काठमाडौं, ६ फागुन - कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ।
‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वाेच्च अदालतको फैसला कुरौं भनेको हो।’आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन्। नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने। पौडेल बोलिरहेकै बेला उनलाई रोक्दै देउवाले भने, ‘ओलीले देउवालाई प्रधानमन्त्री पद दिने रे भनेर प्रचार गर्ने ? ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’
उनले आफू सर्वाेच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गरे। निर्वाचन हुनै सक्दैन भनेर नेताहरूले सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए।
सिन्धुलीको च्याउकोटमा शिद्धबाबा भ्युटावरको सिलान्यास
सिन्धुली,०५ फाल्गुन – सिन्धुलीको कमलामाई नगरपालिका ४, च्याउकोट डाँडामा निर्माण हुन लागेको शिद्धबाबा भ्युटावरको मंगलबार सिलान्यास गरिएको छ । पर्यटन प्रबद्र्धनलाई मुख्य उदेश्य लिएर निर्माण गर्न लागिएको भ्युटावरको मंगलबार एक कार्यक्रमका बिच बाग्मती प्रदेश सदस्य बिनोद खड्का र कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको सयुक्त रुपमा सिलान्यास गर्नु भएको हो ।
सिलान्यास कार्यक्रम कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा बाग्मती प्रदेश सदस्य बिनोद खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथीमा घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष दुर्गादेबी सुनुवार, शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगर, नेपाली काँग्रेसकी महिला नेत्री ईन्दिरा निरौला लगाएत रहनु भएको थियो ।
कार्यक्रममा बाग्मती प्रदेश सदस्य बिनोद खड्काले कुनै पनि निर्माण गरिएका कुराहरु बिग्रनु भनेको हामी सबै बिग्रनु समान रहेको बताउनु हुदै निर्माण कम्पनीका सञ्चालक राजकुमार श्रेष्ठलाई निर्माण हुन लागेको टावरको गुणस्तरमा कुनैपनि किसिमको कन्जुस्याई नगर्न अनुरोध गर्नु भयो । शिद्धबाबा मन्दिरलाई देखाउदै खड्काले निर्माणको कुनैपनि काममा तलमाथी गरियोे भने शिद्धबाबा मन्दिरले कुनैपनि भलो हुन नदिने बताउनु भयो । अबको केहि समयमै पर्यटकीय हिसाबले कस्तो किसिमको बाटोको निर्माण गर्दा उचित होला भन्ने कुरा छलफल गरेर बाटो तथा पानीको कार्यक्रम पनि अगाडी बढाईहाल्ने बताउनु भयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले आधुनिक किसिमले निर्माण गर्न लागिएको यस टावरले निमाण भैसकेपछी त्यहाका स्थानिय, वडाबासी लगायत सम्पुर्ण जिल्लाबासीकै मुहार चम्किलो बनाउने बताउनु भयो । उहाँले निर्माण कम्पनीलाई निर्माणको क्रममा कुनै पनि कुरामा नहिच्किचाई सम्झौतामा उल्लेख भए अनुसार गुणस्तरिय सामानहरुको प्रयोग गरी निर्धारित समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो ।
प्रदेश सरकारको भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयामा निर्माण हुन लागेको भ्युटावरको निर्माण ठेक्का ड्रागन कन्ट्रक्सन प्रालीले गत भदौ १८ गते सम्झौता गरेको थियो । बाटोको समस्याले गर्दा गएको पुष १६ गते देखी निर्माण सुरु गरिएको टावर आगामी जेठ १५ गते भित्र सम्पन्न गरि सक्नु पर्ने छ ।
भ्युटावर भित्रै कार्य कक्ष, होटल, शौचालय सहितको सुबिधा सम्पन्न टावरको सिलान्यास कार्यक्रममा शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने कमलामाई नगरपालिका वडा नम्बर ४ का नम्बर वडा सचिब उद्धब बहादुर थापाले उदघोषण गर्नु भएको थियो ।