शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेतादेखि पूर्व राजासम्मको भारत दौड किन ?

शनिवार , फाल्गुण १, २०७७

काठमाडौं, १ फाल्गुन - देशमा राजनीतिक संकट गहिरिदै गर्दा नेता देखि पूर्व राजासम्मको भारत भ्रमणको सिलसिला चलेको छ । उनीहरु व्यक्तिगत, पारिवारिक र स्वास्थ्योपचारको कारण देखाउँदै भारत भ्रमणमा जान थालेका हुन् ।

शुक्रवार नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल विहानै दिल्ली उडे । उनी स्वास्थ्योपचारका लागि भारत भ्रमणमा गएको जनाइएको छ । एपोलो अस्पतालमा जाने भनिएका खनाल चार दिन दिल्ली बस्नेछन् । त्यहाँ उनले केही महत्वपूर्ण भेटवार्ता समेत गर्ने बुझिएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि दिल्ली छन् । उनी गत हप्ता स्वास्थ्य जाँचको लागि भन्दै दिल्ली पुगेका थिए । ठाकुर आउँदो हप्ता मात्र फर्कने जनाइएको छ । दिल्लीमा उनले महत्वपूर्ण भेटहरु गरिरहेको बुझिएको छ । उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पौष महिनामा मुम्बई पुगेका थिए । उनी पत्नी सीता दाहालको उपचारका लागि भन्दै गएका थिए । केही दिन भारत बसाईंपछि प्रचण्ड फर्किएका थिए । उनी मुम्बई उड्दा देशमा राजनीतिक संकट निकै गहिरिएको थियो । भारतबाट फर्किएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संसद विघटन भारतको इशारामा गरेको आशयसहितको अभिव्यक्ति दिएका थिए ।

यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाह पनि भारत भ्रमणमा जाने भएका छन् । उनी स्थगमार्गबाट भारत प्रवेश गर्ने बुझिएको छ । शाहको भ्रमण फागुनको तेस्रो या चौंथो हप्तामा हुने तय भएको छ । उनी सिलगुढी हुँदै दार्जिलिङ जाने बताइएको छ । तर, स्थलमार्गबाट भारत प्रवेश गरेर उनले केही राजनीतिक भेटहरु गर्नसक्ने बुझिएको छ ।

 

सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन दिने भारत भ्रमण यही माघ महिनामै गरेका छन् । उनले समकक्षी एस जयशंकरका अलावा भाजपाका प्रभावशाली नेता समेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।

नेपालको राजनीतिमा प्रभाव राख्ने भारतको सहयोगका लागि सत्तापक्ष देखि विपक्षीले पनि पहल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै भारतलाई सहयोग र सद्भावका लागि आग्रह गरेका थिए । उनले बुधबार आयोजित विरोधसभामा भारतको सहयोगको अपेक्षा गरेको जनाएका थिए ।रिपोटर्स नेपालबाट साभार

सुनकोशीमा अबरुद्ध खेलकुद प्रतियोगिता सुचारु

सिन्धुली,१ फाल्गुन – सिन्धुलीको सुनकोशी गाँउपालिकामा अबरुद्ध अध्यक्ष कप खेलकुद प्रतियोगिता सहमतिपछि पुनः आईतबारदेखि सुचारु हुने भएको छ ।

बागमती प्रदेश सांसद बिनोद खड्का, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, गाँउपालिका अध्यक्ष दिपा बाहोरा, वडा अध्यक्षहरु सहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको शुक्रबार दिउसोको बैठकमा उक्त खेलकुद प्रतियोगिता सुचारु गर्न पाँच बुदे सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकास सिटौलाले जानकारी दिनुभयो ।

बैठकले सबै वडाको सिफारिसमा फागुन १ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्ने, फागुन २ गते बिहान १० बजेबाट खेल सुचारु गर्ने, सबै टिमलाई खेलकुद मैदानमा व्यानर सहित राष्ट्रिय गान गाएर खेल सुचारु गर्ने, सबै कार्यपालिका सदस्य र विभिन्न पार्टी प्रतिनिधि, प्रहरी चौकी, संघ संस्थाका प्रतिनिधिलाई आमन्त्रण गर्ने र खेलकुद विकास समितिका सबै कर्मचारीलाई राजिनामा दिन लगाउने सहमति भएको उहाँले बताउनुभयो ।

बिहिबार उद्घाटन भइ सुरु भएको अध्यक्ष कप खेलकुद प्रतियोगिता असन्तुष्ट पक्षले शुक्रबार विहान खेलमैदान तोडफोड गरेपछि अबरुद्ध बनेको गाँउपालिकाले जनाएको छ । सुनकोशी गाँउपालिका खेलकुद बिकास समितीका अध्यक्ष बिनोद श्रेष्ठले खेलमैदान अराजक समूह आएर तोडफोड गरेको बताउनुभयो ।

उक्त समूहले खेल बिरुद्धमा नारा लगाएर कालो झण्डा देखाउदै खेल मैदानको गेट, मञ्च र तारबार, टेबुलकुर्सी, खेल सामग्री तोडफोड गरेको उहाँले जानकारी दिनुभयो

बिरोध प्रदर्शनमा नेकपा ओली समूहका बागमती प्रदेश सांसद बिनोद खड्का, सिन्धुली क्षेत्र नम्बर २ ‘क’ का नेपाली कांग्रेस सभापती बोधबिक्रम थापा लगायत सुनकोशी गाँउपालिकाको वडा नम्बर १, ३, ४ र ६ का वडा अध्यक्ष सदस्य सहित पार्टीका समर्थकहरुको उपस्थिती रहेको स्थानीयले जनाएका छन् ।

बिरोधमा उत्रिएका टोलीले कालो झण्डा बोकेर खेलकुद बिकास समिति पुनर्गठन गर, एकाधिकार बन्द गर, गाँउपालिकाको दम्भ बन्द गर, बहुमतको कदर गर लगायतको नाराबाजी गरेको बताईएको छ । सरोकारवालाहरु र जनप्रतिनिधि बसेर छलफल गरी विवाद मिलाउने प्रयास भई रहेको बागमती प्रदेश सांसद बिनोद खड्काले बताउनुभयो ।

उक्त प्रतियोगितामा सात वटै वडाबाट पुरुष फुटबलतर्फ सात वटा, पुरुष भलिबलतर्फ सात वटा र ब्याडमिन्टन तर्फ पाँच वटा टिम दर्ता भएका थिए । प्रतियोगिताका समापन फागुन ३ गतेको लागि तयारी भएको थियो । प्रतियोगितामा फुटबलतर्फ प्रथम हुनेलाई नगद एक लाख रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ७५ हजार रुपैया मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ५० हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

त्यस्तै पुरुष भलिबलतर्फ प्रथम हुनेलाई नगद ६३ हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ५० हजार रुपैया, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद ३८ हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ । महिला भलिबलतर्फ प्रथम हुनेलाई नगद २० हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद १५ हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

त्यस्तै ब्याड मिन्टनतर्फ प्रथम हुनेले नगद ४० हजार रुपैया, मेडल र प्रमाणपत्र, द्वितिय हुनेलाई नगद ३० हजार रुपैया, मेडल र प्रमाणपत्र र दुई जना सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १०÷१० हजार रुपैया, मेडल र प्रमाणपत्र बितरण गरिने छ ।

 

सुनकोशीमा विरोधिको अराजक शैलि

सुनकोशी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन भइरहेको बेला केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका केहि नेता तथा कार्यकर्ताले विरोध गरेपछि उनीहरु आलोचित भएका छन् । अराजक शैलिमा प्रदेश सांसद देखि नेता तथा कार्यकर्ताले खेलकुदस्थल तोडफोड गरेपछि विरोधिको राजनैतिक संस्कारप्रति सर्वसाधरणले प्रश्न उठाएका छन् । खेलकुद प्रतियोगिता भइरहदा सत्तारुढ दलका नेता तथा कार्यकर्ताले देखाएको व्यवहार राजनैतिक विकृतिको एउटा नुमना हो । असन्तुष्ट पक्षले वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा कानुननै हातमा लिएर अघि बढ्नु दुःखद र लज्जास्पद कदम हो । कार्यकर्ता भेला गरेर तोडफोडमै उत्रनु अराजकताको माध्यमबाट शक्ति प्रदर्शन गर्नु सरह हो । तसर्थ, विरोधिहरुले आफ्नो मुद्धा उठाउने शैलिमा परिवर्तन ल्याउन जरुरी छ । युवाहरुलाई राजनैतिक संस्कार सिकाउनुपर्नेमा प्रदेश सांसदनै तोडफोडमा उत्रनु लज्जास्पद हो ।

आफूलाई मन नपरेपछि हात हालाहालमा उत्रने शैलि अराजकतालाई प्रोत्साहन गर्ने कदम हो । यस्ता अराजक व्यवहारलाई निरुत्साहित गर्न राजनैतिक दलले पनि आवश्यक कदम चाल्नुपर्छ । जिल्लाका राजनैतिक दलले आफ्ना नेता कार्यकर्ताको व्यवहार सुदृढिकरण गर्न आवश्यक प्रशिक्षण दिनुपर्छ । अन्यथा, यस्ता घट्ना घटिरहनेछ । अतः नेता तथा कार्यकर्ताले जनताको नजरबाट गिर्ने काम कहिले पनि गर्नुहुदैँन ।

आज फाल्गुन ०१ गते शनिबारको राशिफल र मौसम

वि.सं.२०७७ साल फाल्गुन ०१ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–द्वितीया,४४ घडी ५२ पला,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–शतभिषा,२१ घडी १२ पला,दिउसो ०३ बजेर १४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शिव,४७ घडी ४४ पला,रातको ०१ बजेर ५१ मिनेट उप्रान्त सिद्ध । करण– बालव,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ४८ पला । फाल्गुन सक्रान्ति ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- घर परिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । छोटो दुरिको रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा विपरित लिङगको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- सामान्यतया झै-झगडा र वादविवादमा फस्ने योग रहेको छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । दैनिक कामहरु प्रभावित हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेको छ । बन्द व्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठन पाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनेछ । उपहार प्राप्त हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुनाले सम्मान प्राप्त हुनेछ । साहित्यमा रुची जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेको छ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेको छ । प्राकृतिक स्रोत साधनको कारोबारबाट भने जस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आफ्नै कारण पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ, ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाती राख्दा राम्रो हुनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :- हाल देशको सुदुरपश्चिम प्रदेश,कर्णालि प्रदेश र लुंम्बिनि प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।

आज राती :– देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।

माघ २५ गते आईतबारदेखी फाल्गुन ०१ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । हप्ताको अन्त अथवा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- मंगलबार सम्मको समय मध्यमय रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । बुधबार देखि समय उत्तम रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सोमबारबाट समय मध्ययम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ भने लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सवल हुँने ग्रहयोग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । सोमबारबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बुधबार तथा बिहिबार नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नया काम गरि आम्दानि बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– बृश्चिक राशि भएकाहरुलाई यो हप्ताको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउँन कठिन रहेकोछ । साझेदारि व्यावसाय सकभर सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । हप्ताको अन्त अथवा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ । आमा तथा अग्रजहरुको आशिर्वाद लिएर अगाडि बढ्न सके साता फलदायि रहनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।

तपाईको दिन शुभ रहोस ।

 

प्रतिक्रिया