हिन्दू शास्त्रअनुसार महिलाहरुलाई लक्ष्मीको दर्जा दिइन्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने मान्यता राखिन्छ । कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गरिएमा त्यो घरमा शान्ति छाउँदै ।
ज्योतिष शास्त्र अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले ती महिलाका धेरै गुणहरुबा बारेमा थाहा पाउन सकिन्छ ।
यी अंग ठूलो भएका महिला भाग्यमानी हुन्छन :
कपाल:– ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन् ।
हात :– शरीरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यसआराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ ।
घाँटी :– शास्त्रका अनुसार लामो घाँटी भएकामहिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन । यी महिलाहरुलाई समाजमा निकै प्रतिष्ठा समेत पाउने अवसर मिल्नेछ ।
कान :– शरीरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयु लामो र निकै भाग्यमानी हुने गर्छन ।
खुट्टा :– ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन् ।
नाईटो :– ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन् ।
सुष्मा कार्की मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र
काठमाडौं, ०६फाल्गुन – प्रेम दिवस अर्थात फाल्गुण २ गते आइतवार दरवारमार्गको लण्डन पब क्याफेमा सुष्मा कार्कीले आफ्नो जन्मदिनको पार्टी राखेको थिइन् ।
आफ्नो बर्थडे पार्टी, विशेष बनाउनलाई उनले लामो समयदेखि नै तयारी गरेकी थिइन् । उनले आफुलाई विशेष देखाउन कुनै कसुर बाँकी राखिन्न । पार्टी सुरु हुनुभन्दा अगावै पार्लरमा सिंगारेर उनी आफ्नो जन्मदिन मनाउन पुगेकी थिइन् । तर, उनले यति हेभी मेकअप गरेकी थिइन् कि पार्टीमा उनलाई ठम्याउन धेरैले आँखा नै मिच्नु परेको थियो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा पनि उनलाई चिन्न फोटो ‘जुम’ नगरेसम्म गाह्रो पर्छ ।
सुष्मालाई बर्थडे पार्टीमा आफू सुन्दर देखिएको महशुस भए पनि यतिबेला उनी मेकअपका कारण सामाजिक सञ्जालमा ट्रोल र मजाकको पात्र बनेकी छन् । उनको पहिरनमाथि प्रश्न उठेको छैन तर आँखाको मेकअप, आँखामा लगाएको लेन्स र आइस्याडो नसुहाएको प्रतिक्रियाले उनको फेसबुक पोस्टको कमेन्ट बक्स भरिएको छ । प्रायःले उनको मेकअप बिग्रिएको बताएका छन् ।
नेपाली फिल्मकी सुन्दरी अभिनेत्री मानिने सुष्माले आफ्नो बर्थडे पार्टीमा विशेष देखिन गरेको मेकअपले साथ नदिँदा उनका विरोधीहरुलाई केही दिन महंगा कफी सपमा कफीको चुस्की लिएर कुरा काट्ने बाटो बनेको छ । यद्यपि, सुष्माका लागि विवाद नौलो र नयाँ भने होइन । यी त उनका छाँयाझैँ बनेका छन् । उनको फिल्मका कारण चर्चा हुन छाडेको भने धेरै भइसकेको छ ।
सुरु भयो नेकपा र सूर्य चिह्न नै फ्रिज गर्नेबारे छलफल
काठमाडौं, ०५ फाल्गुन – निर्वाचन आयोगले नेकपा र सूर्य चिह्नसमेत ‘फ्रिज’ (निष्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल थालेको छ ।
जे निर्णय गरेपनि एउटा पक्षले आरोप लगाउने भएपछि दुबैलाई आधिकारिकता नदिने कोणबाट छलफल चलेको स्रोतले बतायो ।
आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुबै समूह सशंकित बनेका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।
१० दिन काम गरेको ज्यालामात्रै दुई करोड
काठमाडौं, ०५ फाल्गुन – पत्याउनै मुश्किल– १० दिन काम गरेको ज्यालामात्रै प्रतिकामदार दुई करोड । यो धन्दा चलिरहेको छ, पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गर्दा ।
लाखबत्ती बाल्न पुगेको बेला प्रधानमन्त्रीले सुनको जलहरी जडान गर्न ३० करोड रुपैयाँ दिने भनेबमोजिमको रकम निकासा अन्तिम चरणमा छ । उक्त रकम आउने सुनिश्चित भएपछि पशुपति क्षेत्र विकास कोषले खर्च गर्ने ५० करोडमध्येबाट ६४ केजी ३ सय ग्राम सुन खरिद भएको छ । राष्ट्रबैंकबाट किनिएको उक्त सुनलाई गत बिहीबार गाल्ने काम भइसकेको छ । सुन गालेर बनाइएको पातालाई उसै दिन पाटन औद्योगिक क्षेत्र लगिएको छ । पशुपतिमा भने रुद्र गार्डेश्वरको प्रांगण, बासुकी मन्दिरभन्दा माथि, कैलाशभन्दा मुनि बनाइएको टहरामा सेफ बनाएर सुन राखिएको छ । सम्पूर्ण काम नसकिउञ्जेलका लागि ती सुन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सैनिक घेरापछि सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको छ । ती सुन राख्दा र निकाल्दा पनि मुचुल्का गर्नुपर्ने नियम छ । पहिला काठको, पछि तामाको फर्मा बनाएर काम थालिएको छ ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
सुन खरिद, सरकारी कोषको रकम निकासाजस्ता कुरामा अनियमितता भएको त छैन । तर, ज्यालाका लागि जुटाइएका चन्दादाता अझै गोप्य राखिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । त्यसमाथि एउटा कालिगढलाई १० दिन काम गरेको ज्याला दुई करोड भनिएको छ । चारजना कालिगढ यो काममा खटिएका छन् । कोषका पदाधिकारीहरू नै भन्छन्, ‘त्यत्रो रकम त कुनै पनि कामको ज्यालामा लाग्दैन ।’
सिन्धुलीको च्याउकोटमा शिद्धबाबा भ्युटावरको सिलान्यास
सिन्धुली,०५ फाल्गुन – सिन्धुलीको कमलामाई नगरपालिका ४, च्याउकोट डाँडामा निर्माण हुन लागेको शिद्धबाबा भ्युटावरको मंगलबार सिलान्यास गरिएको छ । पर्यटन प्रबद्र्धनलाई मुख्य उदेश्य लिएर निर्माण गर्न लागिएको भ्युटावरको मंगलबार एक कार्यक्रमका बिच बाग्मती प्रदेश सदस्य बिनोद खड्का र कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको सयुक्त रुपमा सिलान्यास गर्नु भएको हो ।
सिलान्यास कार्यक्रम कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा बाग्मती प्रदेश सदस्य बिनोद खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथीमा घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष दुर्गादेबी सुनुवार, शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगर, नेपाली काँग्रेसकी महिला नेत्री ईन्दिरा निरौला लगाएत रहनु भएको थियो ।
कार्यक्रममा बाग्मती प्रदेश सदस्य बिनोद खड्काले कुनै पनि निर्माण गरिएका कुराहरु बिग्रनु भनेको हामी सबै बिग्रनु समान रहेको बताउनु हुदै निर्माण कम्पनीका सञ्चालक राजकुमार श्रेष्ठलाई निर्माण हुन लागेको टावरको गुणस्तरमा कुनैपनि किसिमको कन्जुस्याई नगर्न अनुरोध गर्नु भयो । शिद्धबाबा मन्दिरलाई देखाउदै खड्काले निर्माणको कुनैपनि काममा तलमाथी गरियोे भने शिद्धबाबा मन्दिरले कुनैपनि भलो हुन नदिने बताउनु भयो । अबको केहि समयमै पर्यटकीय हिसाबले कस्तो किसिमको बाटोको निर्माण गर्दा उचित होला भन्ने कुरा छलफल गरेर बाटो तथा पानीको कार्यक्रम पनि अगाडी बढाईहाल्ने बताउनु भयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले आधुनिक किसिमले निर्माण गर्न लागिएको यस टावरले निमाण भैसकेपछी त्यहाका स्थानिय, वडाबासी लगायत सम्पुर्ण जिल्लाबासीकै मुहार चम्किलो बनाउने बताउनु भयो । उहाँले निर्माण कम्पनीलाई निर्माणको क्रममा कुनै पनि कुरामा नहिच्किचाई सम्झौतामा उल्लेख भए अनुसार गुणस्तरिय सामानहरुको प्रयोग गरी निर्धारित समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो ।
प्रदेश सरकारको भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयामा निर्माण हुन लागेको भ्युटावरको निर्माण ठेक्का ड्रागन कन्ट्रक्सन प्रालीले गत भदौ १८ गते सम्झौता गरेको थियो । बाटोको समस्याले गर्दा गएको पुष १६ गते देखी निर्माण सुरु गरिएको टावर आगामी जेठ १५ गते भित्र सम्पन्न गरि सक्नु पर्ने छ ।
भ्युटावर भित्रै कार्य कक्ष, होटल, शौचालय सहितको सुबिधा सम्पन्न टावरको सिलान्यास कार्यक्रममा शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने कमलामाई नगरपालिका वडा नम्बर ४ का नम्बर वडा सचिब उद्धब बहादुर थापाले उदघोषण गर्नु भएको थियो ।