शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सर्वोच्चद्वारा संसद् वि घ टनको नि र्णयमा का रण दे खाउ आ देश

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, १० पौष – सर्वोच्च अदालतले संसद् वि घटन गर्ने स रकारको नि र्णयमा का रण दे खाउ आ देश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा ने तृत्वको सं वधानिक इजलाशले संसद् वि घटनस म्बन्धी मन्त्रिपरिषद्बाट भएको नि र्णयको स क्कल प्रति, राष्ट्रपतिको नि र्णयको सक्कल प्रतिका साथै सं सदसँग सम्बन्धित आ वश्यक कागजात पेश गर्ने आ देश दिएको हो । आ वश्यक कागजात ५ दिनभित्र अदालतमा पेश गर्न माग अ धिवक्ताहरुले गरेका छन् ।

यस्तै यो वि वादको नि रुपणका लागि सर्वोच्च बा बाट अ दालतको स हयोगी ( ए मिकस क्यूरी) झि काउने पनि नि र्णय भएको छ ।

पुस ५ गतेको संसद वि घटन ‘अ संवैधानिक’ भएको दा वी गर्दै स र्वोच्चमा १२ वटा रि ट दर्ता भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्र तिनिधिसभा वि घटन गरी आ गामी वैशाख १७ र २७ गते म ध्यावधि नि र्वाचन गर्न सि फारिस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन उक्त सि फारिसलाई सदर गर्दै संसद् वि घटन भएको घो षणा गरेकी थिइन् ।

सो मु द्दामा बुधबार प्रधानन्यायाधीश जबराको एकल इ जलासले प्रतिनिधि सभा वि घटन वि रुद्ध परेका रि टहरू सं वि धानको धारा ७६ को व्या ख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।

जसअनुसार आज ५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अ लावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका थिए ।

तर प्रधानन्यायाधीश राणाले सं वैधानिक इजलासको रो ष्टर नै परिवर्तन ग रेपछि वि वाद समेत भएको थियो ।

५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई ह टाइएपछि वि वाद भएको हो । इजलाश तो किएका कार्की महान्यायाधिवक्ता अग्नि खरेको ल फर्मका पा र्टनर र केसी राणाका यसम्यान रहेको बताइएको छ ।

संसद विघटनको रिटमा भएको बहसका क्रममा अधिवक्ता रुद्र शर्माले अरु वि कल्प हुँदा हुँदै प्रतिनिधिसभा विघटनको निर्णय हगरिनु गलत भएको बताए । उनले प्रधानमन्त्रीलाई वि घटनको अधिकार नै नभएको र संसद नै फे स गर्नुपर्ने तर्क गरे ।

रुद्र र न्यायाधीशबीच प टक पटक सवाल जवाफ समेत भयो । न्यायाधीशले सोधे– के फेस गर्न प्र धानमन्त्री स दन जाने ?

शर्माले प्रतिप्रश्न गरे–प्र धानमन्त्री पा र्लियामेन्टबाट भा ग्न खोज्ने ?

प्रधानन्यायाधीशले ज वाफ मागे–(१) सरकारले म सरकार च लाउँदिन भ न्यो भने वि कल्प के हुन्छ ? शर्माको जवाफ थियो–प्रधानमन्त्री सं सदप्रति उ त्तरदायी हुनुपर्छ ।

यस्तै रिट निवेदक सुजन नेपालले सं सद पुन र्स्थापना हुनुपर्ने तर्क पेश गरे ।

यस्तै अर्को अधिवक्ता बद्री झाले पाँच वर्षे स मयसीमा किन रा खिएको भन्दै प्रधानमन्त्रीले संविधान नै न मानेको दा वी गरे । ‘उहाँले अ विश्वास प्रस्तावको ड रले संसद वि घटन गर्नुभएको हो । यो स च्याउन अदालतलाई ऐ तिहासिक अ वसर छ ।

यसैगरी वरिष्ठ अधिवक्ता हरिहर दाहालले मु द्दा ल म्बिने भएकाले नि रन्तर सु नुवाइ गर्नुपर्ने बताए । ‘अविश्वासको वातावरण पैदा भएको छ । बिहान साढे १० देखि ५ बजेसम्म बहस गरौं । निवेदकका सबै जना ९० जना आ उनुभएको छ ।’

संसद्को दुई अ धिवेशनको अवधि ६ महिनाको हुने छ । १८ गतेभित्र अर्को अ धिवेशन आउनैपर्छ । त्यसैले गर्दाखेरी यो दुई ग्रा उन्डमा हामीले ब हस गर्नुपर्छ’, उनको भनाइ छ, ‘नि रन्तर सु नुवाइ भ एन भने संसद् अधिवेशन पनि हुन्न र वैशाखमा बो लाइएको नि र्वाचन पनि हुन्न।’

यसैगरी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुनी हि साबले अहिलेको सरकारलाई संसद् वि घटन गर्ने अ धिकार नभएको द लिल पेश गरे । ‘संविधानको सि द्धान्तले नै वि घटन गर्न दिँदैन । त्यसैले अदालतले स्टे अर्डर गर्नुपर्‍यो । त्यसका लागि आ धार र प्रमाण पर्याप्त छन् । त्यसैले यसमा धेरै ब हस गर्नुपर्ने आ वश्यकता छैन’, उनले भने ।

सुनुवाइका क्रममा एक अधिवक्ताले सरकारको नि र्णयमा ‘ इजलासले ल्या प्चे लगाइदिए हुन्छ’ भनेपछि प्रधानन्यायाधीश राणाले आ पत्ति जनाउँदै उनलाई ब हसबाट ह टाएका थिए ।

बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं, १० पौष –बागमती प्रदेश सरकारका तीन मन्त्रीले रा जीनमा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले रा जीनामा दिएका हुन् । नेकपा वि भाजनभएसँगै त्यसको अ सर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले रा जीनामा दिएका थिए ।

शुक्रबारै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अ विश्वासको प्र स्ताव द र्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अ विश्वासको प्र स्ताव दर्ता गरेका हुन् ।

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं, १० पौष – नेपाल राष्ट्र बैंकले आज अ मेरिकी ड लर एकको खरिददर १ सय १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९८ रहेको जनाएको छ ।

त्यस्तै, यु रो एकको खरिददर १ सय ४३ रुपैयाँ १० पैसा र बि क्रीदर १ सय ४३ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ६० रुपैयाँ ४८ पैसा रहेको छ ।

सामाजिक सु रक्षाभत्ता लिन जेष्ठ नागरिकलाई स कस

सिन्धुली,१० पौष – सामाजिक सु रक्षा भत्ता लिनको लागि घ्याङलेख गाउँपालिकाका जेष्ठ नागरिकलाई स मस्या भएको छ ।

समामाजिक सु रक्षा भत्ता सरकारले बैंकबाट दिने ब्यबस्था सुरु गरेपछि स मस्या भएको हो । सरकारले बैंकबाट समामाजिक सु रक्षाभत्ता दिने ब्यवस्था गरे पनि अहिलेसम्म घ्याङलेख गाउँपालिका ५ शान्तेश्वरीमा सामाजिक सु रक्षाभत्ता लिने नागरिकहरुले बैंकमा खातानै खोल्न नसकेको बताएका छन् ।

भौगोलिक बि कटता र सवारी साधनको अ भाबमा ७ देखि ८ घन्टाको बाटो हिडेर बँैकमा खाता खोल्न आईपुग्न नसक्दा भत्ता रो किएको उनीहरुको भनाई छ । घ्याङलेख गाउँपालिका ५ शान्तेश्वरीका देबराज सिजालीले तीन हजार भत्ता लिनको लागि तीनै हजारको गाडी भाँडा रिजर्ब गरेर गाउँपालिकासम्म जानु पर्ने अबस्था आफ्नो वडामा रहेको बताउनुभयो ।

बैंकमा खाता खोल्नको लागि स्वयम जेष्ठ नागरिक नै अ निवार्य उपस्तिथ हुनुपर्ने भएकोले सहयोगि या आफ्न्तहरुले खाता खोलिदिन नसक्ने उहाँको भनाई छ । स्थानीय सरकार कार्यान्वयनमा आएपछि नजिककै सरकारबाट आबश्यक परेका काम सम्पादन हुने आशमा रहेका जेष्ठ नागरिकहरु थप स मस्यामा परेको उहाँले बताउनुभयो । घ्याङलेख गाउँपालिका ५ शान्तिेश्वरीमा समाजिक सु रक्षाभत्ता लिने १८४ जना रहेका छन् ।

घ्याङलेख गाउँपालिका उपप्रमुख दुर्गादेवी सुनुवारले भने जेष्ठ नागरिकहरुले खाता खोल्ने प्रक्रियालाई झ न्झटिलो माने पनि बैंकिङ सेवा ब्यबस्थित र पारदर्शि हुने बताउनुभयो । उहाँले अहिले १ नम्बर र २ नम्बर वडामा खाताखोल्ने काम सकिसकेको बताउनु भयो । बाँकी तीन वटा वडाको काम सकिएपछि एकै पटक भत्ता बितरण गर्ने उहाँले बताउनुभयो ।

उहाँले भत्ता पाईन्नकी भनेर न आतिन पनि आग्रह गर्नु भएको छ । घ्याङलेख गाउँपालिका ५ का वडा अध्यक्ष बिष्णु कर्मचार्यले तत्कालै खाता खोल्ने प्रक्रियाको लागि आफुले पहल गरिरहेको बताउनु भएको छ । पुस १० र ११ गते सामाजिक सु रक्षा भत्ताका लागि खाता खोल्ने बैंकिङ सुबिधा वडाबाट नै नागरिकलाई प्रदान गर्ने उहाँको भनाई छ ।

सडक सुबिधा पुगेका ठाउँका जेष्ठ नागरिकहरुलाई गाडीको प्रयोगबाट वडा कार्यलयसम्म आउने ब्यबस्था समेत मिलाएको उहाँले बताउनुभयो । सडकको असुबिधा भएको ठाउँका जेष्ठ नागरिकलाई भने ३ देखि ४ घन्टासम्म हिडेर नै वडा कार्यालयसम्म आईपुग्नु पर्ने भन्दा बाहेक अरु बि कल्प नै नभएको बताउनु भयो ।

 

मन्त्रीमण्डल विस्तार हुँदै : यी नेता बन्दैछन् मन्त्री

काठमाडौं, १० पौष – नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बि स्तार हुने बताएका छन् । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खा ली रहेका मन्त्रालयमा छिट्टै म न्त्री च यन गरिने बताएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा वि घटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले सा मुहिक रा जीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।

को को बन्लान नयाँ मन्त्री ?

मन्त्रीमंडल वि स्तार गर्ने त यारी प्रधानमन्त्री ओलीले थालेपछि को को नयाँ मन्त्री ब न्लान भन्ने चासो बढेको छ । यता बालुवाटारमा भने नयाँ मन्त्रीहरूको खा का तयार भैसकेको दा बी स्रोतले गरेको छ ।

विस्तार हुने मन्त्रिपरिषदमा सबैभन्दा ठुलो भाग भने भर्खरै प्रचण्डको साथ छा डेर ओली समुहमा गएका टोपबहादुर रायमाझीले पाउने आं कलन गरिएको छ । किनकि रायमाझीले बुधबार केहि समर्थक र पत्रकारहरूलाई आफू श क्तिशाली मन्त्रालयमा जान लागेको बताउंदै का र्यक्रममा आउन आ ग्रह गरेका थिए ।

त्यतिमात्र होइन रायमाझीले राम्रो मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग लामो समयदेखि बा र्गेनिङ गरेका थिए । मन्त्री पास पाउने कुरा मिलेपछि उनी ओली पक्षमा गएको स्रोतले दाबी समेत गरेको छ ।

त्यस्तै पूर्वमाओवादीकै मणि थापाले पनि एउटा मन्त्रालय पाउने गरी बालुवाटारमा सहमति गरेका छन्। उनले पनि हालै प्रचण्डको साथ् छाडेर ओली पक्षमा गएका छन् ।

त्यस्तै अर्को मन्त्रालय पाउने भाग्यमानि व्यक्ति हुन् महेश बस्नेत । बस्नेत ओलीका प्रियपात्र हुन् उनले ओलीका हरेक कदममा साथ् दिंदै आएका छन् ।

केहि मन्त्रीहरूको भने नाम खुलाइएको छैन । स्रोतका अनुसार प्रचण्ड-नेपालको पक्षमा पुगेका केहि नेताहरूलाई मन्त्री बनाउने भन्दै प्रलोभन बाँडिएको छ ।

 

पार्टी नबन्दै ओली समूहमा अ सन्तुष्टि ब ढ्यो

काठमाडौं, १० पौष – प्रधानमन्त्री केपी शर्मा ओली समूहभित्र नयाँ पार्टी निर्माण नहुँदै अ सन्तुष्टि दे खा परेको छ। एकातिर, ओली समुहले केन्द्रीय सदस्य ब नाएका नेताहरुबाट भ टा भ ट पद अ स्वीकार भइरहेको छ भने अर्कोतिर, प्रधानमन्त्रीका आ सेपासेहरु नयाँ पार्टी निर्माणमा ‘बा धक’ बनेको गुनासाहरु व्यक्त हुन थालेका छन्।

आफूलाई प्रधानमन्त्री ओलीको स मर्थक बताउने नेता बिजय सुब्बा पार्टी फु ट्नुमा शीर्ष नेता (प्रधानमन्त्री ओली)का आ से पा सेहरुको भू मिका रहेको बताउन हिचकिचाउँदैनन्। ती को-को हुन् भनेर खोल्न भने उनी चाहँदैनन्।

‘मैले पहिल्यै फु ट्छ भनेकै थिएँ नि। अन्ततः मेरो पार्टी फुट्यो,’ सुब्बाले फेसबुकमा लेखेका छन्, ‘तर पार्टी फु ट्नुको एउटा कारण आ सेपासेको अ नावश्यक घे राबन्दी र अरुलाई नि षेध गर्ने जुन प्रवृत्ति थियो त्यो अझै देखिनु नयाँ पार्टी नि र्माण र वि स्तारमा बाध क बन्ने भयो।’

नेता सुब्बाले फेसबुकमा जे लेखेका छन्, त्यो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले भन्दै आएको वा लगाउँदै आएको आरोप हो। प्रधानमन्त्री ओलीले निरन्तर आफुहरुलाई र पार्टी पद्धतिलाई निषेध गरेका कारण नेकपा पार्टी फुटको अवस्थामा पुगेको प्रचण्ड-नेपाल पक्षको भनाई छ।

ओली समुहमा रहेका नेता सुब्बा प्रचण्ड-नेपाल पक्षको कुरा फेसबुकमा लेखिरहेका छन् र नयाँ पार्टी निर्माणमा तिनै आ सेपासे बाधक बन्ने भए भनेर चि न्ता जनाइरहेका छन्। प्रधानमन्त्रीको आ सेपासेहरुका कारण कतिपय नेता प्रचण्ड-नेपाल पक्षमा गएको, प्रचण्ड-नेपाल पक्षका आ सेपासेकाहरुका कारण कतिपय नेता ओली समुहमा आएको सुब्बाको विश्लेषण छ।

‘आसेपासेको व्यवहारका कारण उताको पनि यता आए, यताको गए। यहाँ राम्रो गर्दैनन्, यिनिहरु खराब छन् भनेर पनि नेताहरुले कता, कता जाने निर्णय लिएका छन्,’ अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा सुब्बाले भने, ‘अनावश्यक घेराबन्दी गर्ने साथीहरु छन्, त्यो कारणले नयाँ पार्टी निर्माणमा समस्या खडा हुन्छ। त्यसमा ध्यान दिनुपर्छ, जोगिनुपर्छ।’

केन्द्रीय सदस्य पद अ स्वीकार गर्ने बढे

ओली समुहले धेरै कार्यकर्तालाई आफुतिर पार्न ११९९ सदस्यीय केन्द्रीय कमिटी बनायो । तर, बिना प रामर्श केन्द्रीय कमिटीमा म नोनित गरेको भन्दै एकपछि अर्कोले पद अ स्वीकार गरिरहेका छन् ।

कसैले विज्ञप्ति निकालेर, कसैले सा माजिक स ञ्जालमा लेखेर, कसैले नेताहरुलाई सिधै फोन गरेर केन्द्रीय सदस्य पद अ स्वीकार गरेका छन् ।

गत संविधानसभामा सदस्य रहेका नेकपाको ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले बुधबार प्रेस विज्ञप्ति जारी गरेर ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरे । उनले आफू प्रचण्ड–माधव समूहमा रहेको बताएका छन् ।

यस्तै, प्रदेश १ सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी वि भाजनका कारण जनता रो इरहेको भन्दै ओली समुहको केन्द्रीय सदस्य पद अ स्वीकार गरेकी छन् ।

प्रदेश १ का सांसद रहेका झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्दै फेसबुकमा लेखेका छन्– कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तितो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे । हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र… । यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनित गरेको थाहा पाएँ । तर मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मञ्जुर छैन, धन्यवाद ।’

यस्तै, उदयपुरको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि आफुलाई नसोधी केन्द्रीय कमिटिमा राखेको भन्दै अ स्वीकार गरेको बताएका छन् ।

प्रदेश २ का सांसद रहेका बारा जिल्ला सचिव सुन्दर विकले आफूले केन्द्रीय सदस्य मनोनित गरेको सञ्चार माध्यमबाट थाह पाएको भन्दै विज्ञप्ति निकालेर आ पत्ति जनाएका छन् ।

प्रदेश २ को नेपाल ट्रेड यूनियन महासघं अध्यक्ष कमलेश झाले पनि ओली समुहको केन्द्रीय सदस्य पद स्वीकार गर्न न सकिने भन्दै विज्ञप्ति निकाले ।

त्यस्तै, नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य भगवतीदेवी भण्डारी, बृहस्पति अधिकारी र तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले पनि केन्द्रीय सदस्य पद अ स्वीकार गरेका छन् ।

आज पौष १० गते शुक्रबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष १० गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–एकादशी,४८ घडी ०६ पला,रातको ०२ बजेर ०६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–अश्विनी,०४ घडी ३८ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त भरुणी । योग– शिव,२३ घडी ११ पला,बेलुकी ०४ बजेर १० मिनेट उप्रान्त सिद्ध । करण–वणिज,दिउसो ०१ बजेर ०२ मिनेट उप्रान्त भद्रा,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २५ घडी ५० पला । गीता जयन्ति । मोक्षदा एकादशी । क्रिसमस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – देशको पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो :– प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :- लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :- साता राम्रो रहेकोले साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । सोमबार साझबाट समय उत्तम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ । मंगलबारबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :– ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :- नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । साताको अन्तमा भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार रातिबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बिहीबार साझबाट आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी¬) :- साता उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :- सोमबार सम्मको समय मध्ययम रहेकोले अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रोे रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धिहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सहिरुपमा परिचालन गरि आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । मंगलबारबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया