काठमाण्डौ, - केही दिनयता ज ताततै एउटा गीत सर्वाधिक घ न्किरहेको छ । गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा रहेको ‘मैसाब’ बोलको गीत अहिले वृ द्धदेखि ब च्चासम्मको जि ब्रोमा झु ण्डिएको छ । दरवारिया शैलीमा निर्माण गरिएको भिडियोमा पल शाह र छुकिला शेर्पाले अ भिनय गरेका छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेका कारण दर्शकले गीत निकै रु चाएका छन् ।
यही गीतबाट मो डलिङ डेब्यू गरेकी छुकिलाको सुन्दरता, एक्सप्रेसन र नृत्यको पनि मु क्तकण्ठले प्रशंसा भइरहेको छ । पहिलो गीतले नै च र्चा बटुल्न सफल हुँदा उनलाई अन्य म्यूजिक भिडियोबाट अ फर आउन थालेको छ । अब उनले फिल्ममा पनि काम गर्न लागेको जानकारी प्राप्त भएको छ । फिल्म ‘हु तुतु’ मा उनी मुख्य अभिनेत्रीको रुपमा अ नुबन्ध भएको गो प्य स्रोतले बताएको छ ।
‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले निर्माण गर्ने यो फिल्ममा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतको अभिनय रहनेछ । पहिला फिल्मका लागि मुख्य अभिनेत्रीमा निर्माण टिमले साम्राज्ञी आरएल शाहलाई प्र स्ताव गरेको थियो । तर, उनले फिल्मलाई समय दिन न सक्ने बुझेर निर्माण टिम अन्य अभिनेत्रीको खो जीमा थियो ।
‘मैसाब’ गीत सार्वजनिक भएसँगै छुकिलालाई निर्माता तथा कलाकार सेनले ‘हुतुतु’ मा मुख्य अभिनेत्रीको रुपमा अ नुबन्ध गरेको बुझिएको छ । तर, यस बारेमा निर्माण टिमले कुनै जा नकारी दिएको छैन । ‘हुतुतु’ लाई निर्माता सेनले नै नि र्देशन गर्दैछन् । सिक्किम निवासी छुकिला अभिनेत्री बन्ने स पना बोकेर काठमाडौं आएकी हुन् । उनले होटल म्यानेजमेन्टको पढाई गरेकी छन् ।