शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यसरी कमाउन्छीन् यी युवतीले घ ण्टाको १२ लाख

शुक्रवार , मंसिर १९, २०७७

काठमाडौँ,१९ मंसिर – युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास न लाग्न सक्छ तर, बा स्तविकता यस्तै छ । यो तथ्य नेपालको भने होइन, अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको क हानी हो ।उनले निरन्तरको क डा प रिश्रमका कारण स्मा र्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जा गिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

समाचार माध्यमहरुका जनाइएअनुसार, चे ल्सी पहिला त कार्यालयमा काम ग र्थिन् तर त्यो काम बाट दि क्क बनेपछि उनले अनलाइन भिडियो गे मबाट पैसा कमाउने दिमाग लगाइन् ।सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो क माउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् ।

लाइभ स्ट्री मिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६.६ लाख फलोअर छन् ।उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना त स्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हि साबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फा र्मेसीमा डिग्री लिएकी छन् ।

अभिनेत्री नम्रता श्रेष्ठ र प्रकाशको भिडियोले आ तंक मच्यायो [ भिडियो हेर्नुस ]

काठमाडौँ,१९ मंसिर – अहिले सर्वाधिक चर्चामा रहेकी अभिनेत्री नम्रता श्रेष्ठ र गायक प्रकाश सपुतको भिडियोले आ तंक नै म च्चाई रहेको छ । टिककटकदेखि सामाजिक सञ्जालसम्म उनीहरुका भिडियो क्लिपले नै भरिएका छन् । यो गीतको भिडियो अत्यन्तै सफल हुने देखिन्छ । छोटो समयमा लोकदोहोरी गीत ‘फु टेका चु रा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं तीनमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ ५ लाख ५८ हजार नाघिसकेको छ ।

गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गर्नुभएको छ । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा पाँच हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ४९ हजारले ‘लाइक’ गरेका छन् ।

कुनै एक देशको रानी लडईँकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् ।

मन्त्रीलाई बोलाएर उपचारका लागि राम्रो वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताउनुभयो ।

“गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भन्नुभयो, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक÷श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गर्नुभएको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उहाँका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे ।

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त हुनुहुन्छ । गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै हुनुहुन्छ । चलचित्रको अहिले छायाङ्कन भइरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

आज पनि ब ढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं, १९ मंसिर – नेपाली बजारमा सुनको मूल्य आज पनि ब ढेको छ । बिहिबार सुनको मूल्य ९२ हजार ६ सयमा का रोबार भएकोमा आज तोलामा ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९२ हजार ४५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको म हासंघले जनाएको छ ।

बिहेको लगन : मंसिरपछि वैशाख कुर्नुपर्न

काठमाडौं, १९ मंसिर – बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् ।

मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ । यसपालि मंसिरदेखि बैशाखको बीचमा बिहेको लगन छैन । मंसिरमा पनि १५ गतेपछि मात्रै लगन निस्केका थिए ।

पञ्चाङ निर्णायक समितिको पात्रो अनुसार यस वर्षको मसिंरमा जुरेका बिहेका चारवटा साइतहरु मंसिर १६, २१, २२ र २६ गते मात्रै हुन् । १६ गतेको साइत गुज्रिइसकेको छ । अब २१, २२ र २६ गतेमात्रै साइत जुर्छ ।

मंसिरको साइत गुज्रिएपछि मुहूर्त जुराएर बिहे गर्न चाहनेले बैशाससम्म कुर्नुपर्ने जानकारहरु बताउँछन् । श्री पञ्चमी वा विवाह पञ्चमीमा बिहे गर्न साइत जुराउनुपर्दैन भन्ने मान्यता सही नभएको तोयानाथ पञ्चाङ्ग पात्रोमा लेखिएको छ ।

शास्त्रीय मान्यताअनुसार माघ १ गतेदेखि असार मसान्तसम्मका ५ महिना (चैतबाहेक) विवाहका लागि शुभ मानिन्छ । तर यसपटक पुस, माघ र फाल्गुन महिनामा विवाहको लगन नरहेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले बताए ।

यस वर्ष माघ महिनामा किन जुरेन त लगन ? सचिव ढुंगेल भन्छन्, ‘विवाहको लगनका लागि विभिन्न कोणबाट शुभ साइत जुराउनुपर्छ । यो वर्ष माघमा वृहस्पति र शुक्र अस्त भएकोले माघ र फाल्गुनमा विवाहको साइत जुरेको छैन ।’

पञ्चाङ्ग निर्णायक समितिका अनुसार माघ ४ गतेदेखि सुरु भएको वृहस्पति अस्त फाल्गुनको २ गतेसम्म जारी रहन्छ, माघमा नै सुरु हुने शुक्र अस्त भने वैशाख महिनाको पहिलो सातासम्म चल्ने भएकोले विवाहको लगन पनि मंसिरपछि एकैपटक वैशाखमा मात्रै जुर्न लागेको हो ।

कसरी जुराइन्छ विवाहको लगन ?

विवाहको लगन जुराउने पञ्चाङ्ग निर्णायक समितिको आफ्नो छुट्टै विधिविधान छ । सोही विधानका कारण यो वर्षको मंसिर महिनामा पनि १६ गतेमात्रै लगन जुर्यो । अब २१, २२ र २६ गते लगन छन् । १० दिनको बीचमा ४ वटा लगन जुरेपछि झण्डै चार महिनाको लागि लगनविहीन बन्न लागेको छ ।

पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलका अनुसार एउटा विवाहको लगनलाई अयन, महिना, तिथि, नक्षत्र, अधिकमास, क्षयमास, चतुर्मास लगायतले प्रभावित बनाएको हुन्छ । शुभ वा अशुभ दिन भनेर निर्धारण गर्ने आधारको रुपमा यिनीहरुलाई लिइन्छ भने विवाहको मुहूर्त जुराउने सवालमा पनि महत्वपूर्ण मान्ने गरिन्छ ।

विवाहको लगन जुराउँदा सबैभन्दा पहिले अयनलाई ध्यान दिइन्छ । एक वर्षमा उत्तरायण र दक्षिणायन गरी २ वटा अयन हुन्छन् । विवाह र व्रतबन्धको लागि उत्तरायणको ५ महिना र दक्षिणायनको एक महिना गरेर एक वर्षमा ६ महिना मात्रै शुभ मुहूर्त जुर्ने गर्छ । उत्तरायणको चैत महिना भने विवाहको लागि अयोग्य मानिन्छ । व्रतबन्धको लागि भने उत्तरायणका ६ वटै महिना शुभ हुन्छ ।

चतुर्मासमा पनि विवाह गर्नु शुभ हुँदैन भन्ने मान्यता छ । यही चतुर्मासका कारण नै यस वर्ष मंसिर १५ गतेसम्म विवाहको लगन जुर्न नसकेको हो । उत्तरायणका ५ महिना र मंसिरमध्ये पनि वृहस्पति र शुक्र अस्ताएको बेलामा विवाह/व्रतबन्ध गर्न मिल्दैन । यो वर्षको माघ महिनामा लगन नजुर्नुको कारण यिनै ग्रहको अस्त रहेकोले हो ।

यसरी ६ महिनामा सबै उदय अस्त मिलाएपछि दिनको शुभ अशुभ हेर्ने गरिन्छ । यसको लागि कुन–कुन नक्षत्र शुभ र कुन–कुन अशुभ भन्ने तय गरिन्छ । कुल २७ वटा नक्षत्र हुन्छ । त्यसमध्ये ११ वटा नक्षत्रलाई मात्रै शास्त्रले विवाह र व्रतबन्धको लागि शुभ तोकेको छ । शास्त्रानुसार विवाह हेतु रेवती, तीनै उत्तरा (उत्तर फाल्गुनी, उत्तराषाढा र उत्तरभाद्रपदा), रोहिणी, मृगशिरा, मूल, अनुराधा, मघा, स्वाति लगायत ११ नक्षत्रमा मात्रै विवाह गर्न शुभ मानिन्छ ।

यसबाहेक पनि कृष्णपक्षको त्रयोदशीदेखि शुक्लपक्षको प्रतिपदासम्म विवाह गर्न हुँदैन । यी बाधाहरुले नछुने गरी विवाहको लगनको दिन जुराइने गरिन्छ । व्रतबन्धको हकमा भने बार पनि मिलाउनुपर्छ । जस्तो मंगलबार र शनिबार व्रतबन्ध गर्नु शुभ मानिन्दैन ।

नेपाली परम्परामा माथि उल्लेखित संयोग मिलेपछि त्योभन्दा गहन रुपमा लगन जुराउने गरिएको छैन । माथि उल्लेखित विषय जुरिसकेपछि लगन अनुसार शुभ मुहूर्त खोज्ने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिले तोकेको मितिमा पनि व्यक्तिको कुण्डलीको लग्न अनुसार शुभ अशुभ मुहूर्त जुराउने गरिएको ढुंगेल बताउँछन् । सबै व्यक्तिलाई सबै लगनमा विवाहको लागि जुराएको हुँदैन ।

यसबाहेक पापग्रहमा बसेका नक्षत्रको दिन पनि विवाह निषेध गरिएको हुन्छ । त्यसपछि नक्षत्रसँगै शुभ तिथि पनि मिलाउनुपर्ने हुन्छ । विवाह र व्रतबन्धको लागि शुभ र अशुभ तिथिको आधारमा पनि लग्न जुरेको नजुरेको हेर्ने गरिन्छ । जस्तो शुक्लपक्षको द्वितीया, तृतीया, पञ्चमी, दशमी, एकादशी र द्वादशी तिथि मात्रै व्रतबन्धको लागि शुभ मानिन्छ भने कृष्णपक्षमा माथि उल्लेखितमध्ये पनि पञ्चमीलाई समेत अशुभ तिथि मान्ने गरिन्छ । यी सबै संयोगलाई मिलाएपछि लग्न हेर्ने गरिन्छ ।

सो दिनको लग्न पापग्रह वा आठौं स्थानमा भयो भने त्यो विवाहको लागि शुभ हुँदैन भन्ने मान्यता छ । त्यस्तै, लग्नको मालिक ६, ८ १२ औं स्थानमा एवं पाप ग्रहमा बस्न नहुने जस्ता शर्तहरु पूरा गरेपछि बल्ल विवाहको लग्न जुर्ने गर्छ ।

अनलाइनखबरबाट साभार

पूर्वराजाले पैसा खन्याउन पाए …!

काठमाडौँ,१९ मंसिर – पूर्वराजा ज्ञानेन्द्र शाहको भनाइ छ, ‘म दुईपल्ट राजा हुन्छु भनेर भएको होइन, न आफ्नो रोलक्रमले नै भएँ । फेरि पनि राजाका रुपमा पुनर्स्थापित भएँ भने मेरै भाग्यले हुन्छु ।’

अर्थात्, अहिले देशका विभिन्न भागमा राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित चलिरहेको प्रदर्शनमा उनको आर्थिक, भौतिक वा नै तिक– खासै सहभागिता छैन । तर, स्वतःस्फुर्त यत्तिका मान्छे जम्मा भएर प्रदर्शनमा उत्रिएको अवस्थामा यदि उनले अलिकति नौनीस्वरुप आर्थिक सहयोग गरे भने प्रदर्शनको स्थिति के होला ?

अर्कातिर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोबर नखाऔँ ’ भनेर गरेको ट्वीटबापत यति धेरै गाली खाएका छन् कि, यत्रो गाली खाइन्छ भन्ने जानेको भए शायदै त्यस्तो लेख्ने थिए । ट्वीटमा पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले ‘यो पादरी हो, १७ हजारको हत्यारा हो’ भनेरै टिप्पणी गरे । डा.प्रकाशचन्द्र लोहनीजस्ता बुद्धिजीवीदेखि भीडका आममान्छेले गर्नुसम्म सत्तोसराप गरे । आखिर किन यस्तो भयो ? कसले, कहाँबाट परिचालित गरेका छन्, राजतन्त्र पक्षधर यत्तिका मानिसलाई ? सरकार यस्तो कुराको खोजी गर्ने फुर्सदमा छैन ।

काठमाडौंलगायत विभिन्न भागमा राजसंस्था पुनस्र्थापनाको मागसहित भइरहेका प्रदर्शनमा कुनै निश्चित दल, संस्था वा व्यक्तिको नेतृत्व देखिँदैन, छैन पनि । त्यसमाथि भर्खर बालिग हुँदै गरेका युवाको उपस्थिति अर्को डरलाग्दो विषय छ । मुलुकले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको उपलब्धीले १४ वर्ष टेक्दाटेक्दै यसप्रति ती युवामा वितृष्णा जन्माउन थालेको हो ?

त्यस्ता प्रदर्शनमा शाही शक्ति नेपाल नामक संस्था चलाउने मुनिन्द्रराज भण्डारीहरु सक्रिय छन् । तत्कालिन युवराज दीपेन्द्र शाहसँगै बूढानीलकण्ठ स्कुलमा पढेका लमजुङे नागरिक उनी, नेपाली सेनाका पूर्वक्याप्टेन पनि हुन् । राप्रपा महामन्त्री तथा नेपालगञ्जका मेयर, धवलसमशेर राणा पनि यसमा सक्रिय छन् । कमल थापाहरुले एजेण्डाको व्यापार गरेर पैसा कमाए भन्दै उनीसँगको असन्तुष्टिका कारण धवलसमशेर पार्टीको झण्डाबिना नै त्यतातिर हुने प्रदर्शनको नेतृत्व गरिरहेका छन् । अर्थात्, यो काममा हिन्दू राज्यको राजनीति गर्ने राप्रपा अध्यक्ष कमल थापा पनि खासै अग्रसर छैनन् । हो, उनको गृहजिल्ला हेटौंडामा राप्रपाको झण्डासहित प्रदर्शन भएका छन् । भाइ गणेश थापाले ‘यो स्थिति आउनुमा मेरो दाइको भूमिका छ’ भनेर ट्वीट गरेपछि बाबुरामले जत्तिकै गाली खाए कै हुन् । यता, सोमबार केशरबहादुर विष्टले माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । कुनैबेला राप्रपा नेपालका लागि धुम्बाराहीस्थित आफ्नो घरजग्गा नै दान दिएका, कान्तिपथस्थित होटल यल्लो पगोडाका मालिक दिलविकास राजभण्डारी अर्का सक्रिय पात्र हुन् । उनले काठमाडौंमा मात्र हैन, पोखरासम्म पुगेर प्रदर्शनको नेतृत्व र लगानी गरे । उनीसँग काठमाडौंबाट थुप्रै युवा पोखरा पुगे, आ–आफ्नै गाडीमा, आ–आफ्नै खर्चको तेल हालेर । काठमाडौंमा हुने प्रदर्शनमा पशुपति खड्काको पनि सक्रियता छ ।

केही दिनअघि चितवनको इच्छा कामना पुग्दा पूर्वयुवराज पारस शाहको एस्कर्टिङमा थुप्रै युवा स्वतःस्फुर्त पुगे ।

यसबीच, भरत दाहालहरुले केही दिनमै नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन् । उनीहरु भ्रष्टाचारी, बलात्कारी, दूतावासबाट हण्डी खानेहरुलाई फाँसीको माग गर्दै अभियान चलाउने भन्दैछन् । सरकारको गतिविधि र राजनीतिक दलहरुको उदासिनताका कारण जनतामा छाएको निराशाका बीच यस्ता मीठा, गुलिया नारा बोकेर आउने दल र शक्तिले गणतन्त्रलाई पार्ने क्षतिबारे मूलधारका राजनीतिक दलहरुले खासै विश्लेषण गर्न भ्याएका छैनन् ।

जन आस्थाबाट साभार

आज मंसिर १९ गते शुक्रबारको राशिफल र मौसम

वि.सं.२०७७ साल मंसिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्थी,२८ घडी ०१ पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त पंचमी । नक्षत्र–पुनर्वशु,१४ घडी ४१ पला,दिउसो १२ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग–शुक्ल,०८ घडी ५६ पला,बिहान १० बजेर १५ मिनेट उप्रँन्त ब्रम्ह । करण–बालव,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । सम्मानिम ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु अर्थहिन हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था : – हाल गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो :– देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राती :– देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकि स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंसिर १४ गते आईतबार देखि मंसिर २० गतेसम्मको साप्ताहिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :– हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुका लागि समय उत्तम रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताब आउँने तथा पुराना प्रेम सम्बन्धहरुलाई बिबाहमा परिणत गर्ने सहमति जुट्नेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले सरकारी सेवामा रहि काम गर्नेहरुले नियम सँगत काम नगर्दा दण्ड तथा जरिवाना तिुर्ने पर्ने हुँन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपतार खर्च बढेर जाने योग रहेकोछ । तापनि बैदेशिक व्यापार फस्टाएर जानेछ भने लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) :– बृष राशि हुँने हरुका लागि यो हप्ता मध्ययम समय रहेकोछ । जानकारिको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला बिवादमा फस्ने योग रहेकोछ । हप्ताको अन्ततिर स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । तापनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । कुटनिति तथा पराराष्ट्र सँग सम्बन्धित क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :– हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आकस्मिक धन सम्पति प्राप्त हुँनेछ भने नसोचेका सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँने तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुँनेछ भने खुट्टा तान्नेहरु हावि हुँनेछन् । व्यापारमा मन्दि आउँनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुँने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :– हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनि सँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढि आउँने हुदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुँनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने हुदा मन प्रशन्न रहनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय उत्तम रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउँन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुँनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुँनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुँनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । हप्ताको अन्त तथा शुक्रबार र शनिबारको समय उत्तम रहेकोले समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुँनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) :- समय मध्ययम रहेकोले मौषमि रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । सवारि चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुँने योग रहेकोछ । कुनै पनि विवादित बिषयमा सामेल नहुँनु नै राम्रो रहेकोछ भने न्ययिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा रमाउँने हरुका लागि केहि मनमुटावको सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । समयको अध्ययन नगर्दा रोग,ऋण तथा संकटको सामना गर्ने पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा अलि बढि समय दिन सके प्रशस्त आम्दानि हुँनेछ । अध्ययन अध्यापनमा भने मेहनेत गरे अनुशारको फल प्राप्त हुँनेछ । आफन्तत तथा अग्रजहरुको सकारात्मक सल्लाहलाई आम्तसाथ गर्दै अगाडि बढ्नु होला गन्तव्य पहिल्याउँन सहज हुँनेछ । हप्ताको अन्तमा लामो दुरिको यात्रा हुँनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) :- हप्ताको शुरु र अन्तको समय उत्तम रहेकोले आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईकै जित हुँनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुँनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । शिक्षा तथा शिक्षा पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । मंगलबार दिउँसोबाट बिहिबार सम्मको समय मध्ययम रहेकोले कुनै पनि विवादमा सामेल नहुनुहोला तपाईको पक्षमा फैसला नहुँन सक्छ । आफन्त तथा अग्रज सँग सन्तुलित व्यावहार गर्नुहोला अनाबश्यक विवाद हुँने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) :– आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । हप्ताको अन्ततिर समय मध्ययम रहेकोले मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुँनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउँन खोज्नेछन् ध्यान दिनुहोला । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- सोमबार सम्मको समय मध्ययम रहेकोले पारिवारिक असमझ्दारिले कामहरु गर्न केहि कठिनाई हुनेछ भने दाजुभाई सँग बिवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मंगलबारबाट समय उत्तम रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ राजनिति तथा समाजसेवामा समय व्यातित गर्नेहरुका लागि समयले साथ दिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :– व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । तापनि यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्य पहिल्याउँन गाह्रो पर्नेछ । दाजुभाई सँग सानो सानो कुरामा विवाद हुँने तथा आमा सँग टाडिएर लामो दुरिको यात्रा हुँनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :– प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त साथिभाई तथा कुटुम्बबाट आउँने सुखद समाचारले मन प्रशन्न हुँनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानि गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । शुक्रबार तथा शनिबारको समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाईबाट तपाईको काममा सहयोग नहुँने योग रहेकोछ । यात्रा गर्दा ख्याल गर्नुहोला कष्टकर पनि हुँन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :– आईतबारदेखि मंगलबार बिहान सम्मको समय मध्ययम रहेकोले काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ । स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जाने योग रहेकोछ । मंगलबार दिउँसोबाट समय उत्तम रहेकोले साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । आफन्त तथा जीवन साथिको सहयोगले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । कलात्मक तथा रचनात्मक काम सुरु गरि भविश्यमा आयस्रोतका बाटाहरु सुरक्षित गर्न सकिनेछ । राजनिति कर्मीहरुका लागि समय फलदायि रहेकोले पद प्राप्तीको गतिलो योग रहेकोछ ।

तपाईको साप्ताह शुभ रहोस ।

 

प्रतिक्रिया