मा भएका थिए । लोकतान्त्रिक जुनार चोकमा मैनवत्ती बालेर दाहाल–नेपाल समूहले सर्वोच्चको निर्णयको स्वागत गर्नुका साथै लड्डु बाडेर खुसीयाली साटासाट गरेका थिए । दाहाल–नेपाल पक्षका जिल्लाध्यक्ष एवं नेकपा केन्द्रिय सदस्य लेखनाथ दाहाल राजनले सर्वोच्चको फैसलाले प्रतिगमन पराजित भएको व्याख्या गर्नुभयो । वाहाले संविधान र लोकतन्त्र जोगिएकोमा सारा नेपालीले दीपावली गरेको सुनाउनुभयो । अदालत प्रतिको भरोसाको सम्मान भएको अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसगै नेपाली कांग्रेस सिन्धुलीले मोटसाइकल र्याली तथा कोणसभा गरेको छ । ढुंग्रेवासबाट शुरु भएको मोटरसाइकल ¥याली राम्माडी, रातमाटा, शान्तिनगर, स्टलबजार, माढीबजारहुदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसका पूर्व सचिव उपेन्द्रकुमार पोखरेलले जनतालाइ रैति बनाउने हुकुमी शासन कदापी स्विकार्य नहुने बताउनुभयो । प्रतिगमनका मतियारहरु ढलेको र लोकतन्त्रको जित भएको उहाको भनाइ थियो । सर्वोच्चको फैसलाले जनताको जित भएको पोखरेलले सुनाउनुभयो । कोणसभामा कांग्रेस सचिव कृष्णप्रसाद दाहालले सार्वोच्चको फैसलाले संविधान र लोकतन्त्र बाचेको बताउनुभयो । कु गर्न खोज्ने प्रतिगमनकारीहरु परास्त भएको उहाको टिप्पणी थियो ।

कोणसभा अघि प्रतिगमन मुर्दावाद, ओली सरकार मुर्दावाद,लोकतन्त्र जिन्दावाद लगाएतका नारा लगाएर कांग्रेसजनहरुले नाचगान समेत गरेका थिए । लोकतान्त्रिक जुनार चोकमा दाहाल–नेपाल पक्षले दीपप्रज्वलन गरेपछि कांग्रेसहरुले नजिकैको पिपल चौतारीमा कोणसभा गरेका थिए । आतिसवाजी गर्नुका साथै मैनवत्ती बालेर दीप प्रज्वलन समेत गरेका थिए । कांग्रेसको मोटरसाइकल र्यालीलाइ नेकपा दाहाल–नेपाल पक्षले स्वागत गरेका थिए । आन्दोलन फरक–फरक गरेपनि उदेश्य एउटै भएकाले सगसगै खुसीयाली साटासाट गरेको उपस्थितहरुको प्रतिक्रिया थियो ।

प्रतिक्रिया