एजेन्सी -अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको हाई स्कूलमा बास्केटबल खेलमा लगाएको जर्सीको बिक्रीले विश्व रे कर्ड कायम गरेको छ । सन् १९७९ हवाईको पुनाहौं स्कूलमा बास्केटबल खेलमा लगाएको उनको जर्सी लि लामीमा १ लाख ९२ हजार ड लरमा बिक्री भएको छ । लिलामीमा बिक्री भएको उक्त जर्सीका लागि अहिलेसम्मको सबैभन्दा बढी मो ल हो । उक्त सेतो जर्सीको नम्बर भने २३ रहेको छ ।

सेवा निवृत्त एनबीएका प्र ख्यात खेलाडी माइकल जोर्डन, अमेरीकी पूर्व राष्ट्रपति बाराक ओबामा र पूर्व एनएफएल क्वार्टर को लिन क्यापरनिकले लगाएको जर्सीले शुक्रवार लिलामीमा विश्व रेकर्ड बनाएका थिए । शुक्रबार सम्पन्न चार दिने लिलामीमा एनबीए लस एन्जल्स लेकर्स स्टार लेब्रोन जेम्सको जर्सी पनि समावेश थियो । एनबीए अकेरिकामा बास्केटबल म्याच र सिरिज आयोजना गर्ने सबैभन्दा ठूलो संस्था हो ।

पाँच पटक एनबीए मोस्ट भ्यालुएबल प्लेयर र १४ पटक एनबीए अल–स्टार प्लेमेकरद्वारा लगाइएका जर्सीहरू लिलामीका लागि राखिएको थियो । यो सेतो जर्सी खेलाडी माइकल जोर्डनले आफ्नो पहिलो म्याच बुल्स क्लबका सदस्यका रुपमा लगाएका थिए । यो सेतो जर्सी पहिले पनि लिलाम बढाबढ भएको थियो । १८ जुलाइमा इन्डियानाको विरुद्ध सन् १९९८ को एक म्याचमा लगाएको जर्सी २ लाख ८८ हजार डलरमा लि लाम गरिएको थियो ।

ओबामाको २३ नम्बरको सेतो जर्सीलाई १ लाख ९२ हजार डलरमा लिलाम भएको छ । पूर्व राष्ट्रपति ओबामाले यो जर्सी सन् १९७९ मा हवाई राज्यको पुनाहौ स्कूलमा लगाएका थिए । यो कुनै पनि हाई स्कूलको जर्सी यति धेरै मूल्यमा बिक्री भएको नयाँ विश्व रेकर्ड हो ।
आज मंसिर २२ गते सोमबारको राशिफल र मौसम
वि.सं.२०७७ साल मंसिर २२ गते । सोमबार । ईश्वी सन् २०२० डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–सप्तमी,२१ घडी २२ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा,१३ घडी ३९ पला,दिउसो १२ बजेर ०२ मिनेट उप्रान्त पूर्र्वाफाल्गुनी । योग–विष्कुम्भ,४९ घडी २५ पला,रातको ०२ बजेर २९ मिनेट उप्रँन्त प्रिती । करण– बव,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त बालव,रातको ०२ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २५ घडी ५९ पला । अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन । काममा विविध चुनौतीको सामना गर्नु पर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहने छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार
मौसम विश्लेषण :- हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ ।
हालको मौसमको अवस्था : – हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ |
आज दिउँसो :– देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
आज राती :– प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।
२०७७ मंसिर २० गतेदेखि मंसिर २६ गतेसम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानि बाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– यो साता काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ):– यो साता कीर्तिमानी काम गर्ने समय र रमाइलो यात्राको योग रहेको छ । जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साथीभाइ तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– यो साता धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । शेयर बजारको लगानि बाट दीर्घकालीन फाईदा हुनेछ । मध्य सातामा केहि महत्त्वपूर्ण कार्यमा उलझन र व्यवधान भने आउन सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :– यो हप्ता नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ):– यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ):– यो हप्ता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मानसिक चिन्ता समेत बढ्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको दिन रहनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । अचल सम्पत्ती हात पर्ने योग छ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ):– यो साता नयाँ काम वा रोजगार पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ):– यो साता दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।