शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आफैँले गाएको गीतको भिडियो हेरेर रचनाले यसो भनिन्.. (हेर्नुस भिडियो)

शुक्रवार , फाल्गुण ७, २०७७

काठमाडौँ ,०७ फाल्गुन गायिका रचना रिमाल र रोमन प्रकाशको स्वरमा गीत ‘यो विछोड हो कि माया’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो।

गीतलाई सार्वजनिक गरिसकेपछि गायिका रचना रिमालले गीतको शब्द एकदमै मर्मस्पर्शी रहेको र भिडियोले मन छोएको बताइन्। ‘म सेन्टी भइरहेकी छु,’ रिमालले भनिन्, ‘मलाई भिडियोमा अभिनय हेरेर सिरिङ सिरिङ भइरहेको छ, कान पनि तातेको छ।’ उनले आफूले रुन मन लागिरहेको बताइन्। गीतको शब्द उत्तम विचारले लेखेका हुन्।

यो गीतको भिडियो गीतको भिडियोमा प्रकाश सपूत र आँचल शर्माको अभिनय छ। गीतलाई सरोज ओलीले निर्देशन गरेका हुन्। गीतमा संगीत रमेश कुमारको रहेको छ भने गीतलाई कृष्ण विकेले एरेञ्ज गरेका हुन्। यो गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

भिडियो :

आचारसंहिता छल्न प्रजिअको सरुवाको तयारी

काठमाडाै०७ फाल्गुन- प्रतिनिधिसभा विघटनपछि कामचालउन हैसियतमा रहेको सरकारले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित ठूलो संख्यामा सहसचिव सरुवाको तयारी गरेको छ। निर्वाचन भए आफू अनुकूल कर्मचारी परिचालन गर्ने मनसायले सरकार कर्मचारी सरुवामा केन्द्रीत भएको हो।

सरकारले अघिल्लो सातामात्रै १६ जना सचिवको सरुवा गरेको थियो। साढे चार वर्षे कार्यकालका सचिवलाई ८ पटकसम्म सरुवा गरिएपछि सरकारी निर्णयको आलोचना भएको थियो। निर्वाचन आयोगले आचार संहित जारी गरेपछि अप्ठ्यारो पर्ने भएकाले त्यसअगावै सरुवाको तयारी गरेको स्रोतको दाबी छ।

यसअघि, सरुवा भएका पूर्वमाओवादीनिकट फिर्ता बोलाउने रणनीति गृह मन्त्रालयले बनाएको छ । गृहमन्त्री रामबहादुर थापा पूर्वमाओवादी भए पनि कतिपय प्रजिअ व्यक्तिगतरुपमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल निकट रहेकाले उनीहरुलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बतायो ।

‘माओवादी निकट भए पनि पार्टी विभाजनपछि उनीहर गृहमन्त्री थापाकै लाइनमा नभएकाले सरुवा गर्न खोजिएको हो,’ स्रोतले भन्यो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव–सहसचिवहरु गृह लैजाने र गृहका केहीलाई अन्यत्र पठाउने योजना बनाइएको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तीनपाटन(सिन्धुली),०७ फाल्गुन– सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दा उपचारका लागि स्वास्थ्य संस्थामा जाँदा अझै झोलुङगोको सहारा लिन बाध्य छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका स्वास्थ्य संस्थामा एम्बुलेन्स र त्यहाँसम्म पु्ग्न सडक निर्माणको अभाव लगायतको स्रोत, साधनको कमीले झोलुंगोको सहारा लिन बाध्य हुनु परेको स्थानीयको गुनासो छ ।

तीनपाटन गाँउपालिका–७ निवासी बिरबहादुर मगर गाँउघरमा अझै झोलुङगो नै एम्बुलेन्सको रुपमा रहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “गाँउमा भएको स्वास्थ्य चौकीमा न त एम्बुलेन्स नै छ, न त त्यहासम्म पुग्न सहज रुपको सडक नै छ । हाम्रो लागि झोलुंगोको नै एम्बुलेन्स हो ।”

गाँउघरमा कोही व्यक्ति आफु हिड्न नसक्ने गरी साह्रोगाह्रो(सिकिस्त) बिरामी भयो भने छिमेकिहरुले एउटा काठमा तन्दाको झोलुङगो बनाई त्यसमा बिरामी बोकेर स्वास्थ्य संस्थामा लैजाने गरेको उहाँले सुनाउनुभयो । ग्रामीण क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभावमा पनि बिरामीले भरपर्दौ उपचार सेवा पाउन नसक्ने स्थानीयको भनाई छ ।

स्थानीयका अनुसार स्वास्थ्य संस्थामा दक्ष जनशक्ति नहुदा कतिपय अवस्थामा सामान्य रोगका बिरामी पनि मँहगो खर्च गरेर सहरी क्षेत्रका स्वास्थ्य संस्था र अस्पताल धाउन बाध्य छन् । कतिपय बिरामीले समयमा नै उपचार नपाउदा अकालमा समेत ज्यान गुमाउनु परेको छ ।

तीनपाटन गाँउपालिका–१ का वडा अध्यक्ष गोविन्दबहादुर राउत उक्त वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स भएर पनि वडाकै कतिपय बासिन्दा उपचार गर्न आउदा झोलुङगोमा बोकिएर आउनु पर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “खोरखोला, क्वान्दे्र, तिरतिरे, मर्दने, मतिलाल लगायतका गाँउका बासिन्दा सिकिस्त बिरामी हुदा झोलुंगोमा बोकिएर आउने गरेका छन् । एम्बुलेन्स जान सक्ने राम्रो सडक नहुदा उक्त समस्या आएको हो ।”

सहज रुपमा गाडी जान सक्ने व्यवस्था मिलाउन ती वडामा सडक निर्माण र स्तरउन्नती गर्न वडाले पहल गरि रहेपनि बजेटको अभावमा नसकिएको उहाँको गुनासो छ ।

तीनपाटन गाँउपालिका स्वास्थ्य शाखाका अनुसार उक्त पालिकामा ११ वटा वडामा दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र सहित १७ वटा स्वास्थ्य संस्था रहेका छन् । ती मध्ये वडा नं. १ र ११ मा रहेको स्वास्थ्य संस्थासँग मात्रै एम्बुलेन्स रहेको छ ।

गाँउपालिका स्वास्थ्य शाखा संयोजक रामबेचन साहले बाँकी वडाका कुनै कुनै स्वास्थ्य चौकीसम्म पुग्न त सडक नै नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ती वडामा रहेका स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई झोलुंगोमा बोकिएर आउनु पर्ने बाध्यता छ ।”

त्यसो त नौ वटा स्थानीय तहमा गरी ९८ वटा स्वास्थ्य संस्था रहेको सिन्धुली जिल्लामा यतिखेर ३८ वटा एम्बुलेन्स सेवा सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाले जनाएको छ । शाखाका अनुसार ती मध्ये सबै भन्दा बढी जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकामा ११ वटा रहेका छन् । दुधौली नगरपालिकामा सात वटा, तीनपाटन गाँउपालिकामा दुई वटा, फिक्कल गाँउपालिकामा एउटा, गोलन्जोर गाँउपालिकामा तीन वटा, सुनकोसी गाँउपालिकामा छ वटा, घ्याङलेख गाँउपालिकामा एउटा, मरिण गाँउपालिकामा चार वटा र हरिहरपुरगढी गाँउपालिकामा तीन वटा एम्बुलेन्स सेवा रहेको छ ।

जिल्लामा एक जिल्ला अस्पताल, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५१ वटा स्वास्थ्य चौकी, १२ वटा शहरी स्वास्थ्य क्लिनिक, २० वटा सामुदायिक स्वास्थ्य ईकाई र १० वटा नीजि अस्पताल रहेको जिल्ला शाखा सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रचण्ड–माधवलाई महासचिव छान्न हम्मे

काठमाडौं ०७ फाल्गुन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।

संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्ने सकेको छैन । स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर, महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने ? भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने टुंगो लागेपछि मात्र को हुने भन्न सकिन्छ । दुवै अध्यक्षबीच कुरा मिलेको छैन,’ स्रोतले भन्यो । स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएको छ ।

फाल्गुन ०७ गते शुक्रबारको राशिफल :श्री काली,कमलामाई माताले सबैको कल्याण गरुन हेर्नुहोस शेयर गर्नुहोस

बि.सं.२०७७ साल ७ गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, एन्द्र योग, वणिज करण ११ः१३ बजे सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ ।

शुक्रबार महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज प्रजातन्त्र दिवस रहेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर २ मिनेट देखि ९ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेको छ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेको छ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेको छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेको छ । पेसा वा व्यवसायगत उन्नतीका लागी गरिएका प्रयास सफल हुनेछन् । भौतिक सम्पती हात लागी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बन्द व्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेको छ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेको छ । छोटो दुरिको यात्राको सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेको छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आज राती :– देश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया