बिहिवार, कार्तिक १९ गते २०८३

Thursday 5th November 2026

आज माघ १८ गते आईतबारको राशिफल र मौसम

शनिवार , माघ १७, २०७७

बि.सं.२०७७ साल माघ १८ गते आईतबार ई. सं. २०२१ जनवरी ३१ नेपाल सम्बत ११४१ पोहेलागा तृतीया , प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र १ः३३ सम्म त्यसपछि उत्तरफाल्गुनी नक्षत्र, शोभान योग १२ः४५ सम्म त्यसपछि अतिगंड योग, वणिज करण ९ः३६ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५१ बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज विश्व कुष्टरोग दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३५ मिनेट देखि १२ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । जागिरमा पनि सा वधान रहनु होला । वि छोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी क मजोरीलाई पनि सु धार गर्ने मौका छ । साथी भाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही ख र्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्र तिस्पर्धीहरूले हार खानेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– मेहनतले प्र तिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– अरूका लागि बुद्धि र श्र म खर्चनु पर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झु क्याउन सक्छन् । सर सापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वा स्थ्यको क मजोरीले पढाइमा बा धा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– समयलाई प छ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बि ग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले प राक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका क मजोरीलाई सुधार गर्ने मौका छ । बि छोडिएका आफन्तसँग भेटघाट हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नु पर्ने देखिन्छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सवारीमा सा वधानी अपनाउनु होला । ले नदेनको वि वादले अ प्ठ्यारो पर्न सक्छ । टा ढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– पढाइ लेखाइमा समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा काममा बा धा पु ग्न सक्छ, सजग रहनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धो का पाइएला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रेम र मित्रताको ब न्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । का म बि ग्रनाले मन खिन्न हुनेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नीबीच घर सल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हालको मौसमको अवस्था :- हाल प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आं शिक ब दलीको अवस्था रहेको छ साथै मध्य तथा पुर्वी तराईका अधिकांश भु-भागहरुमा र पश्चिम तराईका एक/दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो :–प्रदेश न. १ को पहाडी भू-भागमा आं शिक ब दली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ। आज राती :– देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा ह ल्का हि मपाको संभावना रहेको छ।

माघ १८ गते आईतबार देखी माघ २४ गते शनिबार सम्मको

साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आफन्तसङ्ग रमाईलो भेटघाट पनि हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुन सक्ने सम्भावना रहेको छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):- यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ):- यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमीकाबाट सुख मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):- यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ । मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):- यो साता घरमा अतिथीको आगमन हुनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ । मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । तपाईँको दिन शुभ रहोस ।

प्रतिक्रिया