शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अब बहस गर्नु व्यर्थ भन्दै निस्किए वकिलहरु …

आइतवार , माघ ११, २०७७

 

काठमाडौं. ११ माघ – प्रतिनिधिसभा वि घटन वि रुद्धको सु नुवाइको क्रममा संवैधानिक इ जलासबाट आएको प्रश्नमा अधिवक्ताहरुले समेत अ सन्तुष्टि ज नाएका छ न् ।

शुक्रबार भएको बहसका क्रममा अधिवक्ता राजुप्रसाद चापागाँईले संवैधानिक इ जलासले बा रम्बार प्रतिनिधि स्थापना भएमा अर्को सरकार बन्ने अ वस्था छ की छैन भनेर गरेको प्रश्नमा अ सन्तुष्टि जनाउँदै इ जलासले वै कल्पिक सरकार सरकार बन्छ की बन्दैन भ न्नेमा चासो रा ख्न नहुने तर्क गर्नुभयो ।

सरकार गठन गर्ने दा यित्व संसदमा रहेको भन्दै उहाँले सरकार गठन गर्न नसके वा प्रधानमन्त्रीले वि श्वासको मत प्राप्त गर्न नसकेमा मात्र संविधानमा प्रतिनिधि सभा वि घटनको प्रा वधान रहेको स्प ष्ट पार्नुभयो प्रधानमन्त्रीले संविधानले कोरेको दायरा बाहिर गएर विघटन गरेको चापागाईँको जि किर छ ।

वरिष्ठ अधिवक्ता नरहरि आचार्यले प्रधानमन्त्री ओलीले वि घटनको सिफारिस गर्दा संविधानको कुनै पनि धा रा उल्लेख न गरेको भन्दै यसैले संविधानले प्रधानमन्त्रीलाई वि घटनको अधिकार न दिएको स्पष्ट हुने त र्क ग र्नुभयो ।

प्रधानमन्त्रीले अदालतमा पेश गरेको लिखित जवाफमा पार्टीले काम गर्न न दिएको उल्लेख गरिएको भन्दै उहाँले संविधानमा वि घटनसम्बन्धी त्यस्तो कुनै पनि व्यवस्था न भएकाले त्यसलाई नै अदालतले प्रमाणको रुपमा लि नुपर्ने ब ताउनुभयो ।

वरिष्ठ अधिवक्ता आचार्यले पार्टीले काम गर्न न दिए पार्टीलाई ठे गान लगाउनु पर्ने वा रा जीनामा दि नुपर्नेमा संसद वि घटन गर्ने हो भनेर प्रश्न गर्नुभएको थियो ।

संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा रिट निवेदकको तर्फबाट ९ जना अधिवक्ताले बहस गर्दै वि घटनको सिफारिस बदर गरि संसद पुनःस्थापना हुनुपर्ने माग दो होर्‍याएका थिए ।

रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता नरहरी आचार्य, अधिवक्ता कोपिल अधिकारी, जनक साउद, शालिकराम सापकोटा, शैलेन्द्र दाहाल, राजुप्रसाद चापागाँई, उमेश शाह र ताराप्रसाद तिमल्सिनाले ब हस गर्नुभएको थियो ।

बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसकर्र्ताहरुलाई ब हस छो ट्याउन आ ग्रह गर्नुभएको थियो । उहाँले ३ सय बढी ब हसकर्ताहरु रहेको भन्दै सबैले धेरै समय लिए मुद्दा कहिले टुं गिने भन्दै आफुहरुलाई ह तार भएको ब ताउनु भएको थियो ।

त्यसअघि महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गर्नुभएको थियो ।

आज माघ ११ गते आईतबारको राशिफल र मौसम

बि.सं.२०७७ साल माघ ११ गते आईतबार ई. सं. २०२१ जनवरी २४ नेपाल सम्बत ११४१ पोहेलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, पुष शुक्ल एकादशी, चन्द्रमा वृष राशिमा, रोहिण्ी नक्षत्र १२ः१४ सम्म त्यसपछि मृगशिरा नक्षत्र, ब्रह्मा योग १०ः३९ सम्म त्यसपछि एन्द्र योग, वणिज करण १०ः१२ सम्म त्यसपछि बव करण । नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे, सूर्यास्त साँझ ५ः३९ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण पुत्रदा एकादशी व्रत परेको छ । आज कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ९ बजेर ३५ मिनेट देखि १२ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : – कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने परिस्थितिले पनि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्घि हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ । स्रोत साधन जुट्नाले दिगो फाइदा हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु होला । समग्रमा दिन उत्साहपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । मेहनत गर्दा सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने योग छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– अलि बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सजग रहनुहोला । आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योग तर्फ सामान्य फाइदाको योग छ । व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ । साझेदारीमा समस्या आउने देखिन्छ । आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– आय आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पति पत्नीमा पनि अविश्वास बढ्ने योग छ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बौद्धिक कार्यबाट मनग्य धन लाभ हुनेछ । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । सवारीमा सावधानी अपनाउनु होला । सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था :- हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो :– देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती :- देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ ११ गते देखी माघ १७ गतेसम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

 

प्रतिक्रिया