एक शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कम नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थी कुटेको भिडियो भाइरल भएको हो । दाङको राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाकामा १० कक्षामा अध्ययनरत विद्यार्थीलाई शिक्षकले कुटपिट गरेका हुन् । गणित र विज्ञान पढाउने शिक्षक हेमराज विकको कुटाइ बाट केही विद्यार्थी त बिरामी समेत भएका छन् । शर्मिला कुमाल र सीमा कुमाल बिरामी परेको अभिभावकले प्रहरीसमक्ष बताएका छन् । हेमराज निजी स्रोतबाट विद्यालयमा पढाइरहेका शिक्षक हुन् । उनी तीन महिना पहिले विद्यालयमा शिक्षकका रुपमा आएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर वलीले आफूलाई अभिभावकले फोनमा र भेटेर पनि त्यसरी विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालयमा नराख्न माग गरेको बताएका छन् । शिक्षक विकले विद्यार्थीलाई निर्मम तरिकाले लाठीले कु टपि ट गरेको भिडिओ सार्वजनिक भएपछि आइतबार अभिभावक मिलेर इलाका प्रहरी कार्यालय गढवामा गएका छन् । उनीहरुले जाहेरी दिन दिएका छन् ।
यस्तो छ वास्तविक कुरा
केही दिनअघि दाङको लमही नगरपालिका–९ तेलियाकी शर्मिला कुमालले आमासँग पैसा मागिन्। राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाकामा १० कक्षामा पढ्ने शर्मिलाले आमासँग जरूरी काम परेको भनेर पैसा मागेकी थिइन् । उनको कुनै जरूरी काम परेको थिएन बरू विद्यालयमा शिक्षकले पि टे को चो टको पि डा सहन नसकेपछि बहाना बनाएर आमासँग पैसा मागेकी थिइन् । गणित र विज्ञान पढाउने शिक्षक हेमराज विकको कु टा इले बजार गएर उनले ७ सय ५५ रुपैयाँका औषधी किनेर खाएकी थिइन् । राजपुर गाउँपालिकाकी १५ वर्षीया सीमा कुमाल पनि कक्षा १० मै पढ्छिन् । घर राप्ती नदीवारि र विद्यालय राप्ती नदी पारि छ । त्यहीँ भएर उनी डेरा गरेर पढिरहेकी छन् । सीमाले कक्षाकोठाभित्रै शिक्षकको हातबाट नराम्रोसँग कु टा इ खाइन् । त्यो पी डा सहन नसकी सीमा विद्यालय समयपछि घर पुगिन् । उनकी आमा घरमै थिइन् ।
सञ्चो नभएर घर आएको कुरा सीमाले गरिन् । सीमाका ३८ वर्षीया बुवा नरेश कुमाल घरमा थिएनन् । उनी ज्याला मजदुरी गर्छन् । बेलुका उनलाई ह नह नी ज्वरो आयो । त्यही बीचमा एक विद्यार्थीले लुकेर खिचेको भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरे। जहाँ शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरिरहेको देखिन्छन् । भिडिओ सार्वजनिक भएपछि अभिभावकसम्म कुरा पुग्यो । गाउँकै मानिस आएर उनीहरूका अभिभावकलाई भिडिओ देखाइदिए । भिडिओ हेरेपछि आफू झ स्कि एको नरेशले बताए । त्यसपछि छोरीको अवस्था नियाल्न पत्नीलाई तत्कालै आग्रह गरेको उनले देशकै चर्चित अनलाईन सेतोपाटिलाई बताएको समाचार छ । आमाले सोधेपछि बल्ल सीमाले शिक्षकले पाइपैपाइपले कुटेको कुरा रुँदै भनिन् । नरेशका अनुसार उनको छोरीको हिप र तीघ्रामा पाइपका निलडाम अझैं छन । ‘अहिले पनि निलडाम अलिअलि देखिन्छ,’ उनले भने, ‘आजदेखि उसको परीक्षा पनि सुरू भएको छ ।’ गणितमा नम्बर कम ल्याएको भन्दै शिक्षक विकले गत बिहीबार छात्र–छात्रालाई निर्घात कुटपिट गरेका थिए।
शर्मिलाका ४७ वर्षीय बुवा प्रदेशी कुमाल त्यतिबेला स्याङ्जामा थिए । उनी पनि ज्याल मजदुरी गर्छन् । भिडिओ हेरेपछि उनी पनि झस्किए । ‘भिडिओ देखेपछि मन धेरै रोयो,’ नरेश कुमालले भने, ‘त्यसरी त पशुलाई पनि चुटिदैन।’ शिक्षकको कुटाइबाट छोरीलाई दुई–तीन दिन हनहनी ज्वरो आएको उनले बताए । छोरीलाई समस्या भएपछि आमाले जड्बुटीको काम गर्छ भनेर खयरको बोक्रा पकाएर खुवाएको, आइडेक्स किनेर मालिस गरिदिएको नरेशले बताए । हेमराजले सीमालाई महिनावारी भएको छ कि नाइँ? भन्ने सोधेर हिप तथा तीघ्रामा पाइपै पाइपले कु टेको सीमाले बताएकी छन् ।
नरेशले आफूले छोरीलाई विद्यालय ज्ञानगुनका कुरा सिक्न पठाएको तर, त्यसरी चुटाइ खानका लागि नपठाएको भन्दै ती शिक्षकलाई कारबाहीको माग गरे । त्यो दिन शिक्षक हेमराजले अन्य विद्यार्थीलाई समेत त्यस्तै गरी कुटेको विद्यार्थीले आ रोप लगाएका छन् ।
प्रदेशी कुमालले पनि त्यस्ता ‘ र लाग्दा शिक्षक’लाई विद्यालयले तत्काल शिक्षण पेशाबाट निकाल्नु पर्ने माग आफूले विद्यालय परिवारसँग राखेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर वलीले अभिभावकले आफूलाई फोनमा र भेटेर पनि त्यसरी विद्यार्थी कुट्ने शिक्षकलाई विद्यालयमा नराख्न माग गरेको स्वीकार गरे । ‘मलाई एकजना वडा सदस्य, कार्यपालिका सदस्यले र केही अभिभावकले फोन तथा भेटेर पनि ती शिक्षकलाई नराख्न आग्रह गर्नुभएको थियो,’ अध्यक्ष वलीले भने, ‘हामीले समितिको बैठक बसेर उहाँलाई एक पटकलाई चेतावनी दिँदै फेरि यस्ता गतिविधि दोहोरिए जागिरबाटै हटाउने निर्णय गरिसकेका छौं ।’
शिक्षक हेमराज विकले विद्यालय व्यवस्थापन समितिको बैठकमा मा फी मागेको तथा आइन्दा विद्यार्थीलाई कुटपिट गर्दिनँ भनेर वचनवद्धता जाहेर गरेको अध्यक्ष वलीले बताए । शिक्षक हेमराज निजी स्रोतबाट विद्यालयमा पढाइरहेका छन् । उनी तीन महिना पहिले विद्यालयमा आएका हुन । ‘उहाँ एकदमै राम्रो पढाउने शिक्षक हो,’ अध्यक्ष वलीले भने ‘ त्यति मेहनत गरेर पढाउँदा पनि २० पूर्णांकमा एक नम्बर पनि नल्याएको हुँदा मेरो मेहनत खेर गयो भनेर मैले केही कुटेको हुँ भन्नुभएको थियो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलीले दुई–चार जना छात्रछात्रालाई मात्रै शिक्षक विकले दुई चार छडीले मात्रै हल्का रूपमा कुटपिट गरेको कुरा बैठकमा राखेको बताए । ‘यहाँ हल्ला र अफवाह पनि धेरै फैलाइन्छ,’ उनले भने, ‘कतिपय मिडियाले जातजातिका कुरा गरेर थप तनाव सिर्जना गरेका छन् । यो शिक्षकको आवेग ले गर्दा भएको हो । गरिबी वा जातभातले गर्दा होइन।’ त्यस्तै शिक्षक हेमराज विकले विद्यार्थीलाई निर्मम तरिकाले लाठीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि आइतबार अभिभावक मिलेर इलाका प्रहरी कार्यालय गढवामा गएका छन् । नरेश सुनारले आइतबार दिउँसो आफूलगायत अन्य केही अभिभावक इप्रका गढवामा आएको र निर्मम तरिकाले कुटपिट गर्ने शिक्षकविरूद्ध जाहेरी दिन लागेको फोनमा जानकारी दिए । ‘हामीले निवेदन लेखाउँदै छौं, लेखिसकेपछि दर्ता गर्छौं,’ सुनारले भने, ‘दो षी शिक्षकलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
https://twitter.com/Nepal_Judge/status/1360595068478840834?s=20