सिन्धुली– जिल्ला समन्वय समिति सिन्धुलीका प्रवक्ता एवं कलाकार चित्र बहादुर बुढाथोकि (सिबि) ले कलाको सम्मान गरिनुपर्छ भन्दै च्यारिटि सोकालागि सहयोग गर्नुभएको छ । चैत्र ६ गते हुन लागेको ‘हिरो रिर्टन्स’ फिल्मको च्यारिटि सोकालागि सिबिले २० हजार रुपैँया सहयोग गर्नुभएको हो ।
जिल्लामा हुने कार्यक्रममा आफ्नो साथ सहयोग रहेको भन्दै उहाँले जिल्लामा कलाको विकास गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । कलाकार समेत रहनुभएको सिबिले सिन्धुलीमा कला क्षेत्रको विकासकालागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘बन्दि’, ‘किन किन’, ‘त्यो दश घण्टा’ जस्ता फिल्ममा अभिनय गरिसक्नुभएको सिबि पुर्व नेपालि सेना पनि हुनुहुन्छ । उहाँले आर्यन सिग्देल, रेजिना उप्रेति, सञ्चिता लुईँटेल, अनु शाहसँग फिल्ममा अभिनय गर्नुभएको छ । युवापुस्तासँग नजिक रहनुभएको सिबिले युवाको समग्र विकासमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले शुरु गर्नु भएको व्यवसायमा दर्जनौँ युवाहरुलाई रोजगारको अवसर पनि दिनुभएको र्यापर प्रिन्सले जानकारी दिनुभयो ।