शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई अफर

बिहिवार , माघ १, २०७७

काठमाडौं, १ माघ - नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र न हुँदा आइपर्ने जु नसुकै प रिस्थितिका लागि पनि स हकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्र स्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त सं घर्ष गर्ने र पुनः स्था पित भएको अ वस्थामा देउवा नै प्रधानमन्त्री ब न्न स क्नेसम्मको अ फर गरेका छन् ।

बुधबार साँझ ६ बजेदेखि ८ बजेसम्म राजधानीमा देउवासँग भएको गो प्य भे टमा प्रचण्ड–माधवले सं युक्त सं र्घषदेखि सत्ता स हकार्यसम्मको प्र स्ताव गरेका हुन् । देउवाले प्रचण्ड–माधवको प्र स्ताव पार्टीको बै ठकमा राख्ने र त्यहाँबाट आ एको नि चोडपछि फेरि छ लफल गर्ने बताएका छन् ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जो ड दिइरहनुभएको छ ?’ भनेर सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वि घट न गरेर अ संवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक वि धि भएको बताए ।

त्यसपछि प्र चण्डले प्रतिनिधिसभा विघटनको कदमलाई अ संवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको व कालत गर्दा लोकतन्त्र नै ध रापमा परेको भनाइ राखेका थिए ।

 

आज माघ ०१ गते बिहीबार को राशिफल र मौसम

वि.सं.२०७७ साल माघ ०१ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा,०६ घडी १२ पला,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण,५८ घडी ११ पला । योग–बज्र,४१ घडी १६ पला,बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त सिद्धि । करण–बव,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ०७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला । चन्द्रोदय, माघसंक्रान्ति, माघीपर्व, उत्तरायणारम्भ, देवघाटमा मकरस्नान शुरु, वराहक्षेत्र, शङ्कमूलादि तिर्थस्थलहरुमा मकर स्नान ,घ्योचाक़ुसल्हुँ ,रुरुरिडिक्षेत्रमा तीनदिने मेला,छन्त्याल जतिको पर्व ते तेहथुम गौखुरीमेला, तोल लोसार।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :– नयाँ योजना केहि दिनका लागी थाती राख्नुहोला । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । धर्म सस्कृती तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :– बिहानको समय राम्रो रहेकोले भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने छ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– एकल तथा साझेदारि व्यवसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :– बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मामा मावली पक्षबाट पनि सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :– हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले छोटो दुरिको लाभदायी यात्राको तय गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– बिहानको समय राम्रो रहेकोले राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागी समय उत्तम रहेको छ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपूर्ण वातावरणमा समय व्यातित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्न सक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ ।

आज दिउँसो :– प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती :- प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

प्रतिक्रिया