शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

साढे ३ करोडसम्मका टेस्ला चढ्ने को हुन् नेपाली

सोमवार , फाल्गुण १०, २०७७

काठमाडौँ,१० फाल्गुण– एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि विश्वव्यापी छ । अर्वपतिहरुको रोजाई बनेको टेस्ला नेपाल पनि भित्रिएको छ ।

यस्तो महंगो र विलासी कार नेपालमा कसले च ढेको छ ? त्यो पनि चासोको विषय बनेको छ । नेपालमा अहिले टेस्लाका ७ वटा कार नेपाल भि त्रिएको छ । दुई कम्पनीले यि कार नेपाल भि त्र्याएका हुन् । जसमध्य ३ वटा कार अहिले नेपालमा गुडिरहेका छन् । दुईवटा भन्सार प्रकृयामा छन् । दुईवटा कार नि र्यात कम्पनी आफैले प्रयोगमा ल्याएको छ । नेपालमा टेस्ला हङकङबाट भित्रिएको हो ।

श्रीमा डिस्ट्रिब्युटर्स प्रालि र अरेत इन्टरनेश्नल प्रालिले एक्स लङ रे ञ्ज मो डलका गाडी हङकङबाट नेपाल भित्र्याएको हो । एक्स मोडलका दुईवटा कारमध्ये एउटामा सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडिया चढ्दै आएका छन् भने अर्को श्रीमा डिस्ट्रिब्युसन आफैँले प्रयोगमा ल्याएको छ।

अरेतले भित्र्याएका मोडल३का तीनवटा गाडीमध्ये एउटा विश्वनाथ ट्रेड हाउसका सञ्चालक तरुण प्रताप शाहले चढ्दै आएका छन्। उनी अनलाइन मिडिया नेपाल समय प्रालिका प्रबन्धनिर्देशक समेत हुन्।

 

मोडल ३ को अर्को गाडी नेबिको बिस्कुट इन्डस्ट्रिज बालाजुको नाममा बिक्री भएको छ भने एउटा कम्पनी आफैँले प्रयोगमा ल्याएको जनाइएको छ । नेपालमा अहिले यसको मूल्य १ करोड २५ लाख रहेको कम्पनीले जनाएको छ।

सिन्धुलीमा पोल्ट्रि व्यवसायमा लगानी बढ्दै

सिन्धुली,१० फाल्गुन – सिन्धुलीका पोल्ट्रि व्यवसायीले रोजगारी श्रृजना गर्दै ठुला फर्म सञ्चालन गर्न थालेका छन् । यहाँको एक पोल्ट्रि फर्मले १३ जनालाई रोजगारी दिएको छ ।

कमलामाई नगरपालिका ५ मा रहेको धमिजा बहुउदेश्य कृषि फर्मले ठुलो सख्यामा ब्रोइलर कुखुराको पालन गर्दै रोजगारी श्रृजना गर्न थालेको हो । सुरुमा आठ हजार कुखुरा पाल्न मिल्ने गरि सञ्चालन गरिएको पोल्ट्रि फर्मलाई बढाएर हाल २५ हजार कुखुरा पाल्न सकिने गरि फर्मलाई विस्तार गरि २३ हजार ब्रोइलर कुखुरा पालिएको फर्मले जनाएको छ । साना किसानले थोरै ब्रोइलर पाल्दा जिविको पार्जन गर्न कठिनाई हुने गरेको भन्दै कुखुरा पाल्न छाडेसँगै ठुला व्यवसायी अग्रसर भएका छन् । थोरै कुखुरा पाल्दा खासै फाइदा हुदैन उल्टै घाटा हुन्छ, फर्मका सञ्चालक गोबिन्द खड्काले भन्नु भयो,“ एकै पटक ठुलो सख्यामा पाल्दा एउटा कुखुरामा थोरै नाफा हुँदा पनि एकमुष्टमा राम्रै हुन्छ ।” उहाँले फर्ममा काम गर्ने कामदारलाई आठ हजार देखि २० हजार सम्म तलब दिदै आउनु भएको छ । मैले काम गर्ने कामदारका बालबच्चालाई बोर्डिङ पढाइदिएको छु यसका अलवा बस्ने खाने सुविधा सहितको उक्त तलब दिएको हुँ, उहाँले भन्नु भयो, “यहि फर्मको कमाइनै हो ।”

उहाँले समय अनुसार मासुको भाँउमा आउने उतारचढावलाई ध्यानमा राखेर कुखुरा फर्ममा हाल्नुपर्ने बताउनु भयो । कहिलेकाही घाटा पनि हुन्छ तर ठुलो परिमाणमा हुँदा त्यसले कभर गर्छ उहाँले भन्नु भयो । उहाँको फर्मममा भएका कुखुरा एकै पटक तयार भने हुदैन । एउटा खोरको बेचिसक्दा अर्को खोरमा ठिक्क तयारी हुन्छ उहाँले भन्नु भयो, “खालि भएको खोरमा चल्ला हाल्ने र तयारी भएको बेच्ने गरेको छु ।” झन्डै दुई करोड लगानीमा उक्त फर्म सञ्चालन भएको सञ्चालक खड्का बताउनुभयो । कुखुरा पाल्नकै लागि लगानी ठुलै भएको छ, उहाँले भन्नु भयो, “लगानी अनुसारको प्रतिफल पनि सन्तुष्ट हुने गरिनै छ ।” यो व्यवसाय स्वतन्त्र भएर गर्न सकिने व्यवसाय भएकाले रोजेको हुँ, उहाँले भन्नु भयो, “किसानी पेशामा कहि कतैको तनाव हुदैन मात्रै आफ्नो फर्मको र व्यवसायको संरक्षण गर्न सके पुग्छ ।”

पछिल्लो समय सिन्धुलीका ब्रोइलर कुखुरा पाल्ने साना किसानको कमी भएसँगै ठुलो लगानीमा धेरै कुखुरा पाल्न सकिने क्षमता भएका फर्म सञ्चालन गर्ने बढ्दै गएका छन् । करोड बढी लगानीमा कुखुरा फर्म सञ्चालन गर्न व्यवसायी आकर्षित भएका हुन् ।

कमलामाई नगरपालिका ५ मै अर्का व्यवसायी शंकर भण्डारीले पनि करोडौ लगानीमा ब्रोइलर कुखुराको फर्म सञ्चालन गर्न धमाधम निर्माण कार्य गरिरहनु । शिक्षक पेशाबाट अबकाश लिइ कुखुरा पालनमा उहाँ जुटनु भएको हो । ४५ दिनमै मासु खान योग्य हुने र तौल पनि आउने भएकाले ब्रोइलर फर्म सञ्चालन गर्न व्यवसायी इच्छुक भएका हुन् । व्यवसायीक करण गर्दै बढाउन थालिएको छ । करोडौ लगानीमा ब्रोइलर कुखुराको फर्म सञ्चालन गर्दै छु, व्यवसायी भण्डारीले भन्नु भयो, “गाँउमै रोजगारी श्रृजना गर्ने लक्ष्यका साथ काम अगाडी बढाएको हुँ ।”

जिल्लामै ठुलो सख्यामा पालिएको कुखुराको मासु खपत नहुने भएकाले यहाँको मुख्य बजार काठमाडाँैनै भएको व्यवसायी बताउछन् । हामीले पालेको सबै कुखुरा काठमाडौँमा विक्रीका लागि लैजानुपर्छ उनले भने ।

 

 

प्रतिक्रिया