काठमाडौं ८ फाल्गुन -नेकपाभित्रको विवादले उग्ररुप लिँदै गर्दा भएको प्रतिनिधिसभा विघटनविरुद्धको टुंगो सम्भवतः आगामी साताभित्र लाग्नेछ । प्रतिनिधिसभा विघटनको निर्णयबाट सर्वत्र आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीसँगै प्रतिबन्धित विप्लव समूहसँग निकटताको सम्बन्ध कायम राख्नुभएको आशंका गरिएको थियो ।
आज उक्त आशंकालाई पुष्टि गर्दै सरकारले उक्त समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न लागेको छ भने विप्लव नेकपाले पनि आफू सरकारसँग सम्वाद र वार्ताको लागि तयार रहेको बताएको छ ।

यी सबै काम आज अपरान्ह प्रधानमन्त्री ओलीले बिराटनगरबाट बोल्ने र यता मोफसलबाट नेकपा विप्लव समूहका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर एउटै समयमा गर्ने सहमति भएको देखिन्छ । संघीय लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका ओलीका गतिविधि र निर्णय भने गैरलोकतान्त्रिक समूहसँग बढि नजिक रहेको पाइन्छ ।
प्रतिनिधिसभा विघटनपछि २ नम्बर प्रदेश प्रमुखको बर्खास्ती र अन्य प्रदेशसभा विघटनको चुनौतीसँगै देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको राजनीतिमा तीव्ररुपमा नयाँ ध्रुवीकरण शुरु भएको देखाउँछ ।जन आस्थाबाट साभार ।
जनअपेक्षा एकतातिर नगरपालिकाको ध्यान रुख टावरतिर
सिन्धुली,०८ फाल्गुण – शुक्रबार कमलामाई नगरपालिकाले बनाएको एउटा फलामे टावरको फोटो एकाएक भाइरल भयो । धेरैका फेसबुकको वालमा सिन्धुलीको कमलामाई नगरपालिकाले एक रुखमा बनाएको ३० लाखको भ्युटार भनेर फोटो पोष्ट गरिएपछि सबैको चासोको विषय बन्यो उक्त भ्यू टावर । यहाँको कमलामाई नगरपालिकाले एक रुखलाई भ्यू टावर बनाएपछि सोही टावरको चर्चा चुलिएको हो । कमलामाई नगरपालिकाको वडा नं. १० चदाहा दोभानमा भ्यु टावर बनाएको हो । बनभोज स्थललाई आकर्षक बनाउन भन्दै त्यहाँको एक रुखलाई आधार बनाएर फलामको भ्यू टावर बनाएको छ ।
नगरपालिकाको पर्यटन पुर्वधार कार्यक्रम अनुसार ३० लाख रुपैयामा फलामको भ्यूटावर सहित प्रतिक्षालय, पोलिथिन खानेपानी ट्यांकी र १३ ओटा सिटिङ कुर्सी निर्माण गरिएको नगरपालिकाले जनाएको छ । जनताको अपेक्षा विकास निर्माणतिर भएपनि सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधिहरुको भने भ्युटावरमा ध्यान गएको छ । यहाँका स्थानिय सरकार भ्युटावर बनाउन प्रतिस्पर्धानै गरेर लागेका छन् । यहाँको केही गाँउपालिकामा भ्यू टावर बनिसकेको छ भने नगरपालिकाले समेत रुखमा फलामको घेराबेरा गरेर भ्यू टावर बनाएको छ । अहिलेको आवश्यकता भ्यू टावरको होकी टेलिकम टावरको हो ? स्थानिय सुर्य पौडेल भन्नु भयो, “आवश्यकता होइन भनौ भने, स्थानिय सरकारले बनाइसक्यो खर्च गरिसक्यो तर अनुत्पादक क्षेत्रमा सरकारको ध्यान गयो । अहिलेनै हामीलाई भ्यु टावर चाहिएको छैन”, उहाँले अगाडी थप्नु भयो, “जनताको अपेक्षा एकातिर छ, सरकार कार्यकर्ता पाल्ने बजेट मिलाउन व्यस्त छ ।” उहाँले गाँउमा टेलिकम टावर आवश्यकता रहेको भन्दै अहिलेकै अवस्थामा भ्यू टावरको आवश्यकता नभएको बताउनु भयो । भ्यू टावर बनाउने बजेट सुन्दा र स्थलगत काम हेर्दा गुणस्तरहिन काम भएको छ, उहाँले भन्नु भयो, “तर हाम्रो कुरा स्थानिय सरकारले सुन्दैन ।”
कमलामाई नगरपालिका वडा नं. १० का वडाअध्यक्ष कैलाश ढुंगेलले पिकनिक स्पोर्ट रमणिय बनाउने उदेश्यले रुख टावर बनाइएको बताउनु भयो । रमणिय र केहि नयाँ आयामको काम गरौँ भनेर हामीले यस्तो रुख टावर बनाएका हौ”, उहाँले भन्नु भयो, “हाम्रो सोच एउटा रुखबाट अर्को रुखसम्म जान सक्ने बनाउने हो ।”
केहिबर्ष देखि उक्त क्षेत्रमा पिकनिकको चाप बढेपछि पर्यटन शिर्षकको ३० लाख बजेटबाट टावर गजेबु लगायत अन्य संरचना निर्माण गरिएको नगरपालिकाका इन्जिनियर आस्तिक बरालले बताउनु भयो । २०७७ साल असार ३० गते सम्झौता भई मंसिर ३० गते सम्पन्न गर्नुपर्ने गरि लामा कन्टसन प्रा.लीले ठेक्का पाएको उक्त टावर सहित संरचना बनाउने काम ९७ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनीका कमल लामाले बताउनु भयो । सिन्धुलीमा पर्यटकिय क्षेत्रको विस्तारका लागि भन्दै पछिल्लो समय भ्यू टावर बनाउनेको होड चलेको छ । यहाँको गोलञ्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाले भ्यू टावर बनाइसकेको छ भने अन्य स्थानिय तहमा पनि धमाधम भ्यु टावर बन्दै छन् ।
सिन्धुलीका गर्भवती महिलालाई भत्तासँगै नुन तेल उपहार
सिन्धुली,०८ फाल्गुण – सिन्धुलीका स्थानीय तहले गर्भवति महिलाका लागि भत्तासँगै नुन र तेल उपहारको प्रोत्साहन कार्यक्रम ल्याएका छन् ।
स्वास्थ्य संस्थामा गई नियमित गर्भ जाँच र प्रसूती सेवा लिने गर्भवती महिलाका लागि स्थानीय तहले उक्त भत्ता र उपहार लगायतको प्रोत्साहनको कार्यक्रम ल्याएका हुन् । घरमा सुत्केरी हुदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने भएकाले सुत्केरी महिलालाई विभिन्न किसिमको संक्रमणबाट बचाउनका यस्तो अभियान सञ्चालन गरिएको स्थानीय तहले जनाएका छन् ।
फिक्कल गाँउपालिकाकी उपाध्यक्ष पार्बती सुनुवार गर्भवति महिलालाई नियमित चारपटक गर्भजाँच गराउन र स्वास्थ्य संस्थामा नै सुरक्षित बच्चा जन्माउन प्रोत्साहन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।
गाँउपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई तीन हजार आठ सय रुपैया प्रोत्साहन भत्ता दिने गरेको जानकारी दिदै उहाँले भन्नुभयो, “घरमा नै सुत्केरी हुने महिलाको संख्या बढ्दै गएपछि उनीहरुलाई अस्पतालसम्म ल्याउन प्रोत्साहन भत्ता दिन सुरु गरिएको हो ।”
उपाध्यक्ष सुनुवारका अनुसार सरकारले सुत्केरीलाई उपलव्ध गराउँदै आएको दुई हजार आठ सय रुपैयामा गाँउपालिकाले एक हजार रुपैया थप गरेको हो । गर्भावस्थाको समयमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुने महिलालाई मात्र उक्त प्रोत्साहन भत्ता प्रदान गरिएको छ ।
सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्य चौकी जान आउन गाँउपालिका भरी निःशुल्क एम्बुलेन्स सेवा सेमत प्रदान गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स प्रयोग गरेमा गाँउपालिका बाहिर उपचारका लागि जानुपरेमा भाडामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उक्त गाँउपालिकाले जनाएको छ ।
सुनकोशी गाँउपालिकाले भने गर्भवती महिलाहरुको घरमा टाढैबाट देखिने गरी निलो रङको झण्डा झुण्ड्याउने गरेको छ । “सुरक्षित मातृत्व, सुनकोशी गाँउपालिकाको दायित्व” भन्ने नारासहित गाँउपालिकाले सबै गर्भवती महिलाहरुको घर–घरमा सुरक्षित मातृत्व अंकित झण्डा झुण्ड्याउने गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले बताउनुभयो ।
अहिलेसम्म महिला स्वयंसेविका मार्फत २६० जना गर्भवती महिलाको घरमा झण्डा राखि सकेको र झण्डा राखेपछि परिवारमा नै गर्भवती महिलाको स्याहार सुसार गर्नुपर्छ भन्ने चेतनासमेत बढ्दै गएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस अभियान अन्तरगत स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउने गर्भवती महिलाहरुलाई गाँउपालिकाले दुरी अनुसार नेपाल सरकारले दिने सुत्केरी भत्ता बाहेक नै एक हजारदेखि दुई हजार रुपैयासम्म प्रोत्साहन भत्ता दिदै आएको छ । यसका अतिरिक्त गर्भ जाँच गराउन आउदा पटकै पिच्छे निःशुल्क एक लिटर खाने तेल र आयोडिन नुन उपहार समेत दिने गरेको छ ।
मरिण गाँउपालिकाले पनि स्वास्थ्य संस्थामा नियमित जेकजाँच गराउने गर्भवती महिलालाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष पानीराज बम्जनले गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित जाँच गराए बापत दुई हजार रुपैया प्रोत्साहन भत्ता दिने गरिएको बताउनुभयो । अहिलेसम्म करिब नौ सय गर्भवती महिलाले उक्त भत्ता लगि सकेको जानकारी दिदै उहाँले सुरक्षित प्रसुती सेवाका लागि महिला स्वयंसेविकामार्फत अभिभावक शिक्षा समेत चलाउदै आएको बताउनुभयो ।
“उक्त भत्ता दिन सुरु गरेसँगै स्वास्थ्य संस्थामा गई सुरक्षित प्रसुती सेवा लिने गर्भवती महिलाको सङख्या निकै बढेका छन्,” गाँउपालिका अध्यक्ष बम्जनले भन्नुभयो, “गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्रसम्म आउने वातावरण बनाउन प्रोत्साहन भत्ता दिने थालिएको हो ।”
उता गोलाञ्जोर गाँउपालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजान एम्बुलेन्स भाडामा ४० प्रतिशत छुट दिने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष पुष्प कार्कीले जानकारी दिनुभयो ।
प्रजातन्त्र दिवसमा सिन्धुलीको ग्वाङखोला सरसफाई
सिन्धुली, – राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित ग्वाङखोला शुक्रबार सरसफाई गरिएको छ ।
कमलामाई नगरपालिका–५ स्थित वडास्तरिय टोल समन्वय समितिको आयोजनामा ग्वाङखोलाको लब्दाह दोभानदेखि कारागार कार्यालयसम्म उक्त सरसफाई गरिएको वडा अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बृहत्तर सरसफाई अभियानमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, शसस्त्र प्रहरी, जनपथ प्रहरी र उक्त वडामा रहेका २७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रमको समापनमा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले फोहोरको व्यवस्थापनका लागि वडा नं. ५ ले गरेको प्रयासको सह्राना गर्दै नगरपालिकाको बजेटको सदुपयोग गरेर काम गर्न समेत समन्वय समितिलाई आग्रह गर्नुभयो ।
उ
हाँले कुहिने र नकुहिने मल छुट्टै राखेर नकुहिने बस्तुलाई बिक्री गर्ने र कुहिने मललाई कम्पोष्ट मल बनाउन टोल विकास संस्थाहरुलाई आग्रह गर्नु भएकोछ ।
उहाँले वडाबासीह्रुलाई प्लाष्टिकको झोलाको अन्त्य गर्ने नगरपालिकाको अभियानमा सहयोग गरिदिन आग्रह समेत गदै उहाँले भन्नु भयो, “कम्तिमा जति उपस्थित हुनुहुन्छ आजै देखि प्लाष्टिक झोला नबोकिदिनुस्, बोक्नै पर्ने अवस्थामा जम्मा गरेर सुरक्षित ठाउँमा राखिदिनुहोस, त्यो नगरपालिकाले बोक्छ ।” उहाँले अगाडी भन्नुभयो, “सक्नुहुन्छ भने नगरपालिकाबाट प्लाष्टिकको झोला अन्त्य गरिदिनुस, मेरो नगरपालिकाको तर्फबाट अनुरोध छ ।”
उहाँले चुरेदेखि सिन्धुलीगढीसम्मको हाईवेको फोहोर व्यवस्थापनमा लागेको समेत जानकारी दिनु भयो । नगरपालिकामा टोल विकासको समन्वय समिति बनाई सरसफाईको अभियान सुरु गरेको पहिलो पटक हो।
त्यस्तै तीनपाटन गाँउपालिकाले पनि प्रजातन्त्र दिवसको अबसरमा चकमके बजार सरसफाई गर्नुका साथै जिल्लास्तरिय भलिवल प्रतियोगिता सुरु गरेको जनाएको छ । गाँउपालिकाको आर्थिक सहयोग र चकमके युवा क्लबको आयोजनामा उक्त भलिबल प्रतियोगिता सुरु गरिएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो । उहाँका अनुसार उक्त भलिबल प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाएका छन् ।
सिन्धुलीका गर्भवती महिलालाई भत्तासँगै नुन तेल उपहार
सिन्धुली,०८ फाल्गुण – सिन्धुलीका स्थानीय तहले गर्भवति महिलाका लागि भत्तासँगै नुन र तेल उपहारको प्रोत्साहन कार्यक्रम ल्याएका छन् ।
स्वास्थ्य संस्थामा गई नियमित गर्भ जाँच र प्रसूती सेवा लिने गर्भवती महिलाका लागि स्थानीय तहले उक्त भत्ता र उपहार लगायतको प्रोत्साहनको कार्यक्रम ल्याएका हुन् । घरमा सुत्केरी हुदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने भएकाले सुत्केरी महिलालाई विभिन्न किसिमको संक्रमणबाट बचाउनका यस्तो अभियान सञ्चालन गरिएको स्थानीय तहले जनाएका छन् ।
फिक्कल गाँउपालिकाकी उपाध्यक्ष पार्बती सुनुवार गर्भवति महिलालाई नियमित चारपटक गर्भजाँच गराउन र स्वास्थ्य संस्थामा नै सुरक्षित बच्चा जन्माउन प्रोत्साहन गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ ।
गाँउपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई तीन हजार आठ सय रुपैया प्रोत्साहन भत्ता दिने गरेको जानकारी दिदै उहाँले भन्नुभयो, “घरमा नै सुत्केरी हुने महिलाको संख्या बढ्दै गएपछि उनीहरुलाई अस्पतालसम्म ल्याउन प्रोत्साहन भत्ता दिन सुरु गरिएको हो ।”
उपाध्यक्ष सुनुवारका अनुसार सरकारले सुत्केरीलाई उपलव्ध गराउँदै आएको दुई हजार आठ सय रुपैयामा गाँउपालिकाले एक हजार रुपैया थप गरेको हो । गर्भावस्थाको समयमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भजाँच गराउने र अस्पतालमै सुत्केरी हुने महिलालाई मात्र उक्त प्रोत्साहन भत्ता प्रदान गरिएको छ ।
सुत्केरी तथा गर्भवती महिलाका लागि स्वास्थ्य चौकी जान आउन गाँउपालिका भरी निःशुल्क एम्बुलेन्स सेवा सेमत प्रदान गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स प्रयोग गरेमा गाँउपालिका बाहिर उपचारका लागि जानुपरेमा भाडामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको उक्त गाँउपालिकाले जनाएको छ ।
सुनकोशी गाँउपालिकाले भने गर्भवती महिलाहरुको घरमा टाढैबाट देखिने गरी निलो रङको झण्डा झुण्ड्याउने गरेको छ । “सुरक्षित मातृत्व, सुनकोशी गाँउपालिकाको दायित्व” भन्ने नारासहित गाँउपालिकाले सबै गर्भवती महिलाहरुको घर–घरमा सुरक्षित मातृत्व अंकित झण्डा झुण्ड्याउने गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले बताउनुभयो ।
अहिलेसम्म महिला स्वयंसेविका मार्फत २६० जना गर्भवती महिलाको घरमा झण्डा राखि सकेको र झण्डा राखेपछि परिवारमा नै गर्भवती महिलाको स्याहार सुसार गर्नुपर्छ भन्ने चेतनासमेत बढ्दै गएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस अभियान अन्तरगत स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउने गर्भवती महिलाहरुलाई गाँउपालिकाले दुरी अनुसार नेपाल सरकारले दिने सुत्केरी भत्ता बाहेक नै एक हजारदेखि दुई हजार रुपैयासम्म प्रोत्साहन भत्ता दिदै आएको छ । यसका अतिरिक्त गर्भ जाँच गराउन आउदा पटकै पिच्छे निःशुल्क एक लिटर खाने तेल र आयोडिन नुन उपहार समेत दिने गरेको छ ।
मरिण गाँउपालिकाले पनि स्वास्थ्य संस्थामा नियमित जेकजाँच गराउने गर्भवती महिलालाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष पानीराज बम्जनले गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित जाँच गराए बापत दुई हजार रुपैया प्रोत्साहन भत्ता दिने गरिएको बताउनुभयो । अहिलेसम्म करिब नौ सय गर्भवती महिलाले उक्त भत्ता लगि सकेको जानकारी दिदै उहाँले सुरक्षित प्रसुती सेवाका लागि महिला स्वयंसेविकामार्फत अभिभावक शिक्षा समेत चलाउदै आएको बताउनुभयो ।
“उक्त भत्ता दिन सुरु गरेसँगै स्वास्थ्य संस्थामा गई सुरक्षित प्रसुती सेवा लिने गर्भवती महिलाको सङख्या निकै बढेका छन्,” गाँउपालिका अध्यक्ष बम्जनले भन्नुभयो, “गर्भवती महिलालाई नियमित स्वास्थ्य जाँचको लागि स्वास्थ्य केन्द्रसम्म आउने वातावरण बनाउन प्रोत्साहन भत्ता दिने थालिएको हो ।”
उता गोलाञ्जोर गाँउपालिकाले गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजान एम्बुलेन्स भाडामा ४० प्रतिशत छुट दिने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष पुष्प कार्कीले जानकारी दिनुभयो ।
उपचारमा अन्धविश्वास हावि हुन नदेऊ
सिन्धुलीको ग्रामीण क्षेत्रमा अहिले पनि उपचारकालागि धामिझाँक्रीको विश्वास बढि गरिन्छ । झारफुकलाई अन्धविश्वासका रुपमा चित्रण गरिए पनि जिल्लाको ग्रामीण क्षेत्रमा बसोवास गर्ने अधिकांस मानिस विरामी हुदा धामी झाँक्रीको शरणमा जाने क्रम घटेको छैन । गाँउमा कुनै मानिस विरामी भएमा सबैभन्दा पहिले धामीकोमा लैजाने र त्यसपछि कुनै उपायस्वास्थ्य चौकी एवंम् नभएमात्र अस्पतालमा लैजाने चलन यथावत रहेको छ । मानिस विरामी भएमा देवता रिसाएर हो अथवा डाईनी, बोक्सी, पिसाद वा भूतको कारण हो भनेर तत्काल धामीकोमा लाने चलन छ । अन्धविश्वासका कारण समयमै उपचार नपाएर ज्यान समेत जाने गरेको विगतको घट्नाहरुले देखाएको छ । तसर्थ, स्वास्थ्य जस्तो क्षेत्रमा अन्धविश्वास हावि हुन नदिन सरोकारवाला निकायले आवश्यक कदम चाल्न जरुरी छ ।
जिल्लाको ग्रामीण क्षेत्रमा सचेतना कार्यक्रमहरु संचालन गरेर अन्धविश्वासको जरो उखाल्न जिम्मेवार निकायले अग्रसरता देखाउनुपर्दछ । स्वास्थ्य क्षेत्रमा अन्धविश्वास हावि भयो भने त्यसले ठूलो मानविय क्षति हुन्छ । चेतनाको अभावमा ज्वरो, खोकी, झाडापखालाका कतीपय विरामी समेत देस्यान् लाग्यो भनि उपचार गर्न धामीझाँक्रीकोमा जाने गरेको पाइन्छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सचेतनाकालागि वर्षमा लाखौँ रकम खर्च गर्ने गरेको छ । त्यसैगरि, अन्धविश्वास प्रति विश्वास हटाउन विभिन्न संघसंस्थाले ठूलो धनराशि खर्च गरेका अवस्था छ । तर, ग्रामीण क्षेत्रमा भने चेतनाको कमि यथावत् नै छ । तसर्थ, स्थानिय सरकार लगायत सरोकारवाला निकायले अन्धविश्वास निर्मुल गर्न चेतना वृद्धिका कार्यक्रमहरु प्रभावकारी ढंगमा संचालनमा ल्याउन जरुरी छ । त्यसैगरि, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको सेवा गुणस्तरीयतामा पनि जोड दिन आवश्यक छ । अतः उपचारमा अन्धविश्वास हावि हुन नदिनकालागि जिम्मेवार निकायले चेतनाका कार्यक्रमसहित आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।