शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

१० दिन काम गरेको ज्यालामात्रै दुई करोड

बुधवार , फाल्गुण ५, २०७७

काठमाडौं, ०५ फाल्गुन - पत्याउनै मुश्किल– १० दिन काम गरेको ज्यालामात्रै प्रतिकामदार दुई करोड । यो धन्दा चलिरहेको छ, पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गर्दा ।

लाखबत्ती बाल्न पुगेको बेला प्रधानमन्त्रीले सुनको जलहरी जडान गर्न ३० करोड रुपैयाँ दिने भनेबमोजिमको रकम निकासा अन्तिम चरणमा छ । उक्त रकम आउने सुनिश्चित भएपछि पशुपति क्षेत्र विकास कोषले खर्च गर्ने ५० करोडमध्येबाट ६४ केजी ३ सय ग्राम सुन खरिद भएको छ । राष्ट्रबैंकबाट किनिएको उक्त सुनलाई गत बिहीबार गाल्ने काम भइसकेको छ । सुन गालेर बनाइएको पातालाई उसै दिन पाटन औद्योगिक क्षेत्र लगिएको छ । पशुपतिमा भने रुद्र गार्डेश्वरको प्रांगण, बासुकी मन्दिरभन्दा माथि, कैलाशभन्दा मुनि बनाइएको टहरामा सेफ बनाएर सुन राखिएको छ । सम्पूर्ण काम नसकिउञ्जेलका लागि ती सुन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । सैनिक घेरापछि सशस्त्र प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको छ । ती सुन राख्दा र निकाल्दा पनि मुचुल्का गर्नुपर्ने नियम छ । पहिला काठको, पछि तामाको फर्मा बनाएर काम थालिएको छ ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

सुन खरिद, सरकारी कोषको रकम निकासाजस्ता कुरामा अनियमितता भएको त छैन । तर, ज्यालाका लागि जुटाइएका चन्दादाता अझै गोप्य राखिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ । त्यसमाथि एउटा कालिगढलाई १० दिन काम गरेको ज्याला दुई करोड भनिएको छ । चारजना कालिगढ यो काममा खटिएका छन् । कोषका पदाधिकारीहरू नै भन्छन्, ‘त्यत्रो रकम त कुनै पनि कामको ज्यालामा लाग्दैन ।’

सिन्धुलीको च्याउकोटमा शिद्धबाबा भ्युटावरको सिलान्यास

सिन्धुली,०५ फाल्गुन – सिन्धुलीको कमलामाई नगरपालिका ४, च्याउकोट डाँडामा निर्माण हुन लागेको शिद्धबाबा भ्युटावरको मंगलबार सिलान्यास गरिएको छ । पर्यटन प्रबद्र्धनलाई मुख्य उदेश्य लिएर निर्माण गर्न लागिएको भ्युटावरको मंगलबार एक कार्यक्रमका बिच बाग्मती प्रदेश सदस्य बिनोद खड्का र कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको सयुक्त रुपमा सिलान्यास गर्नु भएको हो ।

सिलान्यास कार्यक्रम कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षता तथा बाग्मती प्रदेश सदस्य बिनोद खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथीमा घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष दुर्गादेबी सुनुवार, शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगर, नेपाली काँग्रेसकी महिला नेत्री ईन्दिरा निरौला लगाएत रहनु भएको थियो ।

कार्यक्रममा बाग्मती प्रदेश सदस्य बिनोद खड्काले कुनै पनि निर्माण गरिएका कुराहरु बिग्रनु भनेको हामी सबै बिग्रनु समान रहेको बताउनु हुदै निर्माण कम्पनीका सञ्चालक राजकुमार श्रेष्ठलाई निर्माण हुन लागेको टावरको गुणस्तरमा कुनैपनि किसिमको कन्जुस्याई नगर्न अनुरोध गर्नु भयो । शिद्धबाबा मन्दिरलाई देखाउदै खड्काले निर्माणको कुनैपनि काममा तलमाथी गरियोे भने शिद्धबाबा मन्दिरले कुनैपनि भलो हुन नदिने बताउनु भयो । अबको केहि समयमै पर्यटकीय हिसाबले कस्तो किसिमको बाटोको निर्माण गर्दा उचित होला भन्ने कुरा छलफल गरेर बाटो तथा पानीको कार्यक्रम पनि अगाडी बढाईहाल्ने बताउनु भयो ।

कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले आधुनिक किसिमले निर्माण गर्न लागिएको यस टावरले निमाण भैसकेपछी त्यहाका स्थानिय, वडाबासी लगायत सम्पुर्ण जिल्लाबासीकै मुहार चम्किलो बनाउने बताउनु भयो । उहाँले निर्माण कम्पनीलाई निर्माणको क्रममा कुनै पनि कुरामा नहिच्किचाई सम्झौतामा उल्लेख भए अनुसार गुणस्तरिय सामानहरुको प्रयोग गरी निर्धारित समयमै सम्पन्न गर्न आग्रह गर्नु भयो ।

प्रदेश सरकारको भ्याट बाहेक १ करोड ९२ लाख २३ हजार ६ सय ४५ रुपैयामा निर्माण हुन लागेको भ्युटावरको निर्माण ठेक्का ड्रागन कन्ट्रक्सन प्रालीले गत भदौ १८ गते सम्झौता गरेको थियो । बाटोको समस्याले गर्दा गएको पुष १६ गते देखी निर्माण सुरु गरिएको टावर आगामी जेठ १५ गते भित्र सम्पन्न गरि सक्नु पर्ने छ ।

भ्युटावर भित्रै कार्य कक्ष, होटल, शौचालय सहितको सुबिधा सम्पन्न टावरको सिलान्यास कार्यक्रममा शिद्धबाबा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष दिलिप कुमार थापा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो भने कमलामाई नगरपालिका वडा नम्बर ४ का नम्बर वडा सचिब उद्धब बहादुर थापाले उदघोषण गर्नु भएको थियो ।

आज फाल्गुन ०५ गते बुधबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन ०५ गते बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–षष्ठी,अहोरात्र । नक्षत्र– अश्विनी,४१ घडी ०४ पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त भरुणी । योग–शुक्ल,४८ घडी ४७ पला,रातको ०२ बजेर १२ मिनेट उप्रान्त ब्रम्ह । करण–कौलव,बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेट । दिनमान २८ घडी ०४ पला । स्कन्द षष्ठी ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंसा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ । यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला । भौतिक साधनमा पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्छन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ । खानपिनमा एकदमै सावधान रहनु होला ।

तपार्ईँको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :–प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आज राती :– देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वांकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फाल्गनु ०२ गते आईतबार देखी फाल्गुन ०८ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मेष राशि भएकाहरुका लागि साता उत्तम रहेकोछ । समय राम्रो रहेकोले थोरै समयमा उपबब्धिमुलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पति हात लागि हुनेछ । पढाई लेखाईकै सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नोकरिमा पदोन्नति हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- आईतबार तथा सोमबारको समय मध्यय रहेकोले काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुँनेछ । मंगलबारबाट समय उत्तम रहेकोले कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र जस्तौ स्कुल कलेज बैक तथा बित्तय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोराछोरी सँगको सम्बन्ध अझ राम्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ । मंगलबार तथा बुधबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनिति तथा समाजेवामा जनताको आलोचनात्मक साथ तथा समर्थन पाईनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले बोल्दा ख्याल गर्नुहोला । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यावासायमा लागनि गरि आम्दानि गर्नको लागि केहि समय कुर्नु नै बेस हुनेछ । घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । मंगलबारबाट बिहिबार बिहान सम्मको समय उत्तम रहेकोले आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आईतबार र सोमबारको समय मध्ययम रहेकोले कनै पनि कामको नतिजा तुरुन्तै खोज्दा अन्य कामहरु पनि प्रभावित हुनेछन् । राजनिति तथा सामाजिक काममा जनताकाmे काम गर्दा गर्दै आलोचना गर्नेहरु सक्रिय हुनेछन् । परिवारमा आफन्त तथा जीवन साथि सँग मनमुटाब बढ्ने योग रहेकोछ । मंगलबारबाट समय उत्तम रहेकोले तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नया अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृड भएर जानेछ । हप्ताको अन्तमा छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको शुरु अर्थात आईतबार तथा सोमबार विदेश भावमा गोचर गर्ने चन्द्रमाले विदेशी धन तथा सम्पति हात लागी हुने योग रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । मंगलबारबाट समय तपाईकै पक्षमा आउँने हुँदा पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले नियम संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ । तापनि वैदेशिक क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन हुने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने तरल पदार्थ,खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ । हप्ताको अन्त तथा शुक्रबार र शनिबार विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले अनाबस्यक खर्च बढ्ने तथा स्वास्थ्यमा समस्या आउँने योग रहेकोछ । तपानि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनिति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानि र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेकोछ । पुराना काम सफलता पुर्वक सम्पन्न हुने हुनाले मन प्रशन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानि हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आईतबार र सोमबारको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् । मंगलबारबाट समय तपाईकै पक्षमा आउँने हुनाले लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानि हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने घरायरि सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ । नयाँ काम पाउँने तथा रोजगारिको अवसरहरु सिर्जना गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने मन्दिर तिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्न सकिनेछ । मंगलबार तथा बुधबारको समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यावसायमा लगानि बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिष्पर्धा गर्नुपरेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउँदा मन खुसि हुँनेछ । रमाईलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । बिवाद प्रतिष्पर्धामा बिपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया