काठमाडौँ,०८ फाल्गुण – निर्वाचित झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले गरेको अलोकपृय निर्णयवारे सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ ।
सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ ।
दुई महिनादेखि निरन्तर सुनुवाइ गरिरहेको संबैधानिक इजलासको सर्वसम्मतिबाट आउने फैसलाले बिघटित प्रतिनिधिसभालाई ब्युँताउने आमअपेक्षा गरिएको छ । जन आस्थाबाट साभार
छुटाउनुभयो कि?
आयो उड्ने बाइक, चलाउन लाइसेन्स नचाइने
काठमाडौँ,०८ फाल्गुण – दुबईमा उड्ने मोटरसाइकलको मज्जा लिन सकिने भएको छ । यसका लागि लाइसेन्सको समेत आवश्यकता पर्ने छैन ।
तर यो सुविधा तत्काललाई दुबई प्रहरीलाई मात्र हो । प्रहरीले निकट भविष्यमा उड्ने मोटरसाइकलबाट शहरमा गस्ती गर्ने लक्ष्य लिएको छ।
क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षण भइसकेको दुवई प्रहरीले जनाएको छ ।
यसअघि सन् २०१७ मा पनि दुबईमा उड्ने मोटरबाइकको परीक्षण भएको थियो।
एउटा उड्ने बाइक करिब २५० पाउन्डको हुनेछ भने यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। ओभरसर्फका अनुसारमा त्यसमा रहने ‘लिथियम मानगानिस निकेल ब्याट्री’ ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।
फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले तय गरेको गति भन्दा यसको गति र तौल कम भएकाले काबर्न फाइबरबाट निर्माण हुने यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले प्रष्ट पारेको छ ।
वार्ता गर्न ओलीले दूत पठाइरहेको नेपालको खुलासा
काठमाडौँ,०८ फाल्गुण – कानुनी हिसावले फुट्न बाकी रहेको तर राजनीतिक हिसावले फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । उक्त बैठकमा अध्यक्ष नेपालले आफुहरु सग वार्ता गर्न भन्दै केपी ओलीले दुत पठाएको समेत खुलासा गरेका थिए । नेता नेपालले भने ‘ओलीले भ्रम छर्ने कोशिश गरेकाछन हामी कुनैपनी हालतमा गुलियो भ्रममा पर्नुहुदैन’ ।नेपालले विकसित परिस्थितिको आँकलन गर्दै अघि बढ्न र सोही अनुसार रणनीति बनाउनुपर्ने भएकाले पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने निश्कर्षका साथ आकस्मिक बैठक बोलाउनु परेको जनाएको हो ।
शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेताहरुले पुस ५ पछि अहिलेसम्मका घ’ट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए ।
बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए । त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझैपनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए ।
‘कामचलाउ प्रधानमन्त्री केपी ओलीले साम, दाम, दण्ड, भेद चारवटै विधि अपनाइरहेका छन् । उनको यो नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आ’न्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’
अध्यक्ष नेपालले ओलीले विभिन्न भ्रमहरु छरेर मानिसहरुलाई अल्मल्याइरहेको बताए । ‘यो ओलीको भ्रमका कारण हो । कसलाई के भनेर आफ्नो पक्षमा ल्याउने र कसलाई के भनेर त्रसित पार्न हो भन्नेमा ओली सिपालु रहेछन् । मैले पनि बल्ल थाहा पाएँ,’ अध्यक्ष नेपालले अनुभव सुनाए ।
उनले ओली पावरको ‘मिस युज’ गर्दै जाँदा मानिसहरुलाई भ्रममा पार्न पनि अभ्यस्त बनेको बताए । त्यसक्रममा नेता नेपालले ओली कुनै सीमाभित्र नबाँधिने व्यक्ति भएको टिप्पणी पनि गरे । ‘राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउन पहल गरेको भनेर ओलीले प्रचार गरे । हाम्रै नेतृत्वमा पनि भ्रम पैदा गर्ने कोसिस गरे, त्यो जारी नै छ । अनि धारे हात लगाउँदा लगाउँदै पनि अनेक किसिमका दूत हामीसँग वार्ता गर्न पठाइरहेका छन् । ओलीको गुलियोमा हामी भुल्नु हुँदैन’, अध्यक्ष नेपालको भनाइ थियो ।
देशभित्र र बाहिर प्रचण्ड र आफुबीचको सम्बन्ध कति चल्छ भनेर सोध्न थालिएको भन्दै उनले यसबारे जवाफ दिदाँदिदाँ हैरान हुनुपरेको नेपालले सुनाए । ‘यो सब भ्रम ओलीले छरेका हुन् । संविधानमा हुँदै नभएको अधिकार छ भनेर ओलीले प्रतिनिधि सभा विघटनको अधिकार छ भनेर अहिले अपव्याख्या गरिरहेको पनि दावी गरे । ‘ओलीमा आफु नभए सबै डुबाउने प्रवृति रहेछ । त्यो उनको एमालेमा हुँदैदेखिको हो । त्यसकारण ओली व्यक्तिवादी, गुटवादी र निरंकुश हुन्, यसमा भ्रम नराख्नुहोला’, नेपालको भनाइ थियो ।
ओलीसँगको लडाइँ बैचारिक भएको भन्दै जित आफुहरुकै हुने पनि बताए । ‘यो ठूलो वैचारिक संघर्ष हो । यो हामीले जित्नैपर्छ । अरुको कुरा त के वामदेव गौतमकै कुरा गर्नुस् । उहाँले भन्दै हुनुहुन्थ्यो, प्रतिनिधि सभा बिघटन बदर भएपछि त म यतैको हो नि मेरो नाउ नहटाउनुुस् । हो त्यसैले तपाईंहरु कसैले पनि दुविधा नराख्नुस्,’ अध्यक्ष नेपालले सदस्यहरुलाई आश्वस्त पार्न खोजेका थिए ।
आज फाल्गुन ७ गते शुक्रबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन ०८ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–अष्टमी,११ घडी ३७ पला, बिहान ११ बजेर १८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी,अहोरात्र । योग– वैधृति, ५२ घडी २८ पला,रातको ०३ बजेर ३८ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव,बिहान ११ बजेर १८ मिनेट उप्रान्त बालव,बेलुकी १२ बजेर १५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १५ पला । अष्टमीव्रत, गोरखकालीपूजा, भीष्माष्टमीव्रत ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- भौतिक तथा विलाशी बस्तु प्राप्तीको योग रहेको छ । कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- बिहानको समय राम्रो रहेकोले धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । मध्यान्हबाट खर्च बढेपनि उपलब्धी मुलक कामहरु हनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेको छ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भने जस्तो आम्दानी हुनेछ । कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ भने तपाईँबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला । पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन तथा परिकार ग्रहण गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुन: दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुनाले प्रेम गर्नेहरु आज नभेट्दा नै राम्रो रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । पद प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेको छ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँकै नाम आउनेछ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरी मन प्रफुल्ल रहनेछ । घर व्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय उत्तम रहेको छ । खानपिन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ । समस्या र उल्झन सुल्झाउने महत्वपुर्ण दिन आज हुन सक्छ ।
तपार्ईँको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती :– प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । ।
फाल्गनु ०२ गते आईतबार देखी फाल्गुन ०८ गते शनिबार सम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मेष राशि भएकाहरुका लागि साता उत्तम रहेकोछ । समय राम्रो रहेकोले थोरै समयमा उपबब्धिमुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पति हात लागि हुनेछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- आईतबार तथा सोमबारको समय मध्यय रहेकोले काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुँनेछ । मंगलबारबाट समय उत्तम रहेकोले कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तौ स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोराछोरी सँगको सम्बन्ध अझ राम्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । मंगलबार तथा बुधबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजेवामा जनताको आलोचनात्मक साथ तथा समर्थन पाईनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले बोल्दा ख्याल गर्नुहोला । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावासायमा लागनि गरि आम्दानि गर्नको लागि केहि समय कुर्नु नै बेस हुनेछ । घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । मंगलबारबाट बिहिबार बिहान सम्मको समय उत्तम रहेकोले आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आईतबार र सोमबारको समय मध्ययम रहेकोले कनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । राजनिति तथा सामाजिक काममा जनताकाmे काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथि सँग मनमुटाब बढ्ने योग रहेकोछ । मंगलबारबाट समय उत्तम रहेकोले तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ । हप्ताको अन्तमा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको शुरु अर्थात आईतबार तथा सोमबार विदेश भावमा गोचर गर्ने चन्द्रमाले विदेशी धन तथा सम्पति हात लागी हुने योग रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । मंगलबारबाट समय तपाईकै पक्षमा आउँने हुँदा पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले नियम संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ । तापनि वैदेशिक क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन हुने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने तरल पदार्थ,खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ । हप्ताको अन्त तथा शुक्रबार र शनिबार विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले अनाबस्यक खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउँने योग रहेकोछ । तपानि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनिति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानि र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानि हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आईतबार र सोमबारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् । मंगलबारबाट समय तपाईकै पक्षमा आउँने हुनाले लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । नयाँ काम पाउँने तथा रोजगारिको अवसरहरु सिर्जना गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने मन्दिर तिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्न सकिनेछ । मंगलबार तथा बुधबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यावसायमा लगानि बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुँनेछ । रमाईलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।
तपाईको दिन शुभ रहोस ।