बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका जग्गा दलालको गुमेको मानवता

शनिवार , फाल्गुण ८, २०७७

 

सिन्धुलीमा जग्गा दलालले मनलाग्दी रुपमा पैसा उठाउँदा जग्गाधनी मारमा परेका छन् । आफूलाई प्रतिष्ठित र राजनैतिक दलको नेता भनेर चिनाउने व्यक्तिहरुनै जग्गा दलाली पेशामा संलग्न रहेका छन् । जग्गाधनि र खरिदकर्ताबिच समन्वय गरेर किनबेचमा सहयोग पुर्‍याउनु नराम्रो पेशा होइन । तर, जग्गा दलालले दुई पक्षसँग चर्को शुल्क लिदाँ उक्त पेशा घिनलाग्दो बनिरहेको छ । विशेषगरि सिन्धुलीमा आफुलाई समाजमा गन्यमान्य भन्ने व्यक्तिहरुनै सर्वसाधरणलाई ठग्ने हेतुका साथ यो पेशामा संलग्न हुनु दुःखद हो । कमलामाई नगरपालिका लगायत अन्य स्थानिय तहमा जग्गा दलाल सक्रिय भएर जग्गाधनि र खरिदकर्तासँग ब्रहमलुट मच्चाइरहेको अवस्था छ । जग्गा दलालीको गिरोह सक्रिय रुपमा जिल्लामा ठगि पेशामा संलग्न रहेका छन् । तसर्थ, यस्ता ठगिमा रमाउने व्यक्तिहरुको पहिचान गरि जिम्मेवार निकायले कार्वाही गर्न जरुरी छ । समाजमा ठगि प्रवृद्धि मौलाउन नदिन जग्गा दलाली गर्नेलाई नियन्त्रण गर्न आवश्यक छ ।

जग्गा दलालमा संलग्न रहेका व्यक्तिहरु मानवतानै बिर्सेर ठगि पेशामा आबद्ध हुने गरेका छन् । मानवतानै बिर्सेर पेशामा संलग्न हुनु संस्कारले पनि दिदैँन । जग्गा दलालीलाई नियन्त्रण गर्न जिम्मेवार निकायले आवश्यक कदम चाल्नुपर्दछ । त्यसैगरि, जग्गाधनिले पनि समस्यामा परेको भन्दै जग्गा दलालको सहयोग लिनुहुदैँन । खरिदकर्ताले पनि थोरै फाइदाको लागि ठगिलाई प्रबद्र्धन गर्नुहुदैँन । अतः जग्गा दलालीले मानवतानै बिर्सेर पेशामा सक्रिय हुनुहुदैँन ।

प्रजातन्त्र दिवसमा सिन्धुलीको ग्वाङखोला सरसफाई

सिन्धुली, – राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित ग्वाङखोला शुक्रबार सरसफाई गरिएको छ ।

कमलामाई नगरपालिका–५ स्थित वडास्तरिय टोल समन्वय समितिको आयोजनामा ग्वाङखोलाको लब्दाह दोभानदेखि कारागार कार्यालयसम्म उक्त सरसफाई गरिएको वडा अध्यक्ष पुर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बृहत्तर सरसफाई अभियानमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, शसस्त्र प्रहरी, जनपथ प्रहरी र उक्त वडामा रहेका २७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रमको समापनमा बोल्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले फोहोरको व्यवस्थापनका लागि वडा नं. ५ ले गरेको प्रयासको सह्राना गर्दै नगरपालिकाको बजेटको सदुपयोग गरेर काम गर्न समेत समन्वय समितिलाई आग्रह गर्नुभयो ।

उ

हाँले कुहिने र नकुहिने मल छुट्टै राखेर नकुहिने बस्तुलाई बिक्री गर्ने र कुहिने मललाई कम्पोष्ट मल बनाउन टोल विकास संस्थाहरुलाई आग्रह गर्नु भएकोछ ।

उहाँले वडाबासीह्रुलाई प्लाष्टिकको झोलाको अन्त्य गर्ने नगरपालिकाको अभियानमा सहयोग गरिदिन आग्रह समेत गदै उहाँले भन्नु भयो, “कम्तिमा जति उपस्थित हुनुहुन्छ आजै देखि प्लाष्टिक झोला नबोकिदिनुस्, बोक्नै पर्ने अवस्थामा जम्मा गरेर सुरक्षित ठाउँमा राखिदिनुहोस, त्यो नगरपालिकाले बोक्छ ।” उहाँले अगाडी भन्नुभयो, “सक्नुहुन्छ भने नगरपालिकाबाट प्लाष्टिकको झोला अन्त्य गरिदिनुस, मेरो नगरपालिकाको तर्फबाट अनुरोध छ ।”

उहाँले चुरेदेखि सिन्धुलीगढीसम्मको हाईवेको फोहोर व्यवस्थापनमा लागेको समेत जानकारी दिनु भयो । नगरपालिकामा टोल विकासको समन्वय समिति बनाई सरसफाईको अभियान सुरु गरेको पहिलो पटक हो।

त्यस्तै तीनपाटन गाँउपालिकाले पनि प्रजातन्त्र दिवसको अबसरमा चकमके बजार सरसफाई गर्नुका साथै जिल्लास्तरिय भलिवल प्रतियोगिता सुरु गरेको जनाएको छ । गाँउपालिकाको आर्थिक सहयोग र चकमके युवा क्लबको आयोजनामा उक्त भलिबल प्रतियोगिता सुरु गरिएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बताउनुभयो । उहाँका अनुसार उक्त भलिबल प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाएका छन् ।

उपचारमा अन्धविश्वास हावि हुन नदेऊ

सिन्धुलीको ग्रामीण क्षेत्रमा अहिले पनि उपचारकालागि धामिझाँक्रीको विश्वास बढि गरिन्छ । झारफुकलाई अन्धविश्वासका रुपमा चित्रण गरिए पनि जिल्लाको ग्रामीण क्षेत्रमा बसोवास गर्ने अधिकांस मानिस विरामी हुदा धामी झाँक्रीको शरणमा जाने क्रम घटेको छैन । गाँउमा कुनै मानिस विरामी भएमा सबैभन्दा पहिले धामीकोमा लैजाने र त्यसपछि कुनै उपायस्वास्थ्य चौकी एवंम् नभएमात्र अस्पतालमा लैजाने चलन यथावत रहेको छ । मानिस विरामी भएमा देवता रिसाएर हो अथवा डाईनी, बोक्सी, पिसाद वा भूतको कारण हो भनेर तत्काल धामीकोमा लाने चलन छ । अन्धविश्वासका कारण समयमै उपचार नपाएर ज्यान समेत जाने गरेको विगतको घट्नाहरुले देखाएको छ । तसर्थ, स्वास्थ्य जस्तो क्षेत्रमा अन्धविश्वास हावि हुन नदिन सरोकारवाला निकायले आवश्यक कदम चाल्न जरुरी छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा सचेतना कार्यक्रमहरु संचालन गरेर अन्धविश्वासको जरो उखाल्न जिम्मेवार निकायले अग्रसरता देखाउनुपर्दछ । स्वास्थ्य क्षेत्रमा अन्धविश्वास हावि भयो भने त्यसले ठूलो मानविय क्षति हुन्छ । चेतनाको अभावमा ज्वरो, खोकी, झाडापखालाका कतीपय विरामी समेत देस्यान् लाग्यो भनि उपचार गर्न धामीझाँक्रीकोमा जाने गरेको पाइन्छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सचेतनाकालागि वर्षमा लाखौँ रकम खर्च गर्ने गरेको छ । त्यसैगरि, अन्धविश्वास प्रति विश्वास हटाउन विभिन्न संघसंस्थाले ठूलो धनराशि खर्च गरेका अवस्था छ । तर, ग्रामीण क्षेत्रमा भने चेतनाको कमि यथावत् नै छ । तसर्थ, स्थानिय सरकार लगायत सरोकारवाला निकायले अन्धविश्वास निर्मुल गर्न चेतना वृद्धिका कार्यक्रमहरु प्रभावकारी ढंगमा संचालनमा ल्याउन जरुरी छ । त्यसैगरि, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको सेवा गुणस्तरीयतामा पनि जोड दिन आवश्यक छ । अतः उपचारमा अन्धविश्वास हावि हुन नदिनकालागि जिम्मेवार निकायले चेतनाका कार्यक्रमसहित आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया