शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका भुकम्प पीडित लाभग्राहीले अनुदान पाएनन्

मंगलवार , फाल्गुण ११, २०७७

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा एक भुकम्प पीडित नीजि आवास बनाउदै ।

सिन्धुली, – सिन्धुली जिल्लामा बजेट अभावमा भुकम्प पीडित लाभग्राहीले नीजि आवास निर्माण तथा मर्मतको अनुदान रकम पाउन सकि रहेका छैनन् । दोस्रो चौमासिकसम्म बितरण गरि सक्नु पर्ने अनुदान रकम फाल्गनुको पहिलो सातामा नै सकिएकाले चार हजारभन्दा बढी लाभग्राहीको किस्ता निकासा गर्न नसकेर भुक्तानी रोकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नीजि आवास पुननिर्माण तर्फ र प्रवलिकरण तर्फका गरी चार हजार जनाको किस्ता सिफारिस रोकिएको छ । कुनै लाभग्राहीको दोस्रो किस्ता त कुनै लाभग्राहीको तेस्रो किस्ताको फाईल आएर रोकिएर बसेको छ । भुक्तानी गर्न नसकिएका लाभग्राही मध्ये चार सय भन्दा बढी प्रबलिकरण तर्फका रहेका छन् । नीजि आवास पुननिर्माण गर्ने लाभग्राहीले सम्झौता गर्ने बित्तिकै ५० हजार रुपैया, डिपिसी ढलान भएपछि दोस्रो किस्ता स्वरुप एक लाख ५० हजार रुपैया र छत(छानो) ढलान भएपछि तेस्रो किस्ता स्वरुप एक लाख रुपैया अनुदान पाउने व्यवस्था छ । त्यस्तै प्रवलिकरणका (नीजि आवास मर्मत) लाभग्राहीलाई सम्झौता गरेपछि पहिलो किस्ता स्वरुप ५० हजार रुपैया र काम सकिएपछि अन्तिम किस्ता ५० हजार रुपैया गरी एक लाख रुपैया अनुदान दिने व्यवस्था रहेको कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँले प्रवलिककरणको शीर्षकमा यो बर्ष त पैसा नै आएको छैन । मागको दुई महिनाभन्दा बढी भयो, अहिलेसम्म आएको छैन ।’” चालु आर्थिक बर्ष ०७७÷०७८ को हालसम्म भुकम्प पीडितलाई अनुदान स्वरुप ३२ करोड २२ लाख रुपैया खर्च भई सकेको उक्त कार्यालयको लेखा शाखाले जनाएको छ । लेखापाल तिलक कार्कीका अनुसार चालु आर्थिक बर्षका लागि पुननिर्माण तर्फको बार्षिक बजेट ४७ करोड ५३ लाख ७५ हजार रुपैया रहेको छ । अब तेस्रो चौमासिकको करिब १६ करोड रुपैया मात्रै आउन बाँकी रहेको र त्यसले पनि लाभग्राीलाई किस्ता दिन नपुग्ने उहाँले बताउनुभयो । “सबै हिसाब गर्दा यो बर्षका लागि एक अर्ब २५ करोड रुपैया चाहिने रहेछ ”, उहाँले भन्नुभयो । सिन्धुली जिल्लामा नीजि आवास पुन निर्माणतर्फका लाभग्राहीको सङख्या ३८ हजार ८१६ रहेको छ । सुरुमा भुकम्प पीडित लाभग्राही सूचीमा ३४ हजार २५६ जनाको नाम निस्किएको थियो । बाँकी लाभग्राहीहरु गुनासो सूचिबाट पछि थपिएका हुन् । जिल्लामा अहिले नीजि आवास बनाउन सम्झौता गरि पहिलो किस्ता लैजाने ३७ हजार २९५ जना, दोस्रो किस्ता लैजाने ३३ हजार ९०८ जना र तेस्रो किस्ताका लागि २९ हजार ४१३ जनाको सिफारिस भएकोमा २७ हजार २९७ जनाले पाएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रबलिकरणका १४ हजार ४४२ जना लाभग्राही रहेका र यि मध्ये १२ हजार ४५५ जनाले सम्झौता गरि पहिलो किस्ता रकम लगेका छन् । दोस्रो तथा अन्तिम किस्ता १६ जनाले लेगेका छन् ।   सिन्धुलीको जनप्रतिनिधिको शिलान्यास मोह सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित मघुटार र गैरी बजार जोड्ने पक्की पुल शिलान्यासका क्रममा जनप्रतिनिधिले अचम्मको व्यवहार देखाए । पुलको ढलान २५ प्रतिशत भन्दा बढि सकिसकेको अवस्थामा जनप्रतिनिधिले भने शिलान्यास गर्नैपर्ने भनेर आवाज उठाए । शिलान्यास हुनु पथ्र्यो वा पर्दैन थियो त्यो छुट्टै कुरा हो । तर, जनप्रतिनिधिले शिलान्यासकालागि र्‍याल चुहाएको दृश्यले त्यहाँका सर्वसाधरणलाई हसायो । काम २५ प्रतिशत भन्दा बढि सकिसकेको अवस्थामा शिलान्यास गर्नै पर्ने भन्दै जनप्रतिनिधिले दबाव दिनु हाँस्यास्पद हो । निर्माणाधिन पुलको अवस्था, कामको विवरण लगायत समग्र निर्माण प्रक्रियाका बारेमा कुनै चासो नदिने तर शिलान्यासकालागी र्‍याल चुहाउने प्रवृद्धिले जनप्रतिनिधि हासोको पात्र बनेका छन् । उक्त पुलको शिलान्यासमा देखिएको दृश्य त एउटा उदाहरण मात्र हो । यहाँ अन्य ठाउँहरुमा समेत जनप्रतिनिधिले उद्घाटनमा तछाडमछाड गर्ने गरेका छन् । यस्ता दृश्यले जनप्रतिनिधिलाई नागरिकको अघि थप कमजोर बनाउने गर्दछ । तसर्थ, अनावश्यक रुपमा देखिनकालागि तछाडमछाड गर्ने भन्दा पनि आफ्नो कामले आफूलाई नागरिकले देखुन् भन्ने मानसिकता बनाउनतर्फ जनप्रतिनिधि लाग्नुपर्दछ । जिल्लामा थुप्रै निर्माणका कामहरु संचालनमा छन् । ती निर्माणाधिन अवस्थामा रहेको पुर्वाधारको अनुगमन गर्न जिम्मेवार निकायले विशेष जोड दिन आवश्यक छ । शिलान्यास र उद्घाट्नकालागि मात्र अघि बढ्ने प्रवृद्धि त्यागेर दिगो निर्माणकालागि के कस्ता कदम चाल्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले चासो देखाउन आवश्यक छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै काठमाडौं ११ फाल्गुण – मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक डाकेका हुन् । परिषद् प्रमुख तथा प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गर्ने परिषद्को बैठक विशेष अवस्थामा बस्ने गर्छ । अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको छ भन्ने गम्भीर चासो पैदा भएको छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार यो बैठक बस्ने गरे पनि अहिले भने विभिन्न अड्कल गर्न थालिएको छ । संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र केही दिनमै फैसला आउने बताइरहेका बेलामा यसरी बस्दै गरेको बैठकबाट कतै प्रधानमन्त्री ओली देशमा संकटकाल लगाउन त लाग्दै छैनन् भन्ने विश्लेषणसमेत हुन थालेको छ । विभिन्न राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्ने गरेको अभ्यास छ । एकातिर प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भए आन्दोलन गर्ने चेतावनी शनिबार विराटनगरमा आयोजित कार्यक्रममा दिनु र अर्कातिर सुरक्षा परिषद्को बैठक बोलाउँदा विभिन्न अड्कल गरिनु स्वभाविकै हो । ओलीले संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा दलका नेता तथा कुटनीतिक वृत्तसँगसमेत छलफल गरिरहेको बुझिएको छ । उनले सुरक्षा निकायका प्रमुखसँग पनि परामर्श लिएको स्रोतको दाबी छ । अझ विरलै देखिने दृष्य सोमबार नेपाली राजनीतिक वृत्तमा देखिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च काठमाडौं ,११ फाल्गुण – सरकारले सिं हदरबारस्थित मुख्य प्र शासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ क रोड रूपैयाँ ख र्च गरेको छ। २०७२ सालको भू क म्पले क्ष ति ग्र स्त सिं हदरबार राष्ट्रिय पु न र्नि र्माण प्रा धिकरणले बनाइरहेको छ। त्यस क्र ममा प्रा धिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आ वश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अ भि वृ द्धि क र (भ्या ट) बाहेकको रकम हो। प्राधिकरणका एक अ धिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मे कानिकल, इ लेक्ट्रिकल प्ल म्बिङ, आ इटी/से क्यु रि टी, फा यर फा इटिङ, से निटरी, ए यर क न्डिसिनिङ, सिसिटिभी, बगैंचा, फ र्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ। प्राधिकरणले सिं हदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ। आजकोनागरिक दैनिकमा समाचार छ । तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान ख रिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो। प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो र कम ख र्च गरिएको बताए।   राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै काठमाडौं ११ फाल्गुण – मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक डाकेका हुन् । परिषद् प्रमुख तथा प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गर्ने परिषद्को बैठक विशेष अवस्थामा बस्ने गर्छ । अहिले त्यस्तो के गम्भीर परिस्थिति आइलाग्यो जसले गर्दा यो बैठक बस्न लागेको छ भन्ने गम्भीर चासो पैदा भएको छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार यो बैठक बस्ने गरे पनि अहिले भने विभिन्न अड्कल गर्न थालिएको छ । संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र केही दिनमै फैसला आउने बताइरहेका बेलामा यसरी बस्दै गरेको बैठकबाट कतै प्रधानमन्त्री ओली देशमा संकटकाल लगाउन त लाग्दै छैनन् भन्ने विश्लेषणसमेत हुन थालेको छ । विभिन्न राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्ने गरेको अभ्यास छ । एकातिर प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भए आन्दोलन गर्ने चेतावनी शनिबार विराटनगरमा आयोजित कार्यक्रममा दिनु र अर्कातिर सुरक्षा परिषद्को बैठक बोलाउँदा विभिन्न अड्कल गरिनु स्वभाविकै हो । ओलीले संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा दलका नेता तथा कुटनीतिक वृत्तसँगसमेत छलफल गरिरहेको बुझिएको छ । उनले सुरक्षा निकायका प्रमुखसँग पनि परामर्श लिएको स्रोतको दाबी छ । अझ विरलै देखिने दृष्य सोमबार नेपाली राजनीतिक वृत्तमा देखिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटघाट भएको थियो । प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च काठमाडौं ,११ फाल्गुण – सरकारले सिं हदरबारस्थित मुख्य प्र शासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ क रोड रूपैयाँ ख र्च गरेको छ। २०७२ सालको भू क म्पले क्ष ति ग्र स्त सिं हदरबार राष्ट्रिय पु न र्नि र्माण प्रा धिकरणले बनाइरहेको छ। त्यस क्र ममा प्रा धिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सजावट र आ वश्यक उपकरण जडानमा ४८ करोड रूपैयाँ खर्च गरेको हो। यो मूल्य अ भि वृ द्धि क र (भ्या ट) बाहेकको रकम हो। प्राधिकरणका एक अ धिकारीका अनुसार प्रधानमन्त्रीको कार्यालयलाई सुविधासम्पन्न गराउन मे कानिकल, इ लेक्ट्रिकल प्ल म्बिङ, आ इटी/से क्यु रि टी, फा यर फा इटिङ, से निटरी, ए यर क न्डिसिनिङ, सिसिटिभी, बगैंचा, फ र्निसिङ तथा फर्निचर खरिदका लागि ४८ करोड रूपैयाँ खर्च भएको छ। प्राधिकरणले सिं हदरबारका तीन मोहडा (पूर्वी, उत्तरी र दक्षिणी) पुनर्निर्माण गर्न भने ३९ करोड रूपैयाँ खर्च गरेको छ। आजकोनागरिक दैनिकमा समाचार छ । तर, प्रधानमन्त्रीको भवनको भित्री भाग सजाउन र केही सामान ख रिदमा मा ४८ करोड रूपैयाँ खर्च गरिएको हो। प्राधिकरणका ती अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई नयाँ स्वरूपमा बनाउन यो र कम ख र्च गरिएको बताए।

प्रतिक्रिया