शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मन्त्रीलाई गाउँपालिका अध्यक्षको चु नौती : आउनोस् चुनाव ल डौं

शनिवार , पौष ११, २०७७

कैलाली ,११ पौष – केही दिन अघिसम्म कैलालीमा रहेका श्रममन्त्री गौरीशंकर चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनि कटका कार्यकर्तालाई भे ला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको च र्को आ लो चना गरे । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा वि घटन गर्नु अ संवैधानिक भएको ब ताए ।

सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्या बिनेटमा सु टुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा त र ङ्ग पैदा भएको छ ।

‘मङसिर ५ गते कार्यकर्तालाई भेला गरेर अ संवैधानिक क दमप्रति ल ड्नुपर्छ भन्नुभएको थियो’ कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भने, ‘हामीलाई प्रधानमन्त्री ओलीको वि रोध गर्न लगाएर उहाँ उतै लाग्नुभयो ।’

मन्त्री चौधरीले जनताको भा नामाथि खे लेको अध्यक्षले आ रोप लगाए । उनले मन्त्री चौधरीलाई चु नौती दिँदै भने, ‘आउनुहोस् तपाईंको प क्षमा धेरै कि मेरो प क्षमा धेरै हेरौँ ।’

गाउँपालिका अध्यक्ष चौधरीले मन्त्री चौधरीलाई आफूसँग चु नाव ल ड्नसमेत चु नौती दिए । गाउँपालिका अध्यक्ष चौधरीले सा माजिक स ञ्जालमा पनि चु नौती दिएका छन् । उनले लेखेका छन्, ‘फेरि भन्न मन लाग्यो, तनहुँमा केपीलाई रामचन्द्रको च्या लेञ्ज, कैलालीमा गौ रीशंकर र मेरो च्या लेन्ज ।’

प्रधानमन्त्रीको क दम गलत रहेको भन्दै कैलारी गाउँपालिका-१ हसुलियामा आयोजना गरिएको कार्यक्रममा बोल्दै चौधरी । प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुभन्दा अघिल्लो दिनसम्म पनि गौरीशंकर चौधरी प्रचण्ड-माधव समूहमै थिए । तर, मन्त्रीको अवसर पाएपछि उनले गु ट परिवर्तन गरेको गाउँपालिका अध्यक्ष चौधरीले आ रोप लगाए ।

यसअघि प्रचण्डनिकट भएकै कारण चौधरीले प्रतिनिधिसभा सदस्यको टि कट पाएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वसंविधान सभा सदस्य बी रभान चौधरीको पनि दा बी थियो । पछि बीरभान चौधरीलाई प्रदेश सभाको टिकट दिएर गौरीशङ्कर चौधरीलाई प्रतिनिधिसभामा चुनाव ल डाइएको थियो । उनले काँग्रेसका रामजनम चौधरीलाई हराएका थिए ।

मन्त्री चौधरीलाई बैंकले का लो सू चीमासमेत राखेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।अनलाइनखवरबाट साभार

 

वडा अध्यक्षले बाड्नुभयो न्या नो कपडा

सिन्धुली,११ पौष – कमलामाई नगरपालिका–५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काले व्यक्तिगत खर्चमा जनज्योती मावि फोस्रेटारमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोका न्यानो कपडा बितरण गर्नु भएको छ ।

उहाँले शुक्रबार एक समारोह बीच बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ५१ जना बालबालिकालाई स्वीटर बितरण गर्नु भएको हो । उक्त विद्यालयमा अध्ययनरत वि पन्न तथा अ सहाय विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा बितरण गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सो वडाका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य तुलसी गौतम, दिपा बैजु लगायतले उक्त कपडा बितरण गर्नु भएको थियो ।

सो अबसरमा विद्यालयका प्रधानाध्यापक भिमबिक्रम थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष खड्का लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

सिन्धुली,११ पौष – कमलामाई नगरपालिका–५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काले व्यक्तिगत खर्चमा जनज्योती मावि फोस्रेटारमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोका न्यानो कपडा बितरण गर्नु भएको छ ।

उहाँले शुक्रबार एक समारोह बीच बाल कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत ५१ जना बालबालिकालाई स्वीटर बितरण गर्नु भएको हो । उक्त विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा बितरण गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सो वडाका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य तुलसी गौतम, दिपा बैजु लगायतले उक्त कपडा बितरण गर्नु भएको थियो ।

सो अबसरमा विद्यालयका प्रधानाध्यापक भिमबिक्रम थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । वडा अध्यक्ष खड्का लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रधानमन्त्री स्वतः कामचलाउ, तर शा ही शैलीमा मन्त्री नियुक्त

काठमाडौँ,११ पौष – प्रतिनिधिसभा विघटन गर्दा गिरिजाप्रसाद कोइरालाले ०५१ मा, मनमोहन अधिकारीले ०५२ मा र शेरबहादुर देउवाले ०५९ मा प्रधानमन्त्री पदबाट रा जीनामा दिएका थिए । तर, वर्तमान प्रधानमन्त्री ओलीले आफ्नै नेता मनमोहन अधिकारीको मार्ग पनि प छ्याएनन्, तर संविधानको धारा ७७ अनुसार उनी स्वतः का मचलाउ भएका छन् ।

संविधानको धारा ७७ भन्छ– प्र तिनिधिसभाको सदस्य न भएमा प्रधानमन्त्री प दमु क्त हुनेछन्, प्रतिनिधिसभा नै वि घटन गरेर स्वतः का मचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हा रेकाहरूलाई मन्त्री बनाएका छन् ।

दुई वर्ष कार्यकाल बाँ की रहँदै प्रतिनिधिसभा वि घटन गरेकाले ओली प दमु क्त भएका छन् । का मचलाउ बनेपछि पनि उनले शुक्रबार भारी मात्रामा मन्त्रिपरिषद् पु नर्गठन गरेर वि गतमा जस्तै का र्यकारी अधिकार प्रयोग जारी राख्ने सं केत दिएका छन् ।

प्रतिनिधिसभा वि घटन गर्दा गिरिजाप्रसाद कोइरालाले ०५१ मा, मनमोहन अधिकारीले ०५२ मा र शेरबहादुर देउवाले ०५९ मा प्रधानमन्त्री पदबाट रा जीनामा दिएका थिए । ‘तर, वर्तमान प्रधानमन्त्री केपी ओलीले आफन्ै नेता मनमोहन अधिकारीको मार्ग पनि प छ्याएनन्, उनले रा जनीतिक नै तिकता दे खाएनन्, तैपनि कानुनी रूपमा उनी का मचलाउ हुन्, किनकि संविधानले नै प्रधानमन्त्री हुन सं विधानसभाको सदस्य हुनु अनिवार्य भनेको छ,’ पूर्वमहान्यायाधिवक्ताको जिम्मेवारीमा बसेका एक पूर्वकानुनविद् भन्छन् ।

तत्काल अर्को सरकार गठन न भएकोले का मचलाउ सरकारका प्र धानमन्त्री बने पनि ओलीले पू र्णकालीनजस्तै काम गर्न थालेकोमा पूर्वप्रशासक, कानुनविद् तथा राजनीतिक व्यक्तिहरूले आश्चर्य व्यक्त गरेका छन् ।

‘चुनाव घोषणा भएपछि सरकार स्वतः का मचलाउ हुन्छ । अघिल्लो निर्वाचनले बनाएको संसद् नै भं ग भएको छ । अर्को चुनाव हुन बाँ की नै रहेको अवस्थामा यो अन्तरिम सरकार हो, सं क्रमणकालीन सरकार हो, का मचलाउ सरकार हो,’ पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्, ‘यसमा कुनै द्वि विधा नै छैन । यस्तो सरकारले दू रगामी महत्वका विषयमा निर्णय गर्नुहुँदैन । नियमित प्रशासन चलाउने र निर्वाचन गर्ने मात्रै हो ।’

त्यस्तै, अर्का पूर्वमुख्यसचिव लीलामणि पौडेलको भनाइ छ, ‘सं क्रमणकालीन सरकारले ठूला र आधारभूत निर्णय लिनुहुँदैन भन्ने मा न्यता राख्छौँ । त्यसैले प्रशासनमा भएको अधिकारीले राजनीतिक नेतृत्वलाई सम्झाउने र अ न्यथा गर्नबाट रोक्ने अभ्यास छ ।’

अधिवक्ता भीमार्जुन आचार्यले सरकार कामचलाउ भएकोमा कुनै द्विविधा नरहेको बताए । ‘प्रधानमन्त्रीले रा जीनामा दिइसकेपछि अथवा प्रधानमन्त्रीले संसद् वि घटन गरेर निर्वाचन घोषणा गर्नुभएको छ, अब निर्वाचन सम्पन्न भएर अर्काे सरकार नबनेसम्मको अ वधिमा सरकार का मचलाउ हुन्छ,’ उनी भन्छन् ।

संसद् भं ग र नयाँ निर्वाचन घो षणा भएपछि पनि सरकार का मचलाउ हुन्छ भन्नेमा दुनियाँमा कहीँ पनि अ पवाद नहुने उनी बताउँछन् । ‘यस्तो आधारभूत सं वैधानिक विषयलाई पनि क पटपूर्वक ढा कछोप गर्न खोजिएको छ, तर यो का मचलाउ सरकार भएकाले यसले निर्वाचन प्रयोजनका लागि काम गर्ने हो । दी र्घकालीन असर गर्ने र निर्वाचनलाई प्र भाव पार्ने कुनै पनि काम गर्नुहुँदैन,’ उनी भन्छन् । शुक्रबार मन्त्रिपरिषद् ठूलो मात्रामा पुनर्गठन गरिएकाले पनि त्यसलाई स्वाभाविक मान्न नसकिने उनी बताउँछन् ।

अधिवक्ता टीकाराम भट्टराईले संविधानबमोजिम सरकार स्वतः कामचलाउ भएको बताए । ‘प्रतिनिधिसभाको सदस्य न भएपछि स्वतः पदमुक्त हुन्छ प्रधानमन्त्री । दू रगामी महत्वका नियुक्ति, सिफारिस, बजेटजस्ता काम उहाँले गर्न पाउनुहुन्न,’ उनी भन्छन्, ‘अर्काे न आउन्जेलसम्म मात्रै काम चलाउने सरकारले दूरगामी महत्वका नीतिगत निर्णय गर्न, नियुक्ति गर्न, सिफारिस गर्ने नैतिक र संवै धानिक अधिकार हुँदैन ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ यसअघिका प्रतिनिधिसभा वि घटन गर्दा प्रधानमन्त्रीले पनि रा जीनामा दिने परम्परा भएको स्मरण गर्छन् । ‘पहिला–पहिला के हुन्थ्यो भने प्रधानमन्त्रीले प्रतिनिधिसभा वि घटनसँगै रा जीनामा गर्थे, तर अहिले प्रधानमन्त्रीले रा जीनामा दिनुभएको छैन,’ उनी भन्छन्, ‘त्यसैले उहाँले मन्त्रिपरिषद् विस्तार गर्नु सामान्यजस्तै भयो ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार का मचलाउ नभएकाले पूर्ववत् जसरी कार्यकारी अधिकार प्रयोग गर्ने बताए । ‘अर्काे सरकार बन्ने प्रक्रिया सुरु भइसकेपछि चाहिँ कामचलाउ हुने हो । त्यसैले सरकारले पूर्ववत् जसरी कार्यकारी अधिकार प्रयोग गर्दै आइरहेको थियो, त्यसरी नै गर्छ,’ उनी भन्छन्, ‘नि श्चित अवधिपछि निर्वाचन आयोगले जब आ चारसंहिता लागू गर्छ, त्यसपछि चाहिँ कतिपय काम सीमित हुन्छन् । अहिलेचाहिँ पूर्ववत् नै काम गर्छ ।’

नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जसले संविधानको नै ह त्या गर्छ, उसले मन्त्री हे रफेर गरेको विषय सा मान्य भएको बताए । ‘ठूलो ब लिदानबाट प्राप्त ऐ तिहासिक रा जनीतिक प रिवर्तनलाई जुन ढं गले पूरै ध्व स्त पार्ने प्रक्रियामा केपी ओली अगाडि बढिरहनुभएको छ, यो परिप्रेक्ष्यमा उहाँले सरकारमा के गर्नुभयो भन्ने कुरामा कुनै टिप्पणी गर्नुको त औ चित्य नै छैन,’ उनले भने, ‘यसबाटै उहाँले चुनाव गर्नका लागि घो षणा गर्नुभएको हो कि होइन भन्ने सीधा प्रश्न खडा भई नै सकेको छ ।’ कांग्रेस नेता प्रकाशमान सिंह का मचलाउ भइसकेपछि पनि ठूलो संख्यामा मन्त्रिपरिषद् हेरफेर गरेर ओलीले नि रंकुशता, अधिनायकवादी सोच र स्वे च्छाचारिताको नयाँ रूप देखाएको बताउँछन् । ‘हामीले वैशाखमै सरकारका गतिविधि हेरेर यसले शासन गर्ने वैधानिकता र नै तिकता गु माएको निष्कर्ष निकालेका थियौँ । संविधानविपरीत संसद् विघटन गरेर अब त सरकार नै अ वैधानिक भइसकेको छ । काम चलाउन भन्ने त सामान्य कुरा भयो,’ नेता सिंहले भने, ‘मन्त्रिपरिषद् हेरफेर अर्को अ संवैधानिक हो, कानुनवि परीतको कार्य हो । ओलीले गरेको एउटा ग ल्ती ढा कछोप गर्न गरेको अर्को प्रयास हो । यो ओलीको नि रंकुशता, अ धिनायकवादी सोच र स्वे च्छाचारिताको नयाँ रूप हो ।’

नौ मन्त्री थपिए, एक हटाइए, ६ को जिम्मेवारी हेरफेर

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणापछि ‘कामचलाउ’ हैसियतमा रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पार्टी विभाजनसँगै बहुमत नेताहरू आफ्नो विपक्षीमा उभिएपछि ओलीले पूर्वमाओवादीलाई आकर्षित गर्ने रणनीतिक कदमका रूपमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पार्टी वि भाजनपछि आफ्नो समूहमा रहेर साथ दिने पूर्वमाओवादी समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सिफारिसमा पूर्वमाओवादी समूहका पाँच तथा पूर्वएमाले समूहका चारजनालाई मन्त्री नियुक्त गरेका छन् भने एकजनालाई राज्यमन्त्री नियुक्त गरेका छन् । ६ मन्त्रीको भने जिम्मेवारी हेरफेर गरेका छन् । ३ फागुन ०७४ पछि प्रधानमन्त्री ओलीले एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर गरेका हुन् ।

जसअनुसार ओली नेकपामा स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी ऊर्जा र मणि थापा खानेपानी तथा सरसफाइमन्त्री नियुक्त भएका छन् । उपप्रधानमन्त्री भइसकेका रायमाझीले मन्त्रीको मात्रै हैसियत पाएका छन् । रायमाझी यसअघि पटकपटक मन्त्री भए पनि थापा भने पहिलोपटक मन्त्री बनेका हुन् ।

त्यस्तै केन्द्रीय सदस्यहरू प्रभु साह सहरी विकास, गौरीशंकर चौधरी श्रम तथा दावा लामा युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । उनीहरू सबै पूर्वमाओवादी समूहका हुन् । खेलकुदमन्त्री लामा गत निर्वाचनमा सिन्धुपाल्चोक–२ प्रदेश ‘ख’मा प राजित भएका थिए । रायमाझी र थापाबाहेकका नेताहरू बिहीबार कार्की बैंक्वेट बबरमहलमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सामेल भएका थिए । रायमाझी र थापा भने बालुवाटार बैठकमा सहभागी थिए ।

गत ७ पुसमा कार्की बैंक्वेटमा सम्पन्न प्रचण्ड–नेपाल समूहको बैठकमा साहले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएकोमा मौखिक रूपमा फ रक मत राखेका थिए । उनले पार्टीमा एकल अध्यक्ष हुनुपर्ने आफ्नो मत रहेको बैठकलाई जानकारी गराएका थिए । संसद् वि घटनको कदमलाई साहले आ त्मघाती र आ पत्तिजनक भनेका थिए ।

त्यस्तै, पूर्वएमाले समूहबाट गणेश ठगुन्ना, सामान्य प्रशासन, जुलीकुमारी महतो महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नियुक्त भएका छन् । विमला विश्वकर्मा भने उद्योग राज्यमन्त्री नियुक्त भएकी छिन् । उनीहरूमध्ये ठगुन्ना केन्द्रीय सदस्यसमेत हुन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । जसअनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार तथा सहकारी, भूमिसुधारमन्त्री पद्मा अर्याललाई कृषि तथा पशुपक्षी विकास तथा सहरी विकासमन्त्री, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले गत ५ पुसमा मन्त्रीबाट राजीनामा दिएपछि सात मन्त्रालय रिक्त थिए । यससँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषद्बाट बिदा भएका छन् ।

आज पौष ११ गते शनिबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष ११ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–द्वादशी,५२ घडी २३ पला,रातको ०४ बजेर १६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–भरुणी,११ घडी ०९ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त कृतिका । योग– सिद्ध,२४ घडी २८ पला,बेलुकी ०४ बजेर ४८ मिनेट उप्रान्त साध्य । करण–बव,दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त बालव,रातको ०४ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मेष,बेलुकी ०६ बजे उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २५ घडी ५० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारीका बीच गरिएको प्रयास व्यर्थ होला । तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभ चिन्तकहरूले साथ दिनेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ । खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन् । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ । मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ । आफ्नो कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभ चिन्तकहरूले साथ दिनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइनेछ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, भोजन र विशेष उपहार हात लागी हुन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- घर खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन् । प्रेम सम्बन्धमा समस्या आउला ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो :– प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :- लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :- साता राम्रो रहेकोले साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । सोमबार साझबाट समय उत्तम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ । मंगलबारबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :– ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :- नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । साताको अन्तमा भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार रातिबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बिहीबार साझबाट आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी¬) :- साता उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :- सोमबार सम्मको समय मध्ययम रहेकोले अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रोे रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धिहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सहिरुपमा परिचालन गरि आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । मंगलबारबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया