शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रचण्डको एउटै अभिब्यक्तिले बालुवाटारमा खैलाबैला मच्चियो ?

शुक्रवार , माघ ३०, २०७७

काठमाडौं ,३० माघ - नेकपाका अध्यक्ष प्रचण्डको एउटा अभिब्यक्तिले यतिबेला वालुवाटारमा भूकम्प गएको छ । प्रधानमन्त्री केपी ओली र उनको समुहमा प्रचण्डको अभिब्यक्तिले विहिवार दिनभर खैलावैला नै मच्चाएको छ । प्रधानमन्त्री ओलीले आफनै नीजि सचिवालयका केही सल्लाहकारलाई राखेर प्रचण्डले दिएको अभिब्यक्तिभित्रको आफ्नै क्याविनेटभित्रका त्यस्ता पात्र को होलान् ? भन्ने विषयमा गम्भिर मन्थ्थन भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्डले बुधबार नेपालको बुहुमत पक्षले प्रधानमन्त्री ओलीको असम्वैधानिक कदमका बिरुद्ध आयोजना गरेको विराधे प्रर्दशन र प्रतिनिधीसभा पूर्नस्थापनाको पक्षमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली अझै भ्रममा रहेको र उनकै क्याविनेटका दुई जना मन्त्री आफुसाग अझै बार्तामा रहेको बताएका थिए ।त्यसपछि ओली र उनको क्याम्पमा भूकम्प गएको हो ।

के भनेका थिए प्रचण्डले ?

तपाईले गल्ती गर्नुभयो केपी जी । केपी जी तिर लागेका मान्छेहरुको र्फिकन लाम लाग्न थालेको छ । नाम लिने हो भने लामैं चाङ लाग्छ । ओली जी भ्रममा हुनुहुन्छ । उनले बनाएका दुई जना मन्त्री नै फर्किनका लागि म साग बार्तामा हुनुहुन्छ । ओली जी अझै पनि भ्रममा बसिरहनु भएको छ । अबा कोही कन्फूयूजन पर्नुपदैन ।

प्रचण्डको बुधबारको सभामा ब्यक्त भएको यही अभिब्यीक्तले बुधबार साझ बाटै बालुवाटारमा हल्लीचल्ली मच्चिएको थियो । आफुतिर खुलेर केही कार्यक्रममा समेत लागिसकेका विघटित प्रतिनिधीसभाका सदस्य समिना हुसेनले ओली क्याम्प छोडेर अघिल्लो दिनमात्रै प्रचण्ड माधव नेपाल समुहमा फर्केकी थिइन् ।कतै भित्रभित्रै आफ्नै क्याविनेका केही मन्त्रीले प्रचण्डले भने जस्तै साच्चै फर्किन बार्तामै बसिसकेका छन त ? अनेक कोणवाट वालुवाटारमा ओली र उनका नीजि सल्लाहकारका वीचमा छलफल चल्यो ।

त्यसपछि केही पूर्व माओवादी धारका नेताहरुलाइृ आशंकाका दृष्टिले हेर्ने क्रम चल्यो । वालुवाटारमा खैलावैला मच्चियो । को मन्त्री हुन्, प्रचण्ड नेपाल समुहतिर फर्किन प्रचण्डसँग बार्तामा वस्न लागेका ? वालुवाटारले केही मनत्रीहरुलाई आशंका पनि ब्यक्त गरेर हेरे ।

बालुवाटार स्रोतका अनुसार, बालुवाटारले पूर्व माओवादी समुहकै तीन जना मन्त्रीलाई आशंकाले हेर्ने प्रयास गरे । त्यसमध्येका थिए, गृहमन्त्री रामवहादुर थापा (बादल) उर्जामन्त्री टोपवहादुर रायमाझी र खेलकुद मनत्री दावा तामाङ । गृहमन्त्री थापा नवोलेपनि पछिल्लो समय ओलीसँग असन्तुष्ट देखिदै आएका थिए । उनको असन्तुष्टि ओलीले जुन जिम्मेवारी दिने भनी उनलाई ओली क्याम्पमा खुलाएका थिए, त्यो जिम्मेवारी नदिईएको, ओलीको सभामा रहेपनि मन प्रचण्ड नेपालतिर राखेर शरीरमात्र ओलीतिर खुलाएको र भाषण पनि अलमलमै रहेको मात्र दिईरहेको , वादलले प्रस्ताव गरेका कतिपय नियुक्तिहरु नभएको र उनलाई थाहै समेत नदिई पार्टी कमिटि फर्मेसनहरु हुन थालेकोले पछिल्ला दिनमा वादललाई वेकारमा ओली क्याम्पमा लागिएछ भन्ने लागेकै थियो ।

त्यही भएर कतै बादल प्रचण्डसँग छलफलमा त छैनन ?बालुवाटारमा खैलाबैला मच्चिएको थियो । त्यसपछि उनीहरुले अर्का मन्त्रीमा शंका गरे, उर्जामन्त्री रायमाझीलाई । पूर्व माओवादी धारमै रमाउन रुचाउने रायमाझी पो हो की ? या खेलकुद मनत्री दावा तामाङ ? श्रीमति प्रचण्ड नेपाल समुहमा रहेका कारण उनी पनि उत्तै जान पो थाले की ?बालुवाटारले एउटा पछि अर्काेका बारेमा शंकाले हेर्न थाल्यो ।

घुमाउरो शैलीमा ति मन्त्री र उनका सचिवालयमा आशंकाले हेरिएको सन्देश पनि पुयाइयो । त्यसपछि भने प्रचण्डको अभिब्यक्तिको खन्डन गर्न बालुवाटारभित्रैवाट ति आशंकित मन्त्रीका सचिवालयमा सन्देश पुग्यो । पूर्व माओवादीका नेता तथा आशंकित मन्त्रीका तर्फवाट त्यसपछि उर्जामन्त्रीको स्वकिय सचिव लिला जिसिका नाममा वक्तब्य नै दिनुपर्ने अवस्था निम्तिएको छ ।

सुनकोशी गाउपाँलिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिताको खेलमैदानमा तोडफोड

सिन्धुली,३० माघ - सुनकोशी गाउपालिका सिन्धुलीमा हिजो उद्घाटन गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगिताको खेलमैदानमा आज तोडफोड भएको छ । सुनकोशी गाउपालिका खेलकुद बिकास समितीका अध्यक्ष बिनोद श्रेष्ठका अनुसार सुनकोशी गाउपालिकाको वडा नम्बर १, ३, ४ र ६ नं. वडाका केपिओली समर्थक नेकपा तथा नेपाली कांग्रेसका एक टोलीले आज तोडफोड गरेको हो ।

टोलीले खेल बिरुद्धमा नारा लगाउदै तथा कालो झण्डा देखाउदै खेलमैदानको गेट, मञ्च र तार बार तोडफोड गरेका छन् । बिरोध प्रदर्शनमा प्रदेश साम्सद बिनोद खड्का, सिन्धुली क्षेत्र नम्बर २ ‘क’ का नेपाली कांग्रेस सभापती बोधबिक्रम थापा लगायत सुनकोशी गाउपालिकाको वडा नम्बर १, ३, ४ र ६ का वडा अध्यक्ष, सदस्य सहित पार्टीका समर्थकहरुको उपस्थिती रहेको छ ।

बिरोधमा उत्रने टोलीले कालो झण्डा बोकेर खेलकुद बिकास समिती पुनरगठन गर, एकाधिकार बन्द गर, गाउपालिकाको दम्ब बन्द गर, बहुमतको कदर गर, सक्तीको दुरुपयोग बन्दगर लगाएतको नारा लगाईरहेका छन् ।

 

परिवारै सवै सरकारी जागिरमा

काठमाडौं, ३० माघ - - विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन्, उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् ।तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकिन् । ‘छोरीले मात्र पुग्छ रु खोइ छोरा रु’ उनकी फुपूको प्रश्न थियो । भट्टराईका आमाबुबा पनि तीन छोरीले मात्र सन्तुष्ट थिएनन् । ‘एउटा नाति त चाहियो’ भन्ने उनीहरूलाई पनि लाग्थ्यो । यो चार दशकअघिको कुरा हो ।

खोटाङ, लामिडाँडामा जन्मेका विदुरले तीन वर्ष गाउँकै निमाविमा शिक्षक भएर काम गरेका थिए । त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित थियो । शिक्षकको जागिरभन्दा निजामती सेवामा जानुपर्छ भन्ने विदुरलाई पनि लाग्यो । आमाबुबाको चाहनाअनुरूप २०३४ सालमा उनी खरिदारबाट सरकारी जागिरमा पसे । सप्तरी, राजविराजमा भूमिसुधार कार्यालयमा उनको पहिलो जागिर सुरु भएको थियो । उनी सुब्बा हुँदै अधिकृतसम्म पुगे । केही वर्षअघि अधिकृत पदबाटै रिटायर्ड भइसकेका छन् ।उनी छोराछोरीबीच खासै विभेद देख्दैनथे ।

तर, परिवार, छरछिमेकले उनीबाट छोराको चाहना राखेको राम्रोसँग बुझेका थिए । अरूका लागि भए पनि छोरा जन्माइदिनुपर्ने बा’ध्यता र सामाजिक द’बाब उनीमाथि थियो । उनकी पत्नी गंगादेवीले पनि छोरी मात्र जन्माउँदा निकै गुनासो सुन्नुपरेको थियो ।छोराकै आशमा छ बहिनी छोरी जन्मिए । छोरा पर्खंदा छोरी जन्मे पनि भट्टराई जोडी कहिल्यै दुःखी भएनन् । उनले जुनसुकै हालतमा छोरीहरूलाई पढाउने दृढ संकल्प गरिसकेका थिए ।गंगादेवीलाई अरूका लागि छोरा जन्माइदिन नसकेकोमा दुःख लाग्थ्यो । आफ्नै गल्तीले परिवारको चाहनाअनुसार छोरा जन्माउन नसकेको हो कि जस्तो उनलाई लाग्थ्यो ।

छ कक्षामा पढ्दै गर्दा १४ वर्षमै उनको विवाह भएको थियो । उनी १६ वर्षकी हुँदा जेठी छोरी जन्मिएकी थिइन् । २१ वर्षको उमेरसम्म पुग्दा उनले तीन छोरी जन्माइसकेकी थिइन् । उनी भन्छिन्, ‘तीनटी छोरी जन्मेपछि बल्ल आमा भएको महसुस गरेँ ।’श्रीमान्को मात्रै जागिरमा रमाउन नचाहने उनी छोरीहरूलाई काममा भन्दा पढ्नमा जोड दिन थालिन् । सानैदेखि लगनशील, अनुशासित बन्न छोरीहरूलाई सिकाइन् । आफूले पढ्न नपाए पनि छोरीहरूलाई पढाएर देशको सेवा गर्ने मान्छे बनाउने इच्छा थियो । उनको इच्छा पूरा भएको छ ।

गंगादेवी भन्छिन्, ‘देश बनाउने छोरी बनून् । देशका सबै छोरीहरू विद्वान बनून् । छोरा र छोरीमा केही फरक छैन ।’विदुर आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए । त्यसबेला महिला विकास कार्यालय धनकुटामा मुख्य महिला कार्यकर्ताको जागिर खुलेको थियो । उनले छोरीलाई अह्राए । ठूली छोरी विष्णुले अस्थायीमा नाम निकालिन् ।त्यतिबेला उनको परिवार खोटाङबाट सुनसरी बसाइँ स’रेको थियो । ठूली छोरी पोशाक लगाएर अफिस जाँदा अरू छोरीहरूलाई प्रेरणा मिलेको भट्टराई बताउँछन् ।

उनका अनुसार ठूली छोरीले जागिर खान था’लेपछि अरूले पनि देखासिकी गर्न थाले । ‘अरू छोरीहरूले पनि जागिर खानुपर्छ भन्ने सो’च्न थाले,’ गंगादेवी भन्छिन् ।भट्टराईलाई कुनै ठूला मान्छेसँग झु’केर, भनसुन गरेर छोरीहरूलाई जागिर खुवाउन मन थिएन ।आफ्नै बलबुताले जागिरमा प्रवेश गरून् भन्ने उनको इच्छा छोरीहरूले पूरा गरिदिए । ‘स्वदेशमै सं’घर्ष गरेर छोरीहरूले देशको सेवा गरून् भन्ने सोच्थेँ । मेरो इच्छा उनीहरूले पूरा गरिदिए,’ विदुर भन्छन्, ‘छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले गतिलो झा’पड दिए ।’

पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाले । छ बहिनी निजामती सेवामा प्रवेश गरे । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन, पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुर भन्छन् ।भट्टराईले विदेश जाने ज्वाइँ रोजेनन् । विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा दिएनन् । ‘छोरीहरूले देशसेवा गरिरहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने चाहन्थेँ,’ विदुर भन्छन् । उनले सोचेजस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै हुन् ।

एक जना प्राइभेट बैंकमा कार्यरत छन् ।घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा छलफल हुन्छ । चाडबाडमा छोरीज्वाइँ घरमा आउँछन् । सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ । बिदामा घुम्न जान्छन् ।भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छ । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् ।छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँ’टिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छ ।छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् ।

छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् । ‘एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा ग’र्व लाग्छ,’ भट्टराई दम्पती भन्छ ।विदुरको चाहना छ, छोरीज्वाइँले आफ्नो कामको दायित्वअनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून् । कुनै आर्थिक प्र’लोभनमा नपरी देशको सेवा गरून् । उनी भन्छन्, ‘सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलोभनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटोछरितो सेवा दिऊन् मेरो इच्छा यति नै हो ।’

विष्णुकुमारी भट्टराई (जेठी) : प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक- उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन् । उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सुरु भएको हो । अहिले उनी नयाँ संरचनाअनुसार बनेको नगरपालिका प्रमुख बनेकी छिन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल उपसचिव बाट अवकाश पाईसकेका छन् ।

उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा प्रमुख बनेर काम सम्हालिसकेकी छिन् ।विन्दा आचार्य (माइली) : उपसचिव-२०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम सुरु गरेकी थिइन्, विन्दाले । उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य उपसचिव छन् ।रमा भट्टराई (साइँली) : उपसचिव – खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले ।

उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक ए’डमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी उनले वैदेशिक रोजगार विभागमा समेत काम गरेकी थिईन । उनका श्रीमान् कोषहरि निरौला मोरंगको प्रमुख जिल्ला अधिकारी छन् ।रेनु भट्टराई (काइँली) : शाखा अधिकृत- रेनुले सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवबाट जागिर सुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी क’रदाता सेवा कार्यालय न्यूरोडमा कर अधिकृतको रूपमा कार्यरत छन् । उनका श्रीमान् चिरञ्जीवी तिम्सिना उपसचिव छन् ।

अनु भट्टराई (राइँली) : नेपाल एयरलाइन्समा अ’काउन्टेन्ट पदमा कार्यरत छिन्, अनु । दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदीबहिनीको प्रेरणाले एक वर्षअघि सरकारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।जुनु भट्टराई (कान्छी) : सुब्बा छिन, उनका श्रीमान् मिलन कार्की शाखा अधिकृत हुन् ।

आइपीएल अक्सन लिस्टमा नेपालका सन्दीप मात्र

काठमाडौं, ३० माघ - इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपालबाट लेग स्पीनर सन्दीप लामिछाने मात्र अटाएका छन् ।

नेपालबाट सन्दीपसहित ८ लाडीले अक्सनका लागि नाम दर्ता गराएका थिए । तर १४औं संस्करणको आइपीएलका लागि १८ फेब्रुअरीमा हुने अक्सन लिस्टमा सन्दीपको नाम मात्र परेको छ ।

बीसीसीआईले आइपीएल अक्सनमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको छ, जसमा सन्दीपले आफ्नो मूल्य ४० लाख भारू छ ।

नेपालबाट सन्दीपससित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएका थिए । तर अरूले अवसर पाएनन् ।

कूल १ हजार ९७ खेलाडीले नाम दर्ता गराए पनि सहभागि फ्रेन्चाइजले आफ्नो सूची बनाएपछि अक्सनमा २९२ खेलाडी मात्र समावेश हुने भएका छन् । भारतका १६४ र ओभरसिज १२५ खेलाडी समावेश छन् ।

एसोसिएटबाट सन्दीपसहित ३ खेलाडी छन् । अमेरिकाका अली खान र युएईका कार्तिक मेइयाप्पन अक्सन लिस्टमा छन् ।

अक्सनमा किंग्स एलेभेन पञ्जावले सर्वाधिक ५३.२ करोड भारु खर्च गर्न पाउनेछ । पञ्जावको ९ जना सम्म खेलाडी राख्न सक्नेछ । यस्तै रोएल च्यालेन्जर्स बैंगलोरले सर्वाधिक १३ खेलाडी राख्न पाउनेछ र उसको ३५.९ करोड ब्यालेन्स बाँकी छ । सनराइजर्स हैदरावादले सबैभन्दा कम ३ खेलाडी मात्र अक्सनबाट लिन सक्नेछ र त्यसमा एक विदेशी खेलाडी लिन पर्नेछ । हैदरावादको १०.७५ करोड बाँकी छ ।

कसरी भयो राज्यविरुद्धको कसुर ?

काठमाडौँ,३० माघ–संविधान निगरानी समूहले सोमबार राजधानी गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधी कल्याण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने क्रम बढ्दै गएको औँल्याउँदै भनेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रता रोकिएपछि राजनीति र कानुन रहँदैन । त्यसपछि लोकतन्त्र रहँदैन । प्रश्नवादबाट मुलुक समर्थनवादमा जाँदै छ । नेपालको लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताले जोगाएको छ । नबोल्ने संस्कार लोकतन्त्र हुनै सक्दैन ।’

त्यही कार्यक्रममा अधिवक्ता टीकाराम भट्टराईले बागलुङ रहेकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने गरेको बताएका थिए । झाँक्री त्यही दिन त पक्राउ परिनन्न, तीन दिनपछि भने प्रहरीले उनलाई पक्राउ गर्यो । चौतर्फी विरोध र सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा परेकाले सरकारले झाँक्रीलाई ५ घण्टापछि रिहा गर्यो तर अभिव्यक्ति दिएकै कारण जोकोहीलाई धरपकड गर्ने लगायत क्रियाकलाप सरकार सक्रिय भएको संकेत देखियो ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

नेता झाँक्रीको अभिव्यक्तिमाथि अनुसन्धान थाल्दै पक्राउ पुर्जी बिहीबार दिउँसो थमाएको थियो । पुर्जीमा राज्यविरुद्धका कसुरअन्तरगत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेकाले भन्ने व्यहोरा उल्लेख छ ।

अधिवक्ता गोविन्द बन्दीका अनुसार झाँक्रीको अभिव्यक्तिलाई लिएर दफा ५८ आकर्षित हुन सक्दैन । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति संविधानको रक्षाका लागि अधिकार प्रयोग नगरेकाले त्यसमाथि टीकाटिप्पणी र राजनीतिक आलोचना गर्ने छुट जोकोहीमा छ,’ उनले भने ।

 

 

प्रतिक्रिया