शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपाल आएको २४ घण्टा नबित्दै चिनियाँ कम्युनिष्ट टोलीले चाल्यो यस्तो कदम

सोमवार , पौष १३, २०७७

काठमाडौं. १३ पौष – आइतबार दिउँसो करिब साढे एक बजे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएलगत्तै राजनीतिक भेटवार्ता ती व्र पारेको छ ।

विमानबाट काठमाडौं उत्रनासाथ चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट व स्तुस्थितिको ‘ब्रि फिङ’ लिएर शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो । ‘झन्डै आधा घण्टा लामो भे टवार्ताको विषयवस्तुबारे जानकारी गराइएको छैन,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘यो उच्च प्रतिनिधिमण्डल आउनेबारे गत साता नै चिनियाँ राजदूत यान्छीले अवगत गराइसक्नुभएको थियो ।’ कान्तिपुरमा खवर छ ।

राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ वि शेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वी टमार्फत जनाएका छन् । दुवै भेटमा राजदूत यान्छी पनि सँगै थिइन् । भ्रमणमा आएका विशिष्ट अधिकारीलाई उनीहरूकै चा हनाबमोजिम ओ हदाअनुसारको ए स्कर्टिङ र अं गरक्षक उपलब्ध गराइएको थिएन ।

यस्तै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको छ । खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन । प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली माधवकुमार नेपाललाईएभरेष्ट होलमा एक घण्टा बार्ता भएको जनाइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ दूतावासले पत्र लेख्दै ‘प्रो टोकलसहितको सु रक्षा’ दूतावास स्वयंले व्यवस्था गर्ने जानकारी गराएको थियो । विमानस्थलमा उत्रँदासमेत स्वा स्थ्य सु रक्षाको स तर्कतासहित चिनियाँ नेताहरू पी पी ई ड्रेस लगाएरै आएका थिए । उनीहरूलाई लिन राजदूत यान्छी विमानस्थल पुगेकी थिइन् । स्वागतका लागि परराष्ट्रका अधिकारी र नेकपाका नेताहरू कोही पनि उपस्थित थिएनन् ।

यान्छीले गत साता नै राष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाललगायतलाई भेटेर स मसामयिक राज नीतिक व स्तुस्थितिबारे सरोकार रा खेकी थिइन् । यसअघि पनि आन्तरिक वि वाद र स त्ता बाँ ड फाँ टको द्व न्द्वले नेकपा वि भाजनको मु खमा पु ग्न लाग्दा चिनियाँ राजदूत यान्छीले शीर्ष नेताहरूकहाँ गरेको ‘घ रदैलो’ को कू टनीतिक वृ त्तमा आ लोचना हुँदै आएको छ ।

नेकपा दाहाल–नेपाल स मूहका विदेश विभाग उपप्रमुख उपनेता विष्णु रिजालले ‘राजदूत यान्छीले चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीको भ्र मणबारे जानकारी गराएको  । चारदिने भ्रमणमा आएको टोलीले वि भाजित नेकपाका दुवै घ टकसँग भेटवार्ता गरेर एकता र स हकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।

यसअघि, उपमन्त्री येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो साता चीन सरकारका तर्फबाट ब धाई ज्ञापन गर्न काठमाडौं उ त्रिएका थिए । उपमन्त्री येचौलाई नेकपा ग ठबन्धन ब नाउन प हल गर्ने ‘बाहिरी सूत्रधार’ समेत मानिने गरिएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीहरूको एकताका पक्षमा देखिने गरी भूमिका नि भाउँदै आएको चीनले यस पटक पनि वि भाजित भइसकेको नेकपाका दुई घटकलाई पुनः एक गराउन यो ह तारको ‘प रामर्श भ्रमण’ गरेको आ कलन छ । ए कता र स हकार्यका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको ठानिएको यो टोलीको कम्युनिस्ट पार्टीबाहेकका प्र तिपक्षी र अरू दलका प्रतिनिधिसँग भेटघाट हुनेबारे खु लाइएको छैन ।

चीनका लागि पूर्वराजदूत डा. महेश मास्केका बुझाइमा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च पदाधिकारी तहमा भएको यो भ्रमण आफैंमा ‘अ र्थपूर्ण’ छ । ‘तर, यो प्रतिनिधिमण्डल कसको नि मन्त्रणामा काठमाडौं आएको हो, खु लेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘काठमाडौं उत्रनासाथ राष्ट्रपति र प्रधानमन्त्री तहमा भेटवार्ता भएकाले सरकारी निम्तो वा स्वी कृतिमै भ्रमण भएको देखिन्छ ।’

मास्केका अनुसार सोमबारपछिका दिनमा यो वि शिष्ट टोलीले गर्ने भेटघाटका आधारमा यो ‘हतारको भ्रमण’ को अर्थ र कारण प्रस्टिनेछ । नेपालमा रा जनीतिक अ स्थिरता र पार्टीगत वि भाजन देखिएसँगै उत्तर र दक्षिणका दुवै छिमेकीको भू राजनीतिक चासो देखिने गरेको छ । चीनले आफ्नो तिब्बत भूमिसहितको सु रक्षा चा सो र नेपालमा राजनीतिक स्थिरताका पक्षमा देखिने गरी सरोकार राख्दै आएको छ ।

 

 

प्रचण्डकाे चुनावमा जाने संकेत, अर्को चुनाव जित्ने दावी

काठमाडौं. १३ पौष – काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले ब हुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अ वसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मु द्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा ल ड्ने मु द्धा दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’

प्रधानमत्री ओलीले संसद वि घठन गरेर श्री ३ जं गबहादुर राणाको बाटोमा गएको आ रोप समेत ल गाएका छन्। उनले भने, ‘केपी ओली सा मन्ती शा सक श्री ३ म हाराजधिराज जंगेको बाटोमा हिँ ड्नुभयो। त्यस दिनबाट उहाँको प राजय र हाम्रो विजय यात्रा सुरु भयो।’

संसद वि घटन अ संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह सडक आ न्दोलनमा गएको छ। निर्वाचन आयोगमा चुनाव चिन्ह सूर्य आफ्नो र आफू नै आधिकारीक भएको दा वी गर्दैं आएको छ।

सडक आ न्दोलनमा गएपछि पहिलो पटक प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन्। उनले ओलीले सं सद वि घटन गरेर आफूलाई चुनावमा जाने बाटो खोलिदिएको आशय पनि व्य क्त गरेका छन्।

संसद पु र्नस्थापनाको माग गर्दै आएका उनले चिनियाँ टोलीसँगको छलफलपछि जनतामा जाने र जनताको मत आफूलाई नै प्राप्त हुने आशय व्यक्त गरेका छन्। अहिले संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको छ।

प्रमुख जिल्ला अधिकारी पाण्डे किसानको खेतमा

सिन्धुली,१३ पौष – प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले शनिबार दुधौली नगरपालिकाको विभिन्न वडामा किसानको खेतबारीमा पुगेर तरकारी खेती तथा अन्य आयमुलक गतिविधिको निरिक्षण गर्नु भएको छ ।

सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको विभिन्न परियोजनाको सरोकारवाला निकायबाट स्थलगत संयुक्त अ नुगमन गर्ने क्रममा प्रजिअ पाण्डेले खेतबारीमा नै पुगेर किसानले गरेको तरकारी खेती नियाल्नु भएको हो ।

उक्त सस्थाले वडा नं. १, ५, ९ र ११ मा सञ्चार गरेको विभिन्न उद्यमशिल गतिविधि तथा सहकारी संस्थाका क्रि याकलापको सरोकारवाला निकायका व्यक्तिहरुबाट निरिक्षण गरिएको थियो । दुधौली नगरपालिका–५ डुडाहामा किसानले गरेको तरकारी खेती निरिक्षण गर्दै प्रजिअ पाण्डेले परियोजनाले सञ्चालन गरेका उद्यमशिलता गतिविधि उ त्साहजनक पाईएको बताउनुभयो ।

 

उहाँले तरकारी खेतीमा संलग्न किसानलाई अर्गानिक उत्पादनमा जोड दिन आग्रह गर्नु हुदै नि र्बाहमुखि व्यवसाय छाडेर व्यवसायिक बन्न सु झाब दिनुभयो । प्रजिअ पाण्डेले गाँउघरमा उब्जेको गाईबस्तुको मल हालेको उत्पादन खायो भने स्वास्थयलाई पनि फाईदा पुग्ने बताउनुभयो ।

अ नुगमन टोलीमा संलग्न जिल्ला समन्य समिति प्रमुख शंकरराज बर्मा तिबारीले किसानलाई थोरै क्षेत्रफलमा भन्दा पनि बढी क्षेत्रफलमा तरकारी खेती गर्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो, “थोरै क्षेत्रफलमा गरिएको तरकारी उत्पादनलाई सँधै बजारको अभाव भई रहन्छ । त्यही तरकारी धेरै क्षेत्रफल जमिनमा खेती गरेर बढी उत्पादन गरियो भने व्यापारी तरकारी किन्न घरमै आई पुग्छन् । बजारको अभाव हुदैन ।”

डुडाहा निवासी किसान बिमला पोख्रेलले कोभिड १९ बाट प्रभावित घर परिवारलाई सामाजिक तथा आर्थिक पुनर्लाभ परियोजना अन्तर्गत चार जना मिलेर एक बिघा जमिनमा काउली, बोडी, भाण्टा, मुला, टमाटर, ब्रोकाउली, प्याज खेती गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ल कडाउनको समयमा गत बैशाख महिनाबाट सुरु गरेको तरकारी खेतीबाट सबैलाई ८५ हजार रुपियाका दरले फाईदा भयो । त्यसले झन उत्साहित भएर अहिले पनि एक बिघाभन्दा बढी जमिनमा तरकारी खेती गरि रहेका छौं ।” सामूहिक तरकारी खेती गर्दा श्रमको अभाव नहुने अनुभव उहाँले सुनाउनुभयो ।

त्यस्तै दुधौली नगरपालिका–११ पत्रिङा निवासी फुलकुमारी अधिकारीले १५ कठ्ठा जमिनमा गरेको तरकारी खेतीबाट एक बर्षमा एक लाख ८० हजार रुपिया फाईदा लिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “एक लाख रुपियाको काँक्रा बेचे, ८० हजार जतिको काउली बिक्री गरे । गाँउघरमा र दुधौली बजारमा तरकारी पुर्‍ याई उक्त आम्दानी लिएको हुँ ।”

कोभिड १९ बाट प्र भावित घर परिवारलाई सा माजिक तथा आर्थिक पु नर्लाभ परियोजना, सम्मान परियोजना, महिला रोजगारीका लागि दिगो बित्तिय पँहुच परियोजनाले सञ्चालन गरेको उद्यमशिलता गतिविधि अ नुगमन तथा निरिक्षण गरिएको थियो ।

उक्त अ नुगमन कार्यमा जिल्ला समन्वय प्रमुख शंकरराज बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, घरेलु तथा महिला उद्यमी महासंघका बजार प्र्रतिनिधि भुपेन्द्र लम्साल, जिल्ला समन्वय अधिकारी डिकबहादुर कार्की, सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारी, सञ्चारकर्मी र संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

अ नुगमन मा सहभागिहरुले आलु खेती, अन्य तरकारी खेती, टर्की पालन व्यवसाय, दुधौली स्वा स्थ्य चौकीलाई बितरण गरिएको स्वा स्थ्य सामग्री, ढाका कपडा बुनाई, थाकलको झोला उत्पादन, टपरी उद्योग लगायतको अ नुगमन तथा निरीक्षण गरेका थिए ।

हाम्राकुराबाट साभार

संसद पुर्नस्थापना गरेरै भएपनि नेकपा वि भाजन रोक्ने तयारी

काठमाडौं ,१३ पौष – नेकपा बि भाजन हुन न दिन अ न्तराष्ट्रिय रूपमा द वा ब सि र्जना हुन थालेको छ । पार्टी भित्रकै एउटा स मुहले पार्टीलाई फु टबाट जो गाउन अ न्तराष्ट्रिय समुदायसँग प रामर्श गरिरहेको बुझिएको छ ।

संसद पुर्नस्थापना गरेरै भएपनि नेकपाको वि भाजित दुई समुहलाई मि लाउने प्रयास गर्न आ ग्रह गर्नका लागि चिनिया टोली नेपाल आ इपुगेको छ । नेपालमा कम्युनिस्टको राम्रो मा होल ब न्दै गएको अ वस्थामा पार्टीलाई कसरी जो गाउने भन्नेबारे नेकपाको एक समूह लागिरहेको स्रोतले बताएको छ ।

त्यहि टोलीको अ भियान अ न्तर्गत चीनले चा सोको साथ यो वि भाजन रो क्न प्र यास गरिरहेको बुझिएको छ । यसअघि पनि बरू सरकार फेरेर भएपनि पार्टी ए कता जो गाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ची नले आ ग्रह गरेको थियो ।

नेकपाभित्र ओली र प्र चण्डले दुई पार्टी बनाएर जाने हो भने अब कम्युनिस्ट कहिलै स त्तामा फ र्किन न सक्ने भन्दै संसद पुनर्स्थापना गरेरै भएपनि पार्टी मि लाउने अ भियान सुरू भएको बताइन्छ । संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा न फुट्ने आ धार तयार हुने उनीहरूको बुझाई छ ।

अ भियान अ न्तर्गत संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओली ह टेर अरूलाई स मर्थन गर्ने र पार्टी अध्यक्षमा ओ ली र हनेगरी तयारी गरेको र द वाव दिने काम भैरहेको बुझिएको छ ।

पुर्नस्थापनाको पक्षमा जनता र दलहरू ए कमत भएको अवस्थालाई म ध्यनजर गर्दै नेपालका लागि चीनकी राजदूतले नेकपाका नेताहरुसँग नि रन्तर परामर्श गरिरहेकी छन् ।

उनले नेपालको पछिल्लो राजनीतिक अ वस्थाबारे बेइजिङमा गरेको ब्रि फिङ गरिरहेको चीनले आफ्नो धा रणा बनाएर टोली पठाएको बताइएको छ । यहि योजना अ न्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको अ न्र्तराष्ट्रिय विभाग उपप्रमुख कुओ येचौको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आइसकेको छ।

चिनियाँ टोलीले नेकपा दुवैतर्फका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। चिनियाँ प्रतिनिधिभण्डलको भ्रमणपछि नेकपाको आ न्तरिक वि वादमा स माधानको ठाउँ देखिनसक्ने बताइएको छ।

आज पौष १३ गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष १३ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्दशी,अहोरात्र । नक्षत्र–रोहिणी,२२ घडी ५५ पला,बेलुकी ०४ बजेर ०५ मिनेट उप्रान्त मृगशिरा । योग– शुभ,२५ घडी ५१ पला,बेलुकी ०५ बजेर १५ मिनेट उप्रँन्त शुक्ल । करण–गर,बेलुकी ०६ बजेर ५० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला । काशि पिसाचमोचन ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । मुखलाई नियन्त्रण गरेको जाति हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफ्नै राशिमा चन्द्रमा छ, नयाँ जोस र जाँगर पलाउने छ । सहयोगीहरूको साथ प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिने छ । उपहार पुरस्कार आदि मिल्नेछ । पेसारव्यवसायमा उन्नति मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ, हाँकेका, ताकेका काम बन्नुका साथै नाम, दाम र प्रतिष्ठा प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । आम्दानीको बाटो असहज बन्नसक्छ, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । सानातिना जिम्मेबारी आइलाग्न सक्छन तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्न सक्छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । मौसमी रोगको प्रकोपबाट सावधान हुनु राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – स्वास्थ्य सबल छ । पछाडि बसेर कुरा काट्ने र खुट्टा तान्नेहरू आफैं पराजित हुनेछन। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । गरेका क्रियाकलापको उच्च मूल्याङ्कन हुने समय छ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीरप्रेमिकाको मिलन हुनसक्छ । छात्रछात्राले विशेष प्रगति गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कर्मक्षेत्रमा चन्द्रमा भएपनि समय अनुकूल छैन, तर मिहिनेत र दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ । सामाजिक कार्यभार बहन गर्नु पर्नेछ । खानपानको समयमा तलबितल पर्नसक्छ । जग्गाजमिनको कारोबारबाट सानोतिनो फाइदा नै हुनेछ । नयाँ काममा लगानी बढाउन अनुकूल छैन । बन्दव्यापार र पेसाररोजगारीका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुन्छ, नत्र हानि पुग्ने लक्षण पनि छ । सामान्यतया आम्दानीका मार्गमा मिहिनेत गरेअनुरूप फाइदा नै हुनेछ । तर आयको अनुपातमा खर्चको मात्रा बढ्ने सङ्केत छ । शत्रु र प्रतिस्पर्र्धीबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । परीक्षा र प्रतिस्पद्र्धामा सफलता पाउने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइने छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । अरुका कुरा सुनिदिनाले मात्र पनि कुनै काम बन्ने दिन छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनोरञ्जन र रसरङ्गका लागि आजको दिन अनुकूल छ । प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्ने छैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ, घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । प्रेमीरप्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन नदिनु राम्रो हुनेछ । विद्यार्थीले खेलवाडबाट टाढा रहेको जाति हुन्छ, नत्र भविष्यमा दूरगामी असर पर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, तर रिसराग, आवेग र क्रोध आजका शत्रु हुन भन्ने बिर्सनु हुँदैन । यद्यपि आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन। शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन। तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तन मननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ, तर रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना उत्पन्न हुनसक्छन। पारिवारिक जीवनमा सामान्य तनाव हुनसक्छ । विद्यार्थीहरूका लागि नयाँ ज्ञान प्राप्त गर्ने समय हो

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आफन्तले नै कुरा नमानिदिंदा मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन। दाम्पत्य जीवन निरस रहने छ, प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण नगर्नाले पाचनप्रणालीमा गडबडाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पराक्रम प्रदर्शन गरी प्रतिष्ठा प्राप्त गर्ने समय हो । परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । कुटुम्बले सहयोग गर्नेछन। बन्धुवान्धवबाट समेत सहयोगको अपेक्षा गर्न सकिन्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो :– गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

आज राती :- प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

 

प्रतिक्रिया