शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

ज्ञानेन्द्र दम्पत्तिको डान्स, सोनिकालाई नबोलाएपछि यस्तो भनिन् (भिडियो सहित)

आइतवार , फाल्गुण ९, २०७७

झापाको होटल मेची क्राउनमा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा पुर्वराजा ज्ञानेन्द्र शाह र कोमलको नृत्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको जनाइएको छ । यसअघि पारसबाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेका उनी एकाएक मेची क्राउनमा पुगेका थिए । हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ । गत बुधबारदेखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ । भिडियो तल छ

पूर्व राजा शाह दम्पती भने केही महिना अघिदेखि नै झापामा रहँदै आएका थिए । शुक्रबारको जन्मोत्सव शुभकामना दिन केही राजावादी तथा राजसंस्था पक्षधरका स्थानीय नेताहरू पनि पुगेको जनाइएको छ । यसअघि ७१औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीवार जारी शुभकामना सन्देशमा पूर्वराजाले निशेष र विभेदको राजनीति शुरु भएको आरोप लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका थिए । जन्मदिनको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए । पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन् ।

सोनिकाको यस्तो प्रतिक्रिया

पुर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा झापाको एक होटलमा राजपरिवार सँगै देखिएपछि सोनिका रोकायाले सामाजिक संजालमा प्रतिक्रिया जनाएकि छिन् । पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समयदेखि चलेको थियो । तर, उनीहरु अहिले अलग भइसकेका छन् । पारससँग निकट हुँदा उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् । पारश हिमानीको सम्बन्ध सुदृढिकरणमा आफूले भुमिका खेल्ने बताउदैँ आएकि सोनिकाले अहिले भने दुईजना सँगै देखिएपछि प्रतिक्रिया दिएकि छिन् । समाजिक संजालमा राजपरिवारको तस्बिर भाइरल भएपछि धेरैले ठट्यौलि शैलिमा सोनिकालाई निमन्त्रणा नभएको भन्दै मजाक गरेका थिए । यता, सोनिकाले भने आफू खुशी भएको भन्दै सामाजिक संजाल फेसबुक स्टोरी हालेकि छिन् । भिडियो तल छ

थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जोडिएको थियो । शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जोडिएको हो । दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीच निकटताका बारेमा चर्चा चलेको हो । यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि सो चर्चा थप गर्माएको हो। चर्चाले विशेषगरी सामाजिक संजाल तातिरहेको छ । पारसलाई विशेषगरी सोनिकाको पनि लगानी रहेको दबारमार्गस्थित लिक्विड लाउन्जमा धेरैजसो देखिन्छ । सोनिकाले पारससँगका केही टिकटक भिडियो आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्दै आइरहेकी छन् ।

पूर्व युवराज पारससँग नाम जोडिएको विषयमा सेतोपाटीसँग कुरा गर्दै सोनिकाले त्यसमा कुनै सत्यता नरहेको र तथ्य नबुझी लेखिएको बताइन् । ‘उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि। यसको आधारमा यस्तो भनिएको हो। मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु । म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु। अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा। यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला । केटी भएँ त्यसैले यस्तो भएको हो। हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन् । मेरो बारेमा मलाई नसोधी लेखिएको छ ।’

को हुन सोनिका ?

बझाङ स्थाइ घर भएकी सोनिकाले यूट्यूबमा ‘द सोनिका सो’ नामक कार्यक्रम चलाउने गरेकी छन् । उनले चलाउने कार्यक्रममा विशेषगरी वयस्क र द्विअर्थी विषयले भरिएका हुन्छन् । उनी जति यस्ता अन्तरवार्ता तथा शो गर्न चर्चित छिन् उस्तै शैलीमा अन्तरवार्ता दिने गरेकी छिन्। हालै उनले मुम्बई पुगेर भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी छन् । यस्तै उनी अन्तरवार्ता लिने अन्य यूट्यूबरको रोजाइमा पनि उत्तिकै पर्छिन्। पछिल्लो समय यूट्यूबमै व्यस्त देखिए पनि उनले केही म्यूजिक भिडियोहरूमा मोडलिङ समेत गरेकी छन्। उनले स्टेज कार्यक्रमहरू पनि संचालन गर्ने गर्छिन् ।

नेपालमा राजतन्त्रको अवसानसँगै मुलुक संघीय गणतन्त्रको बाटोमा गएपछि पारस केही वर्ष थाइल्याण्ड बसे। यसक्रममा उनी एकपटक लागुऔषधसहित समातिए भने उनलाई हृदयघातसमेत भयो । हृदयघातबाट स्वास्थ्यलाभ गरेपछि केही वर्षयता नेपाल बस्न लागेका पारसले केही समयपछिसम्म मदिरा सेवन छाडेको बताइएको भए पनि पछिल्लो समय उनी पुनः मदिरामा डुब्न थालेको दाबी गरिँदै आइएको छ । पारसको आनीबानी सुधार नभएकाले उनी नेपाल फर्किए पनि निर्मल निवासमा नबसी बाहिर नै बस्दै आएका छन् ।

नेपालका पुर्व राजपरिवार नाइट क्लबमा देखिरहन्छन् । पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवार क्लबमा पुगेर रमाइलो गर्छन् । सार्वजनिक ठाउँहरुमा खासै नदेखिने पुर्वराजालाई क्लबमा देखेर राजाको नारा लगाउने जमात ठूलै छ । कहिले त्रिसरा त कहिले लिक्विड लन्जमा आइरहन्छन् । उनीहरुको तस्बिर जब समाजिक संजालमा अपलोड हुन्छ, त्यो भाइरल नै भइदिन्छ । गएराति पुर्वराज परिवार काठमाडौँको लर्ड अफ ड्रिंक्स क्लबमा देखिए । पुर्व राजाको नाममा अधिकांश युवाहरु समर्थन गर्दै ‘राजा आऊ, देश बचाउ’, ‘मेरो प्यारो राजा’ लगायतका नारा लगाईरहेका थिए । यत्तिकैमा पुर्व राजाले गीतको तालमा नाचे । युवाको जमात झनै वाइल्ड हुदैँ थियो । त्यसपछि, हिमानीले ‘रातो र चन्द्र सूर्य’ बोलको गितमा हात उठाई उठाई नाचेपछि युवाहरुले ‘राजा आउ, देश बचाऊ’ को नारा नलगाई बस्नै सक्नेन । पुर्वराजपरिवारको शालिन विशेषताले जनतालाई झन् नजिक पुर्योइरहेको अवस्था छ । पुर्व युवराज पारश शाह निरन्तर विवादमा आइरहदा पनि राजपरिवार नाइट क्लबमा बसेर आफ्ना जनतासँग रमाइरहेका छन् । शाहको बच्चा स्वभावले राजपरिवारको इज्जतमा दाग लगाउन खोजेपनि राजपरिवारको हैसियत क्लबहरुमा देखिन्छ । जब युवाको जमातसँग पुर्व राजपरिवार नजिकिन्छ त्यहाँ माहोल फरक देखिन्छ । जे होस्, पारशको धमिलो छवि भएपनि पुर्वराजा र राजपरिवारले जनतासँग देखाएको व्यवहारले भने पक्कै पनि पुर्व राजपरिवारलाई शक्तिशालि बनाइरहेको छ ।

केहि समअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राजा ज्ञानेन्द्र शाह नाच्दा हल्लिने यो कस्तो गणतन्त्र हो?’ भनी प्रश्न गरेका थिए ।

उनले सो प्रश्न नेकपाको अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका हुन् । पुर्व राजा ज्ञानेन्द्र राजधानीको लाजिम्पाटस्थित एक रेष्टुरेन्टमा पारिवारिक जमघटमा नाचेका थिए । उनी नाचेको भन्दै प्रचण्डले त्यसको विरोध गरेका थिए । ‘राजा व्यक्तिगत एवं पारिवारिक जीवनसँग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शीर्ष तहको नेताबाट जुन ढंगले अभिव्यक्ति आएको छ यो कमजोर र हतास मानसिकताको उपज हो । गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुन्छु, कैलालीको धनगढीमा प्रदेश नं.७ का पार्टीका प्रदेशस्तरीय कार्यक्रर्तालाई प्रशिक्षण दिने क्रममा थापाले बताएका थिए । थापाले सो सम्बोधनमा गणतन्त्रको जग कमजोर रहेको यसबाट पुष्टि हुने बताए । उनले प्रचण्डले राजाको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप समेत लगाए । उनले भने, ‘कसैको व्यक्तिगत नीजि जीवनमाथी टिप्पणी गर्नु एउटा वरिष्ठ नेतालाई सुहाउने कुरा होइन ।’ प्रचण्डको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको थापाको भनाइ थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया