शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपा फु टको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

मंगलवार , पौष ७, २०७७

काठमाडौं ,७ पौष – सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले मंगलबार बे ग्लाबे ग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई स मानान्तर बैठकहरु नेकपा वि भा जनका लागि औ पचारिक प्र स्थानविन्दु हुनेछन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा वि घटन गरेर वैशाख १७ र २७ मा म ध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन् । र, यसैको सिलसिला अन्तरगत मंगलबार स मा नान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

कुल ४४१ सदस्यीय केन्द्रीय समितिमा दुईतिहाई बहुमत रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव नेपाल समूहले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकले केपी ओलीलाई अ नु शासनको का रवाही गर्ने नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा भं ग गरेलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित स्थायी कमिटीको बैठक बालुवाटारमै राखेका थिए । अध्यक्ष ओली र उनी पक्षीय नेताहरु अ नुपस्थित भएको त्यो बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री अ नुशासनको का रबाही गर्ने प्रस्ताव अघि सार्दै पुस ७ गते दिउँसो १ बजे केन्द्रीय कमिटीको आ कस्मिक बैठक बोलाएको हो ।

नेताहरुका अनुसार मंगलबार दुबै पक्षको केन्द्रीय कमिटीले फु टलाई औ पचारिकता दिनेछन् । असंवैधानिक रुपमा प्रतिनिधिसभा वि घटन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वि वाद फु टतर्फ उ न्मुख भएको हो । नेताहरुका अनुसार कुनै उ थलपुथल नभए मंगलबार ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्षले एकअर्कालाई का रबाही गरेर पार्टी वि भाजनलाई औ पचारिकता दिने सम्भावना छ ।

माधव नेपाल र प्रचण्ड समूहले केन्द्रीय कमिटीको बैठक आयोजना गरेको खबर पाएपछि ओली पक्षले त्यसअघि नै मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रचण्ड- माधव पक्षले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको भेला, संसद भवन परिसरमै बोलाएको थियो । बानेश्वरमा भएको भेलामा प्रतिनिधिसभामा रहेका नेकपाका बहुमत (१७४ मध्ये ९०) सांसद उपस्थित भए । राष्ट्रियसभाका ५० मध्ये २४ सांसद उपस्थित भएर संसद वि घटनको वि पक्षमा हस्ताक्षर गरेका छन् ।

उता प्रचण्ड र माधव नेपाललाई का उन्टर दिन प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सोमबार बिहान ९ बजे नै बालुवाटारमा आफूनिकट सांसदहरुको भेला गरे । र, प्रतिनिधिसभा वि घटनको ब चाउ गरे । साथै उनले मंगलबार विहान ९ बजे पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरे ।

आ-आफ्नै तयारी

दुबै पक्षको तयारी हेर्दा सत्तारुढ नेकपामा फु टले मंगलबार औपचारिक पाउने नि श्चित जस्तै देखिन्छ । यद्यपि प्रचण्ड-माधव नेपाल पक्षले आफूहरुले फु टको घो षणा नगर्ने बताएको छ । ‘अ नुशासन उ ल्लंघनमा अध्यक्ष ओलीमाथि का रबाही गर्ने प्रस्ताव छ, तर हामीले पार्टी फु ट भन्ने पक्षमा छैनौं’ नाम उल्लेख नगर्ने शर्तर्मा एक नेता भन्छन्, ‘ब हुमत केन्द्रीय सदस्य हामीसँग नै छ, हामी नै आधिकारिक रहन्छौं ।’

बहुमत केन्द्रीय सदस्यको साथ पाएको प्रचण्ड-माधव नेपाल पक्षको पनि आफ्नै तयारी छ । मंगलबारको केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्तावमाथि छलफल गरेर ओलीलाई अध्यक्षबाट ह टाउने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकलाई अ बैध भनेका ओलीले सम्भवत मंगलबार केन्द्रीय कमिटीबाट केही नेताहरुलाई का रबाही गर्ने निर्णय गर्न सक्नेछन् ।

ओली निकट नेता पृथ्वीसुब्बा गुरुङ, बैठकले गर्ने निर्णयबारे ठोस केही तय भइनसकेको बताउँछन् । ‘हाम्रा केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । तर, थप के गर्ने भन्ने त्यही तय हुन्छ’, स्थायी कमिटी सदस्य गुरुङ भन्छन् ।

तर, उक्त समूहका अर्का एक नेता भने प्रचण्डमाथि का रबाही गर्ने तयारी भएको बताउँछन् । ती नेता भन्छन्, ‘पार्टी विधान वि परीत लगातार बैठक राखिरहनुभएको छ । दुई अध्यक्षको सहमति हुनुपर्नेमा एकतर्फीरुपमा भेला र बैठक राख्नु का र्वाहीको विषय हुन्छ ।’

ओली पक्षले प्रचण्डलाई का रबाही गर्ने तयारी गरेको छ भने प्रचण्ड र माधव नेपाल समूहले त स्थायी कमिटीबाटै निर्णय गराइसकेको छ । ‘अ संवैधानिक र अ राजनिक निर्णय लिएर पार्टी र आ न्दोलन नै सिध्याउने कदम चालिए पछि स्वभाविक रुपमा स्थायी कमिटी बैठकले का रबाहीको सिफारिस गर्ने नै भयो । अब केन्द्रीय कमिटीले त्यसलाई अ नुमोदन गर्छ’, प्रचण्ड पक्षका स्थायी कमिटी नेता बेदूराम भुसाल भन्छन् ।

केपी ओली पक्षमा केन्द्रीय समितिका अ ल्पमत सदस्यहरु सहभागी हुने अहिलेसम्मको समीकरणले देखाएको छ । प्रचण्ड-माधव पक्षले आफूमाथि का रवाही गर्ने तयारी गरेपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको बैठक राखेर प्रचण्डलाई नै पार्टीको कार्यकारी अध्यक्षबाट ह टाएको घोषणा गर्न सक्ने नेताहरुले बताएका छन् ।

त्यसो त सोमबार बिहान बालुवाटारमा आयोजना गरिएको आफ्नो पक्षका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन नहुने तर पूर्वसमूहहरु अ लग हुन सक्ने तर्क गरेका छन् । ओलीको यो तर्कअनुसार बालुवाटारको बैठकले नेकपाको ए कता भं ग भएको घो षणा गर्न सक्छ । र, यसो गर्नका लागि पूर्वएमालेको बहुमत आफूसँग रहेको ओली पक्षले दाबी गर्न सक्ने सो समूहका नेताहरु बताउँछन् ।

यस्तो दा बी गर्नका लागि पूर्वएमाले अढाइ सय सदस्यहरुमध्ये आफूसँग करिब डेढसय सदस्य रहेको दाबी ओली पक्षका नेताहरुको छ । त्यसमा पूर्वमाओवादीका लेखराज भट्टलगायतका केही नेता थपिए पनि पूर्वसमूहलाई मान्यता दिने हो भने उनीहरुलाई गणपूरक मान्न न सकिने नेताहरु बताउँछन् ।

तर, अहिले नेकपा एमालेको अ स्थित्व नरहेको र निर्वाचन आयोगमा नेकपाले वैधानिकता पाइसकेको अवस्थामा एमालेको भेला बोलाएर बहुमत छ भन्दा त्यसले बैधानिकता नपाउने माधव नेपाल पक्षका नेताहरुको तर्क छ । प्रचण्ड माधव पक्षले सोमबार नै निर्वाचन आयोगमा पुगेर केपी ओलीमाथि कार वाही गर्ने स्थायी कमिटीको निर्णय दर्ता गरिसकेको छ ।

अ ल्पमत-ब हुमतको गणित

अहिलेसम्मको अंकगणितलाई हेर्दा नेकपाको केन्द्रीय कमिटी र संसदीय दल दुबैमा अध्यक्ष ओली अ ल्पमतमा परिसकेका छन् । तर, उनले आफू पार्टीको पहिलो अध्यक्ष भएकाले बैठक बोलाउने र निर्णय गर्ने अधिकार आफूलाई मात्र भएको तर्क गर्न थालेका छन् ।

निर्वाचनमा आयोगमा रहेको रेकर्डअनुसार नेकपाको केन्द्रीय समितिमा कुल केन्ऽीय सदस्यहरुको संख्या ४४१ रहेको छ । पार्टी वि भाजनले बै धानिकता पाउनका लागि यो संख्याको ब हुमत अर्थात २२१ सदस्य देखाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण अनुसार केपी ओलीको पक्षमा १४० को हा राहारीमा केन्द्रीय सदस्यहरु मात्र छन् । यो संख्या भनेको करिब ३२ प्रतिशत मात्र हो । दल वि भाजनका लागि केन्द्रीय कमिटीमा र संसदीय दल दुबै ठाउँमा ४० प्रतिशत क टाउनुपर्ने हुन्छ ।

त्यसो त केपी ओलीले पूर्वमाओवादी नेता बादलले साथ दिने अ नुमान गरेका थिए । तर, सोमबार बसेको बादल समूहको भेलाले ओलीको कदमलाई प्र तिगामी ठ हर गरेको छ । यसले गर्दा ओलीले बादल समूहका करिब डेढ दर्जन केन्द्रीय सदस्यहरुको साथ गुमाएका छन् ।

पछिल्लो समीकरण अनुसार प्रचण्ड र माधव नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरुको संख्या झण्डै ३ सय (२९७) रहेको छ । यो स्थितिमा केन्द्रीय कमिटीको बैधानिक अधिकार आफूहरुसँगै रहेको भन्दै प्रचण्ड-माधव समूह ढुक्क देखिएका छन् ।

यसैवीच, केही सदस्यहरु एताउता लाग्ने क्र म पनि जारी नै छ । सोमबार शेरबहादुर तामाङ माधव नेपाल समूहबाट ओली समूहतिर लागेका छन् भने ओली समूहमा रहेका रघुवीर महासेठले माधव नेपाललाई साथ दिने वचन दिएका छन् ।

केपी ओली समूहले आफ्नो गु टलाई साथ दिने आश गरे पनि अन्तिम घडीसम्म सचिवालय सदस्य वामदेव गौतमले पनि कुनै गु टमा नलाग्ने बताएका छन् । त्यस्तै पूर्वमाओवादीका हरिबोल गजुेलले पनि गु टमा न लाग्ने बताएका छन् । ओली पक्षका कृष्णप्रसाद दाहालसहितका केही नेताहरुले तटस्थ बस्ने निर्णय गरेका छन् ।

नेकपाका कतिपय नेताहरु तटस्थ भूमिकामा उभिने सं केत देखिएको छ । जस्तो बादल, वामदेव र हरिबोल गजुरेल अहिलेसम्म त टस्थ देखिएका छन् । तर, उनीहरुले ओलीलाई साथ नदिने स्पष्ट पारिसकेका छन् । ओलीले गरेको संसद वि घटनबाट रुष्ट रहेका नेताहरु त टस्थ बस्ने निर्णय गर्दा ओली पक्षका सदस्यहरु थप घट्ने तर प्रचण्ड-माधव पक्षको बहुमत भने कायमै रहने नेताहरु बताउँछन् ।

यस्तो छ नेकपा केन्द्रीय समितिको समीकरण-

ओली समूहका केन्द्रीय सदस्यको नामावली

 

केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भटट्राई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनी राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भानुभक्त ढकाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, योगनारायण यादव, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, हंशबहादुर शाही, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट ।

प्रचण्ड समूहका केन्द्रीय सदस्यको नामावली

 

प्रचण्ड, नारायणकाजी श्रेष्ठ, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बर्षमान पुन, मणिचन्द्र थापा, मात्रिकाप्रसाद यादव, लीलामणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, अमिक शेरचन, पेशलकुमार खतिवडा, अजयशंकर नायक, ओनसरी घर्ती, बालकृष्ण गैरे (किसान शर्मा), कुलप्रसाद केसी, कृष्णप्रसाद सापकोटा, खिमलाल देवकोटा, गिरीधारीलाल न्यौपाने, गोपाल ठाकुर, चूडामणि खड्का, जयपुरी घर्ती, जीवन गौतम, ज्वालाकुमारी साह, टेकबहादुर बस्नेत, डिलाराम आचार्य, तारामान स्वाँर, तेजबहादुर वली, दलजित विक श्रीपाइली, दिनेश पन्थी, दिलिप महर्जन, दीपबहादुर योन्जन, धर्मशीला चापागाइँ, नरबहादुर विष्ट, नरेश भण्डारी, एकचन्द्र बराल (निर्मल), नेपबहादुर थारु चौधरी, परशुराम रम्तेल, पासाङ शेर्पा, अञ्जना बिसंखे, अशोककुमार मण्डल, ओमनाथ ढुंगाना (ओम शर्मा), कमानसिंह लामा, कालीबहादुर मल्ल, कृष्ण केसी, खगराज भट्ट, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, टेकबहादुर बलम्पाकी, डोरप्रसाद उपाध्याय, दीपेन्द्रकुमार पुन मगर, धीरेन्द्र शर्मा, नारायणप्रसाद पौडेल, अमरबहादुर गुरुङ तमु, ईन्द्रबहादुर आङ्बो, कुमारप्रसाद पौडेल, केशव नेपाल, गणेशमान पुन, गंगा कार्की, जोखबहादुर महरा, झकबहादुर मल्ल, डाचाराज वाग्ले, दामाकुमारी शर्मा, दीनानाथ शर्मा, दुर्गा जयन्ती राई, नरेन्द्रबहादुर कुँवर, नारायणी शर्मा, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, अजम्बर राई काङमाङ, अमृता थापा, अच्युतम प्रसाद काफ्ले, आशा कोइराला, ईन्द्रजीत थारु, उर्मिला अर्याल, कमलप्रसाद चौलागाई, कमला रोका, कुमारी मोक्तान, कृष्ण धिताल, कृष्णध्वज खड्का, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, गुप्तबहादुर ठकुरी, जोगकुमार बर्बरिया यादव, टंक आङ्बोहाङ लिम्बु, ताराकुमारी घर्ती, तिलकराम शर्मा, तुलराम घर्ती मगर, दधिराम न्यौपाने, दावा तामाङ, दिलिप कुमार प्रजापति, दुर्गाप्रसाद चापागाई, देवी खड्का, देवराज रेग्मी, नवीन रोका, नारायणप्रसाद दाहाल, निर्मल आचार्य, पार्वती थापा, पुष्पविक्रम मल्ल, प्रभु साह, विन्दमान विष्ट, विमला सुवेदी, वीरमान चौधरी, माधव सापकोटा, मायाप्रसाद शर्मा, युवराज चौलागाई, राजकुमार शर्मा, राजु खड्का, शिवबहादुर बस्नेत (राजेन्द्र), रामकुमार राई, रामचन्द्र झा, रामकुमारी चौधरी, रेणु चन्द, बसन्तकुमार शर्मा, विजय भण्डारी, सत्या पहाडी, समिता कार्की, सीता पोखरेल, सुनीलकुमार मानन्धर, शालिकराम जम्कट्टेल, प्रकाशहरि पोख्रेल, प्रल्हादकुमार बुढाथोकी, बलावती शर्मा, बोधमाया कुमारी यादव, महेन्द्र पासवान, मुक्तिनारायण प्रधान, युवराज दुलाल, लेखनाथ दाहाल राजन, राजेन्द्र कार्की, रामेश्वर राय यादव, रेणु दाहाल, लीलबहादुर थापामगर, बामदेव क्षेत्री, विश्वनाथ शाह, सावित्री कुमार काफ्ले, सुदन राई किराती, सुरेशकुमार आलेमगर, शदरसिंह भण्डारी, विना मगर, महेश्वरजंग गहतराज, युवराज भटट्राई, रामदीप आचार्य, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, विष्णुप्रसाद चौधरी, सन्तकुमार थारु, सुरेशकुमार राई, सूर्यप्रकाश सुवेदी, शशी श्रेष्ठ, विषमलाल अधिकारी, गजेन्द्रबहादुर महत, भरतप्रसाद शाह, मनोजजंग थापा, महेन्द्रबहादुर शाही, महेश्वर दाहाल, यसोदा गुरुङ सुवेदी, राजकाजी गुरुङ, रामप्रसाद सापकोटा, रेखा शर्मा, लेखनाथ न्यौपाने, सन्तकुमार दराई, सुकबहादुर रोका, सुरेन्द्र कुमार कार्की, शिव कुमार मण्डल, हकिकुल्लाह मुसलमान, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, हरि दाहाल, हरिबहादुर चुमान, हिमाल शर्मा, हितमान शाक्य, हेमकुमार राई, त्रिलोचन भटट्, शुशिला सिर्पाली ठकुरी, श्यामकुमार श्रेष्ठ, श्रीराम ढकाल, हरिराज अधिकारी, हितबहादुर तामाङ, हेमराज भण्डारी, टंक राई, पदम राई, किरण राई, देवेन्द्र पराजुली, कल्पना धमला, कृष्णबहादुर महरा ।

माधव नेपाल समूहका केन्द्रीय सदस्यको नामावली

 

माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, गणेशकुमार पहाडी, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, पशुपति चौलागाई, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, लालबाबु पण्डित, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, लालबाबु प्रसाद यादव, सरला कुमारी यादव, प्रमोदनारायण यादव, बलवीरप्रसाद चौधरी, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, राजन राई, रामकुमार ज्ञवाली, रामदयाल मण्डल, लालबहादुर थापा, विजयकुमार पौडेल, विष्णु रिजाल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली, हरिबहादुर राई, रघुवीर महासेठ ।

नभेटिने बाटोतर्फ !

नेकपा वि भाजनतर्फ उन्मुख हुँदै जाँदा सोमबार बिहान सबेरैदेखि साँझ अबेरसम्म नेताहरुको दौडधुप जारी रहृयो । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा वि घटन गरेपछि पार्टीभित्र मात्रै नभएर अन्तर पार्टी नेताहरु बीच समेत भेटवार्ता बाक्लिएको हो । लगातार दुई पक्षीय (प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) गतिविधिले उ तार-च ढाब लिइरहेको छ ।

संसद वि घटन पछि एकअर्का बीच टाढिने गरी भएको गतिविधि, निर्णय र अभिव्यक्तिले पनि मंगलवार औपचारिकरुपमै छु टि्टने आधार नेकपामा तयार हुने देखिन्छ । किनभने, आ कस्मिक मन्त्रिपरिषद् बैठक राखेर ओलीले संसद वि घटनको सिफारिस गरेबाटै नेकपा वि भाजनको रेखा कोरिएको छ । सोमबार साँझसम्मको गतिविधि, निर्णय र तयारीले पनि औ पचारिक वि भाजन घोषणा हुन मात्रै बाँकी रहेको नै पुष्टि हुन्छ । राजधानी उपत्यकाको चि सो र कोरोना म हा मारीको कुनै प्रवाह नगरी सोमबार पनि नेताहरु तीव्र रहृयो ।

संसद वि घटन गर्दै वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले हिजो साँझ मात्रै आफू निकट सांसदहरुलाई आज विहान ९ बजे बालुवाटार बोलाए । अकस्मात बोलाइएको बैठकमा ओलीले संसद विघटन हुनु आफ्नो रहर नभएको तर्क गरे । संसद वि घटन गर्न बा ध्य पारिएकाले अब थप कदमतर्फ तयार रहन र निर्वाचनमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिए । दिउँसो ३ बजे देशबासीको नाममा सम्बोधन गर्दै ओलीले पार्टी वि भाजन हुनेतर्फ नै संकेत दिए ।

यदि, प्रचण्ड पक्षको पनि प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ सांसदले हस्ताक्षर गर्दै संसद पुनस्र्थापनाको विकल्प नरहेको नि ष्कर्ष निकालिसकेका थिए । ओलीले जसरी कदम चालिरहेका छन्, त्यसको का उण्टर रणनीति बनाउँदै आएको यो समूहले आजै दलको बहुमत सदस्य (८७) सांसद सोमवार अदालत जाने गृहकार्य गरेको थियो ।

तर, पछि दलको नभएर संसदको बहुमत सदस्य अदालत जानु उपयुक्त हुने निष्कर्ष निकाले अन्तर पार्टी (नेपाली काँग्रेस र जनता समाजवादी पार्टी) परामर्श गरेको छ । साँझ अबेर मात्रै छलफलबाट उठेको नेकपाको बहुमतवाला नेतृत्व भोलि केन्द्रीय कमिटी बैठकबाट ओलीबारे निर्णय लिने तयारीमा छ भने अदालतमा जाने गृहकार्य पनि गरेको छ ।

अनलाइनखबरबाट साभार

आज पौष ०७ गते मंगलबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष ०७ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–अष्टमी,३३ घडी ०० पला,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तरभाद्रपदा,५२ घडी २३ पला,रातको ०३ बजेर ५० मिनेट उप्रान्त रेवती । योग–व्यातिपात,२० घडी ३३ पला,दिउसो ०३ बजेर ०६ मिनेट उप्रँन्त वरियान । करण– भद्रा,बिहान ०७ बजेर १९ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला । बखुमद अष्टमी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– बाह्रौं भावक चन्द्रमाका कारण अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनु पर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । टाढाको यात्रा गर्ने अवसर त प्राप्त हुनेछ, धनमाल हराउने र झमेला आउने सम्भावना पनि छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– राशिस्वामी अस्त रहेकाले मौकालाई चिन्नु आवश्यक छ, यद्यपि समय उत्साहवद्र्धक नै रहेको देखिन्छ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी कार्य सम्पादन गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आफ्नै राशिमा नीच मंगल र शुक्र ग्रहको युतिसम्बन्ध देखिन्छ, मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । भाग्यको चन्द्रमा कमजोर छ, व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अष्टम भावमा रहेको चन्द्रमा तथा द्वादश भावको राशिस्वामी सूर्यको प्रभावले नकारात्मक ऊर्जा वहन गर्ने समय छ । काम बिग्रने भयले सताउला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन। गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– सातौं भावमा रहेको चन्द्रमाका कारण मन कल्पना र भावनामा रुमल्लिने दिन छ, यद्यपि हाँके ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । रोग र झमेलाको फलादेश गरिने छैटौं भावमा चन्द्रमा छ, अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैन ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आज पठनपाठन र ज्ञानका क्षेत्रमा तल्लीनता दिने समय हो, तर राशिस्वामी नीच गृहमा रहेकाले शरीरमा ऊर्जाको कमी हुने समय छ । त्यसैले लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । उपहार वा पुरस्कारको पर्खाइमा हुनुहुन्छ भने निराशा हात पर्नेछ । आफ्नै बाध्यताले सहयोगीहरूले साथ दिन सक्दैन । खेलवाडमा रुचि जाग्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले अरूको फाइदाका लागि खट्नु पर्ने दिन छ, त्यस्तै व्यक्तिगत उन्नति र प्रगतिका लागि परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आत्मीयजनसँग भेटघाट होला । सजावट सम्बन्धी काममा आकर्षित भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन र दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । छात्रछात्राले परीक्षाप्रतियोगितामा विजय हासिल गर्नेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मुखमा क्षुद्रताको निवास छ, विवाद र झैझगडामा पछि हट्नु राम्रो हुने छ । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ । धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ, तर धनको अभाव खट्किने छ । धनको चन्द्रमा कमजोर भएकाले जिद्दीपन र घमण्ड त्याग्नु राम्रो हुन्छ, नत्र हठ गर्ने बानीले दुःख पाइएला । मानसम्मान र प्रतिष्ठामा आघात पुग्नसक्छ, सचेत हुनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमीरकमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन । स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ । छात्रछात्राले हरेक क्रियाकलापमा राम्रो नतिजा हात पार्ने समय देखिन्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – देशका अधिकांश भू-भागहरूमा आंशिक बदली रहेको छ।

आज दिउँसो :– प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :- लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :- साता राम्रो रहेकोले साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । सोमबार साझबाट समय उत्तम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ । मंगलबारबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :- ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :- नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । साताको अन्तमा भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार रातिबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बिहीबार साझबाट आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी¬) :- साता उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :- सोमबार सम्मको समय मध्ययम रहेकोले अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रोे रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धिहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सहिरुपमा परिचालन गरि आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । मंगलबारबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

 

 

प्रतिक्रिया