बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

घरेलु म दिरा नियन्त्रणको खाँचो

शुक्रवार , मंसिर १९, २०७७

घरेलु म दिरा उत्पादन तथा बिक्री–वितरणमा नियन्त्रण नभएका कारण बर्सेनि विषाक्त म दिराका कारण ज्यान गुमाउने गरेको घटना प्रकाशमा आउने गरेका छन् । सामान्यतया घरेलु म दिरा उत्पादनको प्रक्रिया एउटै भए पनि त्यसमा प्रयोग गर्ने कच्चा पदार्थका आधारमा त्यसको गुणस्तर र वि षाक्तता निर्भर हुने जानकारहरूको भनाइ छ । बढी फाइदा लिनका लागि घरेलु म दिरा उत्पादकले अनेक प्रकारका र सायन प्रयोग गरी म दिरा उत्पादन गर्दै आएका छन् । यसरी उत्पादित म दिरामा के–कस्ता कच्चा पदार्थ प्रयोग गरिएको छ र वि षाक्त छ÷छैन भन्ने कुनै परीक्षणबिना नै बजारमा पुग्ने गर्छ ।

कतिपय अवस्थामा स्थानीय प्रशासनको आँखा छलेर घरेलु म दिरा उत्पादन हुने गरेको पाइन्छ भने कतै स्थानीय प्रशासनकै समेत मिलोमतोमा यस्ता म दिरा उत्पादन, ओसारपसार र बिक्री–वितरण हुने गरेको पाइन्छ । घरेलु म दिराको अधिकांश उपभोक्ता विपन्न समुदाय नै हुने गर्छन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका त्यस्ता समुदायमा विषाक्त म दिरा सेवनबाट हुने भौतिक तथा शारीरिक क्षतिको लेखाजोखा नै हुँदैन ।

घरेलु म दिरा उत्पादनले सीमित केही व्यक्ति तथा कारोवारीलाई फाइदा भए पनि समग्रमा त्यसले देशको अर्थतन्त्र, सर्वसाधारणको स्वा स्थ्य, सामाजिक म र्यादालगायतमा ठूलो क्ष ति गराइरहेको हुन्छ । आ पराधिक घ टना बढ्नुमा समेत म दिराको भूमिका रहेने गरेको छ । मुलुकमा तीन तहका सरकार छन् । घरेलु म दिरा उत्पादन तथा बिक्री–वितरण रोकथामका लागि प्राथमिक दायित्व स्थानीय सरकारले नै लिनुपर्छ । घरेलु म दिरा खासगरी वि षाक्त म दिरा सेवन गरेका कारण ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको समयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले यसलाई नि यन्त्रण गर्न ढिलाइ गर्नुहुँदैन ।

 

प्रतिक्रिया