शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रचण्डलाई देख्दा यी मन्त्री भाग्न खोजे ?

बिहिवार , फाल्गुण ६, २०७७

काठमाडौं ६ फाल्गुण - विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पहिले प्रतिनिधिसभा विघटनविरुद्ध आगो ओकलेर पछि क्याम्प परिवर्तन गर्दै मन्त्री बनेका पूर्वमाओवादी नेता प्रभू साह आज सँगै सिमरा पुगेका छन् ।

बुद्ध एअरको उडान नम्बर ९एन एआईटी ५५१ मा शहरी विकास मन्त्री शाहसँगै उनका पूर्वसुप्रिम कमाण्डर दाहाल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मधेश झरेका हुन् ।

उडानअघि उनीहरु आन्तरिक विमानस्थलको भीआइपी लाउञ्जमा एकछिन सँगै बस्दा सामान्य हालखबर र सञ्चो बिसञ्चोको सोधनी भएको स्रोतको दाबी छ । अध्यक्ष दाहालले ‘के छ प्रभूजी ?’ भनेपछि उनी आजको अप्रत्यासित जम्काभेटमा लाजले काठमाण्डौंको जाडोमा पनि असिनपसिन भएका थिए । प्रचण्ड देख्ने बित्तिकै अर्कै तिर छलिएर भाग्न खोजे पनि नमिलेको सुरक्षा श्रोतको भनाई छ। अघिल्लो दिनसम्म प्रचण्डसँग र भोलिपल्ट मन्त्री पाएपछि क्याम्प चेञ्ज गरेकाले साह लाजले भुतुक्क भएको बताइन्छ । त्यसैले उनीहरु बीच त्यति लामो कुरा भएन ।

अध्यक्ष प्रचण्ड पर्सि शनिवार अख्तियार प्रमुख प्रेम राई र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको गृहजिल्ला संखुवासभा जाने कार्यक्रम छ । त्यहाँका नगरपालिका र गाउँपालिकामा अहिले ओली खेमाको बाहुल्य रहेको बताइन्छ । नेकपा (बहुमत)ले संखुवासभामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल त्यता जान लागेका छन् ।

२०७७ साल फाल्गुन ०७ गते शुक्रबारको राशिफल

बि.सं.२०७७ साल ७ गते शुक्रबार ई. सं. २०२१ फेब्रुअरी १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल सप्तमी, चन्द्रमा मेष राशिमा, कृत्तिका नक्षत्र, एन्द्र योग, वणिज करण ११ः१३ बजे सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः३७ बजे, सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ ।

शुक्रबार महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज प्रजातन्त्र दिवस रहेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर २ मिनेट देखि ९ बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेको छ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेको छ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागी धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेको छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरी सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेको छ । पेसा वा व्यवसायगत उन्नतीका लागी गरिएका प्रयास सफल हुनेछन् । भौतिक सम्पती हात लागी हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बन्द व्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेको छ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितीमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबी गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेको छ । छोटो दुरिको यात्राको सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेको छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

शीर्ष नेतालाई ज्योतिषीको सुझाव

काठमाडौं ६ फाल्गुन - प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते आइतबार गरेको प्रतिनिधि सभा विघटन प्रजातान्त्रिक नेपालमा छैटौँ घटना हो। नेपालमा जतिसुकै शक्तिशाली सरकार बने पनि यस्ता खाले दुर्घटना भइरहनेलाई ज्योतिषीहरूले गहन रूपमा अध्ययन गरिरहेका छन् ।

ग्रह गोचर लाई गहन रूपमा अध्ययन गरेका ज्योतिषी सुरेशचन्द्र रिजालले नयाँ वर्षको सुरुवाती समय देखिनै देशमा राजनीतिक दुर्घटना हुने भन्दै विभिन्न पत्रपत्रिका तथा टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । आगामी वर्ष कस्तो हुन्छ भनेर जानकारी प्राप्त गर्ने उक्त बर्षको फल हेरेर सजिलै थाहा पाउन सकिने रिजालले जानकारी गराए ।

अहिले नयाँ पञ्चाङ्ग प्रशासन नभएकाले वर्ष २०७८ को भविष्यवाणी गर्न नसकिएको समेत उनले जानकारी गराए । अहिलेसम्म उनले गरेका भविष्यवाणी अधिकांश मिलेकाले सामाजिक सञ्जालमा अत्यधिक खोजी हुने गरेको छ । २०४६ सालमा प्रजातन्त्रको पुर्न बहाली पछि नेपालको संसदीय इतिहासमा चौथो पटक संसद् विघटनको सिफारिस भएको छ ।

दुई तिहाइ बहुमतको सरकारको रूपमा रहेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते आइतबार संसद् विघटनको सिफारिस गरेपछि नेपालको राजनीतिक इतिहासमा ३१ वर्षको दौरानमा चौथो पटक सर्व शक्तिशाली मानिएको सांसदले फेरि एक पटक निरीह अवस्थाको सामना गर्नु परेको छ ।

प्रधानमन्त्री बस्ने गरेको बालुवाटारमा वास्तु अत्यन्तै खराब रहेको ज्योतिषी रिजालले जानकारी गराए । वास्तु बिग्रिएको स्थानमा सकारात्मक ऊर्जाभन्दा नकारात्मक ऊर्जाको प्रवाह धेरै हुन्छ जसको कारण मन,मस्तिष्कले गर्ने कार्य पनि उल्टो गरीकाले गर्ने गर्दछ ।

देशको प्रमुख व्यक्तिनै खराब ऊर्जा भएको स्थानमा बसेर निर्णय गर्दा देशले बारम्बार राजनीतिक दुर्घटना बेहोर्नुपरेको उनका तर्क छ ।अहिले उल्का दशा लागे जसरी प्रमुख दलका नेताहरूले एक अर्कालाई गाली गरिरहेका छन् । जुन कर्म गर्नु हुँदैन उल्काको दशामा त्यही कार्य गर्ने मन लाग्छ प्रमुख दलका शीर्ष नेताहरूलाई अहिले उल्काको दशाले निक्कै चापिरहेको छ । अझै पनि राम्रोसँग परामर्श लिएर गाडी बढेमा देशले निकास पाउने उनले जानकारी गराएका छन् ।

फोन आविष्कारककी प्रेमिकाको नाममा ‘हेलो’ !

काठमाडौं ६ फाल्गुन - फोन उठाउँदा हामी ‘हेलो’ भन्छौं नै । त्यसको चलन कहाँबाट सुरु भयो ? त्यो हामीलाई थाहा नहुन सक्छ । अक्सफोर्ड डिक्सनेरीका अनुसार ‘हेलो’को पहिलो प्रयोग सन् १८२७ मा गरिएको थियो । त्यतिबेला हेलोको प्रयोग मानिसहरुलाई ध्यानाकर्षणका लागि मात्र प्रयोग गरिएको थियो ।

खासमा यो शब्द फोनका आविष्कारक ग्राह्म बेलकी प्रेमिकाको नामबाट आएको शब्द हो । २१ नोभेम्बर १९७३ देखि विश्वभर ‘हेलो दिवस’ मनाइँदै आएको छ । ग्राह्म बेलकी प्रेमिकाको नाम मारग्रेट हेलो थियो । उनले आफ्नी प्रेमिकासँग कुरा गर्नका लागि फोन बनाएका थिए । उनकी पत्नीको नाम भने गर्डनियर हबर्ट थियो ।

त्यसो त ग्राह्म बेलको पहिलो रोजाइको शब्द भने ‘आहोए’ थियो । यो शब्द त्यतिबेला कसैलाई बोलाउन प्रयोग गरिन्थ्यो । नेदरल्याण्डस्को भाषाबाट आएको शब्द आहोएको अर्थ हुन्छ, अभिवादन ! त्यसपछि मानिसहरुलाई ‘के तपाईं हुनुहुन्छ ?’ भनेर प्रश्न गर्न सुरु गरिएको थियो ।

सन् १९९२ मा सार्वजनिक भएको एक विवरणमा फोन उठाउन प्रयोग हुने ‘हेलो’ शब्द महान् वैज्ञानिक थोमस अल्वा एडिसनले सन् १८७७ मा प्रयोग गर्न सुझाएको उल्लेख छ । त्यतिबेला टेलिफोन एक्सचेन्जमा काम गर्ने महिलालाई ‘हेलो गर्ल्स’ भन्ने गरिएको थियो । मानिसहरुलाई ‘आहोए’ भन्दा ‘हेलो’ नै प्रिय लाग्यो । यो शब्द छोटो र बोल्न सजिलो भएकाले धेरैले यसलाई प्रयोग गर्न थाले । एजेन्सी

रिपोटर्स नेपालबाट साभार

नेकपाको विवादको निर्णय लिन आयोगले यस्ता विकल्पसार्यो

काठमाडौं ०६ फाल्गुन – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्प अनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ ।

जस अनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ ।

आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्प बारे पनि छलफल भएको छ ।

अन्य विकल्पमा जाँदा नेकपाभित्रको एउटा पक्ष आन्दोलित हुने, आयोगले आरोप खेप्नुपर्ने भएपछि दुवै पक्षलाई पार्टीको नाम र चिन्ह प्रयोग गर्न नदिने आयोगको सोच हो । आयोगले अघि सारेको चौथो विकल्पमा नेकपा आधिकारिकता विवादको विषयमा कुनै निर्णय गरी निर्वाचन कार्यक्रममा प्रवेश गर्ने रहेको छ ।

आयोगले निर्वाचनका लागि दल दर्ताको आह्वान गर्नेछ । त्यस्तो अवस्थामा नेकपाका दुवै पक्षबाट दाबी आउनेछ । त्यस अनुसार विगतको अधिकार, पार्टीको विधान अनुसार आएको पत्र अनुसार आधिकार पाएको व्यक्ति वा पदाधिकारीलाई मान्यता दिने छ ।

अन्तिम विकल्पका रुपमा आयोगले नेकपाको विवादलाई नयाँ शिराबाट सुरु गर्ने रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, ०६ फाल्गुन- नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बुधबार सुनको मूल्य तोलामा ८९ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८९ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८९ हजार ७५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा १३४० मा कारोबार भएकोमा आज घटेर तोलामा १३३५ पुगेको महासंघले जनाएको छ । सर्वहारा नेतालाई कहाँबाट आउँछ हेली चढ्ने खर्च ?

ओखलढुंगा ०६ फाल्गुन-नेपाली कांग्रेस जिल्ला सभापति प्रदीपकुमार सुनुवारले कम्युनिस्टहरुलाई हेलिकोप्टर चढेर घुम्ने पैसा कहाँबाट आउँछ भनी प्रश्न गर्नुभयो । उहाँले सो कुरा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाले पुर्वमन्त्री स्व. बलबहादुर राईको सयौं जन्मजयन्तीका अवसरमा आयोजना गरेको गोष्ठीमा बताउनुभएको हो ।उहाँले नेपालको सर्वहारा वर्गको नेतृत्व गर्छु भनेर सत्तामा पुगेका कम्युनिस्टहरुको हेलिकोप्टर चढेर र सयौंका संख्यामा गाडी रिजर्भ गरेर सर्वसाधारण बटुलेर कार्यक्रम गर्ने पैसा कहाँबाट आयो भनेर जनताले प्रश्न गर्ने बेला आएको बताउनुभएको छ ।

सभापति सुनुवारले नागरिकहरुलाई झुटा आश्वासन देखाएर सत्तामा पुगेका कम्युनिस्टहरु फुटको नाटक गरेर मुलुक कोरोना भाइरसको कारणले अति जोखिम अवस्थामा रहेको बेला खर्चिलो आमसभा गर्दै हिँडेकाले सचेत नागरिकहरुले एकएक गरेर हिसाब खोज्नुपर्ने बताउनुभयो ।कम्युनिस्टहरुले सडकमा तमासा देखाइरहेका बेलामा कांग्रेसका नेताहरुसमेत जनताको सामु आफ्नो स्पष्ट धारणा लिएर जानुको साटो जिल्लाका अधिकांश नेताहरु कोही ओली पक्षका नेताहरुको र कोही प्रचण्ड–नेपाल पक्षका नेताहरुको पछि लागेर वकालत गर्दै हिँडेकाले आफलाई निकै दुःख लागेको उहाँको भनाइ थियो ।ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मा सय वर्षअघि जन्मिएका स्वार्गीय नेता बलबहादुर राई जिल्ला सभापति हुँदै पटकपटक नेपाली कांगे्रसको केन्द्रीय सदस्य हुनुभएको थियो ।आजको समाचारपत्रमा खवर छ ।

यसै गरी नेता राई आवास तथा भौतिक मन्त्री, श्रम मन्त्री र विभिन्न समयमा १९ पटक मुलुकको कार्यवाहक प्रधानमन्त्रीसमेत हुनु्भएको थियो ।

ओखलढुंगाको निमार्णाधीन बीपी स्मृति भवनमा नेपाल विद्यार्थी संघ सभापति रोशन महतराको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति प्रदीपकुमार सुनुवारसँगै उपसभापति तेजेन्द्र खनाल, पुर्वसभापति महेश कोर्माेचा, महासमिति सदस्य डिल्ली खनाललगायतले आफ्नो धारणा राखेका थिए ।

शिर्ष तीन नेताले ओली समूह छाेड्दै !

काठमाडौं ०६ फाल्गुन -प्रतिनिधि सभाकाे बिघठनसंगै बिभाजित भएकाे सत्तारूढ दल नेकपा अहिले दुइकित्ता मा छ।प्रचण्ड माधव समूह सडक आन्दोलनमा छन् भने केपी समूह चुनाव काे तयारीमा छ।

तर यसक्रममा अहिले सडकदेखि चाैतर्फि दवाव भएपछि अदालत संसद पुर्स्थापना गर्नसक्ने बालुवाटारमा भित्री चर्चा हुन थालेकाे छ।संसद पुनस्र्थापन भएपछि स्थिति के हुने भन्ने अझै निश्चित छैन तर संसद पुनस्र्थापन भए ओलीलाई साथ दिएका केही नेताले छाेड्ने संम्भावना देखिएकाे छ ।

स्रोत भन्छ – ‘बादल मात्र होइन विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवाली जस्ता नेताहरूले पनि ओलीलाई छोड्न सक्छन्, यदि संसद पुनःस्थापना भयो भने।’उनीहरूले डे वानदेखि ओलीलाई गलत कदम नचाल्न आग्रह गरिरहेका थिए।

संसद पुनःस्थापनापछि ओलीसँग रहेका आधा सांसदले छोड्ने अनुमान बालुवाटारले लगाइसकेको छ। अहिले ओलीको हातमा ७० को हाराहारीमा निवर्तमान माननीयहरू छन् । संसद पुनःस्थापनापछि ३० देखि ३२ जना सांसदले ओलीलाई छोड्ने बालुवाटारकै आंकलन छ।

त्यसो भयो भने, राष्ट्रपतिमाथि पनि महाभियोगको चट्याङ सजिलै बर्सिनेछ। नेकपा बीटमा रिपोर्ट गर्ने ओलीनिकटमै रहेका पत्रकारहरूले चिया गफमा भन्ने गरेका छन्-‘ओलीको पतन विद्रूप हुने भो ।’

बादलको थप रणनीति : संसद पुनःस्थापनापछि बादलसँग तीन विकल्प रहनेछ। पहिलो ओलीसँगै टाँसिने। दोस्रो आत्मालोचनासहित प्रचण्ड-नेपाल पक्षमा आउने । तेस्रो कतै पनि नलाग्ने । अथवा पार्टी एकता हुनुपर्छ भन्दै वामदेव गौतमको लाइनमा आउने।

संसद पुनःस्थापना भएलगत्तै वा हुने थाहा भएपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेछन्। बादलसँग प्रचण्ड-नेपालसँग मिल्न जाने उपाय सहज हुनेछ। तर उनको राजनीतिक करियर भने ध्वस्त भइसकेको हुनेछ।

उनले अदालतले संसद पुनःस्थापना गरिदियो भने आफू सडकमै आइन्छ भन्ने सोचेर भाषण गरेका हुन्। गृहमन्त्री आफैं छन्, तेस्रो जनान्दोलनको आवश्यकता उनले अहिले परिकल्पना पनि गर्न नसक्ने कुरा हो।ज्योति न्यूजबाट

प्रतिक्रिया