शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सोनिका रोकायले पत्रकार ऋषी धमलालाई चु नौति (भिडियो हेर्नुस)

बुधवार , मंसिर १७, २०७७

काठमाडौं १७ मंसिर - युट्यूबर सोनिका रोकायले फेरी एकचोटी सामाजिक सञ्जाल त ताएकी छिन् । उनले राजा त आउँछन् आउँछन् भन्दै भिडियो सार्वजनिक गरेर फेरी एकचोटी सोशल मिडियामा च र्चा बटुलेकी छिन् । विश्वभर फैलिएको कोरोना म हा मा री का कारण बैतडीमा रहेकी युट्यूबर सोनिका गाउँ गएदेखि आफुलाई आध्यात्मिक भएको बताउँदै आएकी छन् ।

तिनै सोनिकाले पछिल्लो भिडियो मार्फत राजालाई गद्यीबाट फालेको भन्दै विभिन्न दलहरुलाई गा ली पनि गरेकी छन् । विशेष गाली उनले पत्रकार ऋषी धमलालाई गरेकी छिन् । उनले पत्रकार धमलासंगै सबैलाई राजा आउनेछन् रो क्न सकिन्छ भने रोकेर देखाउन पनि चु नौति दिएकी छन् । उनले भगवानसंग ड राउन सबैलाई आग्रह गरेकी छन् ।

उनको भिडियोमा उनले पारसको बारेमा पनि धेरै कुरा बोलेकी छन् । उनले पारससंग संगत गर्दा पारस देश र जनताको विषयलाई सोंचेर एक्लै एक्लै रु ने गरेको पनि बताएकी छन् । उनले पारस रो एको फुटेजहरु आफुले सु टुक्कै खिचेको कुरा पनि उक्त भिडियोमा गरेकी छन् । साथै उनले पहिला आफुले बाटो बि राउँदा मानिसहरुले गरेको गा लीलाई सहन गा ह्रो हुन्थ्यो भने राजा र पारस सरकारलाई त जीवन भरी राजगद्यीबाट बाहीरिनु परेको छ । यस कुराले कति पि रोलेको होला भन्दै राजाको मनोभावनालाई बुझिदिन पनि आग्रह गरेकी छन् ।

भिडियो हेर्नुस :

नेपाल प्रहरीका दुई एसपी नि लम्बित

काठमाडौं १७ मंसिर - प्रहरी प्रधान कार्यालय नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई नि लम्बन गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा रहँदा अ नियमितता गरेको अ भियोगमा प्रहरी प्रधान कार्यालयले एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई नि लम्बन गरिएको हो ।

एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए। उनीअघि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए। प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट उनीहरूले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उ जुरी छानबिन शाखामा उ जुरी परेपछि छानवीन गरेको थियो।

एसपी बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा सेवामा आएका हुन् भने यादव चाहि प्रहरी नी रिक्षकबाट सेवा शुरु गरेका हुन्। उनीहरु दुवैको विगतको ट्रयाक रेकर्ड खराब रहेको छ। यादवले सिन्धुली जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा आ र्थिक अ नियमितता गरेको आ रोपमा प्रहरी प्रधान कार्यालय तानिएका थिए।

सिफारिसअनुसार गृहले नि लम्बन गरेर विभागीय का रबाही प्र क्रिया अघि बढाएको स्रोत बताउँछ । बस्नेत महानगरीय प्रहरी कार्यालय तथा यादब महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत छन् ।

फा इजरको खोपले बेलायतमा पायो स्वीकृति

काठमाडौं १७ मंसिर - बेलायतले फा इजर/बा यो ए नटेकले बनाएको कोरोना भा इरस वि रुद्धको खोप सर्वासारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

विश्वमा कोरोना भा इरस वि रुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।

जर्मन कम्पनी बा योएनटेक र अमेरिकी कम्पनी फा इजरले बनाएको खोप कोरोना भा इरसको सं क्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो ।

त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले हरियो झण्ड देखाएको हो ।

एमएचआरएले फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै सर्वसाधारणलाई बिस्तारित तहमा प्रदान गर्नका लागि सु रक्षित रहेको बताएको हो ।

उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फा इजरको खोप दिन थालिने छ ।

बेलायतले यसअघि नै खोपको चार करोड डो जको अडर दिएको छ । दुई डोज दिइनु पर्ने खोप बेलायतमा हालको अडर अनुसार दुई करोड मानिसलाई दिन पुग्छ ।

चाँडै नै एक करोड खोप उपलब्ध हुनेछ ।

इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ ।

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं १७ मंसिर – नेपाली बजारमा सुनको मूल्य आज ब ढेको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले ब ढेको थियो ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११८५ रहेको महासंघले जनाएको छ ।

प्रहरीमै अ न्याय ! जसलाई १८ महिनाअघि नै आईजीपी प्र तिष्पर्धामै रो कियो

काठमाडौं १७ मंसिर – डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै भावी आईजीपीको दौडमा समकालीनको यात्रा करिब टुं गिएको छ । सोमबार साँझ बढुवा समितिको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै भावी आईजीपीमा अरु प्रतिस्पर्धीको बाटो ब न्द भएको हो ।

प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेल सिफारिसमा परेका हुन् । नेपाल प्रहरीको इतिहासमा १८ महिनाअघि नै आईजीपीको लगभग टुं गो लागेको सम्भवतः यो पहिलो घटना हो ।

अब प्रहरीमा पोखरेलसहित जनपदतर्फ चार एआईजी हुनेछन् । अरु तीन एआईजीहरु हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।

प्रहरी प्रमुख क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ । उनीसँगै तीनजना एआईजीले पनि सोही मितिदेखि अ निवार्य अ वकाश पाउनेछन् । यस्तोमा पोखरेल आईजीपीको नि र्विकल्प एकल प्रतिस्पर्धी हुन सक्नेछन् । ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनमा रा जनीतिक च लखेल नयाँ विषय भने होइन ।

डीआईजी पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका ना तेदारसमेत हुन् । उनलाई आईजीपी बनाउनकै लागि गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिएर एआईजीको दरबन्दी थप गरिएको चर्चा छ । एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनमा समेत न कारात्मक असर गर्नसक्ने प्रहरी अधिकारीको चि न्ता छ ।

अन्तिम समयसम्म गृहमन्त्री रामबहादुर थापा थपिएको एआईजी दरबन्दीबारे रु ष्ट रहेको गृहस्रोत बताउँछ । तर, उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीको ‘पा वर’ लगाउँदै एआईजीमा आफूले चाहेको पात्रलाई बढुवा गरेको कतिपयको ठहर छ । डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दु र्घटनामा नि धन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख ०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो । जबकि, पोखरेलभन्दा सिनियर ब्याचका अरु एसएसपी थिए । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत पोखरेललाई डीआईजी बनाउन न सकिने अ डान लिएका थिए ।

प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा व रीयतामा पोखरेल अगाडि थि एनन् । तर, एसपीबाट एसएसपी हुँदा उनी अ स्वाभाविकरुपमा १ नम्बरमा आए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । तर, प्रतिस्पर्धाका आधारमा नेतृत्व छानिने प्रहरीमा एकजनालाई मात्रै एआईजी बनाउँदा अरु प्र तिस्पर्धीको आईजीपीको सम्भावना स माप्त भएको छ । यसले उनीहरुको म नोबलमा समेत प्र त्यक्ष प्र भाव पारेको छ । जसको असर सिंगो प्रहरी संगठनमा पर्नेछ ।

वर्तमान आईजीपी क्षेत्री स्वयं एआईजी थप्ने पक्षमा नरहेको बताइन्छ । पछिल्लो निर्णयले उनलाई समेत नैतिक संकटमा पारेको छ । पोखरेलको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी हाल डीआईजी छन् । उनीहरु सबैलाई भावी आईजीपीको प्रतिस्पर्धीको रुपमा हेरिएको थियो ।

थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सिंह प्रदेश नम्बर—२, लामा वाग्मती प्रदेश, धानुक लुम्बिनी र सुवेदी सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् । प्रहरीकै एक उच्च अधिकारी भन्छन्, “उनीहरु सबै व्यावसायिक प्रहरी अधिकृत थिए । पोखरेल डीआईजीमै १ नम्बरमा थिए । यस्तोमा उनी एआईजी नभएपनि आईजीपीका बलिया दाबेदार थिए । तर, आईजीपी बनाउनकै लागि एआईजीको दरबन्दी सिर्जना हुँदा त्यसको असर अन्य डीआईजी र संगठनमै परेको छ ।”

एकै ब्याचका सबैलाई पछि पारेर एकजनालाई मात्रै १८ महिनाअघि नै अगाडि बढाउँदा त्यसको प्रभाव सकारात्मक नहुने पूर्वप्रहरी अधिकारी बताउँछन् ।

बाह्रखरीबाट

ओलीद्वारा बैठकमा नजाने घाेषणा

काठमाडौं १७ मंसिर – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ति क्ततापूर्ण रुपमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घ म्साघम्सी परेपछि बैठक ति क्ततापूर्ण बनेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको बैठकको शुरुबाटै वि वाद शुरु भएको थियो । सुरुमा ओलीले बैठकको एजेण्डाबारे प्रश्न गरेका थिए । प्रचण्डले सचिवालयमा पेश भएका डकुमेन्टबारे छलफल हुने बताए । तर ओलीले प्रचण्डको ड कुमेन्टमा छलफल गर्न न सकिने अ डान लिए ।

यदि यो डकुमेन्टमाथि छलफल भएमा बैठकको औचित्य नै नहुने ओलीले अडान लिएपछि भने माहौल अर्कै बन्न पुग्यो ।

स्रोतका अनुसार, बैठकमा ओलीले मुलतः चार अ डान राखे । पहिलो, प्रचण्डको प्रस्तावमाथि छलफल हुनै सक्दैन । यो डकुमेन्ट कु ण्ठा र लाञ्छनाले भरिएकाले यसमाथि छलफल नहुने ओलीको अडान थियो ।

दोस्रो, प्रचण्डले मा फी माग्नुपर्छ । नेताहरुमाथि आ रोपप्र त्यारोप गरिएको पत्रहरु समेटेर प्रकाशन गरिएकोमा ओलीले आपत्ति जनाए । लाञ्छनाहरुले भरिएको पत्र पार्टीकै लोगो राखेर प्रकाशन गर्नु पार्टी विधान बिपरीत भएको ओलीको तर्क थियो ।

तेस्रो, अ ल्पमत र ब हुमतको कुरा हुन्न । बहुमतबाट निर्णय गर्ने नियतले बैठक बोलाउने र गलत प्रचार गर्नुले पार्टी एकता कायम रहन सक्दैन, विभाजनलाई बल पुग्छ भन्ने उनको दाबी थियो ।

चौथो, आज (मंसिर १७) बोलाइएको बैठकमा नआउने । स्रोतका अनुसार ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहेका थिए । तर अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले भोलि बुधबार १ बजे बैठक बस्ने बताए । तर ओली त्यस्तो बैठकको के काम भन्दै उठेको एक नेताले बताए । उनी भोलिको बैठकमा नआउने संकेत देखिएको नेताहरुले बताएका छन् ।

‘भोलिको बैठकमा प्रधानमन्त्री जानुहुन्न । कार्य व्यस्तताका कारण बैठकमा बस्न नसक्ने जानकारी दिइसक्नु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । नेकपाको स्थायी कमिटी बैठक भोलि(मंसिर १८ मा) बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ मा राखिएको छ ।

नेकपा विभाजनकै बाटोमा अघि बढेको हो ? आजको बैठक निर्णायक

काठमाडौं १७ मंसिर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधिवत्रूपमै वि भाजनको बाटोमा अग्रसर भएको छ ।

कात्तिक २८ गतेदेखि पेस भएका कार्यकारी अध्यक्षको प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने भनेर पार्टी प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच च र्का च र्की परेपछि नेकपा अब फु टको बाटोमा बढेको चर्चा हुन थालेको छ ।

स्रोतका अनुसार मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अ डान लिएपछि ओलीले यस्ता बैठकको कुनै औचित्य छैन भनेर उठेको स्रोत बताउँछ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आ जको बैठकमा ओली उपस्थित हुने सम्भावना न्यून छ ।

“भोलि बैठक राख्ने हो भने म उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ,” प्रधानमन्त्रीको सचिवालय भन्छ ।

नेकपाका एक सचिवालयले दिएको जानकारी अनुसार आज ओली उपस्थित नभए पनि बैठक भने रोकिने छैन । विधानको धारा ६० अनुसार प्रक्रियाबाट विषयहरू टुङ्ग्याउने र सचिवालयमा पेस भएको सबै दस्तावेज स्थायी कमिटीमा लैजाने पक्षमा बहुमत सदस्यहरू छन् । यसले विधिवत् फाटो ल्याउने नेकपाका नेताहरू बताउँछन् ।

मङ्गलबारको सचिवालय बैठक च र्का च र्कीमा परिणत भएपछि बिहीबारको स्थायी कमिटी अन्यौलग्रस्त बनेको छ । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

तर, आजको सचिवालय बैठकमा ओली उपस्थित नभए स्थायी कमिटी बैठकमात्रै होइन नेकपाकै भविष्य अ निश्चित हुने नेकपाका नेताहरू बताउँछन् । आजको बैठक दिउँसो १ बजे बालुवाटारमा तय गरिएको छ ।

वालुवाटारमा ओली र प्रचण्डबीच भ ना भ न : झण्डै हात हा लाहाल

काठमाण्डौ,१७ मंसिर – सत्तारुढ दल नेकपाको सचिवालयको आजको बैठकको सुरुमै महासचिव विष्णु पौडेलेको जन्मदिनको केक काटिएको थियो । केक काटेर पौडेललाई सबैले जन्मदिनको शुभकामना दिएको तस्वीर सुरुमै बाहिरिएको थियो ।

निकै ति क्ततापूर्ण अवस्थामा बसेको बैठकलाई पौडेलको जन्मदिनको माहोलले शान्त बनाउने अ पेक्षा गरिएको थियो । तर बैठक सुरु नै आ क्रमक बन्न पुग्यो । बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए । अर्का अध्यक्ष केपी ओलीले बोल्न सुरु गरे र प्रचण्डसँग एजेण्डा सोधे । प्रचण्डले प्रतिवेदनमाथिको छलफल नै एजेण्डा भएको भनेपछि ओलीले प्रचण्डको प्र स्ताव फिर्ता लिनुपर्ने अडान लिए र

तर प्रचण्डले प्रतिवेदनमाथि छलफल नभै निकास नसिस्कने बताए । प्रतिवेदनमाथि छलफल गर्न नचाहेका ओली त्यसपछि प्रचण्डमाथि खनिए । ओलीले प्रचण्डलाई कहाँबाट संचालित हो तपाई भन्दै प्रश्न मात्रै गरेनन्, पार्टी फु टाउनकै लागि एकता गरेको आ रोप लगाए ।

ओलीले आ रोप लगाएपछि प्रचण्ड पनि चुप लागेनन् । ओलीलाई प्रचण्डले गुट बनाउने, भ्र ष्टाचारलाई प्रश्रय दिने र दम्भ देखाउने गरेको आरोप लगाए ।

ओलीले कार्यकारी प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको भनाई पनि राखेका थिए । जवाफमा प्रचण्डले ओलीले उ त्तेजित बनाउने गरी बोलेको भन्दै अ सन्तुष्टी व्यक्त गरे ।

केहीबेरको आरोप प्रत्यारोपछि ओलीले प्रतिवेदनमाथि छलफल गर्न इन्कार गर्दै बैठक नै स्थगित गर्न माग गरेका थिए । ओली र दाहालबीच करिब एक घण्टा भनाभन भएपछि सचिवालयका ७ जना सदस्यले प्रतिवेदनमाथिको छलफल अगाडि बढाउनुपर्ने भन्दै ओलीलाई द बाब दिएका थिए ।

सचिवालयका एक सदस्यकाअनुसार बैठक स्थगित गर्नुपर्ने ओलीको मागप्रति विष्णु पौडेल मौन बसे भने बाँकी सबैले छलफल हुनुपर्ने बताए ।

ओलीलाई साथ दिदै आएका ईश्वर पोखरेललेसमेत आज प्रतिवेदनमाथिको छलफल अगाडि बढाउनुपर्ने मत जाहेर गरेपछि ओली द बाबमा परेका थिए । रामबहादुर थापाले पनि ओलीले नै छलफल सुरु गरिसकेकाले अब पछि हट्न नहुने तर्क गरेका थिए ।

बैठकमा वरिष्ठ नेतासमेत रहेका झलनाथ खनालले ओलीलाई तानाशाह निरंकुश बन्न खोजेको आरोप लगाएको ति सदस्यले जानकारी दिए ।

अध्यक्षद्धयबीचको भनाभनले बैठकको वातावरण नै अस्वभाविक बनेपछि खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भनाई राखेका थिए ।

उनीहरु सबैले ओलीमाथि दबाब सृजना गरेका थिए । ओलीले बैठक नै बोलाउन नहुने अडान लिएपछि पौडेलबाहेकका सदस्यहरुले आपत्ति जनाएका थिए ।

त्यसपछि आज बैठक बस्न ओली तयार भएका थिए ।

आज मंसिर १७ गते बुधबारको राशिफल र मौसम

आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवश परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजरे ३८ मिनेट देखि ९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल््नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन र प्रसन्नतापनि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल््याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइनेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।

वि.सं.२०७७ साल मंसिर १७ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–द्वितीया,२६ घडी २२ पला,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मृगशिरा,०९ घडी ३७ पला,बिहान १० बजेर ३० मिनेट उप्रान्त आद्रा । योग–साध्य,१३ घडी ०४ पला,बिहान ११ बजेर ५३ मिनेट उप्रान्त शुभ । करण–गर,बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त वणिज,रातको ०५ बजेर ३४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०८ पला । विश्व दासता उन्मुलन दिवस ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार

मौसम विश्लेषण :- उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

हालको मौसमको अवस्था : –हाल पूर्वी पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो :–बागमती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राती :- गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया