शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ३४ तले ‘ट्रम्प क्यासिनो’ ध्वस्त पारियो

शुक्रवार , फाल्गुण ७, २०७७

काठमाडौं ०७ फाल्गुन - अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेका ‘द ट्रम्प प्लाजा होटेल एन्ड क्यासिनो’ लगातारको घाटापछि २०१४ मा बन्द भएको थियो । एट्लान्टिक सहरको न्युजर्सीमा रहेको सो क्यासिनोलाई सरकारी अधिकारीहरूले निकटतम खतरा बताउँदै आएका थिए ।

यस्तोमा बुधबार यो भवन विस्फोट गर्दा अवलोकनकर्ताहरूले उत्साहित हुँदै हेरेका हुन् । नजिकका होटेलहरूले यो दृश्य हेर्नका लागि विशेष प्याकेज ल्याएका थिए जसमा कतिले त राम्रो ठाउँबाट हेर्न ५७५ डलरसम्म तिरेका छन् ।

ट्रम्प प्लाजा १९८४ मा उदघाटन गरिएको थियो तर २०१४ मा बन्द भएदेखि सो भवन अव्यवस्थित रूपमा रहँदै आएको थियो । कङ्गाल भई थुप्रै मुद्दा परेको ट्रम्प प्लाजा होटेल र क्यासिनो कुनै समय पूर्वराष्ट्रपति ट्रम्पको घरजग्गा पोर्टफोलियोको मुख्य हिस्सा मानिन्थ्यो जससँग उनले २००९ मा सबै सम्बन्ध तोडेका हुन् ।

हाल अर्बपति लगानीकर्ता कार्ल इक्हान त्यस क्षेत्रका मालिक हुन् र उनले भवन भत्काइसकेपछिको आगामी योजनाबारे केही जानकारी दिएका छैनन् । यसलाई भत्काउन तीन हजार विस्फोटक, ‘डाइनामाइट’ को प्रयोग गरिएको हो । भवन ३४ तलाको भएको न्युयोर्क टाइम्सको रिपोर्टले जनाएको छ तर यसलाई ध्वस्त हुन केही सेकेन्ड मात्र लागेको हो ।

बीबीसीबाट

प्रचण्ड–माधवलाई महासचिव छान्न हम्मे

काठमाडौं ०७ फाल्गुन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको हो ।

संसदीय दल नेतामा पुष्पकमल दाहाललाई चयन गर्ने निर्णयसमेत गरिसकेको दाहाल–नेपाल समूहले महासचिव भने चयन गर्ने सकेको छैन । स्रोतका अनुसार महासचिव हुन तत्कालीन नेकपा एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालीन माओवादी केन्द्रबाट वर्षमान पुन, जर्नादन शर्मा, दौडधुपमा छन् । तर, महासचिव तत्कालीन एमाले वा माओवादी केन्द्र कसले लिने ? भन्ने टुंगो लाग्न नसक्दा समस्या भएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

तत्कालीन एमालेबाट कि माओवादी केन्द्रबाट भन्ने नै टुंगो नलागेको स्रोत बताउँछ । ‘पहिला पुरानो पार्टी कुनबाट हुने टुंगो लागेपछि मात्र को हुने भन्न सकिन्छ । दुवै अध्यक्षबीच कुरा मिलेको छैन,’ स्रोतले भन्यो । स्थायी कमिटी बैठकले महासचिवसहित पार्टी एकताका काम टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएको छ ।

फाल्गुन ०७ गते शुक्रबारको राशिफल :श्री काली,कमलामाई माताले सबैको कल्याण गरुन हेर्नुहोस शेयर गर्नुहोस

बि.सं.२०७७ साल ७ गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, एन्द्र योग, वणिज करण ११ः१३ बजे सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ ।

शुक्रबार महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज प्रजातन्त्र दिवस रहेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर २ मिनेट देखि ९ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेको छ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेको छ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेको छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेको छ । पेसा वा व्यवसायगत उन्नतीका लागी गरिएका प्रयास सफल हुनेछन् । भौतिक सम्पती हात लागी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बन्द व्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेको छ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेको छ । छोटो दुरिको यात्राको सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेको छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आज राती :– देश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया