सिन्धुली, रोल्पा र गोरखाका प्रहरी चौकीमा एकैसाथ आक्रमण गरी २४ वर्ष अघि फाल्गुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको थियो । यहि दिनको सम्झनामा जनयुद्ध दिवस मनाइन्छ । १० वर्षे जनयुद्धमा हजारौँ नागरिकको ज्यान गयो । मानविय मात्र नभएर भौतिक क्षतिहरु पनि थुप्रै भए । एक हिसाबले भन्ने हो भने जनयुद्धले देशलाई नै १० वर्ष पछि धकलिदियो । तर, जनयुद्धका उपलब्धिहरुले भने देशको समग्र विकास र समृद्धिकालागि बाटो बनाइदिएको छ । गणतन्त्र आइसकेपछि जनताको कुण्ठित गरिएको अधिकार जनताले पाए । जनयुद्धमा क्षति जेजति भएपनि उपलब्धि भने थुप्रै छन् । यी उपलब्धिहरुलाई संरक्षण गर्नतर्फ राज्य लाग्नुपर्ने हो । तर, शक्ति मोहका कारण नेपालको राजनिति र राज्य शत्ता झनै बिग्रदो अवस्थामा पुगेको छ । जनताले देशमा आमुक परिवर्तनकालागि आफ्नो ज्यान दाउमा राखेर युद्धमा होमिएका थिए । तर, तत्कालिन माओवादि केन्द्रका कमाण्डर तथा नेताहरुले शहिदको बलिदानिलाई सम्मान गर्न सकिरहेका छैनन् । उनीहरुले बोलीले मात्र शहिदको सम्मान गरेका छन्, व्यवहारले गरेका छैनन् । तसर्थ, जनयुद्ध शुरु गर्दा बुनिएको उद्धेश्य पुरा गर्न जिम्मेवार नेताहरु अग्रसर हुन आवश्यक छ ।
सिन्धुली जनयुद्धको मारमा परेको जिल्ला हो । जनयुद्ध सफल बनाउन यस जिल्लाको महत्वपुर्ण भुमिका छ । तर, के सिन्धुलीले जनयुद्धपछि उपलब्धिहरु हासिल गर्न सक्यो त ? त्यसको बारेमा यहाँका नेताहरुले मनन गर्न आवश्यक छ । जनयुद्धको समयमा राज्यबाट दुख पाएका नागरिकले अहिले पनि राज्यकै सेवासुविधा उपभोग गर्न नपाएको अवस्था छ । शक्तिमा रहेकाले उत्पीडित जनताको सेवा नगरेको गुनासो बढ्दो छ । तसर्थ, यी सबै पक्षलाई विचार गरेर नागरिकको सेवासुविधा तर्फ सम्बन्धित पक्षले ध्यान दिन आवश्यक छ । अतः जनयुद्धको उपलब्धिलाई गुम्न नदिन र जनयुद्धको उद्धेश्य पुरा गर्न जिम्मेवार पक्ष थप अग्रसर हुन जरुरी छ ।
आज फाल्गुन ०२ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल फाल्गुन ०२ गते आईतबार । ईश्वी सन् २०२१ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–तृतीया,४७ घडी २५ पला,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाभाद्रपदा,२४ घडी ३९ पला,बेलुकी ०४ बजेर ३६ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–सिद्ध,४६ घडी ५२ पला,रातको ०१ बजेर २९ मिनेट उप्रान्त साध्य । करण– तैतिल,दिउसो ०१ बजेर ०८ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–कुम्भ,बिहान १० बजेर १३ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५२ पला ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- कमाइ राम्रैसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, होस पुर्याउनु होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । आज टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । सोचेको काम भने समयमा नै पुरा नहोला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । साथै, आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो महसुस हुनेछ । केही कारणले धनको पनि नाश होला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ भने जागिरमा भने होसियार रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसंग सानो मनमुटाव हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अनावश्यक ठाँउमा पैसा खर्च हुँदैछ । व्यवसायिक क्षेत्र सफल रहने छ । आम्दानीमा कमी आउने छ । रोग लाग्नाले केही आर्थिक क्षति पनि हुन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् साथै अन्नको पनि लाभ हुने दिन छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, तर पढाइमा भने खासै मन नजाला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, धनको पनि लाभ होला । आर्थिक क्षेत्र आज सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाँउबाट पैसा आउने देखिन्छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- हाल देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने संभाबना छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।
आज राती :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ।
फाल्गुन ०२ गते आईतबारदेखी फाल्गुन ०८ गते शनिबार सम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता लाभदायक यात्राहरू हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्था र शेयरबाजारबाट राम्रै सफता मिल्न सक्छ । मंगल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । खनपिनमा विचार पनि पुर्याउनु पर्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । सन्तान सुख पनि मिल्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्ता जोश जाँगर र हिम्मत वढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता फजूलको खर्च बढ्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएको अधूरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधूरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघी बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :-
यो साता नयाँ कामको थालनी हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा लत्ता कपडामा बढी धन खर्च हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता उपहार पाईन सक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बननेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ सवारी साधन प्राप्तिको योगपनि छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता धार्मिक यात्राको योगछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।