शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपा प्रचण्ड–माधव नेपाल पक्ष द्वारा आ न्दोलनको घो षणा

बिहिवार , पौष ९, २०७७

काठमाडौं ९ पौष – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ। बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बैठकले यस्तो निर्णय गरेको हो। यो समूहले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो।

२५ सय १ जनाको आ न्दोलन परिचालन समिति गठन गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद वि घटन वि रुद्ध आ न्दोलन गर्न समिति बनाइएको हो। आ न्दोलनको क माण्डका लागि सानो आ कारको सचिवालय बनाइने तयारी छ। संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

संसद वि घटन वि रुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार सं वैधानिक इ जलासमा सुनुवाई हुँदैछ।

बिहीबारको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको क दम वि रुद्ध आन्दोलनको कार्यक्रम घो षणा गरेको हो। जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघर मण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ। त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ। यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा वि रो ध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप स शक्त प्र दर्शन गर्ने घो षणा गरिएको छ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन्।

यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ।

पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर प्रदेशमा तत्काल स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी थप गरिएको छ।

ओलीको दलले मान्यता नपाउने !

काठमाडौं ९ पौष – पछिल्ला घ टनाक्रमले नेकपा फु टको प्र क्रिया सुरु भैसकेको भए पनि आधिकारिकताको टुं गो लाग्न भने केही प्रक्रिया र समय पूरा गर्नुपर्ने हुन्छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती ऐन अनुसार दलमा देखिएको वि वादको नि रुपण हुने ब ताउँछन् । ऐनको परिच्छेद ९ मा दलको मा न्यतासम्बन्धी वि वादको नि रुपणसम्बन्धी व्यवस्था छ । ऐनको दफा ४४ मा व्यवस्था भएको वि वाद नि रुपण कार्यविधि अनुसार दलको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी वि वाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दा बी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको ह स्ताक्षरसहित वि वाद प्रा रम्भ भएको तीस दिनभित्र निर्वाचन आयोग समक्ष आधार तथा प्रमाणसहित दा बी पेस गर्नुपर्छ ।

दाबी प्राप्त भएपछि आ योगले दा बी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्काे प क्षलाई १५ दिनको सूचना दिनुपर्छ । यसरी सूचना प्राप्त भएपछि अर्काे सम्बन्धित पक्षले आफ्नो लि खित जबाफ र त्यसलाई पु ष्टि गर्ने आधार तथा प्र माण पेस गर्नुपर्छ । तोकिएको अवधिभित्र लिखित जबाफ पेस गर्न नसके सम्बन्धित प क्षको अनुरोधमा लि खित जबाफ पेस गर्न आयोगले १० दिनको म्याद थप गर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र जबाफ पेस भएको अवस्थामा वा अवधिभित्र लिखित जबाफ पेस नभए पनि आयोगले सम्बन्धित पक्षलाई आ पसी स हमतिबमोजिम वि वाद नि रुपण गर्ने प्रयोजनका लागि आयोगमा अवधि तोकेर बोलाउँछ ।

तोकिएको अ वधीभित्र सम्बन्धित प क्षहरू उपस्थित भएर वि वाद नि रुपण गर्न सहमत भएमा पक्षहरू कायम भएको स हमतिबमोजिम वि वाद नि रुपण हुनेछ । कुनै पक्ष अ सहमत भएको अवस्थामा आयोगले दाबी, लिखित जबाफ र प्रमाणका आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोहीबमोजिम र त्यसरी मान्यता दिन न सकिने भए आयोगमा दा बी पेस गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी, सदस्यमध्ये जुन पक्षसँग त्यस्तो किसिमका प दाधिकारी र सदस्यको ब हुमत छ त्यसलाई वि वाद उ त्पन्न हुनुअघिको दलको है सियतमा मा न्यता दिई अर्काे पक्षलाई छुट्टै राजनीतिक दलको मा न्यता दिई दर्ता गर्न सकन्छ । कुनै पक्षसँग ब हुमत नरहेको अ वस्थामा दलको विधान र सम्बद्ध कुराबमोजिम निर्णय गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

पूर्वप्रमुख आयुक्त उप्रेती यसरी दाबी पेस भएको ४५ दिनभित्र आयोगले वि वादको नि रुपण गरिसक्ने व्यवस्था कानुनमा रहेको बताउँछन् । ‘आयोगले वि वादका प क्षबीच आ पसी सहमतिमा वि वाद नि रुपणको प्रयास गर्ने हो,’ उनले भने,

‘त्यो भएन भने आयोगले पार्टी वि धान र प्रचलित का नुनका आधारमा वि वाद नि रुपण गरेर एक पक्षलाई आधिकारिकता दिन्छ भने अर्काेलाई नयाँ दलको रुपमा दर्ता गर्न सक्छ । आधिकारिकता जाँच्न आयोगले व्यक्तिको हस्ताक्षर र कागजातसमेत प्रमाणीकरण गर्ने हुँदा अन्तिम समयसम्म पक्षहरूबीच मान्छे ता नाता न पनि हुने गरेको छ ।’

वि वाद नि रुपण क्र ममा आयोगले वि वादका पक्षहरूबीच सुनुवाइ गर्नुपर्ने व्यवस्था ऐनको दफा ४५ मा छ । जसअनुसार आयोगमा त त्काल कायम रहेका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त रहेको इजलास हुनेछ । यसरी सुनुवाइ गर्दा वि वादका पक्षहरूले आफ्ना कानुन व्यवसायी राखेर इजलाससमक्ष ब हस पैरवी गर्नेछन् । यसरी सुनुवाइ गर्दा आयोगले प क्षहरूलाई कम्तीमा सात दिनको समय दिनुपर्छ । वि वाद सुनुवाइ गर्दा ऐनकानुनमा भएका व्यवस्थाका अतिरिक्त आयोगले अदालतलाई भएसरहको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ ।

पूर्वप्रमुख आयुक्त उप्रेतीले वि वाद प्रारम्भ भएपछि एक वा धेरै व्यक्तिलाई छु ट्टाछुट्टै समूहले आआफ्नो पक्षमा देखाएर ब हुमत पुर्‍याउन प्रयास गर्ने भएकाले सम्बन्धित का गजात मा ग्नुपर्ने, प्रमाणित गर्नुपर्ने हुँदा समय लाग्ने बताउँछन् । ‘२०५४ सालमा तत्कालीन एमाले र २०५९ मा कांग्रेस वि भाजन हुँदा पनि आधिकारिकताको मु द्दा आयोगले निरुपण गरेको थियो,’ उनले भने, ‘ग णतन्त्र स्थापनापछि त मधेसकेन्द्रित दलहरू धेरैपटक वि भाजित भए, त्यतिबेला एउटै व्यक्तिको नाम बिहान एउटा पक्षमा, दिउँसो अर्काे पक्षमा र साँझ अर्काेमा राखेर दा बी गर्दा आयोग हैरान भएको थियो ।’

आयोगमा दा बी पेस गर्नुअघि दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यमध्ये जुन प क्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको ब हुमत छ त्यसलाई वि वाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मा न्यता दिई अर्काे पक्षलाई नयाँ दलको रुपमा दर्ता गरिने उनले बताए । उनका अनुसार २०५४ सालमा तत्कालीन एमालेमा केपी शर्मा ओली, माधव नेपाल र वामदेव गौतम प क्षबीच वि वाद हुँदा आयोगले ओली–नेपाल प क्षलाई आधिकारिक पक्ष मानेर गौतमलाई नेकपा मालेका नाममा नयाँ दल दर्ता गरी नयाँ चुनाव चिह्न दिएको थियो । त्यसैगरी २०५९ सालमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प क्ष र शेरबहादुर देउवा प क्षबीचको वि वादमा कोइराला पक्षमा ब हुमत भएपछि देउवाको नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक नामको नयाँ दल दर्ता भएको थियो ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ नेकपा वि वाद निर्वाचन आयोगमा पुगेकाले आयोगले छानबिन, विश्लेषण र स नाखत गरी निर्णय दिने बताउँछन् । ‘आयोगले गर्ने आधिकारिकताको वि वाद नि रुपण एक किसिमको अदालती का रबाही हो,’ उनले भने, ‘पार्टीहरू टु क्रिने र एक हुने किसिमको प रम्परा नै हो, आयोगको म र्यादा र ग रिमा कायम राखेर निरुपण हुन्छ ।’ नागरिक दैनिकबाट

 

बादल एक्लै ओली तिर लागे

काठमाडौँ ९ पौष – पूर्व मा ओवादी खे माबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल नेकपा वि भाजन प्रक्रियामा केपी शर्मा ओली खे मामा लागेका छन् ।

बादल प्रधानमन्त्री ओली तर्फ लागे पनि उनका अरु सहयोगी भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खे मामा छन् । बादल ए क्लै ओली तर्फ गएका हुन् ।

कतापट्टी लाग्ने भन्ने निर्णय गर्न चार दिन लगाएका उनी अ न्ततः ओली तर्फ गएका हुन् ।

विस २०७० सालमा त त्कालीन एकीकृत माओवादी वि भाजन हुँदा मोहन वैद्यसँगै गएका बादलले २०७२ सालमा प्रचण्डसँग एकता गरेका थिए।

बादल समूहसँगको एकतापछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बनेको थियो । अहिले उनी आफ्ना सहयोगी नेता बिना नै ओली तिर गएका हुन् ।

पूर्व माओवादी र पूर्व एमाले मिलेर बनेको नेकपामा बादल समूहमा ३० भन्दा बढि केन्द्रीय सदस्य रहेको मानिन्छ । तर बादलसँगै ओली खेमामा भने उनीहरु गएनन् ।

कमलामाई नगरपालिका ऐ लानी जग्गाको अभिलेख राख्दै

सिन्धुली,९ पौष – सिन्धुलीको कमलामाई नगरपालिकाले नगर क्षेत्रमा रहेका सरकारी ऐ लानी जग्गाको अभिलेखिकरण तथा व्यवस्थापन कार्य सुरु गरेको छ ।

नगर क्षेत्रका १४ वटै वडामा ऐ लानी जग्गा पत्ता लगाई त्यसको अभिलेख राखी व्यवस्थापन कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिले पाँच वटा प्राविधिक टोली फिल्डमा खटाएर ऐ लानी जग्गाको नापजाँच कार्य भई रहेको छ ।

कमलामाई नगरपालिकाको वडा नं. १, ८,९,१०,११,१३ र १४ नम्बरमा ऐ लानी जग्गा नापजाँच कार्य भई रहेको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । ऐ लानी जग्गा सबै नापी सकेपछि त्यसको अभिलेख राखेर कमलामाई नगरपालिकामा रहेका सुकुम्बासीहरुलाई लालपुर्जा दिने योजना रहेको उहाँले बताउनुभयो ।

“अहिलेसम्म सात सय बिघा जति ऐ लानी जग्गा नापजाँच भईसकेको छ,” उहाँले भन्नुभयो, “नगरपालिकाभित्र बास्तविक सुकुम्बासी कति छन्, त्यसको पनि रेकर्ड छैन । सुकुम्बासीको पनि रेकर्ड सगै ल्याउन लगाएको छु ।” नगर क्षेत्रका १४ वटै वडामा ऐ लानी जग्गा नापजाँच गरिने उहाँको भनाई छ ।

नगरक्षेत्रमा रहेको सरकारी ऐ लानी जग्गा अतिक्रमण गर्ने क्रम बढेकोले त्यसलाई नियन्त्रण गरी व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म ऐ लानी जग्गा नापजाँच वडा नं. १ र ११ मा भर्खर सुरु भएको छ । वडा नं. ८ र १४ मा ७० प्रतिशत, वडा नं. ९, १०, १४ मा ८० प्रतिशत ऐ लानी जग्गा नापजाँच सकिएको छ ।

कमलामाई नगरपालिकाको ऐ लानी जग्गा अभिलेखिकरण तथा व्यवस्थापन समितिका संयोजक देबराज पौडेलले २०७८ जेठ महिनाभित्र सबै वडामा ऐ लानी जग्गा नापजाँच सिध्याउने गरी फिल्डमा तीब्र रुपमा काम भई रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत बर्ष पुसदेखि उक्त कार्य सुरु गरिएको हो । लकडाउनका कारण बिचमा छ महिना काम भएन । यो बर्ष दशैंअघि देखि उक्त काम पुनः सुरु गरेका छौ ।

कमलामाई नगरपालिका ११ का वडा अध्यक्ष रामबहादुर थिङले उक्त वडामा तीन दिनअघि देखि ऐ लानी जग्गाको नापजाँच सुरु गरिएको बताउनुभयो । लालपुर्जा दिन ऐ लानी जग्गाको नापजाँच सुरु गरेसँगै बषौदेखि बसोबास गर्दै आएका तर लालपुर्जा नभएका परिवार उत्साहित बनेको पनि उहाँले सुनाउनुभयो ।

 

 

प्रदेशसभा वि घटनको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं,९ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा वि घटन गर्न तयारीमा लागेका छन्। आफ्नो समर्थक मुख्यमन्त्री अ ल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा वि घटनको तयारीमा जुटेका हुन्। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली समूहका मुख्यमन्त्री चरम अ ल्पमतमा छन्। ओली समूह ब लियो गण्डकी प्रदेशमा मात्रै हो।

आइतबार संघीय सरकारको प्रतिनिधिसभा वि घटन गरेपछि प्रदेशमा आफूनिकट मुख्यमन्त्री अ ल्पमतमा परेका कारण प्रधानमन्त्री ओलीले प्र देशसभासमेत वि घटन गर्नका लागि प रामर्शमा जुटेका छन्। बुधबार साँझ प्रधानमन्त्री ओली आफूनिकट नेतासँग प्रदेशसभा वि घटन गर्दा के हुन्छ भनेर फोनमार्फत छलफल गरेको उनीनिकट एक नेताले जानकारी दिए। आफूनिकट मुख्यमन्त्री र मन्त्री सं कटमा परेका कारण उनले प्रदेशसभा पनि वि घटन गरेर सँगै निवार्चनको घो षणा गर्ने तयारी गरिरहेको ती नेताले बताए।

‘आजको केन्द्रीय कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक बोलाएर उक्त निर्णय गर्न तयारी भइसकेको छ। प्रधानमन्त्रीले प्रदेशसभा पनि प्रतिनिधिसभासँगै वि घटनका गर्न लाग्नुभएको थियो। तर, वि वाद प्रदेश र स्थानीय तहसम्म पुग्छ भनेर उक्त नि र्णय रो किएको थियो,’ उनले भने, ‘हाल रा जीनामा दिएका सबै मन्त्रीलाई समेत प्रदेशसभा वि घटन हुन्छ भने थाहा छ।’

प्रतिनिधिसभा वि घटन हुँदा प्रधानमन्त्रीले प्रदेशसभा पनि वि घटन हुँदैछ भनेर सन्देश दिएका थिए। संविधानले प्रदेशसभा वि घटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा वि घटन गर्न सक्ने कानुन व्यवसायीको मत छ। संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा वि घटन गर्न सक्ने व्यवस्था रहेको बताउँछन्। आचार्य भन्छन्,‘राष्ट्रपतिले प्रदेशसभा वि घटन गर्ने व्यवस्था छ, त्यसअनुसार वि घटन हु नसक्छ।’ –शिलापत्रबाट

प्रदेश र स्थानीय तहमा च लखेल गरे थप क दम चाल्छु : प्रधानमन्त्री ओली

काठमाडौँ,९ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा च लखेल हुन थाले थप क दम चाल्ने चे तावनी दिएका छन्। बुधबार साँझ योहो टिभीलाई एक अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस्तो चे तावनी दि एका हुन् ।

सत्तारूढ दल नेकपाको केन्द्रमा देखिएको वि भाजनको ह लचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको सन्दर्भमा ओलीले यस्तो बताएका हुन्।

ओलीले प्रदेश र स्थानीय तहमा जे छ अब त्यही छा ड्नुपर्ने ब ताउँदै प्रचण्ड नेपाल पक्षले कुनै कदम चा लेमा आफू अर्को क दम चाल्ने समेत चे तावनी दिए।

‘अ विश्वासका नाममा वि भाजन गर्ने र एकल पार्टीको ब हुमत भएको ठाउँमा अनेक पार्टी भएर सरकार बनाउने खेल र बा र्गेनिङ तथा त मासामा फ स्ने अ वस्था आ उनुहुन्न। यहीँ भएरै नै मैले जनतामा जाने निर्णय गरेको हो,’ ओलीले भने।

केन्द्रमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अ लग कित्तामा उभिएपछि नेकपाले नेतृत्व गरेका ६ मध्ये चार वटा प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना छ।

सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्रीसँग स्पष्ट बहुमत छ ।

ओली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अ ल्पमतको अवस्थामा छ।

 

आज पौष ०९ गते बिहीबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष ०९ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–दशमी,४२ घडी ३९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अश्विनी,अहोरात्र । योग–परिध,२१ घडी ५५ पला,दिउसो ०३ बजेर ३९ मिनेट उप्रँन्त शिव । करण–तैतिल,बिहान १० बजेर ५३ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानष योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २५ घडी ४९ पला । किर्तीपुरमा ईन्द्रायणी जात्रा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन। प्रतिस्पर्र्र्धीहरू परास्त हुनेछ । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन। कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन। बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन। मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । विवाद सामञ्जस्यका लागि तपाईंको अहम भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्य पक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ |

आज दिउँसो :– प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राती :- बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। ।

पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :- लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :- साता राम्रो रहेकोले साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । सोमबार साझबाट समय उत्तम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ । मंगलबारबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :– ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :- नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । साताको अन्तमा भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार रातिबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बिहीबार साझबाट आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी¬) :- साता उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :- सोमबार सम्मको समय मध्ययम रहेकोले अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रोे रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धिहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सहिरुपमा परिचालन गरि आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । मंगलबारबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

 

प्रतिक्रिया