शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

स र्वोच्चमा शुक्रबार च र्का च र्की

शनिवार , माघ १०, २०७७

काठमाडौँ,१० मा - संसद वि घटन वि रुद्ध सं वैधानिक इ जलासमा ब हस चलिरहेको छ । शुक्रबारको ब हसमा समयको पा वन्दीबारे च र्का च र्की भएको छ । शुक्रबार अधिवक्ता कोपिलप्रसाद अधिकारी ब हस गर्न उ भिँदै थिए । उनलाई प्रधानन्यायाधीशको आ देशले उनी चि ढिए ।

बिचमै रो केर ब हस छि तो सक्न आदेश दिएपछि अधिकारीले आफू नाम ले ख्न मात्रै न आएको बताए ।

इजलासले उनलाई १० मिनेटभित्र बहस सक्न रुलिङ गरेपछि उनले इ जलासमा उभिएर भने, ‘नाम ले खाउन मात्र आएको होइन श्रीमान, ब हस गर्न आएको हुँ ।’

इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनलाई बीचमै रोके । ‘३ सय जना हुनुहुन्‍छ, छिटो ब हस टुं ग्याउनुस्,’ उनले थपे, ‘हामीलाई ह तारो छ, तपाईले भनिरहेको कुरा आ इसकेको छ, नयाँ छ भने भन्‍नुस् ।’

अधिवक्ता शालिकराम सापकोटा र प्रधानन्यायाधीश जबराबीच पनि समयका विषयमा सुरुमै स वाल ज वाफ भयो । इजलासले ब हसका लागि उनलाई पाँच मिनेट समय दिएको थियो । तर, उनले अलि बढी स मय चाहिने भन्दै इजलाससँग थ प समयको माग गरे । जबराले उनलाई प्रश्‍न गरे, ‘आज ५ औँ दिन भयो भ र्खर १५–१६ जना मात्रै भएको छ, अनि कसरी स किन्‍छ ?’

त्यस्तै इजलासले अधिवक्ता राजु चापागाईंलाई बहसका लागि १५ मिनेट दिएको थियो । तर, बहस ल म्बिदै गएपछि प्रधानन्यायाधीश जबराले चाँ डो टुं ग्याउन ध्या नाकर्षण गराए । जबराले भने, ‘अलिअलि चाँ डो गर्नुस् न है, समय पनि गयो, अझ धेरै बाँ की छन् ।’

अधिवक्ता चापागाईं प्रधानन्यायाधीश जबराको ध्या याकर्षणले रो किएनन् । उनको ब हस बढ्दै गयो । जसका कारण उनलाई जबराले फेरि ध्या नाकर्षण गराउनुपर्‍याे। ‘त्यति व्या ख्या गर्नुपर्दैन होला, यसअघि अरुले पनि यही व्या ख्या गरिसक्‍नु भएको छ,’ जबराले दोस्रो पटक भने, ‘स क्काउनुस् अब, तपाईंले एक घ ण्टा लिनुभयो भने कहाँ हुन्छ ?’

अर्को अधिवक्ता गुणराज घिमिरेलाई पनि इजलासले समय दबाब दियो । उनलाई इजलासले १० मिनेट समय दिएको थियो । न्यायाधीश सपना प्रधान मल्लले उनलाई नयाँ केही छ भने ब हस गर्न भनिन् । ‘कुनै नयाँ कुरा छ भने भन्‍नुस्, होइन भने नाम ले खाएर जानुस्’, अधिवक्ता घिमिरेलाई उनले भनिन् ।

शुक्रबारको संवैधानिक इजलासको बहसमा अ धिकांश कानुन व्यवसायीले प्रतिनिधि सभा वि घटन गर्ने अ धिकार प्रधानमन्त्री केपी ओलीमा न रहेको जि किर गरेका छन् । संविधानले नै वि घटनको अ धिकार नदिएको उनीहरूको तर्क थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । जसमा साढे ३ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा राखेका छन् । इजलासले समय सी मा न तोक्दा ब हस ल म्बिने देखिएको छ । यही कारण बहसमा नयाँ तथ्य र तर्क प्रस्तुत नगर्ने कानुन व्यवसायीलाई इ जलासले समय कम गर्न द बाब दिन थालेको हो ।

इजलासले बहस गर्न कानुन व्यवसायीलाई बुधबारबाट समय सी मा तोक्न थालेको थियो । पछिल्ला दुई दिनमा कानुन व्यवसायी हेरेर आ धा घण्टादेखि एक घण्टासम्मको समय दिने गरेको थियो । तर, शुक्रबार बहसका लागि कानुन व्यवसायीलाई पाँच मिनेटदेखि आधा घ ण्टासम्मको समय छु ट्याइएको हो ।

शुक्रबारको इजलासले अधिकांश कानुन व्यवसायीलाई समयको ध्या नाकर्षण गराएको थियो । र, समय समयमा ‘ह तारो’ भएको जनाउसमेत दियो । इजलासको ‘समय दबाब’कै कारण शुक्रबार मात्रै ९ जना कानुन व्यवसायीको बहस टुं गिएको छ ।

 

प्रतिक्रिया