प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान खुमलटार आउने खबर प्राप्त भएपछि पहिले दश र पछि साढे दश बजेको तयारीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालय जु ट्यो ।
शुक्रबार नै सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई साढे एघार बजे र वरिष्ठ नेता माधवकुमार नेपाललाई मध्यान्ह १२ बजेको समय दिएको थियो । तर,साविक झैं प्रधानमन्त्री तो किएको समयभन्दा आधा घण्टा ढि लो आउनुभएपछि प्रचण्डको सचिवालयले समय दिइएका पाहुनाहरूको लागि सोहीअनुरूप खबर गरेर भे टघाट कार्यक्रमलाई ध केल्नुपर्नेमा त्यसो न गर्नाले प्रधानमन्त्री र दाहाल खु लेर गफ गरिरहनुभएको बेला गौतम झ्वा स्झ्वा स्ती छिर्नुभएको भन्दै बालुवाटार स्रोतले सफाइ दिएको छ ।
उता,खुमलटार स्रोतले भने पहिले १० बजे प्रधानमन्त्री आउने र बढीमा १ घण्टामा भेटघाट सकिएला भनेर नै गौतमलाई साढे एघार बजेको टाइम छु ट्याइएको बताएको छ तर प्रधानमन्त्रीको टाइम आधा घण्टा सरेपछि सचिवालयले गौतमलाई सोहीअनुसार खबर गर्नुपर्नेमा त्यसो नगर्दा समय जु धेको हो । गौतम तोकिएको समयमा भेटघाटको लागि आइपुग्दा प्रधानमन्त्री दाहालसँग छलफल गरिरहनुभएको थियो ।
वरिष्ठ नेता नेपाल पनि तोकिएको १२ बजेको समयको लागि खुमलटार पुग्नुभयो । तर,दाहालसँग प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसमेत सँगै छलफलमा रहनुभएको जानकारी प्राप्त भएपछि उहाँ केहीबेर अलग्गै बस्नुभएको बताइन्छ ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले सचिवालयमा प्रस्तुत दाहालको प्रतिवेदन राजनीतिक न भएर अभियोगपत्र भ एकाले फि र्ता लिन पटक पटक अनुरोध गर्नुभएको थियो । उहाँले दाहालसँग ‘त्यो फि र्ता न भएसम्म आफू बैठकमा उपस्थित हुन न सक्ने’ अ डान लिनुभयो । तर,प्रत्युत्तरमा दाहालले औपचारिक र विधिसम्मत पार्टीमा दर्ता भएको प्रतिवेदन र विषयवस्तुमाथि छलफल गरेर निश्कर्ष निकाल्नुपर्ने भएकाले बैठकमा उपस्थित हुनैपर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीले भने प्रतिवेदन फिर्ता नभएसम्म आफू बैठकमा आउन नसक्ने धारणा पटक पटक दो होर्याएर बाहिरिनुभएको थियो ।
जनआस्थाबाट साभार
सिन्धुलीकोको जुनार यो बर्ष मँ हगो
सिन्धुली ,५ पौष– जुनारको पकेट क्षेत्रका रुपमा चिनिएको सिन्धुली जिल्लामा यो वर्ष उपभोक्ताहरु मँ हगो मूल्य तिरेर जुनार उपभोग गर्न बाध्य छन् ।
बि चौलीयाका कारण यो बर्ष उपभोक्ताहरु मँहगो मूल्य तिरेर उपभोग गर्न बाध्य भएका हुन् । सिन्धुलीमा उत्पादन हुने जुनार ग्राहकले बढीमात्रामा कोसेली रुपमा आफन्तलाई पठाउने गरेको उपभोक्ताहरु बताउनु भयोछन् । उपभोक्ताहरुका अनुसार अहिले बजारमा जुनारको मूल्य प्रतिकेजी ८० रुपैयासम्म रहेको छ । बीचका व्यापारी(बि चौलीया)ले भने सिधै बगैंचाबाट कृषकहरुसँग प्रतिकेजी ५० देखि ५५ रुपैयासम्म हालेर खरिद गरी बढी मूल्यमा उपभोक्तालाई जुनार बिक्रि गर्ने गरेका छन् ।
गत वर्ष जुनारको मूल्य यतिखेर प्रति केजी ५०÷६० रुपैंया रहेकोमा यो वर्ष मुख्य सिजनमा समेत भाउ आकासिएको सदरमुकामका उपभोक्ता निलहरी दाहाल बताउनु भयोनुहुन्छ । उहाँले भन्नुभयो, “दुःख गरेर जुनार फलाउने कृषकले प्रतिदाना ५÷६ रुपैयाँसम्म पाउछन् ! बि चौलियासँग हामीले खरिद गर्दा प्रतिदाना १० रुपैयाभन्दा बढी पर्न जान्छ ।”
यस्तो का ला ब जारी गरी उपभोक्तालाई ठग्नेलाई कडा का रबाही हुनु पर्ने ढुंग्रेबास बजार निवासी उपभोक्ता सन्तोष दाहालको माग छ । “कि त हामीले तीरेको मूल्य कृषकले पाएको भए उस्ले दुःख गरेको थियो, मूल्य लियो भनेर चित्त बुझाउने ठाँउ हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “हैन भने बीचका व्यापारीलाई त्यत्रो नाफा खान किन दिनु ? आफ्नै जिल्लामा उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीसँग खरिद गरेर खानु पर्ने ?”
व्यापारीले सिधै कृषकसँग सम्पर्क गरी जुनार खरिद गर्नाले बिक्रीका लागि कृषकलाई सुविधा पुगे पनि आफुहरुलाई मर्का परेको उपभोक्ताहरुको गुनासो छ । जुनार स्वादिलो र रसिलो भएकाले स्थानीय बासिन्दाले महंगो मूल्य तिरेर भएपनि बाहिरी जिल्लामा बसेका आफन्तलाई कोसेली स्वरुप पठाउने गरेका छन् । सिजनको फल भएकोले मूल्य मँहंगीय पनि अहिले जुनारको निर्यात बढेको छ ।
जिल्लामा उत्पादन हुने जुनार बढि मात्रमा कोसेली स्वरुप निर्यात हुने गरेको छ । अहिले दिनहुँ सिन्धुलीबाट बाहिरीने गाडीका छत जुनारले भरिने गरेको व्यावसायीहरु बताउनु भयोछन् । गोलान्जोर गाँउपालिका–५ का बासिन्दा एवं जुनार सुपरजोन समन्वय समितिका अध्यक्ष गोबिन्दबहादुर लुंगेलीमगर बगैंचाबाटै व्यापारीले प्रति केजी ५० देखि ५५ रुपैयासम्ममा जुनार उठाउने गरेको बताउनु भयोनुहुन्छ ।
जिल्लामा जुनार उत्पादन हुने अधिकांस क्षेत्रमा सडक सुविधा पुगेकोले उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैंचाबाटै खरिद गरेर लाने गरेको उहाँले जानकारी दिनुभयो । जुनार विकास सं्घ सिन्धुलीका अनुसार जिल्लामा रहेका स्थानिय तहका ७९ वटा वडामध्ये ८ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा लगायतका ठाँउ जुनार खेतिका लागि पकेट क्षेत्र रुपमा रहेका जुनार विकास सङघले जनाएको छ ।
सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । गत बर्ष एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।
बार्षिक करिब दश हजार मेट्रिक्टन भन्दा बढी जुनार उत्पादन हुदै आएकोमा यो बर्ष फलमा किराको प्रकोपका कासण करिब आठ हजार मेट्रिकटन जुनार उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले जनाएको छ ।
स्थानीय तह कर्मचारी युनियन गठन
सिन्धुली,५ पौष – सिन्धुली जिल्लामा नेपाल टे«ड युनियन काँग्रेससँग आबद्ध स्थानीय तहमा कार्यरत कर्मचारीहरुको शुक्रबार भएको भेलाले ‘स्थानीय तह कर्मचारी युनियन’ गठन गरेको छ ।
भेलाले घ्याङलेख गाँउपालिकामा कार्यरत नायब सुब्बा भरतजंग थापाको अध्यक्षतामा सात सदस्य जिल्ला कार्य समिति गठन गरेको छ । उक्त कार्य समितिको उपाध्यक्ष, सचिब र कोषाध्यक्षमा क्रमसः कुमार थापा (कमलामाई नगरपालिका), हेरम्बराज अधिकारी (दुधौली नगरपालिका) र मनिता देवकोटा (गोलन्जोर गाँउपालिका) चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा प्रकास खतिवडा (घ्याङलेख गाँउपालिका), जयन्त कार्की (तीनपाटन गाँउपालिका) र युबराज खड्का (दुधौली नगरपालिका) चयन हुनु भएको छ । स्थानीय तह कर्मचारी युनियन बागमती प्रदेश संयोजक शिबजी भट्टराईले जिल्ला कार्य समितिका सचिब हेरम्बराज अधिकारीलाई उक्त प्रदेश कार्य समिति सदस्यमा मनोनित गर्नु भएको छ ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालले नब निर्बाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै स्थानीय तह कर्मचारी युनियनका महासचिब रामप्रसाद पौडेलले मुलुकका ४४ जिल्लामा स्थानीय तह कर्मचारी युनियनको जिल्ला शाखा गठन भइसकेको जानकारी दिदै श्रम तथा रोजगार विभागमा ४०९ नम्बरमा दर्ता भएको सस्था हो भन्नुभयो ।
स्थानीय तह कर्मचारी युनियन बागमती प्रदेश संयोजक शिबजी भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस सिन्धुलीका अध्यक्ष श्यामहरी अधिकारी, नेपाल शिक्षक सङघका जिल्ला अध्यक्ष अरुणकुमार थिङ र नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष सुर्य घिमिरेले शुभकामना मन्तब्य दिनु भएको थियो ।
आज पौष ०५ गते आईतबारको राशिफल र मौसम
वि.सं.२०७७ साल पौष ०५ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–षष्ठी,२७ घडी ०९ पला,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–शतभिषा,४३ घडी २५ पला,रातको १२ बजेर १४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–बज्र,२२ घडी ११ पला,दिउसो ०३ बजेर ४४ मिनेट उप्रान्त सिद्धि । करण– तैतिल,बेलुकी ०५ बजेर ४३ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २५ घडी ४९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुनेछ । बिद्यार्थी वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । व्यापार व्यावसायबाट आम्दानी हुने हुनाले थप लगानि गर्न आट आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जा भाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुशी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- माया प्रेमको गाठो कसिलो हनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- राजनीति तथा समाजसेवामा जनताको भने जस्तो समर्थन पाईने तथा मानसम्मान,ईज्ज्त प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थिहरुले पढाइमा राम्रो प्रगति गरि नतिजा आफ्नो हातमा पार्न सक्नेछन् । घर जग्गा तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- बिग्रन लागेको काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । छाटो दुरिको यात्रा हुनेछ तर कष्टकर नहोला भन्न सकिन्न ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेको छ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण वातावरणमा समय व्यातित हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पती हात लागि हुने योग रहेको छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल देशमा उत्तर – पश्चिमी वायुको प्रभाव रहेको छ ।
हालको मौसमको अवस्था : – हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ।
आज दिउँसो :– प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राती :– प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ०५ गते आईतबारदेखी पौष ११ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष(चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :- लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।
बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :- साता राम्रो रहेकोले साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । सोमबार साझबाट समय उत्तम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट(ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ । मंगलबारबाट बिहीबार साझसम्मको समय मध्ययम रहेकोले सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :- ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरि विलासी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । बिहीबार साझबाट समय मध्ययम रहेकोले समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :- नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । साताको अन्तमा भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :- सोमबार साझसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्तहुने हुदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपार्ईँलाई सम्झनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ ।
बृश्चिक(तो, ना, नी, नू, ने, नो, या, यी, यू) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । सोमबार रातिबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :- दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । बिहीबार साझबाट आमा तथा आफ्नैबाट टाडिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ स्थाई सम्पतिमा विवाद आउनेछ । कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।
मकर(भो, जा, जी, जू, जे,जो, ख, खी, खू, खे, खो, गा, गी¬) :- साता उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछ भने प्रतिस्पर्धिहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धिहरुलार्ई हराउँन सकिनेछ । व्यापारमा प्रशस्त आम्दानी हुनेहुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :- सोमबार सम्मको समय मध्ययम रहेकोले अनाबश्यक ठाउमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । मंगलबारबाट समय राम्रोे रहेकोले परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरि आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धिहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सहिरुपमा परिचालन गरि आम्दानी बढाउन सकिनेछ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । मंगलबारबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुनेअधिक सम्भावना रहेकोछ ।
तपाईको दिन शुभ रहोस ।