शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुर्गेश थापाले सार्बजनिक  प्रेमिका गरे

मंगलवार , मंसिर ३०, २०७७

काठमाडौँ,३० मंसिर –नेपालका चर्चित गायक तथा मोडल हुन दुर्गेश थापा, बेलाबेलामा नया नया गित संगीतको स्वाद दर्शकलाई चखाइरहेका हुन्छन भने उनका कतिपय गितहरु त बिबादमा पनि आउने गरेको सबैमाझ सर्बबिधिकै छ । यस्ता चर्चित गायकको प्रेम को संग छ या छैन भन्ने कुरा बाहिर आएको थिएन तर अहिले दुर्गेशले नै आफ्नी प्रेमिकाको तस्विर सार्वजनिक गरेका छन् । उनको नाम हो प्राची लामा, उनको घर सिमिकोट हो भने उनि काठमाण्डौमा बस्दै आएकी छिन । उनि ब्लु क्रश हस्पिटलमा कार्यरत छिन भने उनि नेपाल स्पार्ड मोडल २०१७ को सेकेण्ड रनर अप समेत भएकी थिइन् ।

 

सामाजिक संजाल फेसबुकमा उनका ८ हजार भन्दा बढी फलोअर्स छन् । गायक तथा मोडललाइ मन नपराउने कमै होलान तर पनि प्राची लामा दुर्गेशको जिबनमा आएकी हुन या त प्राचिको जिबनमा दुर्गेश ? यो कुरा त् बाहिर आउनै बाकि छ भने जन्मदिनको अवसरमा दुर्गेशले आफ्नी प्रेमिका प्राची लामालाई जन्मदिनको शुभकामना दिँदै उनको मुक्तकण्ठले फेसबुकबाट शुभकामना ब्यक्त गरेका छन् । यी दिबैले एकसाथ म्युजिक भिडियोमा काम समेत गरिसकेका छन् ।

उनले आफ्नी प्रेमिका प्राचिलाई दिएको सुभकमनाले दुर्गेशका फ्यानाहरुनै अचम्मित परेका छन् भने प्राचिलाई जन्मदिनको सुभकामना दिएका छन् । प्रेमिका प्राचीलाई जन्मदिनको शुभकामना दिँदै दुर्गेशले भनेका छन् प्राची तिम्रो आगमनले मेरो बाँकी यात्रा अझै उल्लासमय बन्नेछ । उनले भनेका छन् – मलाइ यत्ती थाहा छ कि,तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ ।

जिन्दगिको संघर्षमा कति दुख पाए,कति सुख पाए,त्यो आधा सपनी भैसकेको छ । तिम्रो उत्सवमय आगमन सङ्गै मैले बुझेको छु,बाकी यात्रा अझै महाउत्सवमय बन्नेछ । तिमिलाई खुसी पारे,तिमिलाई रुवाए,तिमिलाई पाए,यत्ती मेरो चाहना होइन, तिमिलाइ गुमाउन नपरोस। म जिउदो हुँदै,तिमिलाई भएभरको सुख दिन पाम, खुसी दिन पाम,मरेपछि तिमिले माया गरिरहेको सास को महसुस गर्न पाम ।

 

 

आज मंसिर ३० गते मंगलबाररको राशिफल र मौसम

वि.सं.२०७७ साल मंसिर ३० गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–प्रतिपदा,३४ घडी ०२ पला,बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–मूल,४१ घडी ४० पला,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त पूर्वाषाढा । योग–गंड,४२ घडी ५३ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रँन्त वृद्धि । करण–किंस्तुध्न,बिहान ०९ बजेर १७ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर २६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५१ पला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्छ। पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा प्रशस्त फाइदा हुने छ । शुभ चिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानि हुन सक्छ । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । आलोचकहरूले पनि सताउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । अतिथिको रूपमा सम्मान पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । व्यापारमा फाइदा हुनेछ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ । तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ । बेसुरमा बचन दिनाले दुस्ख पाइनेछ । मेहनतले आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । आजको कामबाट मनग्य धन लाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हालको मौसमको अवस्था : – हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो / हुस्सु लागेको अवस्था छ ।

आज दिउँसो :– प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :– प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर २८ गते देखी पुस ४ गतेसम्मको साप्ताहिक राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गोप्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लापरबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झमेलामा फसिन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- साताको प्रारम्भमा पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । ब्यापार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । नयाँ कार्यको थालनिको राम्रो समय रहेकोछ । शारीरिक आलस्यताले भने सताउन सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा समय मध्यम रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय राम्रो रहको छैन । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । बिश्वासिला ब्यतीहरुबाट धोका हुन सक्नेछन । गरीरहेको कार्यका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । बाणीकाकारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखापर्नेछ । तपाईद्वारा सम्पादितकार्यको श्रेय अन्य ब्यत्तिहरुले प्राप्त गर्नेछन । यात्राका क्रममा सामान्य समस्याको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को,) :- साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा साबधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्नहुनेछ । कार्य क्षेत्रमा गोप्यता अपनाउनु उत्तम रहनेछ । खानपानको गडबढीका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामाँन्य समस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफुकमजोर भएको अनुभब रहनेछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र दिघोनहुन सक्छ । प्रतिपक्षीहरुको बृद्धिहुनाले हरेक कदममा ध्यानपूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभाबको सामना हुन सक्नेछ । आकस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-साताको प्रारम्भमा परीवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । नयाँकार्यको थालनि नगर्नुनै उत्तम रहनेछ । शारिरीक आलस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आकस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :-साताको प्रारम्भमा पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । मुद्धामामिलाको क्षेत्र तपाइको पक्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घमण्डका कारण सामान्य झमेलाको सामना गर्नु पर्ला मगंलबार पश्चात भने सामान्य अप्रिय खबरले मन चिन्तीत रहनेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अपजसको सामना गर्नु पर्नेछ । जिम्बेवारी पूर्णकार्यको नेतृत्वगर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै कठिनाईको सामना गर्नु पर्नेछ । साताको अन्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेलापर्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेकोछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वादबिवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धोका हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन । तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धिहुनाले प्रतिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झोरझमेलाको सामना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत समस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-साताको पारम्भमा पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मगंलबार पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :-साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :-नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यँितहरु को कारण सामान्य चिन्ता बढ्न सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):-साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । साताको अन्त्यमा मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :–साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

प्रतिक्रिया