बाहुनतिल्पुङ(सिन्धुली), – सिन्धुली जिल्लाको पूर्वि पहाडी क्षेत्रमा रहेको वाक्सुखोला लघु जलविद्युत आयोजना अन्तर्गत उत्पादित बिजुलीको का ठका पोल ह टाउन सुरु गरिएको छ ।
काठका पोल जी र्ण भई जो खिम बढ्दै गएपछि हटाएर गाँउपालिकाको सहयोगमा फलामका पोल हाल्न सुरु गरिएको स्थानीय उपभोक्ताले जनाएका छन् । उनीहरुका अनुसार झण्डै एक दशक अघि वाक्सुखोलाबाट तीन वटा लघु जलविद्युत आयोजना निर्माण गरी तीनपाटन गाँउपालिकाको वडा नं. ७ तोश्रामखोला, वडा नं. ८ को बाहुनतिल्पुङ, फिक्कल गाँउपालकाको वडा नं.२ पोखरी र वडा नं. ३ खोलागाँउ झलमल हुदै आएको छ ।
तीनपाटन गाँउपालिका वडा नं. ८ अध्यक्ष रेखराज अधिकारी बाक्सुाखोला लघुजलविद्युत आयोजना १ बाट २२ वाट, बाक्सुाखोला लघुजलविद्युत आयोजना २ बाट १५ वाट र बाक्सुाखोला लघुजलविद्युत आयोजना ३ बाट ४४ वाटको बिद्युत उत्पादन गरी गाँउ झलमल बनाएको बताउनुहुन्छ ।
सुरुमा फलामको पो लको अ भावमा हा लेको का ठका पोल अहिले जी र्ण भई जो खिम बढेपछि त्यस्लाई ह टाएर फलामको पोल हाल्न सुरु गरिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “साबिक बाहुनतिल्पुङ गाविसको वडा नं. १ र २ मा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनको बत्ति पनि भर्खरै बलेको छ ।”
वाक्सुखोलाको तीन वटा लघु जलविद्युत आयोजना उत्पादित बत्तिबाट झण्डै सात सय घर परिवारले बत्ति बालेको पनि उहाँले जानकारी दिनुभयो । बाक्सुाखोला लघुजलविद्युत आयोजना १ बाट उत्पादिन २२ किलोवाट विद्युत तीनपाटन गाँउपालिका–८ बाहुनतिल्पुङ् र फिक्कल गाँउपालिका–३ खोलागाँउमा गरी तीन सय घरमा विस्तार गरिएका वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।
फिक्कल गाँउपालिका ३ का वडा अध्यक्ष टेकबहादुर रजनमगर पनि गाँउपालिकाको आर्थिक सहयोगमा र स्थानीयस्तरमा रहेको समितिबाट रकम स ङकलन गरी का ठका पो ल ह टाउन सुरु गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगामी असारसम्म सबै काठका पोल ह टाउने गरी काम सुरु गरेका छौं ।
जी र्ण का ठका पो ल हटाई फलामका पोल हा ल्ने हैसियत उपभोक्ताहरुसँग नभएको र त्यसका लागि अन्य निकायबाट आर्थिक सहयोग समेत नपाएकोले गाँउपालिकाबाट थौरै भएपनि रकम छुट्याएर काठका पोल ह टाउन सुरु गरिएको उहाँको भनाई छ ।
“का ठको पोल भएकाले ध मिरा ला गेर ढ ल्ने अ वस्थामा पुगेको छ’, उहाँले भन्नुभयो, ‘विद्युत बितरणका लागि गाडिएका सबै पो लहरु जी र्ण बनेका छन्, कुन पनि बेला पोल ढ ल्ने अ वस्थामा पुगेको छ ।”
“पो लहरु जी र्ण भएपछि अन्य निकायमा हा रगुहार गरियो, उपाए नलागेपछि गाँउपालिका आफैले जीर्ण पो ल ह टाउन सुरु गरेको छ,” स्थानीय स्तरमा गठन गरिएको वाक्सुखोला जलविद्युत–१ समितिका अध्यक्ष तोयानाथ बरालले गुनासो गर्नुभयो । उहाँले विद्युत उत्पादनस्थलदेखि उपभोक्ताहरुको घरसम्म गाडिएका पाँच सयभन्दा बढि पोल मध्ये आधाभन्दा धेरै काम नलाग्ने भएर जमिनमा ल त्रिएको जानकारी दिनुभयो ।
समितिका अनुसार उक्त आयोजना पाँच लाख रुपैया बराबरको उपभोक्ताहरुको श्रम सहित ४९ लाख रुपैयाको लागतमा निर्माण गरिएको थियो । विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैकल्पिक उर्जाबाट १५लाख ७५ हजार, तत्कालिन जिविसबाट ११ लाख र बाँकी उपभोक्ताहरुबाट रकम सङ्कलन गरिएको थियो ।
प्रत्येक घरहरुले चार वटा सम्म बत्ति बालेको र अहिलेसम्म गाँउनै झिलिमिली भएर खुसीछाएको उहाँको भनाई छ । विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक उर्जाले स्थानीय दुइ जनालाइ तालिम दिएपछि अहिले उनीहरुनै लघु जलविद्युत उत्पादन केन्द्रका प्राविधिक भएका छन् ।
समितिका अनुसार मासिक दुई हजार रुपैयाका दरले समितिबाट यी प्राविधिकहरुलाइ तलब दिइएको छ । विद्युतको महशुल सामान्य लिएको हुनाले पोल किन्ने रकम जुट्न सकेको छैन । “महंगो शुल्क तिर्ने हैसियत छैन्, सामान्य उठाउदा प्राविधिकहरुलाइ दिन ठिक्क हु“दो रहेछ,” समितिका अध्यक्ष बरालले भन्नुभयो ।