शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रिन्स राजको स्वागतयोगय कदम, च्यारिटीबाट उठेको रकम कलाघरलाई

आइतवार , फाल्गुण ९, २०७७

कोरोनाको कहरले थलिएको जनजिवनलाइ पुन मनोरञ्जन तथा सांस्कृतिक सद्भाव स्वरुप सिन्धुलीमा चलचित्र हिरो रिटन्स्र्को च्यारिटि सो हुने भएको छ । गत ३० गते कलाघरको आयोजनमा सम्पन्न बृहत ल्होछार कार्यक्रम बिच च्यारिटी सो आयोजक सिन्धु इभेट्सका डाइरेक्टर प्रिन्स राज पौडेलले जानकारी दिनु भएको हो । चैत्र ६ गते शुक्रबार सिन्धुलीमाढीमा हुने प्रदर्शनमा चलचित्रका अभिनित कलाकार नायक सरोज खनाल, नायक सबिन श्रेष्ठ लगायतको निमार्ण टिम समेत आउने पक्का समेत पक्का भएको छ । ल्होछार विशेष कार्यक्रममा आफ्ना हिट र्याप गितहरु प्रस्तुत गर्दै र्यापर पौडेलले च्यारिटि सो बाट उठेको रकम को केहि आम्दानी कलाघर निमार्णमा समेत खर्च गर्ने घोषणा गर्नुभएको छ ।

जिल्लाका उच्च पधाधिकारी सहितको स्वागत सम्मान सास्कृतिक कार्यक्रम सहित हुने च्यारिटी सो ले चलचित्र क्षेत्र प्रतिको चासो र पुन चलचित्रप्रेमी दशर्कको लागि हिरो रिटन्र्स अमुल्य उपहार समेत हुने प्रदर्शनका अभियान्ता मोडल अजित रायमाझीले बताउनु भयो । जिल्लामा हाल सिनेमा हल समेत नभएको स्थीतिमा यस च्यारिटी सो ले सिनेमा प्रति दर्शकको थप चासो बढाउन टेवा पुग्ने आयोजकको विश्वास छ । नायक सरोज खनाल, नायीका रेखा थापा, नायक सबिन श्रेष्ठ,आचल सर्मा लगायत थुप्रै चर्चित कलाकारहरुको अभिनय रहेको चलचित्र एक्सन प्रदान सहित सामाजिक कथाबस्तुमा आधारित रहेको छ । च्यारिटी शो बाट उठेको आम्दानी सामाजिक कार्य तथा प्रतियोगितामुलक कार्यक्रममा खर्च गर्ने उदेश्य सहित अगाडी बढेको सिन्धु इभेट्सले विगतका बर्षहरुमा सिन्धुली आइडल, मिस टिन सिन्धुली लगायत थुप्र्रै ठुला प्रतियोगिताहरु आयोजना गरिसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया