शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जसको फोटो सु टले म च्चायो दु निया मा हं गामा

आइतवार , माघ ४, २०७७

 

काठमाडौँ,४ माघ – शाहिद कपुर र कि यारा आ डवाणीको कबिर सिंहको लो कप्रियताका कारण फिल्मका वि भिन्न दृ ष्य हुन् । तेलुगु फिल्म अर्जुन रेड्डीको यो रि मेकले ब क्स अफिसमा २५० क रोडको व्या पार गरेको थियो ।कबिर सिंहको भूमिकाका साथै यो फिल्ममा अ र्की एक पात्र लो कप्रिय भ इन् । उनी हुन् करिब सिंहकी घ रेलु स हयोगी ।

जसलाई कबिर सिंहले बे स्सरी ल खेट्छ न् । केही मिनेटको यो भूमिकालाई वनिता ख रातले नि भाएकी हुन् । यो सि नमा थुप्रै मि म्स पनि बने । वनिताले कबिर सिहंमा नि भाएको यो सा नो भूमिकाबाट लो कप्रियता हा सिल ग रिन् ।

तर यसपटक वनिता भिन्न का रणसहित च र्चामा आ एकी छिन् । उनले न ग्न फो टोसुट गराएकी छिन् जुन च र्चामा आएको छ । प्ल स साइज र अ त्यधिक तौ लमा महिला आफ्नो श रीरका लागि अ सहज हु न्छन् । तर वनिताले शरीरको सा इज आ त्म विश्वासको अगाडि फि क्का र हन्छ भनेर प्र माणित गरिदिएकी छिन् ।वनिताले आफ्नो यो न ग्न त स्बिर से यर गरेकी छिन् र यससँगै उनले क्या प्सन पनि ले खेकी छिन् जसमा उनले आफ्नो शरीरमाथि ग र्व भएको लेखेकी छिन् ।वनिता मराठी सि नेमामा पनि निकै स क्रिय छिन् ।

आज माघ ०४ गते आईतबार को राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०४ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी,०५ घडी ५८ पला,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त पंचमी । नक्षत्र–शतभिषा,०१ घडी ५३ पला,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–वरियान,३३ घडी ३५ पला,बेलुकी ०८ बजेर २३ मिनेट उप्रान्त परिध । करण– भद्रा,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २६ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– व्यापार व्यावसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– काम गर्दा साबधानी अपनाउनु होला, समय मध्ययम रहेको छ । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेको छ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिती आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ;– आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय कुर्नु नै राम्रो रहेको छ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लगानीबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तर पनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्यक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सामान्य समस्या आउनेछ । व्यापारमा प्रशस्त समय दिदादिदै पनि मन्दिको सामना गर्नुपर्नेछ । महत्वकांक्षी योजनाहरु केही समयको लागी थाती राख्नुहोला । पुराना समस्याहरु बल्झने तथा थप समस्या थपिनेछन् ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : –हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो :– प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ ४ गते देखी माघ १० गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय रहनेछ । मंगलबार पश्चात भने असामान्य खर्चको सम्भाबना रहनेछ । स्वास्थका दृष्टीकोणमा पनि सामान्य समस्याको सामना गर्नुपर्नेछ । पारीवारका सदस्यहरुबाटँ टाढाँ भएको अनुभव रहनेछ । कार्यसम्पादनमा बिशेष गोपनियताको आवश्यकता रहनेछ । प्रतिद्वन्दीहरु सवल रहनाले अति चनाखोरहि कार्य सम्पादनगर्नु पर्नेछ । बिहीबार देखी भने पारीवारिक साथसहयोगमा बृद्यिहुनेछ । ब्यपार ब्यवसायमा सामान्य लाभ प्राप्तरहनेछ । प्रेम सम्बन्धमा समेत प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । यो साता मध्यम बित्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रतिस्पर्धीहरुको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । साताको अन्त्यमा अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झन्झट आउन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

प्रतिक्रिया