काठमाडौं, २८ माघ - नेकपा (बहुमत)को बृहत् विरोधसभामा सहभागी हुन विभिन्न जिल्लाबाट कार्यकर्ता काठमाडौँ भित्रिन थालेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाले आज अहिलेसम्मकै ठूलो शक्ति प्रदर्शनको तयारी गरेको छ। जसका लागि नेकपाले देशभरबाट कार्यकर्ता काठमाडौँ उतार्न लागेको हो।
ट्राफिक प्रहरीका अनुसार,अहिले बिहान आठ बजेसम्ममा नागढुंगा र साँगा नाकाबाट मात्रै झन्डै ४०० को संख्यामा ठूला बस भित्रिसकेका छन् ।जनआस्था साप्ताहिकमा समाचार छ ।
प्रहरी विवरणअनुसार साढे चार बजेसम्म दुवै नाका हुँदै प्रदेश नं १ बाट ३ वटा बसमा १०३ जना, प्रदेश नं २ बाट ३९ बसमा एक हजार ३२६ जना,बाग्मती प्रदेश बाट १३ वटा बसमा ६२१ जना, गण्डकी प्रदेशबाट २६ वटा बसमा ८६३ जना र लुम्बिनी प्रदेशबाट ४ वटामा १६४ जना उपत्यका छिरेका छन् ।
त्यस्तै,साढे आठ बजेको विवरण अनुसार प्रदेश नं १ बाट ७ वटा बसमा २३२ जना,प्रदेश नं २ बाट ९४ बसमा तीन हजार १११ जना, बाग्मती प्रदेशबाट ५३ वटा बसमा एक हजार ६६१ जना,गण्डकी प्रदेशबाट ११० वटा बसमा तीन हजार ४८९ जना काठमाडौँ भित्रिएका छन्।
यता,लुम्बिनी प्रदेशबाट ४७ वटामा एक हजार ४५४ जना,कर्णाली प्रदेशबाट तीन वटामा ९७ जना काठमाडौँ आइपुगेको प्रहरीले जनाएको छ । त्यस्तै
३७ वटा साना सवारी साधनबाट १७८ जना काठमाडौँ छिरेका छन्।
ललितपुरको भट्टेडाँडा हुँदै मकवानपुरबाट नेकपाका कार्यकर्ता काठमाडौँ आउँदै गरेको नेकपा मकवानपुरले जनाएको छ। जिल्ला कमिटी सचिवालय सदस्य सर्दा पुलामीको नेतृत्वमा टाटा सुमोमा ९ जना उपत्यका भित्रिंदै छन् । गाउँ कार्यपालिका सदस्य कल्पना बिकको नेतृत्वमा चार वटा सुमोमा ३३ जना र जिल्ला पार्टी सचिवको नेतृत्वमा एउटा सुमोमा १० जना केही बेरमा काठमाडौँ छिर्ने बताइएको छ। पार्टी सदस्य सुरेश मगरको नेतृत्वमा चार वटा सुमोमा ३३ जना काठमाडौँ छिर्दै गरेको नेकपा मकवानपुरले जनाएको छ ।
यता,बनस्थलीस्थित बनस्थली पार्टी प्यालेसमा तनहुँकी नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आशा कोइरालाको नेतृत्वमा दुई हजार जना र स्वयम्भूस्थित स्टार व्यांकेटमा संविधानसभा सदस्य हरिराज अधिकारीको नेतृत्वमा गोर्खा र नुवाकोटका २२ सय जनालाई खाना खुवाइरहेको बताइएको छ।
विरोधसभामा प्रदेश २ का ८ जिल्लाबाट हजारौँको संख्यामा कार्यकर्ता काठमाडौँ भित्रिएका छन् । धनुषाबाट मात्रै ६० वटा बसमा कार्यकर्ता भरेर हिजै राती धनुषाबाट छुटेेेको नेकपाले जनाएको छ ।
बाराको विभिन्न स्थानीय तहबाट ६५ वटा गाडी र सुमो खचाखच कार्यकर्ताहरुसहित काठमाडौँ आइपुगेको छ । जसअनुसार कलैयाबाट १० वटा,जीतपुर सिमराबाट १२ वटा,कोल्बीबाट ५ वटा,निजगढबाट ५, महागढीमाइबाट ५ वटा, सिम्रौनगढबाट ५ वटा,पचरौताबाट ५ वटा,आदर्श कोतवलबाट २ वटा, करैयामाईबाट २ वटा, देवतालबाट २ वटा, परवानीपुरबाट २ वटा,प्रसौनिबाट २ वटा,फेटाबाट २ वटा र बिश्रामपुरबाट २ वटा सवारी साधन हिजो साँझ छुटेको थियो ।
उता सर्लाहीका विभिन्न नगरपालिका र गाउँपालिकाबाट ९० वटा बस,४० वटा सुमो र १० वटा अन्य सवारी साधनमा गरी झण्डै पैंतिस सय कार्यकर्ता काठमाडौं काठमाडौँ पसिसकेका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट सुदूरपश्चिम यातायातको ना ६ ख ९४५७ नं. को बसमा ४४ जना महिला धनगढीदेखि काठमाण्डौंको लागि प्रस्थान गरेका छन् भने अन्य केही कार्यकर्ता स्वतस्फूर्त रुपमा काठमाडौं हिँडिसकेका छन् ।
सर्वोच्चले दिने फरक फरक न्याय : एउटालाई कारण देखाऊ, अर्कोलाई पैसा नतिराऊ
काठमाडौं, २८ माघ - गैह्र संबैधानिक प्रकृतिको संबैधानिक नियुक्ति रोक्न सभामुखले हालेको रिटमा एकै दिन र एकै छिन फरक पारेर अन्तरिम आदेश (स्टे अर्डर) दिन इन्कार गरेको सर्वोच्च अदालतले आइतवार नेपालको सम्भवत: सबैभन्दा ठूलो कारोवारी कम्पनी एनसेललाई भने कर नतिराउन सरकारका नाममा बाध्यकारी आदेश जारी गरेको छ । संयोगबस,सभामुख र एनसेलको मुध्दा त्यसदिन एकै जना श्रीमान प्रकाश ढुंगानाको चार नम्बर इजलासमा परेको थियो ।
सरकारलाई तिर्नुपर्ने अरबौं राजश्व र कर रकमको विवादमा जेलिएको एनसेलको पछिल्लो मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले अप्ठेरो र एनसेलले हाइसञ्चो मानेको छ । करवापतको अरबौं रूपैयाँ नतिर्ने दाबी गर्दै आएको कम्पनीलाई अर्को आदेश नभएसम्मको लागि तिर्नैपर्ने रकम समेत नतिरी छेलोखेलोसँग प्रयोग गर्न पाउने बाटो खुलेको हो । यता, आम्दानीको स्रोत साँघुरिँदै गएको सरकारलाई भने आशातित एनसेलले बुझाउने रकम आकाशको फल भएको छ ।जनआस्था साप्ताहिकमा समाचार छ ।
सर्वोच्चको आदेशपछि रोक्का भएको झण्डै ५२ अर्ब रूपैयाँ एनसेलले केही वर्षसम्म बेपर्वाह ढंगले खेलाउन पाउने भएको हो । सरकारले उसले तिर्नुपर्ने रकम जरिवानासहित मोटामोटी त्यति हुन्छ भन्ने अनुमान गरेको थियो । तर,एनसेलले उक्त रकमप्रति असहमति जनाउँदै अदालत गुहार्यो । अहिले निकै चर्चामा रहेको ‘सेटिङ्ग’ शब्द एनसेलको विवादित करसम्बन्धी मुद्दामा आएको अन्तरिम आदेशमा समेत लागू भएको आशंका छ ।
ठूला रकमको विषयमा अदालतबाट हुने अन्तरिम आदेश तथा आलटालको निर्णयले सरकारलाई सँधै राजश्व घाटा लाग्ने गरेको अर्थ मन्त्रालयको दुःखेसो छ ।
यसैगरी एनसेलले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकरको झण्डै २३ अर्ब बराबरको रकमको विवाद अमेरिकाको अदालतमा पुगेको छ । त्यो र अहिले सर्वोच्चले अन्तरिम आदेश दिएको मुद्दाको रकम जोड्दा झण्डै पौने खर्ब रूपैयाँ हुन आउँछ । तर, सरकारले त्यो रकम पाउने वा नपाउने भन्ने टुंगो नलागुञ्जेल एनसेलले बकायदा आफ्नो व्यापार तथा व्यवसायमा निर्वाध प्रयोग गर्न पाउने बाटो भने सँधैको लागि खुल्ला भएको छ ।
राजश्व, कर र ठूला रकमको विषयमा अदालतबाट हुने अन्तरिम आदेश तथा आलटालको निर्णयले सरकारलाई सँधै राजश्व घाटा लाग्ने गरेको अर्थ मन्त्रालयको दुःखेसो छ । उसले भनेको छ ‘एनसेल मात्रै होइन,अदालतकै कारण गत चैतदेखि साउनसम्म लकडाउनको अवधिमा व्यवसायीलाई कर नतिर्न दिएको आदेशले सरकार निकै अप्ठेरोमा पर्यो ।’
यसैबीच,सर्वोच्चको नयाँ भवन बनाउने काम अघि बढाउन सरकारले मार्गप्रशस्त गरिदिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले सर्वोच्च अदालतको नयाँ भवन निर्माणको लागि आवश्यक डिजाइन र तयारी अघि बढाउनुपर्ने भएकाले झण्डै ७ अर्ब बराबर रकम खर्च गर्न सहमति पाएको स्रोतको दाबी छ ।
त्यसैगरी,सरकारले संबैधानिक नियुक्तिको निर्णय गर्नु ४ दिनअगाडि मङ्ग्सिर २६ गते नयाँ गाडी किन्न साढे १३ करोड रूपैयाँको निकाशा पनि गरिसकेको छ । नेपाल सरकारले गरेको केही समयअघिको एउटा निर्णयमा टेकेर पूर्वप्रधान न्यायाधीशहरूलाई सवारी साधन दिने प्रयोजनको लागि उक्त रकम निकाशा गरिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
अब गाउँपालिका र नगरपालिका विघटन ?
काठमाडौं, २८ माघ - तर्कहरू पनि कस्ता–कस्ता आउन थाले भने, प्रधानमन्त्री ३० हजार मानिसलाई ३ लाख दावी गर्दै दलको वैधता पुष्टि गर्न खोज्ने । अनि, उहाँका वकिलहरू संविधानको कमजोर धारामा टेकेर संसद विघटन सदर हुनैपर्ने जिकिर गर्ने !
संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा जारी बहसका क्रममा विघटनको विपक्षका कानुन व्यवसायीहरू धारा ७६ माथि केन्द्रित भएर बहस गरिरहेका थिए । तर, जब प्रधानमन्त्रीको पक्षबाट राजाको शासनका महान्यायाधिवक्ता सुशील पन्तहरूले बहस गर्न थाले, तब उनीहरूले तर्कलाई संविधानको धारा ७४ तिर ताने । धारा ७४ भनेको कार्यकारी अधिकारको दफा हो । यदि त्यसो भन्ने हो भने फेरि धारा ५६ मा बहस जाने कानुन व्यवसायीहरू बताउँछन् । उक्त धारामा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र प्रचलित कानुनको अधीनमा रही गर्नेछन् ।’
अर्थात्, राज्यशक्तिको प्रयोग त स्थानीय तहले पनि गर्न पाउने छन् । यदि यही तर्कका आधारमा सभा भंग गर्न पाइने हो भने भोलि गाउँपालिका र नगरपालिकाका प्रमुखहरूले आफ्नो स्वेच्छाचारी कदम चाल्न नसकेको नाममा आ–आफ्ना निकाय भंग गरिदिने अवस्था उत्पन्न हुन्छ । त्यसैले भनिन्छ, यो दह्रो तर्क हैन । तर्क सकिएपछिको कुतर्क हो । अर्थात्, कुनै कुरा संविधानमा लेखिएको छैन भन्ने नाममा त्यो काम गर्न पाइन्छ भन्ने तर्कलाई कानुन व्यवसायीहरू ‘बाल हठ’ को संज्ञा दिन्छन् । शम्भु थापाले इजलाशमा प्रश्न गरेका छन्– ‘लेखिएजति तपाईंलाई, नलेखिएजति मलाई भन्न पाइन्छ ? कानुनी व्यक्तिलाई लेखेर दिएकोबाहेक अरु गर्न पाइँदैन । प्रधानमन्त्री कानुनी व्यक्ति हो ।’ कानुनको मान्यता पनि छ– लेखिएजति काम सरकारको हुन्छ, नलेखिएको जति जनताको ! र, कानुनी व्यक्ति र प्राकृतिक व्यक्तिबीचको अन्तर पनि यही हो ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
शायद, यस्तै कुतर्कहरू अदालतमा आउन थालेपछि न्यायाधीशहरू आजित भएर वकिललाई भन्न थालेका छन्, ‘ल, भयो–भयो, तपाईंको कुरा बुझियो, बस्नुस् !’ किनभने, धारा ७६ सरकार गठन गर्ने धारा हो, संसद विघटनको धारा हैन । विघटनकै व्यवस्था पनि धारा ७६ र ८५ मा त छ । तर, विघटनको औचित्य पुष्टि गर्नलाई धारा ७४ मा टेक्नु केपी ओलीले नारायणहिटीमा जम्मा भएको मानिस देखाएर बहुमत मसँग छ भनेजस्तो हो । शायद, यही भएर होला, सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई प्रधानन्यायाधीशले सोधे, ‘२ सय देशमध्ये संविधानमा नलेखिकनै संसद विघटन भएको उदाहरण कतै छ ?’ जवाफमा रेग्मीले ‘मलाई त थाहा छैन श्रीमान्’ भनेपछि सबै गलल हाँस्नुपरेको थियो । नत्र, पहिला–पहिला त प्रधानन्यायाधीशले ‘प्रधानमन्त्रीसँग किन त्यो अधिकार (विघटनसम्बन्धी) छैन ?’ भनेर प्रश्न गर्थे । ‘भोलि संसद पुनस्र्थापना भएर फेरि विघटन भए के गर्ने ?’ जस्ता प्रश्न बेञ्चबाट आएकै थिए ।
आज माघ २८ गते बुधबारको राशिफल र मौसम
वि.सं.२०७७ साल माघ २८ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ४९ पला,रातको १२ बजेर ४३ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराषाढा,१८ घडी १४ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त श्रवण । योग–सिद्धि,०१ घडी ०० पला,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा,दिउसो ०१ बजेर ०९ मिनेट उप्रान्त शकुनि,रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला । लैचह्रे पूजा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ पनि प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– तपाइको विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– परिवारमा असमझदारी बढ्न सक्छ । टाढाको यात्रा हुने पनि देखिन्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अनावश्यक दौडधुपमा समय बित्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हालको मौसमको अवस्था :- हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समामन्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :–देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राती :– बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
माघ २५ गते आईतबारदेखी फाल्गुन ०१ गते शनिबार सम्मको साप्ताहिक राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । हप्ताको अन्त अथवा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- मंगलबार सम्मको समय मध्यमय रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । बुधबार देखि समय उत्तम रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सोमबारबाट समय मध्ययम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ भने लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सवल हुँने ग्रहयोग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । सोमबारबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बुधबार तथा बिहिबार नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समयले साथ दिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नया काम गरि आम्दानि बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– बृश्चिक राशि भएकाहरुलाई यो हप्ताको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउँन कठिन रहेकोछ । साझेदारि व्यावसाय सकभर सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । हप्ताको अन्त अथवा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ । आमा तथा अग्रजहरुको आशिर्वाद लिएर अगाडि बढ्न सके साता फलदायि रहनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।
तपाईको दिन शुभ रहोस ।