काठमाडौं, ४ पुष - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकाएक बो ली फे रेका छन् । पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई सा थ् दिइरहेका नेता गौतमले एकाएक बो ली फे रेका हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो स्थायी कमिटि बैठकमा अब वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँ भन्ने उ धा रो प्र सताव गरेसंगे गौतम मोडिने आं कलन धेरैले गरेका थिए ।
पछिल्ला केहिदिन मौ न रहेका नेता गौतमले प्रधानमन्त्री ओलीलाई नै ब ल पुग्ने हिसावले अ भिव्यक्ति दिएपछि नेकपामा त रं ग फैलिएको छ । प्रचण्ड-नेपाल समुहमा खुलेर लागेका गौतमले शुक्रबार भने आफू कुनै पनि गु टको भे लामा नजाने बताए ।
शुक्रबार प्रचण्ड–नेपाल समूहको भेलामा अ नुपस्थित गौतमले भनेका छन्, ‘म कुनै पनि भेलामा जान्नँ, अहिले भेला गर्ने वेला होइन ।’
पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई गरेको प्र स्तावलाई लिएर पार्टी वृत्त र बाहिर पनि गौतम मो डिने चर्चा भैरहेको थियो । यसअघि पनि प्रधानमन्त्री ओलीको उधारो प्रलोभनमा दर्जनौँ पटक चि प्लिएका गौतम अहिले पनि ओलितिरै मोडिन सक्ने आं कलन केहि नेताहरूले गरेका छन् ।
यता शनिबार प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि गौतम पनि खुमलटार पुगेका थिए । छलफल भैरहेको समयमा खुमलटार पुगेपछि उनीपनि केहीबेर बैठकमा बसे तर बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीसंगै उनि पनि नि स्किए । अन्य समयमा प्रचण्डसँग लामो छलफल गर्ने गौतम आजको छलफल सकिएलगत्तै बाहिरिनुलाई पनि उनी फ रिएको भन्न सकिने अवस्था छ ।
यधपी गौतमले पार्टीका बैठक नछाड्ने बताएका छन् ।
छोरीका ब्वाइफ्रेण्डलाई आफूसँगै क्वा रेन्टाइन राखेका ओबामाले भने–‘धेरै खान्थे, खर्च बढ्यो’
काठमाडौं, ४ पुष -अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना भा इ र स म हा मा रीका क्रममा उनकी छोरी मालियाका ब्वाइफ्रेण्ड आफूहरुसँगै क्वा रेन्टाइन बसेको खुलासा गरेका छन् । ओबामाले एक जवान व्यक्तिले धेरै खाएका कारण उनको ग्रो सरीको बिल ३० प्रतिशतसम्म बढेको समेत बताए ।
द बिल सिमन्स पडकास्ट शोमा ओबामाले कोरोना म हा मा रीको सुरुवाती दिनमा छोरी मालियाका ब्वाइफ्रेण्ड आफ्नो परिवारसँगै क्वा रेन्टाइन भएको बताए । मालिया ओबामाकी जेठी छोरी हुन् र उनी २२ वर्षकी छिन् । उनका ब्वाइफ्रेण्डको नाम रोरी फर्कुहर्सन हो ।
ओबामाले मालियाका ब्वाइफ्रेण्ड रोरीको बारेमा भने ‘भिसाका विषयमा धेरै कुराहरु थिए । उनजको जागिर थियो । त्यसैले हामीले उनलाई हामीसँगै बस्न दियौं । म उनलाई मन पराउन चाहन्नथें तर उनी राम्रो मान्छे छन् ।’ क्वारेन्टाइनको क्रममा छोरीहरु मालिया, साशा र रोरीसँग आफूले राम्रो समय बिताएको बताएका छन् ।
ओबामाले उनीहरुलाई कार्ड गेम खेल्न पनि सिकाएको खुलासा गरे । ओबामाका अनुसार रोरीको खानपिन उनका छोरीहरुको भन्दा धेरै फरक थियो । उनलाई खाइरहेको हेर्दा अ नौठो लाग्थ्यो । यसबाट ग्रोसरीको बिल ३० प्रतिशत बढ्यो । न्यूयोर्क पोस्टका अनुसार मालिया र रोरी हार्वर्ड विश्वविद्यालयमा पढ्ने क्रममा भेटेका थिए ।
प्रकाश सपुत गायक बन्नुअघि होटलमा भाँ डा मा झ्थे
रामजी ज्ञवाली
प्रकाश सपुतलाई कहिलेकाहीँ आफूले छोटो समयमा धेरै चर्चा कमाएको भन्ने लागेको छ वा छैन ?
सामान्य प्रश्न सोधेपछि मुसुस्क मुस्कुराएका प्रकाशले एकछिनको मौनतापछि मुख खोले, ‘मलाई मेराबारे धेरै कुरा राम्रोसँग ज्ञान छ । यो मैले फिल गरेको कुरा पनि हो ।’
प्रकाश आम कलाकारजस्तो स्वभाव भएका गायक होइनन् । उनी हरेक काममा अलिकति बेग्लै गर्नुपर्छ भन्ने मानसिकता राख्छन् । आफूलाई पूर्णरूपमा चित्त नबुझ्दासम्म कुनै पनि कामको शुरूआतै गर्दैनन् ।
धेरैलाई के लाग्छ भने आफूसँग पर्याप्त समय छ, जिन्दगी पनि लामो छ । तर उनलाई यो कुरामा विश्वास लाग्दैन । किन ?
प्रकाश भन्छन्, ‘जीवन कति लामो छ त्यो भगवान्को हातको कुरा हो । तर मेरो हातमा समय निकै कम छ भन्ने लाग्छ । सोही कारण मैले छिटो नतिजाको अपेक्षा गर्छु ।’
प्रकाश पुनः शुरूकै प्रश्नमा फर्किए । उनले भने, ‘म यो कुरामा भाग्यमानी महसूस गरेको छु कि आफूले चाहेको कुरा छिटोछिटो हासिल भइरहेको छ ।’
... ...
अहिले ३० दिनमा ३० दिन नै व्यस्त हुने गरी प्रकाशसँग काम आइरहेका छन् । मेला–महोत्सवको समयमा उनले एकैदिन २ वटा कार्यक्रम समेत सक्नुपर्ने अवस्था आउँछ । उनलाई गाउँबेसी, दोहोरीसाँझ, ठमेलमा गीत गाउँदाताकाको पीडा राम्रोसँग थाहा छ । त्यसपछि अलिकति पृथक तरिकाले गायनमा जम्छु भन्दाको संघर्ष पनि राम्रैसँग थाहा छ । एउटा ‘हिट’ गायक बनेपछिको वाहवाही र देशविदेश पुग्दाको रमझम पनि उनलाई राम्रैसँग थाहा छ । तर यो वाहवाही अवस्थामा पनि प्रकाशलाई सेलिब्रिटीको यथार्थ राम्रोसँग थाहा छ ।
‘संघर्षरत अवस्थामा पाएका पीडा कसरी बताउनु ?’ उनी भन्छन्, ‘भन्न त नहुने होला । तर गायनमा भर्खरै संघर्ष गर्दा कतिपय आदरणीयहरूले सहयोग गर्नुभयो । तर एउटा सानो क्षेत्रबाट ठूलो क्षेत्र अर्थात् धेरैले प्रकाश सपुत भनेर चिन्ने बेलामा धेरै टाढा भइदिनुभयो । मलाई के लाग्यो भने कसैले पनि आफूभन्दा एक स्टेप तल भएकै हेर्न चाहने रहेछ । जिन्दगीमा मेरो मनमा यो स्वार्थी व्यवहार कहिल्यै नपलाओस् ।’
प्रकाश के कुरामा सचेत छन् भने – एउटा सेलिब्रेटी एउटा लोभलाग्दो विन्दुमा पुगेपछि चरम निराशामा पुग्छन्, यहाँ ‘सेफ ल्यान्डिङ’को रिहर्सल पनि शुरूआतमा गर्नुपर्छ । नत्र असाध्यै नराम्रोसँग दुःख पाइन्छ ।
उनको चर्चा र ‘स्टारडम’ लोभलाग्दो छ । हरेक दिन जस्तो सपुतको अनुहार मिडियामा छाइरहन्छ । गीत रेकर्डिङ, छायांकनमा उनको समय धेरै सकिन्छ । प्रकाश भन्छन्, ‘त्योभन्दा धेरै समय त मैले रिसर्च र अध्ययनमा खर्चिन्छु ।’
हामीले प्रकाशलाई इन्द्रेणी फूडल्यान्डमाथि रहेको एउटा क्याफेमा भेट्यौं । खुला आकाश छ । शान्त वातावरण । जाडोमा न्यानो बनाउने घाम दिनैभर लाग्ने, गर्मीमा त्यसैगरी सिरसिर बतास चल्ने । प्रकाशका लागि यो ठाउँको छुट्टै महत्त्व छ । ‘मैले लकडाउनमा धेरै समय यहाँ कटाएँ । त्यसपछि यो स्थान मलाई मन पर्न थालेको हो,’ उनी भन्छन्, ‘केही समयअघि सार्वजनिक गीत ‘बदला बरिलै’ जन्मिएको पनि यहीँ स्थानबाट हो । यो स्थानले मलाई असाध्यै क्रियटिभ बनाउँछ ।’
... ...
प्रकाश सपुत अलि धेरै भावुक स्वभावका गायक हुन् । स–साना कुराले उनलाई छुन्छ । ‘मन दुख्नका लागि धेरै ठूलो कुरा चाहिन्न,’ उनी थप्छन्, ‘म असाध्यै सामान्य स्वभावको मान्छे हो, मैले कसैलाई माया गर्छु भने अरुले पनि माया गर्नुपर्यो । कसैलाई विश्वास गर्छु भने उताबाट घात हुनुभएन । वचनको पक्का छु, कसैले वचन पूरा गरेन भने असाध्यै मन दुख्छ । स–साना कुराले मन दुःखाउँछ । रुवाउँछ । खिन्न बनाउँछ । यो मेरो स्वभाव हो, जतिसुकै प्रयास गर्दा पनि म कठोर हुन सकिनँ ।’
प्रकाश कहिलेकाहीँ बाटोमा हिँड्दा भावुक हुन्छन्, कहिले यात्रा गर्दै गर्दा । कहिले विदेशका कार्यक्रमका बेला । कहिले घर बागलुङ जाने बेला । घरमा एक्लै भएका बेला पनि उनी रोइदिन्छन् । प्रकाश आफू समाजका विभिन्न कुरा, व्यक्तिका विभिन्न व्यवहारले मन दुःखाउँछन् । दर्शकलाई ती कुरा टपक्क टिपेर गीतमार्फत रुवाउँछन् । बोल माया, बदला बरिलै जस्ता केही गीतले दर्शकलाई निकै भावुक बनायो । गलबन्दी च्यातियो, दोहोरी ब्याटल लगायतका अरु केही गीतले छमछम नचायो । समाजसँग अलिकति नजिक हुँदा कहिले भावुक भइने रहेछ, कहिले रोइने रहेछ । कहिले खुशी भइदो रहेछ ।’
प्रकाशका गीत कसरी चल्छन् ? उनका गीतले एकाएक संगीत बजारको माहोल कसरी अर्कै बनाइदिन्छ ? प्रकाश मुस्कुराउँदै लामै बोले –
मैले एकदमै फरक केही गरेको छैन । स–साना कुरालाई फरक तरिकाले प्रस्तुत मात्रै गरेको हो । केही समयअघि मैले सम्भवतः पहिलोपटक प्रयोग गरेर ‘दोहोरी ब्याटल’ ल्याएँ । गलबन्दी पनि सामान्य गीत हो । बोलमाया समाजको यथार्थ घटनामा आधारित थियो । दर्शकले मन पराइदिनुभएको छ । सम्भवतः मेरा गीत चल्नुको कारण मैले हरेक गीतमा प्रयोग गर्ने प्रस्तुतीकरण नै हो जस्तो लाग्छ ।
अरुको नबिगारेर आफ्नो राम्रो सोच्ने हो भने जो मान्छे पनि सफल हुन्छ । तपाईंको राम्रोले अरु सबैलाई राम्रो गर्छ । मैले पनि धेरै समय धेरै किसिमको परिस्थितिको सामना गरें । त्यसपछि केही समय आफूमा फोकस्ड भएँ । सम्भवतः यो दृढ संकल्प नराखेको भए अहिले म अरु कतै हुन्थें । मान्छे एकपटक साँच्चिकै सिरियस भएर काममा लाग्नुपर्दो रहेछ । अरु कसैको नबिगारेर एकपटक स्वार्थी हुन सक्नुपर्दो रहेछ ।
... ...
प्रकाशले धेरै गीतमा स्वर दिए । उनका हरेकजसो गीत रुचाइएका छन् । तर सबैभन्दा मनछुने गीत बोल माया हो । यो गीतले प्रकाशको ‘हाइट’ अरु धेरै बढायो । उनको क्रेज बढ्नुमा पनि यो गीतको ठूलो महत्त्व छ । प्रकाशका अरु गीतको तुलनामा यो गीत धेरै चल्यो, धेरैले मन पराए ।
परदेशीको वास्तविक पीडा काल्पनिक ढंगले समेटिएको यो गीत चल्नुको कारण के होला ? नेपाली समाजलाई आँसुले अलि चाँडो छुँदो रहेछ हो ? प्रकाश भन्छन्, ‘साँच्चिकै । हामी नेपालीहरू अलिकति धेरै भावुक छौं । स–साना कुराले मख्ख हुन्छौं । स–साना कुराले चित्त दुःखाउँछौं । हामी भावुक हुनुको एउटा कारण के पनि हो भने हामीसँग धेरै जिम्मेवारी छन् । यहाँ हामी आफ्नो लागि मात्रै होइन, अरुको लागि पनि बाँच्छौं ।’
त्यसो त प्रकाशले ‘बोल माया’ यति चल्छ, हिट हुन्छ भन्ने सोचेका थिएनन् । प्रकाश थप्छन्, ‘एउटा कुरा यो वास्तविक कथामा मेल खायो । अर्को कुरा यहाँ मैले गरेको प्रस्तुतीकरणले पनि अलिकति सहयोग गरेको हो भन्ने लाग्छ ।’
... ...
प्रकाश सपुत, विक थरका हुन् । उनलाई पहिले साहित्यमा असाध्यै रुचि थियो । गाउँका स्थानीय पत्रपत्रिकामा उनका गीत, गजल, कविता छापिन्थे । उनले पढ्ने स्कूलका भित्तेपत्रिकामा उनको नाम छापिएको हुन्थ्यो ।
गाउँतिरै एउटा गजल प्रतियोगिता आयोजना भयो । प्रकाशले आफूलाई साहित्यिक नामले जोड्न खोजे । त्यहाँ उनले ‘सपुत’ शब्द प्रयोग गरे । प्रकाश सपुतभन्दा धेरै मान्छे अचम्म परे । प्रकाश सपुत बन्नुको कारण बोल्दै उनले भने, ‘त्यो बेला दिमागमा फ्याट्ट यो सोच आयो । मेरो नामपछि थरको ठाउँमा सपुत राख्दा कस्तो सुनिन्छ भन्ने सोचेर शुरूमा प्रकाश सपुत विक राखें । तर असाध्यै लामो सुनियो । त्यसपछि सपुत मात्रै राखें ।’
त्यसो त प्रकाशले धेरैपटक नाम फेरे । कुराकानीको सन्दर्भमा प्रकाश विगततिर फर्किए । उनले भने, ‘एकपटक वसन्त प्रकाश हरियाली राखें । प्रकाश विरही, प्रकाश दुःखी लगायत विभिन्न नाम राखें । पुराना पत्रिका र स्कूलमा लेख्ने कथा, कवितामा मेरा पुराना नाम सुरक्षित छन् ।’
धेरै नाम धेरैपटक प्रयोग गरे पनि प्रकाशले ‘प्रकाश सपुत’लाई ‘सिग्नेचर नेम’ बनाए । अहिले यो नाम यतिधेरै चलेको छ कि उनको नाममा लाखौं खर्चिने संगीत निर्माताहरू जति पनि भेटिन्छन् । उनको स्वर सजिएका गीतमा लगानी गर्ने म्युजिक कम्पनीहरू जति पनि भेटिन्छन् ।
प्रकाशले विक राख्दा हेपिन्छ भनेर अरु नामको प्रयोग गरेका पो हुन् कि ? तर यथार्थ होइन भन्छन् उनी । ‘सपुत राखेको संयोग र रमाइलोका लागि थियो । तर पछि ‘ब्राण्ड नेम’ बन्यो यो अर्कै कुरा हो,’ उनी थप्छन्, ‘नियतवश मैले नाममा जात नखुलाएको होइन ।’
तथापी प्रकाशसँग जातकै कारण धेरैपटक दुःख पाएको अनुभव छ । सोही कारण प्रकाशले यस विषयमा अझै धेरै आवाज उठाउने योजना बनाएका छन् गीतमार्फत । उनी थप्छन्, ‘जातीय भेदभावलाई मैले अलि बलियोसँग प्रस्तुत गर्नुपर्छ भन्ने लागेको छ । फिल्म नै बनाउने चाहना पनि राखेको छु ।’
‘खासमा हामीले मध्यमवर्गीय भन्छौं । तर हामी निम्नवर्गीय थियौं । खान लाउन समेत असाध्यै गाह्रो थियो । जब बुवा आम्दानीका लागि विदेश जानुभयो त्यसपछि जीवन बदलिएको हो,’ उनी थप्छन्, ‘गरीबीका कारण भात खान नपाउनु एउटा पीडा त थियो । तर पुगेर र भएर भात खान पाउँदा पनि उपल्लो जातसँग अलग्गै बसेर खानु जीवनमा अर्को दुःखद पीडा थियो ।’
जातभातका कारण धेरैपटक धेरै किसिमका दुःख पाएका प्रकाशले भने, ‘जीवन जिउने समयमा धेरैले धेरै किसिमका संघर्ष गर्छन् तर आफू कुन तहबाट आएको हो त्यो निकै महत्त्वपूर्ण कुरा हुन आउँछ । सायद मैले असाध्यै सानो समाज, रहनसहनबाट अलिसान, भव्य समाज र वातावरणको संगत गर्ने मौका पाएँ । मेरो जीवनको लाइनअप असाध्यै रमाइलो छ । कुनै दिन जिन्दगीमा हार खाएँ भने पनि मलाई कुनै चिन्ता लाग्ने छैन । किनभने मैले दुःख पाउँदा कसरी उठ्ने र सुख पाउँदा कसरी टिक्ने बुझेको छु ।’
... ...
बाँच्नका लागि प्रकाशले के–के गरे ? ‘मेरो बुवा विदेश पुगेपछि हामीहरूको जीवन अलिकति परिवर्तन भएको थियो,’ उनी थप्छन्, ‘त्यसपछि धेरै समय विदेशमा समय बिताउनुभयो । तर उहाँको कमाइले मात्रै नपुग्ने भएपछि मलाई पनि विदेश जानका लागि निकै प्रेसर आइरहन्थ्यो । तर मलाई नेपालमै केही गरौं भन्ने सोच आउँथ्यो । मैले एसएलसी दिएपछि संघर्षको अध्याय शुरूआत गरेको हुँ ।’
प्रकाशले रेडियोमा काम गरे तर रेडियोको कामले नाम हुन्थ्यो, आम्दानी हुँदैन्थ्यो । उनले फर्निचरमा काम गरे । कम्प्युटर सिके । पछि कम्प्युटर सिकाउने जागिर पाए । तर त्यहाँबाट पनि खासै प्रगति होला जस्तो लागेन । एनजीओमा जागिर खाए । एनजीओमा जागिर खाएकै बेलामा उनले पहिलोपटक काठमाडौं कस्तो हुन्छ भन्ने देख्न पाएका थिए । उनी भन्छन्, ‘वास्तवमा सपना देख्न पनि हैसियत चाहिने रहेछ । म त्यो बेला बल्ल काठमाडौंमा आएर केही गर्न सक्छु कि भन्ने हैसियतमा पुगें ।’ काठमाडौं आए, भनेजस्तो भएन । प्रकाश सम्हालिए । एनजीओमा काम गरेको मान्छे, अरु जागिरभन्दा राम्रो आम्दानी हुने ठाउँ । तर त्यो जागिर केही समयको कार्यकालपछि सकियो । त्यसपछि उनी रात्रिकालीन बसको टिकट काटेर काठमाडौं हिँडे ।
काठमाडौं आएपछि केही समय होटलमा हेल्परको रूपमा काम गरे । होटलमा भाडा माझे । उनी विगत सम्झन्छन्, ‘मसँग लुकाउनुपर्ने कुनै कुरा छैन । खुला किताब हो । कुरा यत्ति हो, जतिसुकै दुःख पाए पनि हार खाइनँ ।’
... ...
प्रकाशले खान नपाएको याद सम्झनामा ताजै छ । गोजीमा २ रुपैयाँ नभएको समय याद छ । चनाको भरमा काठमाडौंमा रात कटाएका क्षण पनि ताजै छन् । सापटी पैसा नपत्याएका मान्छेको संगत पनि गरेकै छन् । कोठाभाडा समयमै दिन नसकेका दिन पनि उनले भुलेका छैनन् ।
प्रकाश विगत सम्झन्छन्, ‘जातभातका कारणले दुःख पाएँ । परिस्थिति आफ्नो पकडमा नआउँदा पनि उत्तिकै दुःख पाएँ । तर बिस्तारै सबै कुरा मिल्दै गयो, राम्रो हुँदै गयो । सोचेजस्तै भयो ।’
प्रकाशले भने, ‘२०७४ सालतिर मैले मनमा एउटा संकल्प लिएँ, अझै १ वर्ष निकै मेहनत गर्छु । त्यसपछि पनि सफल भएन भने केही सोच्छु ।’
तर प्रकाशले जुन अन्तिम संकल्प गरे, त्यसबाटै ‘लक’ लाग्यो । धमाधम उनका गीत चल्न थाले । मेला, महोत्सवमा व्यस्त हुन थाले । सामान्य कोठा भाडामा लिएर बस्ने प्रकाशले फ्ल्याट भाडामा लिएर बस्न थाले । राम्रो पैसा कमाउँदै गए, अहिले आफ्नै बलबुताले काठमाडौंमा घर ठड्याए । प्रकाश भन्छन्, ‘मेरो मनमा के सोच आउँथ्यो भने कि राम्रो पैसा कमाउने नम्बर वान गायक हुन्छु, होइन भने अरुभन्दा फरक गायक हुन्छु । तर समयले साथ दियो । कमाएर नम्बर वानभन्दा पनि अरु कारणले मलाई यो स्थानको परिचय पाउने गायक भएँ । खुशी छु ।’
लोकान्तरबाट साभार
मिस नेपालहरू कुन दुनियाँमा मस्त ?
सिन्धुली,४ पौष – नेपाललाई विश्वभर चिनाउने वाचा गरी सुन्दरीको ताज पहिरिएकाहरू अहिले आफैं गुमनाम छन् । कोही रंगीन दुनिँयाबाट हराएर व्यवसायमा रमाइरहेका छन् त कोही विदेश भासिएका छन् । कोहीचाहिँ सञ्चार क्षेत्रमा छन् ।
हालसम्म ‘हिडन ट्रेजर’ (मिस नेपाल आयोजक) ले २५ नेपाल सुन्दरी जन्माएकोमध्ये अधिकांश झिलिक्क उदाएर क्षणभरमै गुमनाम बनेका देखिन्छन् । केही मात्र छन् रंगीन दुनियाँमा संघर्ष गरिरहेका । जस्तो माल्भिका सुब्बा, मलिना जोशी, सुगारीका केसीहरू सञ्चारको दुनियाँमा, रुबी राणा, उषा खड्गीहरू व्यवसायमा । केही ब्राण्ड एम्बासडर बनेर विज्ञापनमा झल्याकझुलुक देखिन्छन् । अधिकांशचाहिँ विदेश भासिएका छन् ।
०५१ सालका मिस नेपाल रुबी राणा शाह । चलचित्रदेखि मोडलिङमा जम्ने प्रयास गरिन् । अहिले कुपण्डोलमा ‘रुबीज कलेक्सन’ चलाएर बसेकी छन् । रुबीपछि सुमी खड्काले नेपाल सुन्दरीको ताज पहिरिइन् । रुबीझैं सुमी पनि टिकिनन् । एयरहोस्टेसको जागिर खान पुगिन् । तेस्रो मिस नेपालको ताज पहिरिइन् पुनम घिमिरेले । उनी अमेरिकातिर भासिइन् । १५ वर्षपछि स्वदेश फर्किएर अहिले व्यवसायमा छन् । पोखराकी निलिमा गुरुङ त्यसपछिका मिस नेपाल । म्युजिक भिडियो र मोडलिङमा जम्ने प्रयास असफल भएपछि बेलायततिर भासिइन् । ०५४ सालमा नेपाल सुन्दरीको ताज पहिरिएकी झरनाको हाल पनि उही हो । रंगीन दुनियाँमा सफलता पाए पनि प्रेममा झेल्नुपरेको असफलताका कारण उनी पनि पूर्व मिस नेपालझैं विदेशतिरै अल्झिरहेकी छन् । ज्योति प्रधान पनि पुनम घिमिरेझैं अमेरिका गइन् । मनोविज्ञानमा स्नातकोत्तर गरेकी श्वेता सिंहले आइपिडी नामक संस्था चलाएर बसिन् । त्यहाँ पूर्व मिस नेपाल प्रीति सिटौलासमेत जोडिन पुगिन् ।
०५७ सालमा नेपाल सुन्दरी बनेकी उषा खड्गी फेसन डिजाइनरको रूपमा सक्रिय छिन् । माल्भिका सुब्बा टेलिभिजनतिर जमेकी छन् । प्रीति सिटौला टेलिभिजनमा काम गरेर जम्न सकिनन् । पायल शाक्य अष्ट्रेलिया पुगिन् । सुगरिका केसी आरजेको रूपमा जमिन् । सिताष्मा चन्द मिस नेपाल बनेपछि अस्ट्रेलियालीसँग विवाह गरेर उतै भूमिगत भइन् । ६६ सालकी मिस नेपाल जेनिशा मोक्तान दीपक मलहोत्रा पुत्र दिकेशसँग लगनगाँठो कसेपछि अहिले व्यापारिक संसारमा हराइरहेकी छन् । सदीक्षा श्रेष्ठ केही वर्ष विज्ञापनमा देखिइन् । ६८ का मिस नेपाल मलिना जोशी केही सिनेमामा देखिइन् । अहिले रंगीन दुनियाँभन्दा पर छिन् । ६९ को नेपाल सुन्दरी सृृष्टि श्रेष्ठले केही सिनेमामा काम गरिन् तर अधिकांश सिनेमा फ्लप भएपछि उनी पनि रंगीन दुनियाँबाट हराइन् ।
०७० की नेपाल सुन्दरी इशानी श्रेष्ठ दन्तरोग विशेषज्ञ । अहिले सामाजिक काममा सक्रिय छन् । इभाना मानन्धरले सीई कन्स्ट्रक्सनमा बजार प्रवद्र्धनको काममा पितालाई सघाइन् । सुबिन लिम्बू, अश्मि श्रेष्ठ सबै मिस नेपाल गुमनाम छन् । ०७४ की मिस नेपाल निकिता चण्डकले रानीमहल, साङ्लो चलचित्रमा काम गरिन् । दुवै फ्लप । कम्युनिष्ट बाबुआमा विरोध खतिवडा र मनु सिग्देलपुत्री शृंखला त्यसपछिको नेपाल सुन्दरी । यस वर्ष ०७७ सालको नेपाल सुन्दरीको ताज नम्रता श्रेष्ठले पहिरिँदा धेरै झुक्किए नायिका नम्रता हुन् कि भनेर । हेर्न बाँकी छ शृंखला, नम्रताहरू यो रंगीन दुनियाँको चमकधमकमा कतिन्जेल टिक्छन् वा पूर्व मिस नेपालझैं हराउँछन् ।
जन आस्थाबाट साभार
नेपाल प्रहरीको त्यो डान्स भिडियो सामाजिक सञ्जालमा निकै भा इ रल (भिडियो हेर्नुहस् )
यति बेला नेपाल प्रहरीको एक डा न्स भिडियो सामाजिक सञ्जालमा निकै भा इ रल भइरहेको छ । कुनै कार्यक्रम ह ल जस्तो देखिने स्थानमा केही प्रहरी जवान र महिला प्रहरी नाचिरहेका देख्न सकिन्छ । केही भने पा श्र्वमा ताली बजाइरहेका पनि सुन्न सकिन्छ । मै राम्री हुन के गरुँ भन्देउ बो लको गीतमा महिला प्रहरी नाचिरहेकी देखिन्छिन भने अर्का एक जवान रमाइलो किसिमले क म्मर म र्काइरहेका देख्न सकिन्छ ।
सो भिडियोबारे सामाजिक सञ्जालमा थुप्रै सकारात्मक प्रतिकृयाहरु आइरहेका छन् । सदैव देश र जनताको सेवामा अ होरात्र ख टिने प्रहरीका आफ्नो ब्यक्तिगत जीन्दगीमा पनि क हि लेकाही हुने रमाइलोले जनतामा सकारात्मक सन्देश फैलिने गर्दछ ।
हेर्नुहस् भिडियो.
प्रचण्ड माधवको नयाँ पार्टी ब न्दै , रामचन्द्र सग रा हत मा ग्दै !
सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भे टवार्ता गरेका छन् ।
पार्टीभित्रको वि वा द चु लिँदै गइरहेका बेला सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका हुन
उनीहरुले शुक्रबार नेता पौडेललाई भेटेको बताइएको छ । दुबै पक्षले भेटलाई गो प्य राखेका छन् । नेकपाको वि वा द पार्टी फु ट सम्म जान सक्ने आ शं काका बीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग अ स न्तुष्ट समूहका शीर्ष दुई नेताले कांग्रेस बरिष्ठ नेता पौडेललाई भेटेका हुन्।
नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आफूनिकट नेताहरुसँगको छलफल चलिरहेका बेला प्रचण्ड नेपाल म ह त्वपूर्ण बैठकमा जानुपर्ने भन्दै नि स्किएका थिए । सोही समयमा कांग्रेस नेता पौडेल उखु किसानको आ न्दो लनमा समर्थन ज ना उन माइतीघरमा थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सं वैधानिक परिषद्सम्बन्धी अ ध्यादेश फिर्ता लिन स्थायी कमिटीको स र्वसम्मत निर्णय र दुई अध्यक्षबीचको स हमतिपछि पनि आ नाकानी गरेपछि प्रचण्ड नेपाल समूह थप स शं कित बनेका छन् । प्रधानमन्त्री ओलीले फेरी अरु अध्यादेश ल्याउन सक्ने वा अन्य राजनीतिक दु र्घ ट ना नि म्त्या उन सक्ने आ शंका प्रचण्डपक्षको छ ।
प्रचण्ड नेपाल समूहले पार्टी वि भाजन हुनसक्ने स म्भावनाबारे पनि पौडेलसँग कुरा गर्दै सम्भावित स त्ता सहकार्यमा कांग्रेसको स मर्थन खोजेको कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार प्रचण्ड–नेपालले नेकपाभित्रको वि वा द पे चिलो बन्दै गएको र प्रधानमन्त्री ओलीले पार्टी नि र्णयको अ टेर गर्दै अ ध्यादेश फिर्ता न लिएको अवस्थामा आगामी राजनीतिबारे अ न्यौलता प्र कट गरेका थिए ।
उनीहरुले कांग्रेसको भूमिका कस्तो हुन्छ भन्नेबारे पौडेलसँग चासो व्यक्त गरेका थिए । प्रचण्ड–नेपाल र पौडेल भेटबारे आफूहरुले चर्चा सुनेपछि औ पचारिक कुनै जानकारी नआएको कांग्रेस सभापति देउवानिकटस्रोतले बतायो । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीचको निरन्तरको भेटघाटले कांग्रेसको भूमिका के हुन्छ भन्नेबारे प्रचण्डसमूह सशंकित छ ।
अध्यादेश फिर्ता गर्न माग
कांग्रेसले स र्वसत्तावादी सोचका साथ प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अ ध्यादेश फिर्ता गर्न माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले संसद अधिवेशनको माग गर्दै अध्यादेश फिर्ता हुनुपर्नेमा जोड दिएको हो।
‘कांग्रेसको चर्को द बाब र चौतर्फी विरोध पश्चात् सरकार बाध्य भई फिर्ता लिन पुगेको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई गलत मनसायका साथ मंसिर ३० गते पुनः जारी गरिएको प्रति कांग्रेस संसदीय दल ग म्भीर आ पत्ति प्रकट गर्दछ,’ प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शा क्ति पृ थकीकरण, नि यन्त्रण तथा स न्तुलनको सिद्धान्तको आधारमा संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थित अनिवार्य राखिएको हो । यस किसिमको संवैधानिक व्यवस्थालाई उल्लंघन गरी ल्याएको अध्यादेश अलोकतान्त्रिक एवं गैरसंवैधानिक छ ।’
कांग्रेसले राष्ट्रका महत्वपूर्ण ओहोदामा नियुक्तिका लागि सिफारिस गर्ने निकाय संवैधानिक परिषदको कार्यविधिलाई आफ्नो अनुकूल र स्वा र्थपूर्तिको लागि ब हु मतको आधारमा निर्णय गर्न खोज्नु संविधानको मूल्य मा न्यता वि परित भएको ठ bहर गरेको छ । त्यस्तै सरकारले जनताको आ वाज उठाउने र का नून बनाउने थलो संसदलाई अ प्र त्याशित ढंगले स्थ गन गरी जनप्रतिनिधि र संसदको भूमिकालाई सं कुचित बनाउँदै अ निर्णयको ब न्दी बनाईरहेको जी किर कांग्रेसको छ । ‘लामो सयमसम्म सरकारले संसदको बैठकको आब्हान नगरी निरङ्कुश ढंगले एकपछि अर्को वि वादित अध्यादेश जारी गर्ने अ सफल कार्य गरिरहेको छ,’ बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक खाणले भने, ‘अतः संघीय संसदको अधिवेशन अबिलम्ब बोलाउन सरकार समक्ष माग गरेका छौं ।’ त्यस्तै भ्र ष्टा चार बढेको र उखु किसानले भु क्तानी न पाएकोबारे कांग्रेसले चि न्ता जनाएको छ ।
चार झ्याङ् अदुवाले अहिले गाँउ नै छ पक्कै ढा क्यो
सिन्धुली,४ पौष – तीन दशकअघि सिक्किमको पेदुङ्बाट ल्याएको चार झ्याङ् अदुवाले यतिखेर दुधौली नगरपालिका–१३ अरुणठाकुरलाई नै छ पक्कै ढा केको छ ।
राम्रो मूल्य पाउन थालेपछि अरुणठाकुरका कृषकले पा खो बारीमा मकै र को दो रोप्न छा डेर अदुवा खेती गरेका हुन् । “शिक्षा र अदुवा खेती, अरुणठाकुरको नीति” भन्ने ना रा बनाएर कृषकले घर–घरमा सुरु गरेको अदुवा खेतीबाट उनीहरुको जीवनस्तरमा प रिबर्तन मात्रै आएको छैन, म नग्ये आ म्दानी समेत लिएका छन् ।
मकै र कोदो खेतीको आम्दानीभन्दा अदुवा खेतीको आम्दानी ते ब्बरभन्दा बढि हुने भएकाले त्यस खेतीतर्फ आकर्षित भएको कृषकहरु बताउछन् । स्थानीय कृषकका अनुसार अरुणठाकुरमा वि.सं. २०४२ सालतिर अदुवा खेतीले प्रबेश पाएको हो । गाँउकै कृषक आसमान् तामाङ्ले त्यतिबेला मसलाका लागि भनेर सिक्किमको पेदुङ्बाट ल्याएको बोसे जातको चार झ्याङ् अदुवाले व्यावसायिक रुप लिएर अहिले सिङ्गो गाँउ नै ढाकेको हो ।
अदुवा खेतीबाट बर्सेनि ५० हजार रुपियाभन्दा बढी आम्दानी लिदै आउन भएका स्थानीय कृषक रत्नबहादुर तामाङ् मकै र कोदो खेतीको तुलनामा ते ब्बरभन्दा बढि आम्दानी हुने भएकाले आफुले १२ बर्षदेखि अदुवा खेती गर्दै आएको बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, “अदुवाको आ म्दानीले घर खर्चमात्र ट रेको छैन, आर्थिक हैसियतमा समेत ठू लो प रिवर्तन आएको छ । मैले पनि यो वर्ष सात कठ्ठा जमिनमा अदुवा खेती गरेको छु । अदुवा कै आम्दानीबाट सबै कृषकले ईच्छा अनुसारको खाद्यान्न कि नेर उपभोग गर्छौं ।”
अदुवा खेतीमा संलग्न कृषकहरुका अनुसार उत्पादित अदुवा सिजन अनुसार प्रतिधार्नी दुई सय रुपियादेखि तीन सय रुपियासम्ममा बि क्रि हुने गरेको छ । उत्पादित अदुवा स्वदेशका काठमाडाँै, धरान, बिरगञ्ज र बिराटनगर हुदै भारतको दि ल्लीसम्म निकासी हुने गरेको छ ।
उचित मूल्य र बजारको सरल पँहुचका कारण अरुणठाकुरका करिब ९० प्रतिशत बासिन्दा अदुवा खेतीमा संलग्न रहेका अर्का कृषक नरबहादुर तमाङ् बताउनुहुन्छ ।
उहाँका अनुसार अरुणठाकुरका करिब आठ सय घरपरिवार मध्ये सात सय बढि घरपरिवारले व्यावसायिक अदुवा खेती गरेका छन् । अदुवा खेती गरेर प्रतिपरिवारले बर्सेनि कम्तीमा ५० हजार रुपियादेखि बढिमा चार लाख रुपियासम्म आम्दानी गर्दै आएका छन् ।
एक घरले न्यूनतम दुई कठ्ठा जमिनदेखि अधिकतम चार विघा जमिनमा अदुवा खेती गरेका पाईन्छ । खेतीमा संलग्न सोमबहादुर बल आफुले करिब चार बिघा जमिनमा अदुवा खेती गरेको बताउनुहुन्छ । बर्सेनि आफुले अदुवा खेतीबाट तीन लाख रुपियासम्म कमाउने गरेको उहाँको भनाई छ ।
आफ्नो जाँगर, मिहेनेत र लगनशीलता छ भने अदुवा खेतीबाट अरब जाने व्यक्तिले जत्तिकै गाँउमै धन कमाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो । कृषक बल भन्नुहुन्छ, ‘धन कमाउन किन जानु पर् यो विदेश ? यहाँका कृषकलाई त आफ्नै गाँउ अरब पल्टिएको छ ।’
उत्पादित अदुवा बिक्रि गर्न छिमेकी दुधौली बजारमा पु¥याउनु पर्ने बाध्यता रहेको खेतीमा संलग्न कृषकहरु बताउछन् । बिक्रि न भएको अदुवाबाट कृषकले धुलो मसला, सुठो, चक्लेट र क्याण्डी बनाई बिक्रि गरि आम्दानी लिदै आएका छन् ।