शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रचना रिमालको स्वरमा ‘कुखुराको भाले’ सार्बजनिक

बिहिवार , पौष २, २०७७

काठमाडौँ,२ पुस – पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र गायक प्रकाश सापकोटाको स्वरमा सजिएको ‘कुखुराको भाले’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ। सार्बजनिक गीतमा प्रकाश सापकोटा स्वयमकै सब्द रहेको छ भने नरेश खाती क्षेत्रीले संगीत भरेका छन्। उक्त गीतमा कृष्ण बिक(भान्जा)को एरेञ्ज रहेको छ।

काजिष श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाइ श्यामस्वेत रशाइलिले मिक्सिंग तथा मास्टरिङ्ग गरेका छन् भने पछिल्लो समयका चर्चित गायक तथा मोडल दुर्गेश थापा, काजिश श्रेष्ठ, यांशु श्रेष्ठ फ़िचर्ड छन्। उक्त म्युजिक भिडियोमा जेभिन श्रेष्ठ , जेभिश श्रेष्ठ र आयुशी ढकाललाइ बालकलाकारको रुपमा देख्न सकिन्छ भने कमेडी कलाकारमा कृष्ण जोशीलाई देख्न सकिन्छ।

भिडियो हेर्नुस:

आज पौष ०१ गते बुधबारको राशिफल र मौसम

वि.सं.२०७७ साल पौष ०१ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–द्वितीया,३० घडी २६ पला,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–पूर्वाषाढा,३९ घडी ४८ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त उत्तराषाढा । योग–वृद्धि,३६ घडी ५९ पला,बेलुकी ०९ बजेर ३७ मिनेट उप्रँन्त ध्रुव । करण–बालव,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त कौलव,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५१ पला । पौष सक्रान्ति ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात पर्नेछ । मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनेछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध, रतिराग तथा पारिवारिक सम्बन्धप्रति कुनै आकर्षण हुँदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन । परोपकारी काममा आकर्षण बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– चिन्तन र उपाय महत्त्वपूर्ण बन्नसक्छ, त्यसैले ज्ञानप्राप्तिको प्रयास गर्नु राम्रो हुन्छ । सन्ततिपक्षका समस्यामा केन्द्रित हुनुपर्ने सङ्केत छ, तिनीहरूको शैक्षिक र बौद्धिक उन्नयनका लागि लगानी बढाउने समय आएको छ । बन्दव्यापार र व्यवसायमा मिहिनेत गरेबमोजिम लाभै मिल्नेछ, तर सँगीसाथीले सहयोग गर्न सक्दैनन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :-हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था : – हाल प्रदेश २, बागमती प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु/ कुहिरो लागेको छ।

आज दिउँसो :– प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आँशिक बदली रहनेछ ।

आज राती :– देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर २८ गते देखी पुस ४ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- साताको प्रारम्भमा पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । ब्यापार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । नयाँ कार्यको थालनिको राम्रो समय रहेकोछ । शारीरिक आलस्यताले भने सताउन सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा समय मध्यम रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय राम्रो रहको छैन । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यतीहरुबाट धोका हुन सक्नेछन । गरीरहेको कार्यका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । बाणीकाकारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखापर्नेछ । तपाईद्वारा सम्पादितकार्यको श्रेय अन्य ब्यत्तिहरुले प्राप्त गर्नेछन । यात्राका क्रममा सामान्य समस्याको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को,) :- साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-साताको पारम्भमा पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मगंलबार पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):-साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :–साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

प्रतिक्रिया