काठमाडौं, २६ पौष- प्रतिनिधिसभा भं ग भए पनि सां सद्को त ज बिजमा साढे ६ अ र्बभन्दा ब ढी ख र्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स त्तारूढ द लभि त्रको कि च लो का का रण प्रतिनिधिसभा वि घ ट न गरे पनि सांसद्को त जबिजमा ख र्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम’ मा चालू वर्षमा छु ट्ट्याइएको ६ अर्ब ६० करोड रुपैयाँ ख र्च हुन लागेको हो ।
अर्थमन्त्रालयका अनुसार प्रतिनिधिसभा भं गसँगै सांसद्हरू न रहे पनि बजेटमा ल्या इएको कार्यक्रम भएकाले त त्काल रो किने छैन । सरकारले बजेटमा ल्याएको कार्यक्रम रो क्न छु ट्टै निर्णय गर्नुपर्ने मन्त्रालयका अधिकारीहरू ब ताउँछन् । उनीहरूका अनुसार संसद्मा पेश गरेर पा स भएको बजेट भएकाले रो क्नुपर्ने भए मन्त्रिपरिषद्बाट नि र्णय गरिनुपर्छ ।यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
सरकारले यो कार्यक्रम का र्यान्वयन गर्न दशैंलगत्तै का र्यविधि तथा नि यमावली जारी गरेको थियो । अघिल्ला बर्षहरूमा सांसद्हरूलाई सडक–पू र्वाधार,खानेपानी, विद्यालयलगायत क्षेत्रमा लगानी गर्न कुनै ब न्देज न लाइए पनि चालू वर्षमा भने योजना छनोट गर्दा प्राथमिकता फे र्न नियमावली सं शोधन गरेरै सरकारले द बा ब दिएको थियो ।
सरकारले जारी गरेको कार्यक्रम सञ्चालन कार्यविधिअनुसार पहिलो प्राथमिकतामा संसद्हरूले स्वा स्थ्य क्षेत्रअन्तर्गतका पू र्वाधार निर्माणलाई जोड दिनुपर्ने थियो । कोरोना म हा मा री का कार ण ज नस्वा स्थ्य अ प्ठ्या रो मा प रेको भन्दै अर्थमन्त्री विष्णु पौडेल, पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापालगायतले योजना छ नोट गर्दा कार्यक्रमअन्तगर्तको ठूलो अं श स्वा स्थ्य पू र्वाधारमा ख र्चिने गरी योजना छ नोट गरेका छन् ।
सं घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार योजना छ नोट गर्दा प्रायले स्वा स्थ्य क्षेत्रलाई नै प्रा थमिकतामा राखेको देखिन्छ ।
आज पौष २६ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष २६ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वादशी,२१ घडी ३४ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– अनुराधा,०७ घडी ३७ पला,बिहान १० बजेर ०१ मिनेट उप्रान्त ज्येष्ठा । योग– गंड,११ घडी १८ पला,बिहान ११ बजेर २९ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दी आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : – भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : – व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । जीवन सँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : – आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ, ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाती रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : – राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेको छ । आमा तथा आफन्तसँग छुट्टिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा लगानी गर्न केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : – वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घर व्यवहार, भौतिक सुख र माया प्रेमका लागी समय उत्तम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : – समयको माग अनुशार नचल्नाले दुख पाईनेछ । आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : – बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका कामहरु हल भएर जानेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : – परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पैत्रिक सम्पति तथा सरकारी धन हात लागी हुने योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : – व्यापार व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : – बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाती रहनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :- प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पुस २६ गते देखी माघ ३ गतेसम्मको साप्ताहिक राशिफल
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) : – साताको प्रारम्भमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । गरीरहेको कार्य परीर्वतनको समेत सम्भाबना रहनेछ । मंगलबार पश्चात भने धार्मिक यात्राको योग रहनेछ । मित्रजनहरुको बहकावका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्गदर्शन अबज्ञा नर्गनुनै उत्तम रहनेछ । बिहिबार देखि सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । महत्वपूर्ण कार्यहरु हात लाग्ने साथै सहजतापुर्ण ढगंमा सम्पादन हुनेहुदा मान्यजनहरु बाट समेत मानसम्मान प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । योसाताको सुरुमा स्वास्थलाई बिशेष ख्याल गर्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): – साताको सुरुमा पारीवारिक सम्लग्नतामा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । कार्य क्षेत्रमा भने शारिरीक आलस्यताको प्रभाब पर्नेछ । बुधबार र बिहिबार नयाँ लगानिका निम्ती सजग रहनु पर्नेछ साथै आफज्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रामा सामान्य चोटपटकको सामना गर्नु पर्नेछ । खानपानमा बिशेषध्यान पूर्याउनु होला । बिहिबार पश्चात भने मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । नयाँ योजनका साथ प्रारम्भ गरीएका कार्यमा मान्यजनहरुले समेत साथदिनाले कार्यक्षेत्रमा लगनशिलतामा बृद्धि हुनेछ । योसाता यात्राका क्रममा सामान्य समस्या देखा पर्नेछ सजग रहनुहोला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): – साताको सुरुमा शुभचिन्तकहरुको साथ सहयोगमा बिशिष्ट कार्यहरु सम्पादित रहनेछन । देशप्रदेशको यात्राको योग रहेकोछ । तपाई द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरु बाटभने बिशेष साबधानी अपनाउनु होला । रोकिएर रहेको लगानि उठाउन बिशेष समय रहेकोछ । ब्यपार ब्यवसायमा लगानि बढाउदा उत्तम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिहिवार पश्चात भने नजिकका आफन्तजनहरुबाट तपाईका कार्यको भण्डाफोर हुन सक्नेछ । साथै स्वास्थमा समेत सामान्य समस्या देखा पर्नेछ अध्यन अध्यापनमा समय मध्यम रहनेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । यो साता नयाँ लगानि तथा अरुको बिश्वासमा नपर्नु होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : – गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले कार्य परीर्वतनको सम्भाबना रहनेछ । पठनपाठनमा समय मध्यम रहनेछ । बिशिष्ट ब्यत्तित्वहरुको सहयोगमा आम्दानिका श्रोत मजबुत बनाउन सहयोग मिल्नेछ । सन्तानको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेकोछ । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने समय रहेकोछ । मनोरञ्जनपूर्ण यात्राको योग बन्नेछ । मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बिहिवार पश्चात भने पारीवारिक सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । साजेदारी कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहेकोले सजग रहनु होला । यो साता ब्यापार ब्यवसायमा बाहेक अन्य क्षेत्रमा उत्तम रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : – भुमि तथा वाहान खरिद बिक्रीको योग रहनेछ । पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । मानसम्मानमा आचँ आउन सक्ने खालका कार्यहरु बाट बच्नु पर्ने समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनिले मन प्रशन्न रहनेछ । आम्दानीका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिहिवार पश्चात भने तपाईको कार्यमा त्रुटि देखाउने हरुको बृद्यिहुनेछ । अरुको बिश्वासमा छोडिएका कार्यमा तपाईलाई अपजसको सामना गर्नुपर्ने समय रहेकाछ । परीवारका सदस्यहरु टाढाँ भएको महसुस हुन सक्नेछ । सामाजिक कार्यमा अग्रसर नरहनुनै उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा स्थीर क्षेत्रमा लगानि नगर्नुनै उत्तम रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : – मित्रजनहरुको साथ सहयोगमा जटीलकार्यहरु सम्पादित रहनेछन । अधिक आत्म बिश्वासका कारण दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको मार्ग अवलम्वन नर्गनाले कार्य क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । साताको अन्त्यतिर रचनात्मक कार्यका क्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । आय आर्जनका निम्ती समय उत्तम रहनेछ । साजेदारी कार्यमा सम्लग्न रहनाले दिर्घकालिन आम्दानिका श्रोत फेला पर्नेछन । योसाता मनमा कुनैपनि हालतमा घमण्ड उत्पन्न हुन नदिनु होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहनेछ । वाणिका कारण आफन्तजनहरु सगँ सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । कला कौशलका क्षेत्रबाट मनग्य आम्दानि लिन सकिनेछ । नयाँ कार्यहरु प्रारम्भ गर्न बिशेष समय रहेकोछ । मित्रजनहरुको अधिक सामीप्यता त्यति उत्तम रहनेछैन । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । प्रतिक्षीतकार्यको प्रतिफल उत्तम हासिल रहनाले मन प्रशन्न रहनेछ । सामाजिक कार्यको क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । योसाता खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले बिशेष सजग रहनु होला साथै मित्रजनहरु सगँ सम्पुर्ण मनपेट नखोल्नु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ । ब्यापार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । प्रतिष्ठीत कार्यहरु सम्पादित रहनाले मान सम्मान प्राप्त रहनेछ । वाणीका कारण आफन्त जनहरु लाई मुग्धगर्न सकिनेछ । संचित रकम खर्चहुनाले सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । भोजभतेरमा सम्लग्न रहने अवसर प्राप्त रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँ योजनाका साथ कार्य प्रारम्भगरेका खण्डमा दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । बल तथा पराक्रमका क्षेत्रबाट ढिलै भएतापनि अधुरा कार्यहरु सम्पादित रहनेछन । यो साता गैर ब्यत्तित्वहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : – साताको प्रारम्भमा देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्यसम्पादनमा सजग रहनु होला । कारणबश समस्या उत्पन्न हुनाले कार्य थालनीको योजना गोप्य राख्नु उत्तम रहनेछ । प्राकृतिक क्षेत्रमा मन रम्ने समय रहेकोछ । मगंलबार पश्चात नयाँ कार्यको थालनीले आम्दानिका श्रोतहरु सुदृण तुल्याउनेछन ।शारीरिक आलस्यता ताथ मानसिक चन्चलतालाई बशमा राखि गरीएका कार्यले मान सम्मान दिलाउनेछ । बिहिबार पश्चात भने खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । योसाता मंगलबार तथा बुधबार बाहेक अन्य दिन आर्थिक कारोबारमा बच्नु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : – साताको प्रारम्भमा मान्यजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु सुदृण तुल्याउन सकिनेछ । आफुभन्दा सानासगँ समय ब्यतित गर्दा मनोरञ्जनमुलक रहनेछन । कला कौशलका माध्यम द्वारा मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बुधबार पश्चात भने गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरु सगँ मनमुटाबको योग रहेकोले बिशेष साबधानि अपनाउनु होला । साथै बुधबार तथा बिहिबार आर्थिक कारोबारमा साबधानि अपनाउनु होला । बिहिबार पश्चात आफन्त जनहरुको सहयोगमा पुर्व त्रुटिका कार्यहरु समाधान गर्ने उत्तम समय रहेकोछ साथै सभासम्मेलन जन्यकार्यमा समेत सहभागीताको योग बन्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – तपाई द्वारा सम्पादित कार्यको उत्तम प्रतिफल प्राप्त रहनाले मन प्रशन्न रहनेछ । कार्य क्षेत्रको लगनसिलताको कदर समेत हुने दिन रहेकोछ । मान्यजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । आम्दानिका श्रोतहरु प्रयाप्त प्राप्तरहनेछन । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएका समय उत्तम रहनेछ । नयाँ योजनाका साथमा गरीएका कार्यहरु उत्तम रहनेछन तथापी कार्यपुरा नहुन्जेल गोप्य राख्नुउत्तम रहनेछ । बिहिबार पश्चात भने मनोरञ्जनका श्रोतसाधनको खरीदमा सामान्य खर्चको सम्भाबना रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । तपाइको कार्यमा हरेक कदममा त्रुटिखोज्नेहरु बाट बच्नु पर्ने समय रहेकोछ । सामान्य यात्राको योग समेत रहनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – कार्यक्षेत्रमा गरीएको लापरवाहिले सामान्य अपजस दिलाउन सक्नेछ । मालसामान हराउन सक्ने सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु होला । यात्रामा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । परोपकारिताका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत रहनेछ । बिहिबार देखिभने आम्दानिका श्रोतहरु सबल रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ । आफुद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त रहनाले कार्य प्रतिको लगन शिलतामा कमि आउनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।