शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कृष्ण मेहताको सिन्धुलीमा लोभलाग्दो व्यवसायीक यात्रा

सोमवार , माघ २६, २०७७

                                                हार्डवेयरको बजार व्यवस्थापकदेखि मिनि मार्केटको संचालकसम्म २०७१ सालमा बजार व्यवस्थापकका रुपमा विरगंजबाट सिन्धुली आउनुभएको कृष्ण मोहन मेहताको व्यवसायीक यात्रा लो भलाग्दो छ । कमलामाई नगरपालिका ६, रातमाटामा रहेको जयजगदम्बा हार्डवेयरमा बजार व्यवस्थापकका रुपमा ६ वर्ष अघि सिन्धुली आउनुभएको मेहता युवाहरुकालागि प्रेरणादायि व्यक्तिव हुनुहुन्छ । दिल्ली युनिभर्सिटिमा चार्टड एकाउन्टेन्ट पढ्दापढ्दै बुबा स्वर्गारोहण भएपछि नेपाल फर्किनुभएको मेहताले पढाईमा पुर्णता नपाएपनि व्यवसायिक सफलता भने हासिल गर्नुभएको छ । सिए पढेर नेपालमै कुनै बहुराष्ट्रिय कम्पनिमा काम गर्ने धोको बुवाको देहान्तसँगै समाप्त भएपछि काकाको कम्पनिमा बजार व्यवस्थापककै रुपमा मेहताले विरगंजमा काम गर्नुभयो । संघर्षका यात्राहरु कयौँ थिए तर पनि त्यसलाई पार गर्दै, छिचोल्दै मेहता अघि बढिरहनुभयो । सिए पास गर्न नसकेको चिन्ता एकातर्फ अभिभावक गुमाएको दुख अर्कोतर्फ । तर पनि उहाँले हार मान्नु भएन । निरन्तर समस्यालाई पन्छाएर अघि बढ्नुभएको मेहता त्यसैले त आज व्यवसायिक रुपमा सफल हुनुभएको छ र कयौँ युवाहरुकालागि प्रेरणाको श्रोत बनिरह्नुभएको छ ।

                                                    सिन्धुलीमा संचालनमा आउन लागेको मिनि मार्ट काका दिनेश मेहताले कृष्णको काममा निपुन्ता देखेपछि सिन्धुलीमा शाखा खोली सम्पुर्ण काम सुम्पिएका थिए । कृष्णले पनि काकाको विश्वासलाई गुम्न दिएनन् र आफ्नो दक्षता देखाउनुभयो । जयजगदम्बा हार्डवयर आज सिन्धुलकिै ठूलो र व्यवसायिक दृष्टिकोणले सफल मानिन्छ । सिन्धुलीमात्र नभएर रामेछाप, दोलखा र अन्य जिल्लामा समेत यहाँबाट सामान आपूर्ति हुने गर्दछ । कृष्णको दृढ संकल्प र दुरदृष्टिकै कारण सिन्धुली शाखाको जयजगदम्बा हार्डवेयर बाग्मति प्रदेशमै ब्रान्ड बनिरहेको छ । कृष्ण आफ्नो कामको दक्षताका बारेमा भन्दा पनि जिल्लामा देखिएको संभावनाका बारेमा बढि समय खर्चिनुहुन्छ । सिन्धुलीले धेरै जिल्लालाई छोएको र व्यापारिक केन्द्रविन्दु भएकाले पनि आफूले व्यवसाय विस्तार गर्न सकेको उहाँले पंक्तिकारसँग बताउनुभयो । जे जस्तो संभावना भएपनि कृष्णको कामप्रतिको झुकाव र दक्षता नभएको भए सायदै व्यवसाय विस्तार यतिको सजिलो हुनेथियो । उहाँको काम गर्ने शैलि जिल्लाका युवाहरुकालागि प्रेरण्णादायि छ । किनभने, बाहिर जिल्लाबाट आएर व्यवसायमा सफलता पाउनु मामुलि कुरा होइन । बाहिरको मान्छेले यहाँको व्यवसायको वातावरण बुझ्ने देखि लिएर अनेकौँ पक्षहरुको बारेमा जानकारी लिन कठिनाईनै हुन्छ । तर, दृढ संकल्प र काम गर्ने हुटहुटिले यस्ता समस्यालाई सधै नजरअन्दाज गर्दछ र त्यसको नतिजा सफलतानै हुनेगर्दछ । कृष्णको सफलता पनि कडा मिहिनेत र परिश्रमकै नतिजा हो ।

                                                                        कृष्ण मोहन मेहेता सिन्धुलीले आफूलाई धेरै कुरा सिकाएको उहाँ बताउनुहुन्छ । आफ्नो संघर्षको दिनहरु यहि ठाउँमा बिताएको हुँदा सिन्धुलीलाई पनि आफूले अझै धेरै कुरा दिन बाँकी रहेको कृष्णले पंक्तिकारलाई बताउनुभयो । सिन्धुलीमा व्यापारिक समस्याहरु थुप्रै छन् । मान्छेको चहलपहल हुने ठाउँमा व्यवसायकोलागि सटर नपाउने, पार्किङको कमजोर व्यवस्थापन, सुरक्षा कमजोरी लगायत अनेकौँ समस्याहरु सिन्धुलीमा देखिदैँ आएको छ । यहि समस्याहरुलाई मध्यनजर गर्दै कृष्णले थप एक व्यवसाय संचालनमा ल्याउन लाग्नुभएको छ । जिल्लामा पहिलोपटक मिनि मार्केट संचालनमा ल्याउने तयारीमा कृष्ण हुनुहुन्छ । मिनि मार्केटमा विभिन्न व्यसाय गर्न मिल्ने गरि मिनि मार्केट प्रा.लि दर्ता गरि छिट्टै संचालनमा ल्याउने तयारीमा कृष्ण लागिपर्नुभएको छ । उहाँले यस व्यवसाय संचालनकालागि आवश्यक संरचना निर्माण कार्य थालिसक्नुभएको छ । कमलामाई नगरपालिका ६, राममाढिको अधेरी पुल नजिक मिनि मार्केट संचालनमा आउन लागेको हो । एउटा हार्डवेयरको कर्मचारी भएर उहाँले जिल्लामै पहिलो पटक मिनि मार्केट संचालनमा ल्याउन थाल्नुभएको छ जुन कमलामाइ नगरवासि र सम्पूर्ण जिल्लावासीका लागि सुखद कुरा हो । एउटै छानामुनि २१ भन्दा बढि व्यवसाय संचालनमा आउनु, फन पार्कको व्यवस्था लगायत अनेकौँ सुविधाले पक्कै पनि जिल्लावासीलाई आकर्षित गर्नेनै छ । यतिमात्र नभएर, मिनि मार्केटमा चौबिसै घण्टा सेक्युरिटि गार्डको व्यवस्था, फ्रि वाईफाई, बैंक एटिएमको सुविधाहरु रहनेछ । कृष्णले आफूले संचालनमा ल्याउन लागेको व्यवसायले जिल्लावासीलाई एकै ठाउँबाट धेरै सुविधा दिने बताउनुभयो ।

मिनि मार्ट संचालनमा आउन धेरै समय नलाग्ने कृष्णले पंक्तिकारसँगको भलाकुसारीमा बताउनुभयो । मार्टभित्र व्यवसाय गर्न चाहानेलाई थुप्रै सुविधा रहेकोले तुलनात्मक रुपमा अन्य ठाउँ भन्दा सामानको मुल्य सस्तो हुने देखिन्छ । विरगंजबाट हार्डवेयरको स्टाफ भएर सिन्धुली आउनुभएको कृष्णले शुरु गर्न लागेको व्यवसाय कडा मिहिनेत र परिश्रमको नतिजा हो । काम गर्ने अठोट लिएर अघि बढ्नुभएको कृष्णको सफलताबाट युवाहरु प्रेरित हुनुपर्दछ । सिन्धुलीमा कयौँ क्षेत्रमा संभावनाहरु रहेको छ । समस्याहरु देखिएपनि ती समस्यालाई पन्छाएर अघि बढ्न सक्नेनै जिवनको विजेता बन्दछ । कृष्णको सफलतापनि त्यहि समस्या छिचोल्दै निरन्तर अघि बढेको विजेताको कथा हो । कृष्णको आगामी व्यवसायीक जिवन थप सफल बनोस्, शुभकामना !

प्रतिक्रिया