काठमाडौं, १२ पौष – राष्ट्रिय सभामा अहिले ५९ जना सां सद छन् । यसमध्ये कांग्रेसका ६ जना सांसद छन् । म नोनीत सांसद तीनजना छन् । तीनजना जसपाका सांसद छन् । त्यस्तै, अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्ने हो भने नेकपाका ४७ सांसद छन् । नेकपा वि भाजित भएकाले राष्ट्रिय सभामा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह देखिनेछ । नेकपाका ४७ सांसदमध्ये आफ्नो स मूहमा २४ जना रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । प्रचण्ड–नेपाल स मूहमा २२ सांसद भए वि पक्षीहरूको राष्ट्रिय सभामा ब हुमत हुनेछ ।नयाँ पत्रिकामा किरण दाहालले खबर लेखेका छन् ।
प्रचण्ड–नेपाल समूहमा शशिकला दाहाल (उपाध्यक्ष), खिमकुमार विक, जीवन बुढा, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, महेशकुमार महरा, विना पोखरेल, राधेश्याम पासवान, हरिराम चौधरी, मायाप्रसाद शर्मा, तारामान स्वाँर, जगप्रसाद शर्मा, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाईं, पर्शुराम मेघी गुरुङ, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा, बेदुराम भुसाल, शारदादेवी भट्ट, इन्दु कडरिया, शान्तिकुमार अधिकारी जिसी रहेका छन् ।नयाँ पत्रिकामा किरण दाहालले खबर लेखेका छन् ।
त्यस्तै, ओलीको पक्षमा गणेशप्रसाद तिमल्सिना (अध्यक्ष), अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, खिमलाल भट्टराई, चक्रप्रसाद स्नेही, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, नैनकला ओझा, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई, रामबहादुर थापा, रामलखन चमार, सुमित्रा बिसी, विमला घिमिरे, सुमनराज प्याकुरेल, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने छन् ।
काँग्रेसमा पुनः ज्योतिषीको चर्चा :
काठमाडौं, १२ पौष – काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस नि र्णायक श क्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको ला इनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हे राउन गए हुन्छ भनी धा रणा राखेका थिए ।
कार्कीले त्यसको भन्दा देउवा म ख्ख मात्रै थि एनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको ज वाफ पनि दिइहाले । ‘मै प्रधानमन्त्री ब न्ने स म्भावना छ,’ देउवाको प्र तिक्रिया उ द्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्ये भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आ शक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनुभयो । ज्योतिषीले भनेजस्तौ परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सत्ताका लागि जस्तो पनि जो खिम मौल्न सक्ने छ वि बनाएका देउवाले प्रतिनिधिसभा वि घटनको घ टनालाई पनि आफ्नो ला भहानिसँग तुल ना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ । तर जति आ लोचना भए पनि उनी आफ्नो अ डानबाट हल्लिएका छैनन् ।
आज पौष १२ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष १२ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–त्रयोदशी,५८ घडी ०५ पला । नक्षत्र–कृतिका,१७ घडी २२ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त रोहिणी । योग–साध्य,२५ घडी २६ पला,बेलुकी ०५ बजेर ०५ मिनेट उप्रँन्त शुभ । करण–कौलव,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- सरकारी तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : – अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो :– गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
आज राती :- प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
पौष १२ गते आईतबारदेखी पौष १८ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :- यो साता गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धन लाभ हुनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- यो हप्तामा मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- यो साता नयाँ काममा हात हाल्ने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- यो साता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ र छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ):- यो साता शुभकार्यको चर्चा चल्नेछ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- यो साता यात्राका विशेष अवसर मिल्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- यो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आँटेको र ताकेको कार्य पुरा होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा कार्य सिद्धिको योग समेत छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- यो साता मिहीनेत अनुसार फल पाईनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- यो साता पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।