शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खुशीको खबरः निर्मलाका बारेमा गृहमन्त्रीले सुनाए खुशीको कुरा (पढौँ)

शनिवार , फाल्गुण ८, २०७७

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको ब......पछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको ब....छि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए । उनले अघि भने, ‘निर्मला पन्तको ब.... पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’

आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

प्रधानमन्त्री केपी ओलीले ‘सेटिङफेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनस्र्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे । ‘कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने । ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई भने ।

उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए । चुनाव वैशाखमै हुने दाबी दोर्होयाउँदै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत ल्याउने बताए ।

विप्लवले भनेः सरकारसँग वार्ता गर्न सकारात्मक छौं

विप्लव नेतृत्वको नेकपाले सरकारसाग वार्ता गर्न तयार रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् । उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

गृहमन्त्रीका कुरा

गृहमन्त्री एवं ओली समूहको नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै प्रतिनिधिसभा पुनस्र्थपानाको माग गर्नेलाई चुनाव चिन्ह किन चाहियो भन्दै प्रश्न गर्नुभएको छ । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले चुनावको विरोध गरे पनि दाहाल–नेपाल समूहले भित्रभित्रै चुनावको तयारी गरेको बताउनुभयो । ‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’ गृहमन्त्री थापाले स्थायीत्वका लागि प्रतिनिधिसभा विघटन गरिएकाले यसलाई ऐतिहासिक कदम भएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनस्र्थापना भए संसदमा फोहोरी खेल सुरु हुने जिकिर गर्नुभयो । सरकाले विकास र सुशासनका काम गर्न प्रतिनिधिसभा विघटन गरेको उहाँको तर्क छ ।

मन्त्री थापाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई संवैधानिक भएको जिकिर गर्दै विराटनगरमा उठेको जनसागरले प्रधानमन्त्रीको कदमलाई अनुमोदन गरेको जिकिर गर्नुभयो । फरक प्रसङ्गमा गृहमन्त्री थापाले सरकारले शान्ति सुरक्षाको चुस्त व्यवस्था गरेको उल्लेख गर्दै भागरथी हत्याकाण्डको आरोपी पक्राउ गर्नुले पनि सरकार जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने देखिएको बताउनुभयो । साथै उहाँले प्रहरी कञ्चनपुरकी निर्मला पन्तको हत्याराको नजिक पुगिसकेको जानकारी दिनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया