शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अल्पमतले जहाँ बहुमतलाई अत्याउँछ

मंगलवार , माघ २७, २०७७

 

काठमाडौं २७ माघ - ‘खेलमा खेलाडी चाहिन्छ । चुनावको खेलाडी भनेका राजनीतिक दल हुन् । तपाईं मुख्य राजनीतिक दललाई नै खेलभन्दा बाहिर राखेर कस्तो चुनाव गराउन चाहनुहुन्छ ? किन हाम्रो दलको विवाद कानुनतः हल गर्न हिच्किचाइरहनुभएको छ ? हामी चुनावभन्दा बाहिर भयौँ र देशमा मुठभेडको अवस्था आयो भने साम्य पार्न सक्नुहुन्छ ?’

यस्तो चोटिला र पेचिला प्रश्नहरू अगाडि सार्दै गत मंगलबार नेकपाको प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा आधिकारिकताको दाबी पेश गरेको छ । सोमबारको केन्द्रीय कमिटी बैठकबाट भएको निर्णयसहित यस्तो दाबी गरिएको हो । उक्त समूहले पार्टी अलग भएको नभएर केपी ओलीलाई साधारण सदस्य र विष्णु पौडेललाई महासचिवबाट हटाइएको हो भनी आफ्नो दावी पेश गरेको छ ।जन आस्थामा खवर छ ।

आयोगका पदाधिकारीले दुई अध्यक्ष र महासचिवबीच परामर्श गरेर बैठक बोलाइनुपर्ने विधानको प्रावधान र दुई अध्यक्षको संयुक्त हस्ताक्षरमात्रै आधिकारिक हुनेजस्ता कुरा कोट्याएपछि माधव नेपालले मिति र समयसहित भन्नुभयो, ‘सल्लाह र सहमतिमै समय सार्दै ओलीको अनुकूल पार्दै एकपछि अर्को गर्दैै बैठक बोलाइएको छ । बैठकले नै निरन्तर बैठक बोलाएपछि अध्यक्ष र महासचिव भन्ने कुरै आउँदैन । त्यसरी बसेको बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाएर मलाई अध्यक्ष बनाएको हो ।’ माधवलेमात्रै हैन, प्रचण्ड, झलनाथ खनाल, भीम रावल, लीलामणि पोखरेल, गोकर्ण बिष्टसहितका नेताले आयोगमा हिजो आ–आफ्नो कुरा राख्नुभयो । माधवले भन्नुभयो, ‘हामी सुन्दैछौँ कि, केपीको दबाब छ, दुबैलाई चुनाव चिह्न नदिने । के यो कुरा सत्य हो ? यदि हो भने मुलुक नयाँ मुठभेडतिर जानसक्छ । सचेत हुनुहोला । हामीसँग दुई तिहाइ छ, सनाखत गरे हुन्छ । संसारभर बहुमतको निर्णय मान्ने चलन छ ।’

अहिले पूर्व एमाले र पूर्व माओवादी भन्ने छैन, दुवैको एकीकृत रुप नेकपा छ र त्यसको दुई तिहाइ प्रचण्ड खेमासँग छ । उक्त समूहबाट बहाल रहेका केन्द्रीय कमिटी सदस्यमध्ये २ सय ७४ जनाको नाम र हस्ताक्षर बुझाइएको छ । प्रदीप नेपाल, बलराम बाँस्कोटा, सावित्रा भुषाल, खगेन्द्र चुडाल, नारायण नेपालसहित २ सय ८८ जनाको समर्थन प्रचण्ड–माधव समूहसँग छ । पार्टीका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये १२ जना बहाल छैनन् । त्यसमध्ये रवीन्द्र अधिकारी, डिआर (धनीराम) पौडेल, कमानसिंह लामा र दिनेशचन्द्र यादवको निधन भइसकेको छ । राजदूत भएर गएका महेन्द्र पाण्डे, युवराज खतिवडा र वंशिधर मिश्रको केन्द्रीय सदस्य रिक्त छ । थारु आयोगमा विष्णु चौधरी, मुस्लिम आयोगमा समिम अन्सारी, प्रदेश प्रमुख अमिक शेरचन (गण्डकी), तिलक परियार (प्रदेश २), धर्मनाथ यादव (सिरहा) का पदहरू पनि स्वतः रिक्त छन् । यसरी केन्द्रीय कमिटीमा जम्मा ४ सय २९ बहाल छन् । त्यसमध्ये पछि देवेन्द्र पराजुली, कल्पना धमलासहित चारजना थपिएका छन् । जो ओलीइतर खेमाकै हुन् ।

नियतमाथि प्रश्न

निर्वाचन आयोगले नै वैशाखमा गर्ने भनिएको निर्वाचन नगर्ने संकेत दिइरहेको आरोप हिजो मंगलबार प्रचण्ड–माधव समूहका नेताले आयोगमै पुगेर लगाएका छन् । एकजना नेताले भन्नुभयो, ‘नेकपाको विवाद जसरी पर–पर सारिँदैछ, त्यही आधारमा आयोग निर्वाचनबाट पछाडि हटिरहेको अनुमान लगाउन मुस्किल छैन ।’

किनभने, नयाँ जनमतको परीक्षण नहुञ्जेलका लागि साविकको नेकपा भनेको ६४ प्रतिशत जनमतको हकदार हो । ‘त्यही दललाई अलग्याएर वा त्यसको विवाद समयमा निरुपण नगरेर चुनाव कसरी हुन्छ ?’, एकजना कानुन व्यवसायीले जनआस्थासँग प्रश्न गरे । सोमबार आयोगले पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गर्दा पनि यही कुरा उठ्यो । उनीहरूको भनाइ थियो, ‘यति ठूलो दलको विवाद समाधान नगरी निर्वाचनमा जाने हो भने ठूलो क्षति हुनसक्छ ।’

हुन पनि निर्वाचन आयोगले नेकपालाई निर्दलीय बनाउने भूमिका खेलिरहेको बुझ्न सकिन्छ । आयोगसँग विवादमा परेको दलको कुनै समूहलाई चुनाव चिह्न दिने तीनवटा तरिका छन् । एउटा हो, दफा ५१ अनुसार । त्यो दफाले दलको विवरण त्यसले अद्यावधिक गर्छ वा विवरण सच्याउने काम गर्छ । प्रचण्ड–माधव समूहले केपीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेर निकालेको चिठी आयोगमा बुझाइसकेको छ । यदि बहुमतले निकालेको हो भने ऐनअनुसार आयोगले निर्णय मान्नुपर्छ । तर, आयोगले त्यो निर्णय मानेन । ओली समूहले केन्द्रीय कमिटीको संख्या बढाएर १५ सय १ पु¥यायो । त्यो पनि मानेन । न त ओलीको विधान संशोधनलाई नै मान्यो । उक्त दलको विधानको धारा १८ मा ‘नेकपाको नाममा हुने पत्राचार दुबै अध्यक्षको हस्ताक्षरमा हुनेछ’ भनिएको छ । आयोगले दुबै अध्यक्षको हस्ताक्षरमा विवरण सच्याउने निर्णय ल्याऊ भनेर माघ १२ गते भन्यो । तर, यो सम्भव हुने कुरै भएन । संविधानको धारा २६९ ले पनि त्यो विधानलाई चिनेको हुन्छ ।

अबको प्रक्रिया भनेको दफा ४८ को हो । आयोगले दल दर्ताको सूचना जारी गरेर दर्ता आह्वान गर्छ । त्यसो भएपछि निर्वाचनमा जान चाहने जो–कोही जानसक्ने भयो । अनि, फेरि पनि नेकपाका दुबै समूहको आधिकारिकता मान्दैन, अर्थात् दुबै अध्यक्षको हस्ताक्षर न आएको नाममा चुनाव चिह्न रोकिन्छ । र, यस्तो स्थितिमा छुट्टै नयाँ दल बनाएर चिह्न माग्न जाने कुरा राजनीतिक रुपमा कति सही हुन्छ ? केपी ओलीले चुनाव बहिष्कार गर्ने कुरा भएन । किनभने, आफैँले घोषणा गरेको चुनाव हो । अहिले दफा ४४ बमोजिम दावी लिएर प्रचण्ड–माधव समूह गएको छ । ३० दिनभित्र दावी लिएर जाने भन्ने ऐनको व्यवस्था हो । विवाद प्रारम्भ भएको पुस ५ लाई मान्ने हो भने माघ ५ गते म्याद गुज्रिसकेको छ । तर, त्यो दावी नलिने मुडमा निर्वाचन आयोग देखिएको स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव समूहका केही नेताको शंका छ–, आयोगले दफा ४४ र ५१ अनुसार नेकपाको विवाद हल गर्न चाहेन । दफा ४८ अनुसार पनि नहुने नै भयो । गम्भीर प्रश्न त के उठ्छ भने, ६४ प्रतिशतभन्दा बढी जनमत लिएको दललाई बाहिर राखेर र ३६ प्रतिशत जनमत भएका दलहरूलाई लिएर चुनावमा कसरी जाने ? छोटकरीमा बुझ्दा निर्वाचन आयोग नै निर्वाचन चाहिरहेको छैन ।

 

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं २७ माघ - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९० हजार ४ सयमा कारोबार भएकोमा आज सुनको मूल्य तोलामा १५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ४ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३१५ मा कारोबार भएकोमा आज मूल्य बढेर प्रतितोला १३४० पुगेको महासंघले जनाएको छ ।

आज माघ २७ गते मंगलबारको राशिफल र मौसम

वि.सं.२०७७ साल माघ २७ गते मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–त्रयोदशी,४७ घडी १४ पला,रातको ०१ बजेर ४१ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाषाढा,१९ घडी ३१ पला,दिउसो ०२ बजेर ३६ मिनेट उप्रान्त उत्तराषाढा । योग–बज्र,०६ घडी ३४ पला,बिहान ०९ बजेर ३६ मिनेट उप्रान्त सिद्धि । करण–गर,दिउसो ०२ बजेर २० मिनेट उप्रान्त वणिज,रातको ०१ बजेर ४१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–धनु ,बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा म हत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनु होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– पढाइ लेखाइमा समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ब्यापार ब्यावसायमा फाइदा नै होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छर छिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला । रुपैँया पैसा हराउन सक्छ । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– व्यापार ब्यावसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । मान सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । सानातिना काममा समय बित्ने दिन रहेका छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– समस्या प्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज तपाइलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । काम बिग्रने डरले सताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाँउबाट धन आर्जन हुने देखिन्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था :- हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँ शिक ब दली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ

आज राती :– सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ २५ गते आईतबारदेखी फाल्गुन ०१ गते शनिबार सम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । हप्ताको अन्त अथवा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग साना साना कुरामा राय बाजिनेछ भने साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारेबार गर्दा वा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :- मंगलबार सम्मको समय मध्यमय रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । बुधबार देखि समय उत्तम रहेकोले समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सोमबारबाट समय मध्ययम रहेकोले काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बुधबार र बिहीबारको समय मध्ययम रहेकोले नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरिको यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैया पैसा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ भने लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सवल हुँने ग्रहयोग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- हप्ताको पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । सोमबारबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बुधबार तथा बिहिबार नयाँ काम गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नया काम गरि आम्दानि बढाउन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– बृश्चिक राशि भएकाहरुलाई यो हप्ताको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदि बहिनि सँग बिवाद सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउँन कठिन रहेकोछ । साझेदारि व्यावसाय सकभर सुरु नगर्नु होला । बिलाशि बस्तुको प्रयोग गर्न पाईने भएपनि बढिनै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । हप्ताको अन्त अथवा शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा अलि बढि ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईने योग रहेकोछ । आमा तथा अग्रजहरुको आशिर्वाद लिएर अगाडि बढ्न सके साता फलदायि रहनेछ । उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पति हरु लाभ हुँनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउँन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुँनेछ भने सन्तान तथा छोराछोरिको प्रगति देख्न पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । पढाई लेखाईमा साथिहरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँदा मन प्रशन्न हुँनेछ । बुधबार र बिहिबारको समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मंगलबार सम्मको समय मध्ययम रहेकोले तपाईको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । बुधबारदेखि समय राम्रो रहेकोले सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । बुधबारबाट समय मध्ययम रहेकोले समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईको आलोचना हुनेछ । अरुलाई दिएको बचन पुरा गर्न नसक्दा व्यार्थै दुख पाईनेछ । नया काम गर्नको लागि केहि समय पर्खनुनै राम्रो रहेकोछ । धन तथा सम्पति अरुले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नया ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।

 

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया