शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रधानमन्त्री केपी ओली राजनीतिक रुपमा नांगिए

सोमवार , पौष ६, २०७७

काठमाडौं ०६ पुस -प्रधानमन्त्री केपी ओली संसद वि घटनको निर्णयपछि राजनीतिक रुपमा नां गिएका छन् । राजनीतिक रुपमा कतिपयले उनको अ वसान भएको पनि टिप्पणी गर्न थालेका छन् । उनले आफ्नो पद र प्रतिष्ठाका लागि सिंगो ब्यवस्था, जनताको जनमत, लोकतान्त्रिक मूल्य मान्यता सबै भ ता भुं ग बनाएर गैह्र कम्युनिष्ट चरित्र प्रर्दशन गर्छन, प श्चगामी निर्णयमा पुग्छन भन्ने उनको हिजोको संसद वि घटनको प्रस्तावले नै देखाईसकेको छ ।

पार्टीभित्र र बाहिर समेत क मजोर बन्दै गएका ओलीलाई उनको त्यस्तो गैह्र  स म्वैधानिक कदमका वि रुद्ध अ नुशासनको का रवाही गर्ने निर्णय नेकपाको स्थायी समिति बैठकले गरिसकेको छ । उनको का रवाहीका लागि स्थायी समितिले भोलिको केन्द्रीय समिति वैठकमा ठोस प्रस्ताव नै लैंजादै छ । त्यसको पूर्वसन्ध्यामा उनले पार्टीलाई चो इट्याएर लैजाने अनेकन प्रयास थालेका छन् । त्यस क्रममा उनले अहिले सांसदहरुलाई ललिपप देखाउन प्रयास गर्दैछन् । तर उनलाई साथ दिदै आईरहेका कतिपय नेताहरुले भने उनको साथ छो डने क्रम शुरु भएको छ ।

संसद बि घटनका सम्बन्धमा सिन्धुली नेकपाकै नेताको दुई थरी कुरा

सिन्धुली,६ पौष – संसद बि घटनको बिषयलाई लिएर नेकपा सिन्धुलीका नेकपाका नेता तथा बागमती प्रदेश सांसदहरुले भिन्नभिन्नै बिचार व्यक्त गरेका छन् ।

नेकपा सिन्धुली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लेखनाथ दाहालले संसद बि घटनको सिफारिस अ संवैधानिक, प्र तिगामी, घो र द क्षिणपन्थी मनसाय रहेको बताउनु भएको छ । संसद बि घटनको व्यवस्था संबिधानमा नहुदा नहुदै पनि संवैधानिक व्यवस्थाको बि रुद्धमा साथ दिएको हुदा यो एउटा प्र तिगामी कु भएको उहाँले बताउनु भएको छ ।

उहाँले संबिधानलाई अ पहरण गरिएको र यसलाई जनस्तरबाटै प्र तिरोध गरेर संसद बि घटनको सि कायतलाई खा रेज गरेरै छाड्ने बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र, संबिधान बि रोधी ह र्कत खा रेज गर्दै अब पार्टी कमिटीबाट का रबाहि समेत गर्ने प्रस्ताब अगाडी बढ्ने उहाले बताउनु भएको हो ।

यस्तै संसद बि घटनको सिफारिस राजनीति तथा पार्टीलाई राम्रो खालको मोडमा लाने संकेत भएको नेकपा सिन्धुली जिल्ला सचिब तथा प्रदेश सांसद प्रदिप कटुवालले बताउनु भएको छ ।

उहाँले कुनै कुनै काम संवैधानिक तरिकाले चलाउन नपाएको कारण पनि प्रधानमन्त्री ओलीले लंगडो सरकार चलाई राख्न उपयुक्त नभए पछि यस्तो गर्न बा ध्यताको उपज भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “अगाडी जानपनि न दिने र पछाडी बसेर सरकार चलाएर कुनै काम अगाडी बढाउन नसक्ने भएपछी यो सत्ता, सरकार, बहुमत, दुई तिहाई, नेकपा पार्टीको के काम र ?”

संसद बि घटन किन गरियो भनेर जनता सामु गएर प्रस्ट गराउने पनि उहाँले बताउनु भयो ।

म कुनै कि त्तामा छैन : हरिबोल गजुरेल

काठमाडौँ,६ पौष– नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै कित्तामा नरहेको दाबी गरेका छन् । स्थायी कमिटि सदस्य गजुरेलले अब कि त्ता का ट गर्ने बेला आएको भन्दै सोचेर निर्णय लिने बताए।

‘म त बाटोमा थिएँ, बैठकमा पुगिनँ। पछि बैठक पनि एकपक्षीय मात्रै हो भन्ने सुनेँ। सबै उपस्थित भएर बस्नुपर्छ भन्ने हो,’ उनले भने, ‘म प्रधानमन्त्रीको कि त्तामा गयो भन्नु गलत हो। म अहिले कुनै पनि कि त्तामा छैन।’

आजदेखि पार्टी फुटेको भन्दै गजुरेलले अब औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको बताए। ‘घ टनाक्रम कसरी त्यहाँ पुग्यो भनेर म बुझिरहेको छु। पहिला कदम चालेको दोष एकले अर्कालाई ला गएका छन्। म ह तारिन जरुरी छैन,’ उनले भने, ‘हाम्रो ए कताको मि सन थियो त्यो सफल हुन सकेन। एकता ब चाउन लागियो। हामीले गरेको प्रयासमा गौरवनै छ। कुनै प छुतो छैन।’

 

आज पौष ०६ गते सोमबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष ०६ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–सप्तमी,२९ घडी २९ पला,बेलुकी ०६ बजेर ४० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाभाद्रपदा,४७ घडी २२ पला,रातको ०१ बजेर ४९ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–सिद्धि,२० घडी ५५ पला,दिउसो ०३ बजेर १४ मिनेट उप्रान्त व्यातिपात । करण– वणिज,बेलुकी ०६ बजेर ४० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ४९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- प्रतिस्पर्धी परास्त हुनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक विचार तपाईँकै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा एक कदम अगाडी बढी अरुलाई किनारा लगाउन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेको छ । असन्तुष्टी समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- समय राम्रो रहेकोले व्यापार व्यावसायमा बृद्धि भई दैनिकी विलाशी बन्नेछ । अध्ययनमा सुधार गर्दै अगाडी बढ्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ । आफन्त तथा दिदि बहिनीबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- पढाइ लेखाइमा सोचेजस्तै प्रगती हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियाली छाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनतासँगै रहेर काम गर्न सकिने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा सधैझै दिईने समयबाट मुक्ति मिल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा समय दिन सकिने हुँदा आम्दानी बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- अध्ययन तथा अध्यापनमा रुची बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानी हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- हाल देशमा उत्तर – पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था : – हाल सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो :– सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :– सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको साप्ताहिक राशिफल

मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :– लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :- साता राम्रो रहेकोले साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । सोमबार साझबाट समय उत्तम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ । मंगलबारबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :- ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :- नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । साताको अन्तमा भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।

बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार रातिबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बिहीबार साझबाट आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

मकर(भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी¬) :- साता उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :- सोमबार सम्मको समय मध्ययम रहेकोले अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रोे रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धिहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सहिरुपमा परिचालन गरि आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । मंगलबारबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस ।

प्रतिक्रिया