ओखलढुंगा ०६ फाल्गुन-नेपाली कांग्रेस जिल्ला सभापति प्रदीपकुमार सुनुवारले कम्युनिस्टहरुलाई हेलिकोप्टर चढेर घुम्ने पैसा कहाँबाट आउँछ भनी प्रश्न गर्नुभयो । उहाँले सो कुरा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाले पुर्वमन्त्री स्व. बलबहादुर राईको सयौं जन्मजयन्तीका अवसरमा आयोजना गरेको गोष्ठीमा बताउनुभएको हो ।उहाँले नेपालको सर्वहारा वर्गको नेतृत्व गर्छु भनेर सत्तामा पुगेका कम्युनिस्टहरुको हेलिकोप्टर चढेर र सयौंका संख्यामा गाडी रिजर्भ गरेर सर्वसाधारण बटुलेर कार्यक्रम गर्ने पैसा कहाँबाट आयो भनेर जनताले प्रश्न गर्ने बेला आएको बताउनुभएको छ ।
सभापति सुनुवारले नागरिकहरुलाई झुटा आश्वासन देखाएर सत्तामा पुगेका कम्युनिस्टहरु फुटको नाटक गरेर मुलुक कोरोना भाइरसको कारणले अति जोखिम अवस्थामा रहेको बेला खर्चिलो आमसभा गर्दै हिँडेकाले सचेत नागरिकहरुले एकएक गरेर हिसाब खोज्नुपर्ने बताउनुभयो ।कम्युनिस्टहरुले सडकमा तमासा देखाइरहेका बेलामा कांग्रेसका नेताहरुसमेत जनताको सामु आफ्नो स्पष्ट धारणा लिएर जानुको साटो जिल्लाका अधिकांश नेताहरु कोही ओली पक्षका नेताहरुको र कोही प्रचण्ड–नेपाल पक्षका नेताहरुको पछि लागेर वकालत गर्दै हिँडेकाले आफलाई निकै दुःख लागेको उहाँको भनाइ थियो ।ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मा सय वर्षअघि जन्मिएका स्वार्गीय नेता बलबहादुर राई जिल्ला सभापति हुँदै पटकपटक नेपाली कांगे्रसको केन्द्रीय सदस्य हुनुभएको थियो ।आजको समाचारपत्रमा खवर छ ।
यसै गरी नेता राई आवास तथा भौतिक मन्त्री, श्रम मन्त्री र विभिन्न समयमा १९ पटक मुलुकको कार्यवाहक प्रधानमन्त्रीसमेत हुनु्भएको थियो ।
ओखलढुंगाको निमार्णाधीन बीपी स्मृति भवनमा नेपाल विद्यार्थी संघ सभापति रोशन महतराको सभापतित्वमा भएको उक्त कार्यक्रममा सभापति प्रदीपकुमार सुनुवारसँगै उपसभापति तेजेन्द्र खनाल, पुर्वसभापति महेश कोर्माेचा, महासमिति सदस्य डिल्ली खनाललगायतले आफ्नो धारणा राखेका थिए ।
शिर्ष तीन नेताले ओली समूह छाेड्दै !
काठमाडौं ०६ फाल्गुन -प्रतिनिधि सभाकाे बिघठनसंगै बिभाजित भएकाे सत्तारूढ दल नेकपा अहिले दुइकित्ता मा छ।प्रचण्ड माधव समूह सडक आन्दोलनमा छन् भने केपी समूह चुनाव काे तयारीमा छ।
तर यसक्रममा अहिले सडकदेखि चाैतर्फि दवाव भएपछि अदालत संसद पुर्स्थापना गर्नसक्ने बालुवाटारमा भित्री चर्चा हुन थालेकाे छ।संसद पुनस्र्थापन भएपछि स्थिति के हुने भन्ने अझै निश्चित छैन तर संसद पुनस्र्थापन भए ओलीलाई साथ दिएका केही नेताले छाेड्ने संम्भावना देखिएकाे छ ।
स्रोत भन्छ – ‘बादल मात्र होइन विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवाली जस्ता नेताहरूले पनि ओलीलाई छोड्न सक्छन्, यदि संसद पुनःस्थापना भयो भने।’उनीहरूले डे वानदेखि ओलीलाई गलत कदम नचाल्न आग्रह गरिरहेका थिए।
संसद पुनःस्थापनापछि ओलीसँग रहेका आधा सांसदले छोड्ने अनुमान बालुवाटारले लगाइसकेको छ। अहिले ओलीको हातमा ७० को हाराहारीमा निवर्तमान माननीयहरू छन् । संसद पुनःस्थापनापछि ३० देखि ३२ जना सांसदले ओलीलाई छोड्ने बालुवाटारकै आंकलन छ।
त्यसो भयो भने, राष्ट्रपतिमाथि पनि महाभियोगको चट्याङ सजिलै बर्सिनेछ। नेकपा बीटमा रिपोर्ट गर्ने ओलीनिकटमै रहेका पत्रकारहरूले चिया गफमा भन्ने गरेका छन्-‘ओलीको पतन विद्रूप हुने भो ।’
बादलको थप रणनीति : संसद पुनःस्थापनापछि बादलसँग तीन विकल्प रहनेछ। पहिलो ओलीसँगै टाँसिने। दोस्रो आत्मालोचनासहित प्रचण्ड-नेपाल पक्षमा आउने । तेस्रो कतै पनि नलाग्ने । अथवा पार्टी एकता हुनुपर्छ भन्दै वामदेव गौतमको लाइनमा आउने।
संसद पुनःस्थापना भएलगत्तै वा हुने थाहा भएपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेछन्। बादलसँग प्रचण्ड-नेपालसँग मिल्न जाने उपाय सहज हुनेछ। तर उनको राजनीतिक करियर भने ध्वस्त भइसकेको हुनेछ।
उनले अदालतले संसद पुनःस्थापना गरिदियो भने आफू सडकमै आइन्छ भन्ने सोचेर भाषण गरेका हुन्। गृहमन्त्री आफैं छन्, तेस्रो जनान्दोलनको आवश्यकता उनले अहिले परिकल्पना पनि गर्न नसक्ने कुरा हो।ज्योति न्यूजबाट
जोक्स प्रतिस्पर्धा हुँदै: बिजेताहरुलाई ६ हजार डलर पुरस्कार
काठमाडौं ०६ फाल्गुन - ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ । प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए ।
निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ सिजन १ को सुरुवात गरिएको हो । जसलाई अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीले गरेका हुन् ।
प्रतिस्पर्धामा रमाइलो जोक्स कम्पिटिशन ( https://ramailojokescompetition.com ) नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिनेछ । यस कार्यक्रमको निर्णायकमा कलाकार बुद्दि तामाङ, हाँस्यकलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन् । यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन् ।
गृहमन्त्रीबाट बादललाई हटाउने तयारी
काठमाडौं ०६ फाल्गुन - प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीबाट रामबहादुर थापा बादललाई हटाउने तयारी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीबीच राम्रो सम्बन्ध नभएको हल्ला चलिरहेको बेला प्रधानमन्त्रीले यस्तो तयारी गरेको खुलेको छ ।
संसद विघटन गरेपश्चात ओलीलाई साथ दिने भन्दै प्रचण्डको साथ छाडेका गृहमन्त्री बादल प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट हुँदै गएका छन् । त्यसैमाथि गतहप्ता मात्रै युवासंघको नयाँ नेतृत्वमा ओलीपक्षले आफू निकटलाई पर्गेलेपछि बादल थप रुष्ट बनेका छन् ।
ओली र बादलबीच सम्वन्ध बिग्रिएको भनिएको समयमै नेकपाको बहुमत लिएर ओलीविरुद्ध सडकमा उत्रिएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा रहेका केहि मन्त्रीहरू आफ्नो समुहमा आउन लागेको सार्वजनिक रूपमै बताएपछि प्रधानमन्त्री ओली सशंकित बनेका थिए ।
प्रचण्डले सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेपछि प्रचण्ड समुहमा जान लागेका व्यक्तिहरूको ब्यापक खोजी बालुवाटारबाट भैरहको थियो । बालुवाटारमा खोजी भैरहेका बेला उर्जामन्त्री टोपबहादुर रायमाझीले भने चोरले खुट्टा तान्छ भनेझैँ गरी हठात विज्ञप्ति नै निकालेर प्रचण्डले कुप्रचार गरेको र आफू ओली समूहमै रहेको बताएका थिए ।
युवासंघ गठन गर्दा एकलौटी गरिएको र यसमा आफ्नाहरूले पनि अवसर पाउनुपर्ने माग राख्दा बादलको कुरा प्रधानमन्त्री ओलीले भने सुन्दै सुनेनन् । आफू निकट युवाहरूले पनि थप दवाव सृजना गरेपछि बादल थप संकटमा परेका छन् । उता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्रीबाट दवाव आएको र छुटाउन ओली निकट मानिने पूर्वसभामुख सुवास नेम्वाङले दवाव दिएको बिषयले पनि बादल अन्दलोचनमा परेका छन् ।
संसद विघटनसँगै घोषणा गरिएको चुनावको मिति नजिकिएको अवस्थामा गृहमन्त्रालय र प्रधानमन्त्री कार्यलयसँग तारतम्य नमिलेको प्रधानमन्त्री ओली निकट स्रोतले नै दाबी गरेको छ ।
सिन्धुलीमा एक हजार भन्दा बढी भुकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाईयो
सिन्धुली,०६ फाल्गुन – सिन्धुली जिल्लामा नीजि आबास निर्माण गर्न अटेर गर्ने एक हजार तीन सय २१ जना भुकम्प पीडितलाई लाभग्राही सूचिबाट हटाईएको छ ।
बिं. सं. २०७२ साल बैशाखमा गएको विनासकारी भुकम्प गएको पाँच बर्ष पुरा हुदा तोकिएको समयभित्र नीजि आवास निर्माण गर्न सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने ती भुकम्प पीडितलाई लाभग्राही सूचिबाट हटाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार भुकम्प पीडितलाई पछिल्लो पटक २०७७ साल मंसिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसिमा तोकिएको थियो । लाभग्राही सूचीबाट हटाएका मध्ये कमलामाई नगरपालिकामा ३७५ जना, दुधौली नगरपालिकामा ३३४ जना, सुनकोसी गाँउपालिकामा १२७ जना, गोलन्जोर गाँउपालिकामा ९२ जना, फिक्कल गाँउपालिकामा ४८ जना, मरिण गाँउपालिकामा १३९ जना, हरिहरपुरगढी गाँउपालिकामा ८३ जना, तीनपाटन गाँउपालिकामा ६३ जना र घ्याङलेख गाँउपालिकामा ६० जना रहेका छन् ।
सुरुमा नै लाभग्राही सूचिमा परेका यि भुकम्प पीडितले राष्ट्रिय पुननिर्माण प्राधिकरणले तोकेको भित्र नीजि आवास बनाउन सम्झौता नगरेकाले लाभग्राही सूचिबाट नाम हटाउन सिफारिस गरिएको कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुली जिल्लामा नीजि आवास पुन निर्माणतर्फका लाभग्राहीको संख्या ३८ हजार ८१६ रहेको छ । सुरुमा भुकम्प पीडित लाभग्राही सूचीमा ३४ हजार २५६ जनाको नाम निस्किएको थियो । बाँकी लाभग्राहीहरु गुनासो सूचिबाट पछि थपिएका हुन् । लाभग्राही सूचीबाट हटाउन सिफारिस गरिए भुकम्प पीडित पनि यीनै सुरुमा नाम निस्किएका हुन् ।
उहाँले भन्नुभयो, “जस्लाई घर बनाउन आवश्यक नै छैन, तर लाभग्राही सूचिमा नाम निस्किएकाले सम्झौता नगरेको देखिएको छ । ”
जिल्लामा अहिले नीजि आवास बनाउन सम्झौता गरि पहिलो किस्ता लैजाने ३७ हजार २९५ जना, दोस्रो किस्ता लैजाने ३३ हजार ९०८ जना र तेस्रो किस्ताका लागि २९ हजार ४१३ जनाको सिफारिस भएकोमा २७ हजार २९७ जनाले पाएको उक्त कार्यालयले जनाएको छ । सम्झौता गरी पहिलो किस्ता लैजाने मध्ये पनि तीन हजार ३८७ जनाले घर बनाउन बाँकी रहेको कार्यालय प्रमुख बिष्टले सुनाउनुभयो ।
कार्यालयका अनुसार जिल्लामा प्रबलिकरणका १४ हजार ४४२ जना लाभग्राही रहेका र यि मध्ये १२ हजार ४५५ जनाले सम्झौता गरि पहिलो किस्ता रकम लगेका छन् । दोस्रो तथा अन्तिम किस्ता १६ जनाले लगेका छन् । प्रबलिकरणका लाभग्राहीले भने दुई किस्तामा ५०÷५० हजार रुपैया पाउने छन् ।
भुकम्पीय आपतकालिन सहायता आयोजना अन्तर्गत २९ किमि लम्बाईको पिपलभञ्ज्याङ – हायुटार – नेत्रकाली सडक निर्माण भएको छ । यस अवधिमा १० जना लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । नीजि आवास बनाउन आवश्यक नपरेको भन्दै उनीहरुले रकम फिर्ता गरेका अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।
शरीरका यी ‘अंग’ ठूला हुने महिला हुन्छन् असाध्यै भाग्यमानी
हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै ।
ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती महिलाका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ ।
यी अंग ठूलो भएका महिला भाग्यमानी हुन्छन :
कपाल– ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन् ।
हात– शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ ।
घाँटी– शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन । यी महिलाहरुलाई समाजमा निकै प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ ।
कान– शरीरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन ।
खुट्टा– ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् ।
नाईटो– ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् ।
सुष्मा कार्की मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र
काठमाडौं, ०६फाल्गुन – प्रेम दिवस अर्थात फाल्गुण २ गते आइतवार दरवारमार्गको लण्डन पब क्याफेमा सुष्मा कार्कीले आफ्नो जन्मदिनको पार्टी राखेको थिइन् ।
आफ्नो बर्थडे पार्टी, विशेष बनाउनलाई उनले लामो समयदेखि नै तयारी गरेकी थिइन् । उनले आफुलाई विशेष देखाउन कुनै कसुर बाँकी राखिन्न । पार्टी सुरु हुनुभन्दा अगावै पार्लरमा सिंगारेर उनी आफ्नो जन्मदिन मनाउन पुगेकी थिइन् । तर, उनले यति हेभी मेकअप गरेकी थिइन् कि पार्टीमा उनलाई ठम्याउन धेरैले आँखा नै मिच्नु परेको थियो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा पनि उनलाई चिन्न फोटो ‘जुम’ नगरेसम्म गाह्रो पर्छ ।
सुष्मालाई बर्थडे पार्टीमा आफू सुन्दर देखिएको महशुस भए पनि यतिबेला उनी मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र बनेकी छन् । उनको पहिरनमाथि प्रश्न उठेको छैन तर आँखाको मेकअप, आँखामा लगाएको लेन्स र आइस्याडो नसुहाएको प्रतिक्रियाले उनको फेसबुक पोस्टको कमेन्ट बक्स भरिएको छ । प्रायःले उनको मेकअप बिग्रिएको बताएका छन् ।
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री मानिने सुष्माले आफ्नो बर्थडे पार्टीमा विशेष देखिन गरेको मेकअपले साथ नदिँदा उनका विरोधीहरुलाई केही दिन महंगा कफी सपमा कफीको चुस्की लिएर कुरा काट्ने बाटो बनेको छ । यद्यपि, सुष्माका लागि विवाद नौलो र नयाँ भने होइन । यी त उनका छाँयाझैँ बनेका छन् । उनको फिल्मका कारण चर्चा हुन छाडेको भने धेरै भइसकेको छ ।
सुरु भयो नेकपा र सूर्य चिह्न नै फ्रिज गर्नेबारे छलफल
काठमाडौं, ०५ फाल्गुन – निर्वाचन आयोगले नेकपा र सूर्य चिह्नसमेत ‘फ्रिज’ (निष्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल थालेको छ ।
जे निर्णय गरेपनि एउटा पक्षले आरोप लगाउने भएपछि दुबैलाई आधिकारिकता नदिने कोणबाट छलफल चलेको स्रोतले बतायो ।
आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुबै समूह सशंकित बनेका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
१० दिन काम गरेको ज्यालामात्रै दुई करोड
काठमाडौं, ०५ फाल्गुन – पत्याउनै मुश्किल– १० दिन काम गरेको ज्यालामात्रै प्रतिकामदार दुई करोड । यो धन्दा चलिरहेको छ, पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गर्दा ।
लाखबत्ती बाल्न पुगेको बेला प्रधानमन्त्रीले सुनको जलहरी जडान गर्न ३० करोड रुपैयाँ दिने भनेबमोजिमको रकम निकासा अन्तिम चरणमा छ । उक्त रकम आउने सुनिश्चित भएपछि पशुपति क्षेत्र विकास कोषले खर्च गर्ने ५० करोडमध्येबाट ६४ केजी ३ सय ग्राम सुन खरिद भएको छ । राष्ट्रबैंकबाट किनिएको उक्त सुनलाई गत बिहीबार गाल्ने काम भइसकेको छ । सुन गालेर बनाइएको पातालाई उसै दिन पाटन औद्योगिक क्षेत्र लगिएको छ । पशुपतिमा भने रुद्र गार्डेश्वरको प्रांगण, बासुकी मन्दिरभन्दा माथि, कैलाशभन्दा मुनि बनाइएको टहरामा सेफ बनाएर सुन राखिएको छ । सम्पूर्ण काम नसकिउञ्जेलका लागि ती सुन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सैनिक घेरापछि सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको छ । ती सुन राख्दा र निकाल्दा पनि मुचुल्का गर्नुपर्ने नियम छ । पहिला काठको, पछि तामाको फर्मा बनाएर काम थालिएको छ ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
सुन खरिद, सरकारी कोषको रकम निकासाजस्ता कुरामा अनियमितता भएको त छैन । तर, ज्यालाका लागि जुटाइएका चन्दादाता अझै गोप्य राखिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । त्यसमाथि एउटा कालिगढलाई १० दिन काम गरेको ज्याला दुई करोड भनिएको छ । चारजना कालिगढ यो काममा खटिएका छन् । कोषका पदाधिकारीहरू नै भन्छन्, ‘त्यत्रो रकम त कुनै पनि कामको ज्यालामा लाग्दैन ।’
सिन्धुलीको च्याउकोटमा शिद्धबाबा भ्युटावरको सिलान्यास
सिन्धुली,०५ फाल्गुन – सिन्धुलीको कमलामाई नगरपालिका ४, च्याउकोट डाँडामा निर्माण हुन लागेको शिद्धबाबा भ्युटावरको मंगलबार सिलान्यास गरिएको छ । पर्यटन प्रबद्र्धनलाई मुख्य उदेश्य लिएर निर्माण गर्न लागिएको भ्युटावरको मंगलबार एक कार्यक्रमका बिच बाग्मती प्रदेश सदस्य बिनोद खड्का र कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको सयुक्त रुपमा सिलान्यास गर्नु भएको हो ।
सिलान्यास कार्यक्रम कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा बाग्मती प्रदेश सदस्य बिनोद खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथीमा घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष दुर्गादेबी सुनुवार, शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगर, नेपाली काँग्रेसकी महिला नेत्री ईन्दिरा निरौला लगाएत रहनु भएको थियो ।
कार्यक्रममा बाग्मती प्रदेश सदस्य बिनोद खड्काले कुनै पनि निर्माण गरिएका कुराहरु बिग्रनु भनेको हामी सबै बिग्रनु समान रहेको बताउनु हुदै निर्माण कम्पनीका सञ्चालक राजकुमार श्रेष्ठलाई निर्माण हुन लागेको टावरको गुणस्तरमा कुनैपनि किसिमको कन्जुस्याई नगर्न अनुरोध गर्नु भयो । शिद्धबाबा मन्दिरलाई देखाउदै खड्काले निर्माणको कुनैपनि काममा तलमाथी गरियोे भने शिद्धबाबा मन्दिरले कुनैपनि भलो हुन नदिने बताउनु भयो । अबको केहि समयमै पर्यटकीय हिसाबले कस्तो किसिमको बाटोको निर्माण गर्दा उचित होला भन्ने कुरा छलफल गरेर बाटो तथा पानीको कार्यक्रम पनि अगाडी बढाईहाल्ने बताउनु भयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले आधुनिक किसिमले निर्माण गर्न लागिएको यस टावरले निमाण भैसकेपछी त्यहाका स्थानिय, वडाबासी लगायत सम्पुर्ण जिल्लाबासीकै मुहार चम्किलो बनाउने बताउनु भयो । उहाँले निर्माण कम्पनीलाई निर्माणको क्रममा कुनै पनि कुरामा नहिच्किचाई सम्झौतामा उल्लेख भए अनुसार गुणस्तरिय सामानहरुको प्रयोग गरी निर्धारित समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो ।
प्रदेश सरकारको भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयामा निर्माण हुन लागेको भ्युटावरको निर्माण ठेक्का ड्रागन कन्ट्रक्सन प्रालीले गत भदौ १८ गते सम्झौता गरेको थियो । बाटोको समस्याले गर्दा गएको पुष १६ गते देखी निर्माण सुरु गरिएको टावर आगामी जेठ १५ गते भित्र सम्पन्न गरि सक्नु पर्ने छ ।
भ्युटावर भित्रै कार्य कक्ष, होटल, शौचालय सहितको सुबिधा सम्पन्न टावरको सिलान्यास कार्यक्रममा शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने कमलामाई नगरपालिका वडा नम्बर ४ का नम्बर वडा सचिब उद्धब बहादुर थापाले उदघोषण गर्नु भएको थियो ।