काठमाण्डौ – गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेम रहेको कुरा खुल्न आएको छ । उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ ।
दुवैको जोडी निकै सुहाएको भनेर उनीहरुका फ्यानहरुले प्रतिकृया दिएका छन् । ईन्दिराको बिहेको पर्खाईमा रेहका उनका फ्यानहरुले यो कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् । त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् ।
यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै नै सालिन् कलाकारको रुपमा चिनिन्छन् । यीनीहरु आफ्नो कामलाई लिएर पनि निकै नै संबेदनशील रहने कलाकारको रुपमा चिनिंदै आएका छन् । एक अन्तरवार्तामा यिनीहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् । जानकारीकालागी भनिदिंउ इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाकोलागी मात्र प्रेमी प्रेमीका बनेका हुन् ।
रियल लाईफकोलागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रो मान्स गरेको देख्न सकिन्छ । वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोंचि न सकेको बताएका छन् ।
आज पौष २२ गते बुधबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष २२ गते । बुधबार । ईश्वी सन् २०२१ जनवरी ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–अष्टमी,४४ घडी ३६ पला,रातको १२ बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–हस्त,२३ घडी ५० पला,बेलुकी ०४ बजेर २९ मिनेट उप्रान्त चित्रा । योग–अतिगण्ड,४२ घडी २९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त सुकर्मा । करण–बालव,दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०१ पला ।।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आफन्त, मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्द व्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- विद्या भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्त, साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खि न्नता पैदा हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपहार प्राप्तीको गतिलो योग रहेको छ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ, ध्यान दिनुहोला । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- व्यापार व्यवसायबाट सामान्य नाँफा भएपनि आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- प्राविधिक काममा सफलता प्राप्त हुनेछ भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेको छ । माया प्रेमम रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- मनमा धार्मिक प्रवृति जागृत हुने तथा छोटो दुरिको धार्मिक यात्रा गर्न सकिनेछ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समयले साथ दिनेछ । प्रतिस्पर्धीहरु बाधक देखिएपनि काम बनाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कष्ट भावमा गोचर गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेको छ । आफन्तलाई दिईएको बचन पूरा गर्न नसक्दा आलोचित भइनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल देशभर सामान्य बदली रहेको छ ।
आज दिउँसो :– देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती :- देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पौष १९ गते आईतबारदेखी पौष २५ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो सातामा रमणीय र सुखद् यात्राको योग छ । घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्म–विश्वास बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- यो सातामा आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । मनोरञ्जनमा सहभागी भइएला । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । घरमा अतिथीको आगमन हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो सातामा शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । समय उत्साहवर्द्धक नै रहला । साताको मध्यमा सरकारी निकाएको भय रहला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ । मंगलवारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो सातामा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्त्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । समयको सदुपयोग पनि हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकाएको भय रहला । नियमित खर्च चैं बढ्ने योग छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला । आँटेको र ताकेको कार्य पुरा होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो सातामा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो सातामा विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सवारी साधनको खरिद बिक्री हुने योग छ । बन्द व्यापारमा पनि फाइदा हुनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो सातामा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । वैदेशिक कार्य अघि बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।