काठमाडौं, १० फाल्गुन - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ ।
यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौँमा नै वार्ता भएको थियो ।
सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना माग सरकारी पक्षलाई दिएको थियो ।
सरकारी पक्ष जघन्य अपराधमा संलग्नलाई भने छाड्न सहमत छैन । वार्ता जारी राखिँदा सरकारी पक्षले विप्लवका नेता तथा कार्यकर्तालाई भने पक्राउ गर्ने क्रम बन्द गरेको छ ।
आज फाल्गुन १० गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन १० गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि– दशमी,१९ घडी ४५ पला, दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मृगशिरा,०५ घडी ०५ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त आद्रा । योग– प्रिती,५२ घडी १५ पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त आयुष्मान । करण– गर,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २३ पला । शल्य दशमी ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता सामाजिक सद्भाव र रमाईलो यात्राको योग छ । राजनैतिक कार्यमा ख्याती कमाउने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो सातामा शुभकायको चर्चा चल्नेछ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । बन्द व्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- साताको सुरुका दिनमा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । मध्य सातामा शुभ कार्यको चर्चा चल्नेछ । विभिन्न कार्यक्रममा नेतृत्त्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता पद र पदोन्नतीको सम्भावना प्रवलछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो सातामा चिताएको कामले तीव्रता लिनेछ । रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- साताको सुरुका दिनमा नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । प्रेम प्रस्तावको अवसर तथा पुनर्मिलनको योग रहेको छ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- साताको सुरुका दिनमा गरेको काममा ढिलासुस्ती हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । सामान हराउने वा चोरी हुने भयछ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । लाभदायक यात्रा पनि रहला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आकस्मिक यात्रा पनि हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो सातामा रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । पदोन्नतीको सम्भावना प्रवलछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता नयाँ वस्त्र र अलङ्कारको प्राप्ति हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । भ्रमण र मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन र सम्पत्ति जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शैक्षिक पक्षमा सुधार हुनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । लाभदायी यात्रा हुनुका साथै स्थान परिवर्तनको योग रहेको छ । अचल सम्पत्ति हात पर्ने योगछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।
हालको मौसमको अवस्था :– हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :– प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
फाल्गुन ०९ गते आईतबारदेखी फाल्गुन १५ गते शनिबारसम्मको सम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउँन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बीच बिश्वास बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले राजनितिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तीको योग रहेकोछ । परिवारका साथ मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ । समाजमा राम्रा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ । नयाँ प्रबृधिको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्याक्तित्वसँग राय बाजिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- साता राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायबाट सामान्य आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुँनेछन् । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी समय फलदायी रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउँने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । सोमबार दिउसोबाट सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा गरीने लगानीबाट भविस्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेकोछ । प्र्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा सामान्य प्रतिफल हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउँन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउँन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउँनेछ । व्यापार व्यावसायमा मन्दी आउँने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- घरायसि सेवा सुबिधाको उपयोग गरी अगाढि बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा सामान्य आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बिहीबारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तरपनि धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ । फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी बढाउँन सकिनेछ । साथि संगि तथा ईष्ट मित्रबाट उपाहार प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी विच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछी पार्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सोमबार बिहानसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । सोमबार दिउसोबाट समय राम्रो रहेकोले वौद्धिक व्याक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउँन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुका लागी समय फलदायी रहेकोछ । प्रेममा सामिप्यता बढेर जानेछ । आट शाहस तथा पराक्रममा बृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सोमबार दिउसोबाट बुधबार साझसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखी रिसाउँनेछन् । तरपनि अन्य व्यापार व्यावसायमा मन्दी आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । व्यापार व्यावसायबाट सामान्य आम्दानी हुनेछ । बिभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्ब सँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिहीबारबाट समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउँनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ । सापटी लगिएका धन तथा सम्पती फिर्ता हुने योग रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धीमुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् ।